Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगजोखिममा खुकुलो बन्दाबन्दी

जोखिममा खुकुलो बन्दाबन्दी


प्रदीप उप्रेती
कोरोनाजन्य संक्रामक रोगको प्रकोप न्यूनीकरण गर्दै मानव जीवनको रक्षार्थ सुरुवाती अवस्थामा बन्दाबन्दीसम्बन्धी अवधारणालाई आत्मसात् गरिएको भए पनि लामो समयसम्म बन्दीजीवन व्यतीत गर्नुपरेको हुँदा नागरिक समाजमा असहजताको वातावरण तयार भएको पाइयो । त्यसो भएको हुँदा यस सन्दर्भमा के भन्न सकिन्छ भने न त यो राज्यको चाहना हो, न नागरिक समुदायको नै यो त केवल बाध्यात्मक परिस्थितिमा राज्यका तर्फबाट नागरिक हितका खातिर चालिएको स्वास्थ्य सुरक्षावर्धक मुलमन्त्रको अवधारणा मात्र हो । जसलाई नेपालमा मात्र नभई विश्वव्यापी महामारीको चपेटामा रहेका विश्वका अधिकांश मुलुकले विकल्पहीन अवस्था स्वीकारेका मात्र हुन् ।

प्रस्तुत भयभित अवस्थाबाट मुलुक एवं नागरिक समाजलाई मुक्त राख्नको लागि यसको स्वरूप परीवर्तन गर्न विभिन्न तह र तप्काबाट बुलन्द आवाज मुखरित भएको हुँदा उक्त भावनाको प्रतिनिधित्व गर्नुको साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन बन्दाबन्दीको स्वरूपमा परिवर्तन गरी खुकुलो बनाउने प्रयास गरिएको हो । विकसित प्रस्तुत अवधारणाले केही हदसम्म नागरिक समाज सहजीकरणतर्फ उन्मुख रहँदै भोकको सन्त्रासबाट मुक्त रहे पनि संक्रमणको खतरा भने अध्यावधिक कायमै रहेको पाइन्छ ।

विश्वका अधिकांश मुलुकले जोखिमको दर न्यून गर्न बन्दाबन्दीको रणनीतिलाई अख्तियार गरे पनि लामो समयको बन्दले मात्र कोरोनाजन्य गतिविधिबाट सकुशलमुक्त भइने रहनेछ भन्ने ज्ञानचक्षुले आत्मबोध गरेको विश्वसमुदायले क्रमिकरूपमा बदलिँदो परिवेशमा यस अवस्थालाई क्रमशः खुकुलो बनाउँदै आर्थिक एवं नागरिक समाजलाई सहजीकरणको मार्गमा हिँड्न प्रेरणा प्रदान गर्दै आएका हुन् । जसमा नेपाल पनि अछुतो रहन सक्दैन । जसको सकारात्मक पक्ष भन्नु नै बन्द रहनुपर्ने बाध्यात्मक पृष्ठभूमिबाट मुक्त भई राहतको अनुभूति गर्दै आफ्नो दैनिकीलाई क्रमशः चलायमान बनाउने अवसर प्राप्त गर्नु हो । त्यसो भएको हुँदा सहजताको नाममा लापरबाही भएमा विश्वब्यापी महामारीको शिकारमा पर्न सक्ने सम्भावनालाई ईन्कार गर्न मिल्दैन ।

प्राप्त हुन आउने सम्भावित अपार जनधनको क्षतिबाट मुक्त रहन राज्यका तर्फबाट चालिएका स्वास्थ्य सुरक्षासम्बन्धी सूचनामूलक जानकारीलाई मनन गर्दै व्यवहारमा उतार्ने प्रयास गर्नु नै खुकुलो अवस्थामा रहेको बन्दाबन्दीको औचित्य समेत रहेको हुँदा सावधानी अपनाउँदै दैनिकी सुचारु गर्नुपर्ने हुन्छ । हुन त विगतका स्वास्थ्य सुरक्षाका उपलब्धिलाई केलाएर हेर्ने हो भने नेपाली जगतले आफ्नो स्वास्थ्य सुरक्षाप्रति धेरै सजगता अपनाउन राज्यका तर्फबाट अख्तियार गरिएको लकडाउन सम्बन्धी विधिले निकै सहयोगीको भूमिका निर्वाह गरेको पाइयो ।

परिणामतः विश्वका अन्य राष्ट्रमा जस्तो मृत्यू तथा संक्रमणको भयाभह स्थितिबाट गुज्रनु परेन । यो नै स्वास्थ्यसम्बन्धी सुरक्षाको उच्चत्तम कसौटी समेत हो । तथापि राज्यका तर्फबाट व्याप्तरूपमा जनचेतना अभिमुखी कार्यक्रमलाई जनस्तरमा नै सञ्चालन गर्ने प्रयासलाई प्रखररूपमा अगाडि बढाउने हो भने खुकुलो बनाइएको बन्दाबन्दीमा पनि कोरोना संक्रमणको दर न्यूनीकरण गर्न उल्लेख्य सहयोग पुग्नुको साथै सम्भावित संक्रमण एवं मृत्यूदरमा कमी ल्याउन सघाउ पुग्ने देखिन्छ ।

यसका अतिरिक्त मानवीय सामाजिक भौत्तिक दूरीको प्रभावकारितालाई मनन गर्दै खुकुलो अवस्थामा पनि सम्वेदनशील भएर लाग्नुपर्ने हुन्छ । मानव जीवन कुनै पनि हालतमा मूल्यमा चुकाउन नसकिने भएको हुँदा अमूल्य रहन्छ । तसर्थ यसको रक्षार्थ सम्बद्ध राज्य एवं नागरिक समुदाय समान समानरूपमा जिम्मेवार रहँदै आएका छन् भन्ने तथ्यलाई हामीहरू कसैले पनि यस कठिन परस्थितिमा भुल्नु हुँदैन । किनभने कुनै एक पक्षको एक्लो प्रयासले मात्र कुनै पनि कार्य सम्पन्न गर्न नसक्ने भएको हुदा जोखिमपूर्ण कोभिड–१९ को नकारात्मक प्रभावबाट बच्न सर्वपक्षीय सहकार्यको भूमिकालाई कुनै पनि हालतमा नजरअन्दाज गर्न मिल्दैन ।

यसै तथ्यलाई हृदयगम गर्दै नागरिक समाजले पनि कठिनभन्दा कठिन परीस्थितिमा पनि बन्दाबन्दीलाई सहस्ररूपमा स्विकार गरेका हुन् । यद्यपि नागरिक समाजमा पर्नगएको असहज परिस्थितिको मूल्याकन गर्दै राज्यले बन्दाबन्दीलाई क्रमशः खुकुलो बनाउँदै रोजगारी र भोकमरीको अवस्था सिर्जना नहोस् भन्नाको खातिर सहजताको मध्यममार्गलाई अपनाएको हो । किनभने जोखिमको दर अझै पनि घटेको छैन ।

त्यसो भएको हुँदा कोभिड—१९ को भावी असहजतालाई समयमा नै यथोचित विचार नपु¥याई केवल लहडको रूपमा गरिएको खुकुलो बन्दाबन्दीसम्बन्धी अवधारणाले कहिलेकाहीँ संक्रमणको प्रकोप बढ्न गई उग्र महामारीको रूप धारण गर्नसक्ने तथ्यलाई समयमै ध्यान पु¥याई कार्य गर्नुपर्ने हुन्छ । तसर्थः संक्रमणजन्य प्रभावको उचित मूल्याङ्कन नै सुरक्षा अवधारणाको मूल प्रारूपसमेत भएको हुँदा सर्वपक्षीय सहयोगको सदैव खाँचो रहन्छ । जसले प्रकोप न्यूनीकरणको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्षम रहनेछ भन्ने विश्वास लिन सकिनेछ ।

अतः जोखिमको सही मूल्याङ्कनपश्चात् गरिने बन्दाबन्दीको स्वरूप परिवर्तन नै अब्बल विधि रहने हुने हुँदा यसतर्फ विशेष ध्यान पु¥याउनु जरुरी भइसकेको छ । यसै विधिलाई नेपालले पनि अपनाउनु श्रेयकर मानिन्छ । जसअनुसार विश्व स्वास्थ्य संगठनले तयार पारेको निर्देशिकालाई आधार मानि मुलुक र नागरिक समाज सुहाउँदो व्यवहारिक रणनीतिलाई आत्मसात् गर्ने हो भने महामारीविरुद्धको दिर्घकालीन यस लडाइँमा अवश्य पनि विजय हासिल गर्न सम्भव रहन्छ । यहाँनिर मननीय कुरा के रहेको छ भने खुकुलो रहेको लकडाउनका कारण संक्रमण नयाँ चरणमा प्रविष्ट गर्ने सम्भावना पनि टड्कारो रूपमा रहेको पाइन्छ । त्यसो भएको हुँदा यसतर्फ थप सचेत बन्नुपर्ने हुन्छ ।

सुष्त अवस्थामा देखिएको महामारी भित्रभित्रै भुसको आगोजस्तै फैलिन सक्ने हुँदा जोखिमको मूल्याङ्कनबिना बन्दाबन्दीलाई सहज बनाउनु मानव सम्यतामाथि विपत्ति निम्त्याउनु हो । यसप्रकारका गतिविधिका कारण कतै महामारी अनियन्त्रित हुने त होइन भन्ने आशंका समेत जन्माएको वर्तमान अवस्था हो । तसर्थ ः खुकुलो रहेको बन्दाबन्दीमा पनि सावधानी अपनाउनुबाहेक अर्को कुनै विकल्प विश्वसामु अब रहेन । अझै पनि भाइरस नियन्त्रणमा नआएको तथा समुदायमा फैलिने सम्भावना पनि त्यतिकै भएको हुँदा विशेष शतर्कता अपनाउनुपर्ने हुन्छ । किनकी दु्रत रूपमा फैलिने क्रम नरोकिएको हुँदा सक्रमणको जोखिम कम भएको मान्न सकिँदैन ।

किनकी आज नेपाललगायत विश्वका अधिकांश मुलुकका नागरिक समाजले कसरी कोभिड—१९को संक्रमणबाट बच्न सकिन्छ भन्ने रणनीतिका बारेमा आधारभूत जनचेतनामूलक शिक्षा प्राप्त गरिसकेको हुँदा व्यक्ति वा समुदाय स्वयम आफ्नो जनस्वास्थ्यप्रति हरदम सतर्क रहँदै आ आफ्नो दैनिकीलाई निरन्तता दिने नै छन् भन्ने विश्वास लिन सकिन्छ । जसलाई संक्रमणबाट बच्ने अचुक उपाय मान्न सकिन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया