Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसेयर बजारबाट फाइदा लिन अनलाइन कारोबार

सेयर बजारबाट फाइदा लिन अनलाइन कारोबार


के.बी. बस्नेत
साधारणतः जुनसुकै देशमा पनि सेयर बजार तरल एवं संवेदनशील हुन्छ । यो छिनछिनमा घट्ने बढ्ने हुनाले लगानीकर्ताहरूका लागि जोखिमपूर्ण हुन्छ । विभिन्न सञ्चार माध्यमहरूद्वारा प्रचार–प्रसार गरिने समाचार तथा सेयरसम्बन्धी व्यक्तिहरूको अभिव्यक्तिले पनि यसलाई प्रभाव पार्छ । त्यसैले वर्तमान समयमा धरैजसो र खासगरी यससम्बन्धी इच्छुक तर अल्पज्ञान भएका लागानीकर्ताहरूले धेरै नोक्सानी बेहोर्नु परेको छ ।

वस्तुतः सेयर बजारबाट धेरै फाइदा लिन सकिन्छ । त्यसैले आज संसारका धरै देशका व्यक्तिहरू उक्त बजारप्रति आकृष्ट भएका छन् । तर यसका लागि बजारका प्राविधिक पक्षहरूको जानकारी, सेयर निष्कासन गर्ने कम्पनीहरूको सूक्ष्म अध्ययन आदिको ज्ञान हुन आवश्यक छ । यस्तो नभएमा कुनै पनि व्यक्तिले उक्त बजारबाट ठोस फइदा लिन सक्दैन । बरु उसले धेरै नोक्सानी बेहोर्नु पर्नेछ ।

सेयर बजारबाट फइदा लिने केही उपायहरू छन् । तर वर्तमान समयमा उक्त बजारबाट फाइदा लिने केही उपायमध्ये अनलाइन कारोबार महत्वपूर्ण मानिन्छ । यो किफायती एवं आधुनिक उपाय पनि हो । तसर्थः विश्वका धरै देशमा उक्त उपाय दिनप्रतिदिन लोकप्रिय भइरहेको छ ।

संक्षेपमा भन्ने हो भने लगानीकर्ताहरूले इन्टरनेटको माध्यमबाट, कम्प्युटर, ट्याबलेट र मोबाइलबाट सेयर किनबेच गर्ने प्रविधिलाई अनलाइन कारोबार भनिन्छ । लगानीकर्ताहरूलाई धितोपत्र दबाब तथा नेप्सेको प्रणलीमा समावेश गर्ने माध्यमको रूपमा ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालनमा आएको केही समय भएकोले यस माध्यमबाट लगानीकर्ताहरूले किनबेच आदेशलाई अनलाइनमार्फत पालना गर्न सक्छन् ।

धितोपत्र दलालहरूले उक्त माध्यममा लगानीकर्ताहरूको कम्प्युटर, ल्यापटप, ट्यावलेट वा मोबाइल उपलब्ध गराउँछन् । यो माध्यम प्रयोग गर्न चाहने प्रयोगकर्ताहरूले अनलाइन प्रयोगकर्ता र पासवर्ड लिनका लागि कुनै धितोपत्र दलालको कार्यालयमा जानुपर्छ ।

धितोपत्र बजारमा सेयरको मूल्य बढ्छ जसलाई बुलिस ट्रेण्ड भनिन्छ । यो बेला प्रत्येक धितोपत्र दलालको कार्यालयमा भीड लाग्छ । तर यो बेला धितापत्र दलालहरूको नातेदार तथा नजिकका व्यक्तिहरूले सेयर किनबेच गरी फाइदा लिने हुनाले सर्वसाधरणले मौकामा चौका हान्न पाउँदैनन् । यो कुरा धरैजसोलाई थाहा हुँदैन र धेरै फइदा लिन सक्दैनन् ।

वास्तवमा यदि कुनै व्यक्तिमा कम्प्युटर र इन्टरनेटको साधारण ज्ञान छ भने उसले धितोपत्र दलालको कार्यालय धाउनु पर्दैन । उसले आफ्नै घर, कार्यालय वा रेष्टुरेन्टमा बसेर सेयर खरिदबिक्री गर्न सक्छ । यसरी सेयर कारोबार गर्दा कुनै पनि व्यक्तिले अधिकतम फाइदा प्राप्त गर्न सक्छ भने धितोपत्र बजारको बुलिस वा व्यरिसट्रेण्डको महत्व पनि राम्ररी बुझ्न सक्छ ।

अनलाइन कारोबार गर्दा दलालहरूकहाँ धाउन नपर्ने हुनाले समयको बचत हुन्छ, दलाहरूलाई फोन गर्दा लाग्ने खर्च जोगिन्छ, चाहेको समयमार चाहेको मूल्यमा सेयर खरिदबिक्री गर्न सकिन्छ । जसरी धितोपत्रका दलालहरूले ग्राहकहरूको किनबेच आदेश नेप्से सिस्टममा पोष्ट गर्छन्, त्यसरी नै ग्राहकहरूले पनि खरिदबिक्री आदेश नेप्से सिस्टममा पोष्ट गर्न सक्छन् । खरिदबिक्रीको लागि राखिएको सेयर कारोबार भए–नभएको टीएमएसमा रियल टाइममा हेर्न सकिन्छ । यो बाहेक अनलाइनमार्फत विश्वको जुनसुकै ठाउँमा बसेर पनि सेयर कारोबार हेर्न सकिन्छ ।

साधारणतः कुनै पनि कम्पनीको सेयर मूल्य घट्ने वा बढ्ने आधार त्यस कम्पनीको सेयरको माग र आपूर्तिमा भर पर्छ । वास्तवमा बजारमा कुनै पनि सेयरको मूल्यमा अस्वाभाविकरूपमा उतारचढाव भएमा बजार खुकुलो समयमा मूल्यको १० प्रतिशतसम्म घट्न वा बढ्न सक्छ । त्यसैले एक दिनको कारोबारमा न्यूनतम मूल्यमा खरिद गरी अधिकतम मूल्यमा बिक्री गर्नसके धेरै फाइदा उठाउन सकिन्छ । परन्तुः यो कुरा नयाँ लगानीकर्ताहरूलाई थाहा नहुनाले सुरुमै नोक्सान हुन सक्छ ।

यथार्थतः बजार बियरिस ट्रेण्डमा खरिद गर्ने चलन छ । खरिद आदेश नेप्से सिस्टममा पोष्ट गर्नुअघि टीएमएसमा उपलब्ध मार्केट डेफ्टमा हेरी आफूलाई मन परेको कम्पनीको सेयरशो अन्तिम कारोबार मूल्य, क्रेता÷ बिक्रेताको संख्या, क्रयमूल्य, कारोबार गर्न राखिएको सेयर संख्या आदि राम्ररी विचार गर्नुपर्छ । यसो गर्न सकेमा लगानीकर्ताहरूले निकै नै फाइदा उठाउन सक्छन् ।

वास्तवमा सेयर बजारमा लगानी गर्दा धेरै कम्पनीको सेयर कारोबार गर्न योजना बनाई न्यूनतम मूल्यमा खरिद गर्ने हो भने बियरिस बजारमा कम लागतमा लगानी गर्न सकिन्छ । धरै कम्पनीको यसै गरी कुनै पनि सेयर बिक्री गर्दा पनि धरै कम्पनीको कारोबार गर्ने योजना बनाई अधिकतम मूल्यमा बिक्री गरेमा बुलिस बजारबाट धरै फाइदा लिन सकिन्छ ।

कुनै पनि कम्पनीको सेयरको मूल्य घट्दो क्रममा छ भने केही समयपछिको मूल्य अनुमान गरी न्यून मूल्यमा सेयर खरिद गर्न सकिन्छ । परन्तु उक्त सेयरको मूल्य घट्ने क्रममा छ भने पहिलो पोष्ट गरिएको खरिद आदेशलार्ई बदलेर मूल्य सच्याउन सकिन्छ । तर यस्तो सच्याउने काम अन्तिम कारोबार मूल्यको २ प्रतिशतले मात्र गर्न सकिन्छ । व्यावहारिक दृष्टिकोणबाट भन्ने हो भने एउटै कम्पनीको सेयरमा लगानी नगरी विभिन्न कम्पनीको सेयरमा लगानी गर्न उपयुक्त हुन्छ किनभने सबै कम्पनीको सेयर मूल्य एकै पटक घटबढ हुँदैन । यसो गर्दा लगानीकर्ताहरूको जोखिम पनि कम हुन्छ ।

यदि सेयर बजार बुलिस ट्रेण्डमा छ भने आफूले बेच्न चाहेको धितोपत्रको अवस्था टीएमएसको मार्केट डेफ्टमा हेरी आफूले चाहेको कम्पनीको सेयरको अन्तिम कारोबार मूल्य, क्रेता, बिक्रेताको माग, क्रयमूल्य, बिक्रीमूल्य, कारोबार गर्न राखिएको सेयर संख्यालगायत उक्त कम्पनीसँग सम्बन्धित अन्य सूचना/जानकारी आदि राम्ररी मनन गरेपछि त्यस कम्पनीको सेयरको मूल्य घट्दो क्रममा भए केही समयपछिको मूल्य अनुमान गरी बिक्री गर्न उचित हुन्छ । तर, आफ्नो सेयर संख्यालाई धेरै भागमा विभाजन गरेर क्रमशः मूल्य बढाउन अनलाइनमार्फत आफूले केही समयपछि बढ्न सक्ने अनुमान गरेर बिक्री आदेश दिन सकिन्छ ।

सेयरको मूल्य अझ बढ्ने सम्भावना भएमा पहिले पोष्ट गरिएको मूल्यलाई सच्याई बढी मूल्यमा बिक्री गर्न सकिन्छ । अनलाइन कारोबारको माध्यमबाट आफ्नो कुनै पनि सेयर कारोबारको जानकारी कुनै पनिसमय लगइन गरी हेर्न र प्रिन्ट गर्न सकिन्छ । उक्त कारोबारबाट एकतर्फ नयाँ प्रविधिको प्रयोग गर्न जानिन्छ भने अर्कोतर्फ आत्मसन्तुष्टिको साथै मनग्य आम्दानी गर्न सकिन्छ । यसैले यस्तो कारोबार कुनै पनि लगानीकर्ताको लागिनीकै नै लाभप्रद हुन सक्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया