Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगदशैँ, एनआरएन, विदेश जाने क्रम 

दशैँ, एनआरएन, विदेश जाने क्रम 


‘राई माइलाले गाउँँ छोड्यो रे’ भन्ने गीत भावुक र सान्दर्भिक छ । अब त गाउँ मात्र होइन देश नै छोडी सके । मानिसहरूलाई बसाइँसराइ गर्ने अधिकार छ, यो नैतिक मुद्दा हुनु हुँदैन । हामी सबै व्यक्ति हौँ र हामी आफ्नै छनौटहरू गर्छौँ । हाम्रो अस्तित्वको प्रारम्भदेखि नै मानिसहरू बसाइँ सर्दै आएका छन् । अफ्रिका छोड्दा पहिलो ठूलो बसाइँसराइ भयो । महान चाड दशैँ आउँछ, एनआरएनको सम्मेलन हुन्छ, सरकारको प्रतिबद्धता आउँछ । अहिले ता विदेशमा गई दशैँ मनाउने क्रम बढ्दो छ, यो कुराको पुष्टि सामाजिक सञ्जालबाट हुनेछ । यसरी हेर्दा नेपाली विदेशमा पर्यटक भएर गएको र नेपालमा भित्र्याउने पर्यटक बारेमा समेत तुलनात्मक अध्ययन नेपाल पर्यटन बोर्डलगायत सम्बन्धित निकायले गरेकै होला । हामी १० लाख १५ लाख पर्यटक भित्र्याउनेमै दशकौँदेखि लागि रहेका छौँ ।
श्रम आप्रवासन हाम्रो देशको सामाजिक–आर्थिक स्थितिको अभिन्न पक्ष भएको छ । नेपाली अर्थतन्त्र धेरैजसो नेपाली युवाहरूले विदेशमा आर्जन गरेको रेमिट्यान्सको जगमा रहेको छ । यस सन्दर्भमा नेपाल सरकार सिर्जना र प्रवद्र्धन दुवै माध्यमबाट जानकार छ । आन्तरिक रोजगारी र वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र नियमित सुनिश्चित गर्ने प्रश्नहरूमा । यसबाहेक नेपाल सरकार वैदेशिक रोजगारीलाई सूचित विकल्पको रूपमा सुनिश्चित गर्ने बाटोमा छ । मन्त्रालयले सन् २०१५ देखि ‘श्रम आप्रवासन प्रतिवेदन’ प्रकाशन गर्न थालेको छ ।
सरकारले हरेक दिन आर्थिक समृद्धिको रटान लगाइरहँदा नेपालका गाउँँ खाली हुने क्रम बढिरहेको छ । दुःखका साथ भन्नुपर्छ– कतिपय गाउँँ महिलाका भरमा चलेको छ । गाउँँमा विपत्ति हुँदा र मान्छे मर्दा पुरूष मलामी पनि नपाइने अवस्था सिर्जना भइसकेको छ । पहिले हामीले बुझ्नुपर्छ कि विश्वका विकसित देशहरू पनि नेपाल अहिले जुन चरणबाट गुज्रिरहेका छन्, त्यही चरणबाट ती मुलुक पनि गुज्रेका थिए । आफ्नो देशमा बस्ने वा नयाँ ठाउँमा बसाइँ सर्ने व्यक्तिगत छनोट हो । यसमा कुनै बन्देज लगाउन सकिने होइन बस्ने अनुकूल वातावरण सिर्जना गरिदिने हो ।
भावनात्मक अंश किन जागेन ?
भावनात्मक अंश आजका युवामा दिन प्रतिदिन खस्किँदै गएको चर्चा जेष्ठ नागरिक समाजले गर्नु निकै गम्भीर विषय हो । अभिभावक, शिक्षक र समाज जसरी भए पनि राम्रो अंक ल्याउनमा मात्र केन्द्रित छ । यसको मतलब उनीहरूले युवाहरूलाई केवल आईक्युबाट न्याय गरिरहेका छन् । तर यदि हामी भावनात्मक ईक्वी अंशको बारेमा कुरा गर्छौँ भने यो युवावस्थामा यो निकै कम छ । अब प्रश्न उठ्छ कि यस्तो किन हुन्छ ? घरका साथै विद्यालय र कलेजमा नैतिक शिक्षालाई हामीले बेवास्ता गरिरहेका अनुसन्धानकर्ताहरू बताउँछन् । वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्कअनुसार वार्षिक छ लाखभन्दा बादी नेपाली युवाशक्ति विदेश पलायन हुने गरेका छन् । युवा विदेशिने क्रममा कमी होइन दिनहुँ बढोत्तरी भइरहेको छ । स्वदेशमा यसको विकल्प नखोज्ने हो भने दशकौँसम्म नेपालीले विदेशमै श्रम बेच्दै दासत्वको जीवन बिताउनुपर्नेमा कुनै द्विविधा छैन ।
मुलुकले आर्थिक र सामाजिकरूपमा फड्को मार्न पहिले श्रममा विश्वास गर्न सक्नुपर्छ । काम सानो वा ठूलोभन्दा श्रमको सम्मान गर्ने र स्वदेशमा उत्पादन बढाउन लागि पर्नुपर्छ । विदेशमा पनि तलब नपाएर बिचल्लीमा परेका, चर्को श्रम शोषणमा परेका, विदेश–मोहले परिवार नै बिगारेका सामाजिक विकृति रहेको दृष्टान्त विदेश पलायनले निम्त्याएका परिणाम हुन् । सरकारले नेपाली श्रमशक्तिलाई स्वदेशमै परिचालन गर्न निकै गम्भीर भएर तत्काल, मध्यमकाल, दीर्घकालको नीति एवम् कार्यक्रम गम्भीरताका साथ ल्याउनुपर्ने ढिलाइ गर्न नहुने छ ।
नेपाल अवसरहरूको भूमि हो, अन्वेषण नगरिएको, नवाप्रवर्तन र उद्यमशील उद्यमी र नेताहरूको लागि उत्तम माटो रहेको भूमि हो । नेपाललाई तपाईं र म चाहिन्छ । हरेक वर्ष ठूलो संख्यामा देशका श्रमशील र मेधावी युवा विदेश पलायन हुनु भनेको बाढीले जमिनको माथिल्लो उर्वर माटो बगाएर लैजानुजस्तै हो । निश्चय नै यसरी युवा पलायनको भयावह अवस्था आउनुमा मुख्य जिम्मेवार– देशमा विगतमा हुने गरेका बन्द, हड्ताल तथा उच्चशिक्षा हासिल गरेकाहरूलाई देशमै उचित रोजगारी नपाउने अवस्था हो । जसमा अहिले थोरै सुधार देखिए पनि धेरैजसो समस्या हटेका छैनन् । यसरी युवा विदेशजाने बढ्दो क्रम रोक्न स्वदेशमै रोजगारीको ग्यारेन्टी, सबै खालका श्रमको सम्मान र सामाजिक सुरक्षाअन्तर्गत बेरोजगारलाई बाँच्न पुग्ने भत्ताको व्यवस्था गर्नु आवश्यक छ । साथै, यसका सिस्टमेक समस्याको गम्भीरताको साथ समाधान गर्नु आजको आवश्यकता हो ।
रेमिट्यान्स नेपालको अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदानकर्ता बनेको छ । सबैभन्दा महत्वपूर्ण कुरा, हामीलाई हाम्रा साथीहरू, परिवार, हाम्रो घर छोड्न, विदेशमा यात्रा गर्न, संघर्ष गर्न, कडा परिश्रम गर्न र हाम्रो जीवनमा केही हासिल गर्न सजिलो छैन । नेपाल छाडेर गएका नेपालीले के गर्छन् त्यो गर्न निकै गाह्रो छ । विदेशमा धेरै स्टार्टअपहरू यी स्तरहरूमा अध्ययन गर्ने विद्यार्थीहरूले सुरु गरेका छन् तर हामीकहाँ त्यस प्रकारको इकोसिस्टम छैन ।
कुरा भयो काम पटकै भएन 
सरसरी समीक्षा गर्दा नेपालमा बेलाबखत सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्ने कुरा सार्वजनिक भए तर ती व्यावहारिक र व्यवहृत समेत भएनन् । सरकारले खासगरी २०६२÷६३ पछिका सबै सरकारले रोजगारी दिने घोषणा गरे पनि रोजगारी दिन नसकेको बताउँछन् । अघिल्ला सरकारले समेत स्वदेशमै रोजगारीमा प्राथमिकता दिने घोषणा गरेका थिए । तर रोजगारी दिन सकेनन् । वैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै सरकारले रोजगारी सिर्जनामा प्राथमिकता दिने उद्घोष गरे पनि सरकारको कार्यक्रमको पाना भर्नेबाहेक अरू केही नहुने देखिन्छ ।
श्रम बजार : काहीँ छैन रोजगारी 
नेपालमा वर्षेनि श्रम बजारमा पाँच लाख आउँछन् । त्यसमध्ये स्वदेशमा रोजगारी नपाएर तीन चौथाइ वैदेशिक रोजगारीमा जान बाध्य छन् । यसअघिका सरकारले बाध्यात्मकरूपमा वैदेशिक रोजगारीमा जाने अवस्था अन्त्य गर्ने घोषणा गरेको थियो । तर अहिलेसम्म बाध्यतात्मक वैदेशिक रोजगार अन्त्य गर्न सकेको छैन । सरकारले स्वदेशमा रोजगारी सिर्जना गर्न सक्दा थोरै पारिश्रमिकमा श्रमिक वैदेशिक रोजगारीमा जान बाध्य छन् । सरकारले स्वदेशमा उद्यम गर्न चाहने तथा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई सीपमूलक तालिम दिन सकेको छैन । जसले गर्दा अदक्ष कामदार वैदेशिक रोजगारीमा जान बाध्य छन् । स्वदेशमा विदेशी नागरिकले अवसर पाइरहेका छन् ।
सकेसम्म किन नेपाल नबस्ने, किन ?
हाल आएर सकेसम्म नेपालमा नबस्ने सोचाइ अधिकांश नेपालीहरूमा रहेको कटु यथार्थ छ । अधिकांशको मनोविज्ञान ‘यहाँ बसेर केही हुँदैन’ भन्ने ढङ्गको रहेको पाइन्छ । पढ्ने नाममा, घुम्ने नाममा, रोजगारीको लागि, अन्य पेसा तथा व्यवसायको लागि भनि विदेश जानेहरूको संख्या डरलाग्दो छ ।
खाडी मुलुकमा जाने मुख्य कारण यो हो कि लगभग सबै खाडी देशहरूमा प्रवासीहरू नागरिकहरूको संख्याभन्दा बढी छन् । नेपालीहरू विदेशमा गएपछि राम्रै कमाइ हुन्छ भन्ने भनाइले पनि धेरै युवा वैदेशिक रोजगारतर्फ आकर्षित भएका छन् । स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचाइको न्यूनता, १२ कक्षा पढेपछि विदेश जानुपर्छ भन्ने प्रवृत्तिको विकास, देशभित्रै रोजगारीको न्यून अवसर, बढ्दो महत्वाकांक्षा आदिले गर्दा पनि पछिल्लो समय युवा जगतमा विदेशिने क्रम बढेको हो ।
हालका केही वर्षमा कतिपय युवाले विदेशबाट सिकेर आएको सीपको उपयोग गर्दै नेपालमा नै उद्यम गरेर राम्रो कमाइ गरेका पनि छन् । तर त्यस्ता युवालाई प्रोत्साहन गर्ने, पुरस्कृत गर्ने, व्यवसायका लागि आवश्यक सामग्री समयमा नै उपलब्ध गराउनेजस्ता कार्य अझै पनि देशव्यापी हुन नसक्दा केही वर्षमै व्यवसाय छाडेर पुनः विदेशमा जानेहरूको संख्या पनि उत्तिकै भएको कटु वास्तविकता छ ।
नेपालमा विसं २०७८ मा गरिएको जनगणनाको नतिजाअनुरूप करिब २१ लाख ७० हजार युवा विभिन्न देशमा रोजगारीका लागि गएका छन् । विप्रेषण आप्रवाह सँगसँगै पारिवारिक विखण्डन, सामाजिक एक्लोपन, विप्रेषणको अनुत्पादक क्षेत्रमा प्रयोग, गलत र विदेशी संस्कृतिको प्रयोग, मुलुकमा युवा शक्तिको अभाव, विप्रेषण आयका कारण आयात वृद्धि भई व्यापार घाटा बढ्दै जानेलगायतका समस्या पनि नदेखिएका होइनन् ।
नेपालबाट दक्ष, पेसागत र श्रमिकको विदेशमा बढ्दो पलायनले देशको विकासमा ठूलो खतरा खडा गरेकाले यसले धेरै प्रश्नहरू अनुत्तरित बनाउँछ । के हामी आफ्नो सीप आफ्नै देशमा प्रयोग गर्न सक्दैनौँ ? के हामी आफैँलाई राम्रो बनाउन सिक्दैछौँ ?
वैदेशिक रोजगार ः खाली भारत र खाडी मात्र हो ?
वैदेशिक रोजगार भन्दैगर्दा हाम्रो मानसपटलमा आउने भारत वा खाडी मुलुक हुन् । तर हाम्रो मस्तिष्कले संसारका विकसित मुलुकमा जानुलाई वैदेशिक रोजगार मान्नको लागि तयार भने भएको छैन । कतार र क्यानडा जाने वा अरब र अमेरिका जानेहरूको बीचमा विभेद अहिले पनि हाम्रो समाजले गरिरहेको देखिन्छ ।
श्रम आप्रवास एक बहुआयामिक र बहु–संरचनात्मक घटना हो, उचित आवश्यकता राष्ट्रिय, क्षेत्रीयस्तरमा विभिन्न निकाय र सरोकारवालाहरू बीचको सहयोग र सहकार्य र सुरक्षित, व्यवस्थित हुनु जरुरी छ । विगतमा नेपाली आप्रवासी कामदारहरू रोजगारीको भर्ना प्रक्रियामा शोषणको शिकार भएका छन् । नेपाल सरकारले सीप विकासका माध्यमबाट आप्रवासी कामदारको पुनः एकीकरणलाई पनि प्राथमिकता दिएको छ ।
कसले भन्छ नेपालमा विकास वा परिवर्तन भएको छैन । उलटपलट भएको छ, विगत छ सात दशक को तुलनामा । हुन त परिवर्तन एक स्वाभाविक प्रक्रिया हो । नेपालमा पुलिस सेवाको ड्रेस खाकी बाट ‘नेबीब्लु‘ भएको छ । काठमाडौँमा डोजÞरबाट धमाधम घर भत्काउँदै सडक चौडा भएका छन् । जातीय विभेद अन्त्य भएको छ । महिलाको सहभागिता सदन र जागिरमा दुवैमा बढ्दै गएको छ ।  विजुलीमा लोड सेटिङ खतम भएको छ । काठमाडौँमा मेलम्चीले सडक पखाल्न पुग्ने पानी आएको छ । लगानी सम्मेलन तीन वटा भए । निजी क्षेत्रले पनि सरकारको सहयोगमा पूर्वाधार सम्मेलन गरेकै छ । बजेट मात्र ७८ पटक ३६ जना अर्थमन्त्रीले प्रस्तुत गरिसके । विप्रेषण बढेको छ, विदेश जाने, सहरीकरण हुनु के नराम्रो हो ? यो त नैसर्गिक अधिकार हो ।
गाउँ खाली भएर के भो ? खेती भएन, त्यहाँ विकास गर्ने भनेर एउटा घर र छित्रिएको ठाउँमा सडक, सञ्चार, सबै पु¥याउनुभन्दा सहरीकरण राम्रो होइन र ? विदेशी विकास साझेदारले समेत गरिबी निवारणका लागि गाउँको विकासभन्दा सहरीकरणमा जोड देऊ भन्छ । कार्यालमा संस्थागत मेमोरीको व्यवस्था भएकै छ । सरकारको बोली बोल्न सरकारी सञ्चार माध्यम छ । जनता र आम नागरिकको लागि आमसञ्चारको साधन छँदैछ । टावर, भूकम्पपछि पुननिर्माण, धरहरा वा सेतो टावर बनेकै छ । पार्किङको पर्याप्त स्थल भएको हुँदा खाली ठाउँमा गमला र हरियो र राम्रो फूल राखी स्मार्ट सिटी बन्दैछ, राजस्वको प्रमुख स्रोतवाहनको आयात पार्किङ नभए पनि बढेकै छ , पार्किङको किन चिन्ता ? जतात्यतै यस पार्किङ होइन नो–पार्किङ झुन्डियेकै छ,   सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । पोखरा र लुम्बिनीको विमानस्थल चलाउन प्रयास भएकै छ ।
हो सहकारीमा समस्या छन्, अर्थतन्त्र चलायमान भएको छैन, पुँजी बजारले गति लिन सकेको छैन ।  ‘राजनीतिक स्थिरता, समन्वय, कार्यान्वयन, पँुजीगत खर्च, व्यापार घाटा, सुशासन’ आदि शब्दबारे धेरै बोल्नु लेख्नुको कुनै अर्थ छैन । अब यी शब्दबारे एक प्रतिशत मात्र बोल्ने र उनान्सय प्रतिशत काम …काम गर्ने जरुरत छ ।
‘हामी विरलै कडा परिश्रम गर्छौँ र हामी मुस्किलले स्मार्ट काम गर्छौँ । बहुसंख्यक नेपालीहरू परम्परागतरूपमा र स्वभावले कडा श्रमिक थिए, दिनहुँ खेतमा परिश्रम गर्ने । त्यो कुनै न कुनै रूपमा ‘सेतो–कलर’ कार्यमा अनुवाद हुन सकेन । यस्तो देखिन्छ कि हामीले अझै पनि आवश्यक नैतिकता र व्यावसायिक खेती गरेका छैनौँ, जुन आजको कार्यालयको काम र बौद्धिक अर्थतन्त्रको लागि चाहिन्छ चाहिन्छ । कर्मचारीतन्त्रलाई हेर्नुहोस् र आफैँ न्याय गर्नुहोस् । हामी सफलताको लागि द्रूत र सजिलो बाटो चाहन्छौँ ।
अहिले बारम्बार सामाजिक सञ्जालमा आइरहने शब्द हो, असफल राज्य । राज्य सञ्चालनका संयन्त्रहरूले काम गर्न सकेनन् भने त्यो देशलाई असफल राज्य भनिन्छ । राज्यले जनतालाई कतिसम्म मानवीय अधिकार, न्यूनतम आधारभूत आवश्यकता, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीजस्ता सेवा प्रवाह गर्न सकेको छ वा छैन भन्ने कुरामा नागरिकको सम्बन्ध जोडिएको हुन्छ । यसैबाट र अरू आर्थिक सूचकबाट कुनै पनि मुलुक, सरकार सफल असफल भन्ने कुराको निक्र्योल हुन्छ ।
नेपालमा सरकार शक्ति केन्द्रित भएकोमा सो अहिलेसम्म पनि नसच्चिएको, सुशासनको कतिपय प्रश्नमा खरो उत्रिन नसकेको स्थिति रहेको तथा संघ र प्रदेश सरकारका बीच पर्याप्त समन्वय हुन नसकेको आदि असफलताका सूचक हुन सक्छन् । केही व्यक्तिका मतअनुसार नेपाल असफल हुँदैछ भन्ने पक्ष विपक्षका बहसले समय समयमा छलफल हुनुको कारण विद्यमान अस्थिरताका संकेतहरू हुन् । मूलरूपमा र सिद्धान्ततः मुलुकको आर्थिक एवं राजनीतिक अवस्था असाध्यै कमजोर र नियन्त्रणबाहिर छ भने त्यसलाई असफल राष्ट्र (फेल्ड स्टेस)को रूपमा लिने गरिन्छ । नेपालको हालको आर्थिक सूचाकांक र फन्डामेन्टल हेर्दा त्यस्तो पटक्कै अवस्था देखिँदैन ।
ट्रान्सपरेन्सी इन्टरनेसनलका अनुसार सार्क क्षेत्रमा नेपाल बढी भ्रष्टाचार भएका देशहरूको सूचीमा छ । नेपालमा राजनैतिक सम्बन्ध वा कुनै प्रतिष्ठित व्यक्तित्वसँग सम्बन्ध नभएको खण्डमा काम गर्न गाह्रो हुन्छ भन्ने सामान्य मान्यता छ ।महाकवि लक्ष्मीप्रसाद देवकोटाले भनेका छन्, ‘विदेश भनेको सपना हो, एउटा कताकताको कथा हो; नदेखेकै झिलिमिली हो, अस्पष्ट अग्राह्य बाहिरी कुरा हो; जो मेरो क्षितिजभित्र पर्दैन, त्यससँग मेरो नजरको के नाता ! कति थोरै नेपालवासी सम्झँदा हुन् कि यो नेपाली तारामण्डले अर्धगोलाबाहिर कुनै दुनियाँ छ ? मेरो स्वदेश नै मेरो विश्व हो; विपना हो; मेरो सत्य हो; एउटै खँदिलो अस्तित्व हो ।’
उनी अगाडि भन्छन् ‘जब म विदेशमा हुन्छु, तब बोलचित्र र नाटक हेरिरहेको हुन्छु; जब म स्वदेशमा हुन्छु, म जीवन अनुभव गरिरहन्छु ।’नेपाली व्यक्तिले नेपाल छाड्नु पर्ने केही कारण के हुन सक्छन् ? नेपाल छाड्न इच्छुक नेपाली हुनुका धेरै कारण छन् । मानिसहरूले दिने सबैभन्दा सामान्य कारण भनेको ‘राम्रो अवसर, राम्रो तलब र राम्रो शिक्षा, इत्यादिको लागि’ हो । यो धेरै अवस्थामा सत्य हो । यदि हामीले नेपाली स्नातकलाई हाम्रा छिमेकी स्नातकहरूसँग तुलना गर्ने हो भने नेपालीहरूले धेरै कम तलब पाउँछन् । सामान्यतया नयाँ स्नातकस्तरको कर्मचारीलाई सुरुको तलब भुक्तान गरिन्छ । जुन सुरु हुन्छ २० देखि २५ हजारसम्म । थपरूपमा एक सामान्य स्नातकोत्तरका लागि यो ३०–४० हजारबाट सुरु हुन्छ । यदि हामीले काठमाडौं र पोखराजस्ता सहरहरूमा हालको जीवनयापन लागतलाई हेर्छौँ भने त्यो रकम राम्रो जीवनको गुणस्तरको लागि उपयुक्त छैन ।
पछिल्लो समय नेपालमा जीवनयापन महँगो भएको छ । यसबाहेक कम्पनीमा राम्रो प्रदर्शन गरे पनि तलब र स्थितिको हिसाबले वृद्धिको सम्भावना सन्तोषजनक छैन । तपाईंले काम गरिरहनुभएको फर्मको इक्विटी कमाउने अवसरलाई छोड्नुहोस् ।छोराछोरी अस्ट्रेलिया, अमेरिका, बेलायत, युरोप आदि देशमा रहेका अभिभावकले आफ्नो सन्तानको घमण्ड गरेको तपाईंले देख्नु भएको होला । अनि आमाबाबुले आफ्ना सन्तानलाई विदेश पठाउन केही करोड रूपैयाँ लगानी गरेपछि आफू सबै जिम्मेवारीबाट मुक्त भएको महसुस गर्छन् । उनीहरूले आफ्ना छोराछोरीहरूले नियमितरूपमा केही डलर÷पाउन्ड पठाउने अपेक्षा पनि गर्छन् । आजका बालबालिकाहरू स्वतन्त्रता चाहन्छन् । तिनीहरू एक सुखद् जीवन चाहन्छन्– पार्टी, काम, सम्बन्ध ।
नेपाली सहरी क्षेत्र आधुनिक देखिए पनि अभिभावकहरू आफ्ना बालबालिकाको जीवनलाई नियन्त्रण गर्ने कुरामा विश्वास गर्छन् । उनीहरू कहाँ घुम्छन्, कोसँग भेट्छन्, घर आउँदा, उनीहरूको विद्यालयको नतिजा आदि । तर युवाहरूको दृष्टिकोण फरक छ । तिनीहरू व्यक्तिगत ठाउँ खोज्छन् र आफ्नो भाग्यको मालिकको रूपमा स्वतन्त्र जीवन बिताउन चाहन्छन् । यो तब मात्र सम्भव छ जब तिनीहरू अर्को देश गए । यसमा थप्न, छोराछोरीको विवाह भइसकेपछि नयाँ दम्पती र उनीहरूका आमाबुबाबीचको मतभेदले पनि नवविवाहित जोडीलाई विदेशमा बस्ने क्रम बढेको छ । अझै पनि हाम्रो जनसंख्याको बहुमतको मानसिकतामा, आमाबाबुसँग छुट्टै बस्नु बच्चाहरूको लागि नराम्रो प्रतिष्ठा मानिन्छ । हामी आफैँले देखेको र भोगेका छौँ ।
हामी कसरी ठूलो संख्यामा नेपाली युवाहरूलाई नेपालमा बस्न र काम गर्न उत्प्रेरित गर्न सक्छौं ? नेपाललाई युवाका लागि अवसरको देश बनाऔँ । वाणिज्य र विकासलाई प्रोत्साहन गर्ने स्थायी सरकार सुनिश्चित गरी नेपालका उद्यमीहरूलाई सफल बनाउनुहोस् । नेपालले धेरै आयात गर्ने भएकाले अत्यावश्यक विदेशी मुद्राका अन्य स्रोतहरू बढाएर नेपाललाई पर्यटनमा कम निर्भर बनाउनुहोस् । पर्यटनको जीडीपीमा योगदान हेर्नुस् । कम छ, विप्रेसनले धानेको छ । नेपालका युवाहरूले यति धेरै कठिनाइहरू खेप्नुपर्दैन, आफूलाई शिक्षित गर्न र त्यो सबै शिक्षापछि विदेशमा अवसरहरू खोज्नुपर्दैन भने यसले ठूलो मद्दत गर्न सक्छ ।
यो सबै एकै पटक हुने होइन । नेपालले आफ्नो पूर्वाधारमा ठूलो लगानी गर्नुपर्छ, तीव्र गतिमा औद्योगिकीकरण गर्नुपर्छ, त्यसैले यति धेरै आयात गर्नुपर्दैन । आफ्नो केन्द्रीय कोषमा पैसाको स्थिर प्रवाह सुनिश्चित गर्नुपर्छ । यदि यसले विशाल जलविद्युत् क्षमताको दोहनलाई छिटो ट्र्याक गर्छ, जसको लागि भारतले लगानी गर्न र बिजुली किन्न आफ्नो इच्छा व्यक्त गरी सम्झौता समेतभै निर्यात समेत भइसकेको छ ।
नेपालमा एकल परिवारको संख्या बढ्दै 
नेपालमा राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा हाल ६० दशमलव सात प्रतिशत एकल र ३९ दशमलव ९३ प्रतिशत संयुक्त परिवार रहेका छन् । मुलुकको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ रहेकोमा पुरुष ४८ दशमलव ९८ प्रतिशत र महिला ५१ दशमलव दुई प्रतिशत रहेका छन् ।
यसै परिप्रेक्षमा सरकारी अधिकारी तथा विज्ञहरूले एकल परिवारको संख्या बढ्दै जानु स्वाभाविक भएको र त्यसका फाइदा एवं बेफाइदा दुवै रहेको बताएका छन् । अधिक चलायमान हुँदै गएपछि मानिसहरू संयुक्त परिवारबाट एकल परिवारतिर जान्छन् । भनौँ, कोही गाउँँ छोडेर काठमाडौँ आएपछि यतै जागिर खायो, बिहे ग¥यो र बालबच्चा पनि जन्मायो । एकल परिवार त्यहीँबाट सुरू भयो । साथै, शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका सुविधा बढी हुने ठाउँमा दुई पुस्ता पैत्रिकथलो छोडेर बस्ने गरेको देखियो ।’
एकल परिवार हुनुका फाइदा पनि र बेफाइदा पनि रहेका उनीहरू बताउँछन् । चुस्त परिवार हुन्छ, सबै कामकाजी हुन्छन् । उत्पादकत्व बढ्ने भयो । नकारात्मक पक्षको कुरा गर्दा वृद्ध जनसंख्यालाई समस्या बढ्न सक्छ । हेरचाह स्याहारसुसारमा कमी आउन सक्छ । यस सन्दर्भमा, नेपालमा राज्यले कमाउन सक्नेलाई केही कम, एकललाई अलि बढी सुविधा दिने र राज्यले वृद्धाश्रम व्यवस्थित गर्ने, नर्सिङ होम सञ्चालन गर्नेतर्फ ध्यान दिनुपर्ने आवश्यक हुन्छ ।

क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x