नुवाकोटमा आधुनिक बन्दी गृह
नुवाकोट जिल्लाको विदुर नगर पालिकाको खम्ब क्याम्पमा एक आधुनिक केन्द्रीय कैदीबन्दी गृह ( काराबास)को स्थापना भएको छ । यो भवनको दृश्यलाई ड्रोन क्यामराले कैद गरेको फोटोलाई हेर्दा रमित लाग्दो रिसोर्टजस्तो देखिन्छ । अलि टाढाबाट हेर्दा उक्त भव्य संरचनाको प्रयोजनमा बनेको हो भन्ने कौतुहल जाग्छ । तर नजिकबाट त्यहाँ बनेका भौतिक पूर्वाधारलाई नियाल्दा काडेतारबारको पर्खाल, सुरक्षाकर्मी सुरक्षाकर्मीको चौबीसै घण्टाको पहरेदारीले त्यो एक बन्दी गृह हो भनेर सहजै लख काट्न सकिन्छ । यथार्थमा कानुनको उल्लङ्घन गरी अपराधी ठहरिएका वा अपराधी हुन्÷हैनन् भनी पुर्पक्षमा रहेका व्यक्तिहरूलाई राखिने त्यो एक केन्द्रीय बन्दी गृह हो ।
हुन त बालबालिकाको लागि स्तरीय विद्यालय बनाइए, प्रोढका लागि जेल बनाउनु पर्दैन भनिन्छ । पछिल्लो समयमा बन्दीहरूको पनि मौलिक हक अधिकारको कुरा उठेको हुनाले बन्दी गृहमा सबै प्रकारका मानवीय सेवा सुविधा उपलब्ध गराउनुपर्ने कुरा राज्यको दायित्वभित्र पर्छ । बन्दी गृह भनेको उहिलेको यातना गृह नभएर मानिसलाई सुधार गर्ने सुधार केन्द्रको रूपमा लिन थालिएको हुनाले बन्दीगृहमा तमाम सुविधाहरू उपलब्ध गराइन्छ । यही अभिप्रायले नै यो भवन निर्माण गरियको छ ।
‘बन्दीगृह’ शब्दले कानुनले अपराधी ठह¥याएको वा छेकथुन गर्नुपर्नेहरूलाई बन्धक बनाउने घर हो भन्ने बुझिन्छ । परम्परागत सोचअनुसार बन्धक गरिसकेपछि बन्धक भएका व्यक्तिको शारीरिक मानसिक सामाजिक पारिवारिक आर्थिक राजनीतिक शैक्षिक सबै कुराबाट बन्द हुने भन्ने अवधारणा थियो । तर अहिले मानव अधिकारको विश्वव्यापी अवधारणा र प्रचलित संविधान ऐन कानुनअनुसार अपराधी वा आरोपित व्यक्तिका समेत मौलिक अधिकार संरक्षण गर्नुपर्ने अनिवार्य भएको छ ।
त्यसो त इतिहास हेर्दा १ जनवरी १९०१ मा अस्ट्रेलियाले आफ्नो देशमा बन्दीगृह पहिलो पटक स्थापना गरेको थियो । अस्ट्रेलिया बेलायत सरकारको उपनिवेशमा रहेको हुनाले स्वतन्त्रताको आवाज उठाउने व्यक्तिहरूलाई यातना दिने उद्देश्यले बन्दीगृह स्थापना भएको थियो । अपराधी व्यक्तिलाई समुन्द्री टापुहरूमा छोडेर कस्टर जीवन बिताउन बाध्य पारिन्थ्यो । हाम्रै नेपालमा पनि कालापानी पठाउने गरिन्थ्यो ।
हालको विश्वको आकर्षक केन्द्र बनेको विशेष गरी विद्यार्थी भिसामा विदेश जान चाहेका युवा पुस्ताको पहिलो रोजाइमा रहेको अस्ट्रेलियामा सरकारले आफ्नो नागरिक (जसले गैरकानुनी काम गरेको थियो त्यस्ता मान्छे) समुन्द्री टापुमा लगेर यातना दिन्थे भन्दा अचम्म लाग्छ । कैदीबन्दी गृहको गलत मान्छेले आचरण सुधार गरी पहिलाभन्दा राम्रो बनाउने एक पुनित उद्देश्य रहेको थियो । यसरी सुधारिएका व्यक्तिहरू पुनः समाजमा सकारात्मक मनस्थिति बोकेर पुनस्र्थापना हुन सकून् भन्ने नै हो । अर्को कुरा त्यहाँ रहँदा उनीहरूको सर्वाङ्गीण ब्याक्तित्व विकास होस र उसले नयाँ जीवन प्राप्त गरोस् भन्ने पनि उद्देश्य थियो ।
नेपाल सरकारले नुवाकोटको विदुर नगरमा केन्द्रीय कारागारमा प्रयोग गरिने निर्णय हुन् भन्दा पहिला नुवाकोटका साविकका ६१ गाविसमध्येका एउटा गाउँ किम्ताङ गाविस हाल म्यागङ ४ का पहिरोपीडित चार सय १६ घरका करिब २०८० परिवारलाई पुनःस्थापनाको लागि दाबी समेत गरी केही समय बसोबास समेत गरेको थियो । त्योभन्दा पहिला पुरुष बौद्धमार्गी खम्बहरूले बसोबास गरेका थिए । उक्त स्थानलाई यात्राको क्रममा बौद्धमार्गी खम्बहरू बसोबास गर्ने थलो भएकाले खम्बक्याम्पको रूपमा समेत परिचित छ ।
अतितमा धर्मावलम्बीको बसोबासको केन्द्र त कहिले पहिरोको जोखिममा परेर उठिबास भएका पीडितको आश्रयको केन्द्र रहेको रहेको थियो । त्यो ठाउँ काठमाडौं नुवाकोट जोड्ने सडकभन्दा दुई किलोमिटरको दूरीमा रहेको यो बन्दीगृह नेपाल सरकारको आर्थिक वर्ष २०७१÷७२ को विनियोजित स्वीकृत ४५ करोड ४२ लाख ९४ हजार १७ रुपैयाँ बजेट रकममा निर्माण सुरु भयको थियो । निर्माणको जिम्मेवारी लामा रमण जेभी निर्माण व्यवसायीले २०७३ असोज ३० मा सम्झौता गरी २०८१ साउन एकमा कार्य सम्पन्न गरेको छ ।
११ सय २० पुरुष र दुई सय ८० महिला गरी १४ सय कैदी बन्दीको क्षमता भएको उक्त भवन त्रिशुली नदीको तिरमा रहेको छ सय १४ रोपनी खेतीयोग्य उर्वर जमिनमा अवस्थित छ । भवन निर्माण सम्पन्न भएसँगै गृहमन्त्री रमेश लेखकको प्रमुख आतिथ्य र बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाको विशेष आतिथ्यतामा जिल्लामा रहेका विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधि, राजनीतिक दल, सञ्चारकर्मी, सुरक्षाकर्मी सरोकारवालाको विशेष उपस्थितिमा भवन उद्घाटन भएको छ । विविध कार्यक्रमसहित उल्लासमय वातावरणमा भएको उद्घाटनले नुवाकोटवासीमा थप उत्साह थपेको स्थानीयबासीको भनाइ रहेको छ । सोही अवसरमा नुवाकोटको डुङ्गेमा रहेका कैदीलाई नयाँ भवनमा स्थानान्तरण गरिएको थियो । २०८१ भदौ १५ मा उक्त भवनको सर्वपक्षीय अनुगमन पनि सम्पन्न भयो ।
नुवाकोटमा यति ठूलो रकमको सुविधा सम्पन्न कैदीबन्दी गृहको निर्माण सम्पन्नपछि हरेक क्षेत्रका मान्छेले विभिन्न कोणबाट हेर्ने गरेको पाइन्छ । भवनको अवस्थितिलाई हेर्दा एउटै कित्ताको छ सय १४ रोपनी जग्गा मिल्नुले पछि यसको विस्तार र परिमार्जनको लागि अवसर जुटेको छ । मलिलो माटो, सिँचाइको लागि नजिकै त्रिशुली नदी बगिरहेको, उत्पादित वस्तुको बजारीकरणको लागि पनि काठमाडौं कालीपाटीबाट टोखा छहरे सडकको दूरी जम्मा ४८ किलोमिटर मात्रै रहेकाले थप अवसर प्राप्त छ ।
सडक सञ्जाल नजिकै, धान गहुँ, मकै र आलुबाली मात्रै होइन तरकारीजन्य नगदे बाली उत्पादन हुने निश्चित छ । सिमेन्ट रड बालुवाको प्रयोग गरी मानवीय शक्तिलाई कैदीको नाममा इँटाको गाह्रोभित्र राख्ने ठाउँ बनेको छ । यस्तो स्रोत र साधनको सदुपयोग भयो कि भएन भन्ने कुरामा आ–आफ्नै दृष्टिकोण रहेको पाइन्छ ।
सुविधा सम्पन्न भवन बनाउनको उद्देश्यचाहिँ कैदीबन्दी गृहको क्षमताभन्दा कैदीको संख्या धेरै भएर थप भवन बनाउन परेको र नयाँ भवनमा सुविधा राम्रो हुने बसाइँ सहज हुने किसिमको संरचना बनाएको भन्ने देखिन्छ तेस्रो त कैदीको फिक्स कोटा पनि त कहाँ छ र ? कैदीबन्दी गृहको क्षमताअनुसार कैदीलाई कैद गर्ने पनि होइन । कैदी संख्याको वृद्धिको कारण र धेरै कारक तत्वहरू हुने गर्छ ।
भवन उद्घाटनको दिनमा त्यो ठाउँमा पुगेका नुवाकोटवासी र नुवाकोट बाहिरका महानुभावहरूले एक अर्कामा खुसी साटासाट गर्दै बधाई दिएका थिए । केही व्यक्ति जग्गाको भाउ सोधिरहेका थिए, कसैले क्यान्टिन राख्ने ठाउँ खोजिरहेका देखिन्थे । कसैले स्थानीयलाई सरफाइ गर्ने काम पाइन्छ भन्दै थिए, यी र यस्ता कुराले यो भवनको निर्माणसँगै अनेक रोजगारीको अवसर पनि सिर्जना गरेकी अनुभूति भएको छ । यस ठाउँको व्यापक प्रचारप्रसार हुनेछ । व्यापार व्यवसायको प्रवद्र्धन हुँदै फस्टाउने छन् । आन्तरिक पर्यटनको अभिवृद्धि हुनेछ र नुवाकोटको चिनारी कायम हुनेछ ।
केन्द्रीय कैदीबन्दी गृह भएकाले ७७ जिल्लाका कैदीबन्दी यहाँ आउने र उनीहरूका आफन्तजनको आगमन हुनाले यहाँको चहलपहल र रौनक बढ्ने छ । ७७ जिल्लाकै मान्छेको आउजाउ हुनाले देश र विभिन्न प्रदेशको धार्मिक, सांस्कृतिक सम्पदाको आदानप्रदान हुनेछ । भाषिक भौगोलिक एकीकरणको महसुस हुनेछ । यो भवनको निर्माणले नुवाकोट र नुवाकोटवासीले यहाँका स्थानीय उत्पादनमा विशेष जोडदिनुपर्ने देखिन्छ ।
बन्दी गृहमा रहेका मान्छेका लागि आवश्यक खाद्यान्न लत्ताकपडा बन्दोबस्तीका सामान नुवाकोटकै उत्पादनले पु¥याउनु र बाहिरबाट नुवाकोट आएका मान्छेले नुवाकोटको स्थानीय विशेष सामग्री लिएर जान पाउने वातावरण बनाएमा छुट्टै आम्दानीसहित हाम्रो पहिचान देशैभरि प्रसारित हुनेछ । त्यसैगरी नुवाकोटको मौलिक सांस्कृतिक सम्पदाको हाम्रो संस्कारको व्यापक प्रचार हुनेछ । यसको माध्यमबाट नुवाकोटको समृद्धिमा टेवा पुग्ने निश्चित छ । नुवाकोटको विशेषता र आफ्नो पनलाई सुभाषित गर्ने अवसर र पर्यटकीय क्षेत्र स्थापित गर्न गराउन पनि यो भवन एक महत्वपूर्ण आधार बन्नेछ ।
हुन त जेल बनाउनु भनेको जाल र झेलको आचरण हुने मान्छेको आचरण सुधार होस् र दण्ड सजाय र बन्धक बनाएपछि त्यसको सकारात्मक सिकाइ अरूले गरोस् र कमभन्दा कम मानिस मात्रै जेल जान परोस् भन्ने हो । अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा आइसल्यान्डमा जेल अर्थात् बन्दी गृह छैन । नेदरल्यान्डको जेलमा कैदी नै छैन । सबै जेलहरू खाली छन् । त्यसैले हामीले ठूलो धनराशि खर्च गरेर जेल बनाउनभन्दा लोभ, क्रोध, मोह, रिस, डाहा, महात्वकांक्षा, आवेश अनि आक्रोशलाई नरम बनाउन त्यो लगानी गर्नुपर्ने हो । शिक्षा क्षेत्रमा विद्यालय, विश्वविद्यालय बनाएर ज्ञानमा, नैतिकतामा धर्ममा, ध्यान योगमा लगानी गरी मानव आचरण सुधार गरी आपराधिक मनोरोगलाई न्यूनीकरण अनि निर्मूल गर्नका लागि नेपाल सरकार र सरोकारवालाको ध्यान जानुपर्ने देखिन्छ । बन्दीगृह बनाउनु गौरव नभई एक अपरिहार्य बाध्यता पो हो कि ? तपाईंलाई के लाग्छ ?
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया