सञ्चार माध्यमको महत्व तथा आवश्यकता
काठमाडौं । सञ्चारको माध्यमद्वारा एक ठाउँको खबर, सूचना आदिलाई एक ठाउँबाट अर्को ठाउँ, एक राष्ट्रबाट अर्को राष्ट्रमा छिटोछरितो तरिकाबाट पठाउन सकिने हुँदा यसले समष्टिगतरूपमा सम्पूर्ण सामाजिक गतिविधिको सन्देशात्मक प्रक्रियालाई नै सञ्चालन गरेको पाइन्छ । राष्ट्रको चौथो अंगको रूपमा रहने सञ्चार क्षेत्रलाई सबैले संवेदनशील क्षेत्रको रूपमा स्वीकार गरेका छन् । साथै, समाजको गतिविधि, वर्तमान स्थिति र व्यवस्थाको विकास निर्माण यसैमा भरपर्ने हुनाले सञ्चारको विकास आजको टड्कारो आवश्यकता हुनु स्वाभाविकै हो । सञ्चार वा सूचना प्रणाली हुनको लागि तीन महत्वपूर्ण तत्व हुनु जरुरी छ । (क) सूचना प्रसारक (ख) सूचना प्राप्तीकर्ता (ग) सूचना ।
उल्लेखित तीन तत्वमध्ये कुनै एकको अनुपस्थितिमा सञ्चार प्रणाली स्थापित हुन सक्दैन । सञ्चार शब्द ल्याटिन शब्द कम्युनिसबाट अपभ्रंश भई आएको हो । यस शब्दको अर्थ हुन्छ साधारण । यस अर्थमा सञ्चार भन्नाले भाषा, हाउभाउ, इसारा चित्र ज्ञान, तथ्याङ्क, रंग, नक्सा र क्रियाकलाप आदि विभिन्न माध्यमबाट दुई व्यक्ति वा समूहबीच गरिने सूचना एवं जानकारीलाई जनाउँछ । लेखन, हेराइ, स्पर्श, संकेत, चार्ट र डायग्राम आदिबाट पनि सञ्चार प्रवाह हुन्छ । साधारण बोलीचालीमा सञ्चार भन्नाले उस्तैउस्तै दुई व्यक्तिबीच भएको सूचना प्रवाह हो ।
सञ्चार भन्नाले कुनै व्यक्तिले आफ्नो विचार, भावना वा सूचनाहरू व्यवस्थितरुपले अर्को व्यक्ति वा समुदायसम्म पुर्याउने सम्पूर्ण प्रक्रियालाई बुझिन्छ । यसलाई प्रतीकहरूको साझा व्यवस्थाद्वारा व्यक्ति–व्यक्तिका बीच सम्पन्न गरिने अर्थ वा भावको आदान–प्रदान पनि भनिएको छ । यसअन्तर्गत व्यापक क्रियाकलापहरू समेटिन्छन् इसारा, रेखाचित्र, ध्वनि, हावभाव, भाषा, लिपि, लेखाइ, पत्रपत्रिकाको प्रकाशन, रेडियो, टेलिभिजन, सिनेमा, डकुमेन्ट्री, वृत्तचित्र, टेलिफोन, इ–मेल, नेटवर्क इत्यादि सबै सञ्चारका माध्यम हुन् । यिनै सञ्चारका माध्यमबाट व्यक्तिले आफ्ना भाव वा विचारहरूको प्रकाशन गर्छ र जसका सहायताले अर्काका भाव वा विचार बुझ्न सक्छ ।
सामान्य अर्थमा सञ्चार भन्नाले दुई वा दुईभन्दा बढी व्यक्तिहरूका बीच सूचना, विचार, अनुभव, भावना आदिको विनिमय हुने र एक अर्कामा आपसी समझदारी कायम गर्ने प्रक्रियालाई बुझिन्छ । व्यापक अर्थमा सञ्चार भन्नाले पृथ्वीको एक कुनामा भएका वा भइरहेका घटना वा विषयवस्तुबारे जानकारी, सूचना अर्को कुनाका मानिसलाई पुर्याउने कार्यलाई जनाउँछ । सञ्चार ल्याटिन भाषाको कम्युनिसबाट बनेको शब्द हो । सञ्चार भन्नाले एक अर्काबीच सूचना, विचार, धारणा, जानकारी साटासाट गर्ने प्रक्रिया वा साझेदारी कायम गर्ने प्रक्रियालाई बुझ्न सकिन्छ । वास्तवमा सञ्चारका उद्देश्य कुनै भाव वा विचारको सम्प्रेषण गर्नु हो । यसले आपसी समझदारी सिर्जना गर्दछ । कुनै पनि सञ्चार लिखित, मौखिक, श्रव्य–दृश्य, साकेतिक आदि प्रकारको हुन सक्छ । सञ्चार प्रक्रियामा दुई पक्ष सहभागी हुन्छन् । एउटा सूचना दिने पक्ष र अर्को सूचना पाउने पक्ष । यी दुई पक्षका बीच जति मात्रामा अन्तत्र्रिmया हुन्छ त्यति नै मात्रामा सञ्चार प्रक्रिया सफल भएको मान्न सकिन्छ ।
विकासमा सूचना तथा सञ्चार प्रणालीको महत्वहरूमा: संगठनलाई प्रतिस्पर्धी, प्रविधियुक्त, सबल, सक्षम र प्रभावकारी बनाउन, अभिलेख व्यवस्थापनलाई वैज्ञानिक र प्रभावकारी बनाउन, संगठनको आवश्यकताको पहिचान साथै समस्याको पहिचान गर्न, सेवा प्रवाहमा गुणस्तरीयता, मितव्ययिता र प्रभावकारिता ल्याउन, व्यवस्थापनलाई समयमै भरपर्दो र विश्वसनीय सूचना उपलब्ध गराउन, योजना निर्माण र निर्णय प्रक्रियामा सहयोग गर्न, उपलब्ध स्रोत साधनको मितव्ययी, कुशल र प्रभावकारी उपयोग गर्न, सुशासनको प्रत्याभूति कायम गर्नका लागि पनि सूचना तथा सञ्चारको आवश्यकता पर्छ । व्यवस्थापन र सरोकारवालालाई एकीकृत तथा परिष्कृतरूपमा एकै ठाउँबाट आवश्यक सूचना उपलब्ध गराउन, संगठनका कार्य प्रक्रियालाई छिटोछरितो र प्रभावकारी बनाउनका साथै संगठनको लक्ष्य, उद्देश्य र आवश्यक रणनीति तय गर्न, संगठनको योजना तर्जुमा तथा कार्यान्वयन, अनुगमन, मूल्याङ्कन तथा प्रतिवेदन चरणमा आवश्यक सूचना उपलब्ध गराउनको लागि सूचनाको महत्व छ । अन्तरविभागीय समन्वयलाई प्रभावकारी बनाउन, वातावरणीय प्रभाव र परिवर्तनको आवश्यक जानकारी दिन, संगठनलाई प्रतिस्पर्धी र तुलनात्मक लाभका क्षेत्र पहिचान गर्दै त्यसका लागि आवश्यक रणनीतिक निर्णय लिन, प्रविधिको उपयोग हुने हुँदा सूचना तथा जानकारीको विश्वव्यापी बहुआयामिक उपयोग हुन सक्ने, एकपटकको लगानी वा प्रबन्धले दीर्घकालीन प्रणालीगत सुविधा तथा लाभ प्राप्त गर्न सकिने आदि ।
सञ्चारका माध्यमहरू
कुनै यन्त्र उपकरणहरू वा यन्त्रको माध्यमबाट खबर आदान प्रदान गर्ने क्रियालाई सञ्चार सेवा भनिन्छ । देशभित्रका एक ठाउँबाट अन्यत्र र एक राष्ट्रबाट अर्को राष्ट्रमा छिटो, छरितो तवरले सूचना खबर पठाउन सकिन्छ । सञ्चारका साधनअन्तर्गत हुलाक सेवा, आकाशवाणी, टेलिफोन टेलेक्स, टेलिप्रिन्टर, ट्रंकल, रेडियो, टेलिभिजन, अखबार, पत्रपत्रिका इत्यादि प्रमुख छन् । देशको समग्र आर्थिक उन्नति गर्न सञ्चार सुविधाले महत्वपूर्ण भूमिका निभाउने हुँदा सञ्चार सुव्यवस्थाको विकासलाई पनि आर्थिक पूर्वाधारमध्येमा लिइन्छ । नेपालमा हालसम्म विकास भएका सञ्चार माध्यमहरू निम्न प्रकारका छन्:–
(१) हुलाक सेवा: यातायातमा स्थल मार्गको जस्तै सञ्चार माध्यमहरूमा आजको नेपाललाई हुलाक सेवाको विकास र विस्तार गर्नुको साथै सम्वद्र्धनको ज्यादै आवश्यकता छ । सर्वसाधारण जनतालगायत सबैले सजिलैसँग व्यहोरिन सकिने सस्तो मूल्यमा प्राप्त हुँदै गएको यसको सेवाले समाजमा एक अपरिहार्य स्थान जनाइसकेको छ । अविकसित यातायात प्रणाली र कठिन धरातल भएको हाम्रो देशमा सरकारी, संस्थागत, पारिवारिक या व्यक्तिगत सम्पर्कको सर्वाधिक सुलभ र व्यापक साधन अझै हुलाक सेवा नै छ । यति मात्र होइन देशको अत्याधिक भागहरूको लागि उपयुक्त कुनै पनि प्रकारको सम्पर्क राख्ने एक मात्र उपलब्ध साधन हुलाक नै छ ।
आर्थिक सर्वेक्षण, २०८०/८१ मा उल्लेख गरिएअनुसार यस आर्थिक वर्षमा कतार एयरवेज र सिङ्गापुर एयरलाइन्ससँग २८ देशमा अन्तर्राष्ट्रिय डाँक ढुवानीका लागि सम्झौता भई ढुवानी कार्य भइरहेको छ । द्रूत डाँक सेवा २०८० फागुनसम्म ४४ जिल्लाको ६५ स्थानमा विस्तार भएको छ । अन्तर्राष्ट्रिय हवाई द्रूत डाँक सेवा हालसम्म ३९ देशमा विस्तार भएको छ । २०८० फागुनसम्म रेडियो नेपालको प्रसारण पहुँच ९३ प्रतिशत जनसङ्ख्यामा पुगेको छ ।
(२) दूरसञ्चार: दूरसञ्चार सेवालाई यातायात जस्तै सर्वाङ्गीण विकासको भौतिक पूर्वाधारको रूपमा मानी आएको छ । आकाशवाणी माइक्रोवेभ ट्रङ्क सञ्चार प्रणाली, स्थानीय टेलिफोन एक्सचेन्ज, टेलेक्स, टेलिप्रिन्टर आदि आधुनिक दूरसञ्चारका महत्वपूर्ण माध्यमहरू हुन् । यी दूरसञ्चारका विभिन्न माध्यमहरूको स्थापनाबाट देशको एक स्थानबाट अर्को स्थानमा र एक मुलुकबाट अर्को मुलुकमा छिटोछरितो किसिमले खबरहरूको आदानप्रदान गर्न सम्भव भएको छ । यसबाट देशको आर्थिक सामाजिक एवं राजनीतिक र प्रशासनिक क्षेत्रको विकासमा महत्वपूर्ण टेवा मिल्न गएको छ । उद्योग, वाणिज्य तथा व्यापारको विकास साच्चै भन्ने हो भने दूरसञ्चारको विकासमा नै गाँसिएको हुन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4
ताजा अपडेट
- अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना
- जनार्दन शर्मा र नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता
- ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु
- ‘संसद्को आगामी अधिवेशनले प्रहरीसम्बन्धी विधेयक पारित गर्ने’
- ग्राभेलिङ गरिएको पाँचवर्षपछि बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र
- कुश्मामा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो
- हात्ती आक्रमणबाट मृत्यु
- प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ: अध्यक्ष दाहाल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया