Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपर्यावरण संरक्षण आजको खाँचो

पर्यावरण संरक्षण आजको खाँचो


विश्वनाथ खरेल
पर्यावरण विश्वमै एक चुनौतीपूर्ण समस्याको रूपमा देखापरेको छ । यस्तो किसिमको विकराल समस्याको समाधानको लागि बेलैमा विकसित तथा विकासशील राष्ट्रहरूले युद्धस्तरमा रणनीतिहरू तय गर्नु परेको वातावरण गम्भीररूपमा बिग्रनु मानवीय व्यवहार हो भन्न सकिन्छ । मानवकै अज्ञानको कारणबाट नै वन विनाश, भू–क्षय आदि हुने गरेको छ । सर्वप्रथम वातावरणमा ह्रास ल्याउने मानिस नै हो भने यसको निराकरण गर्ने पनि मानिस हो । मूलतः पर्यावरण बढ्दै गैरहेको जनसंख्या वृद्धि, सवारी साधनको चाप र औद्योेगिक क्षेत्रबाट निस्कने घातक ग्यासले गर्दा वायु तथा पानीसमेत प्रदूषित बन्दै गएको छ ।

यसरी विकासशील मुलुकहरूमा कहालीलाग्दो जनसंख्या वृद्धिले गर्दा वन–साधनमा ठूलो चाप पर्न गई भू–क्षय हुने, पहिरो जाने, बाढीको प्रकोप बढ्ने, अतिवृष्टि तथा अनावृष्टि हुने समस्या देखापरि पर्यावरणीय सन्तुलनलाई प्रतिकूल बनाएको छ । यसरी सारा संसारमा नै वातावरण सन्तुलनमा ह्रास आउनु प्रत्येक व्यक्तिको वातावरण विश्वमै एक चुनौतीपूर्ण समस्याको रूपमा देखापरेको छ । यस्तो किसिमको विकराल समस्याको लागि बेलैमा विकसित तथा विकासशील राष्ट्रहरूले युद्धस्तरमा रणनीतिहरू तय गर्नु परको छ । यसरी सारा संसारमा नै वातावरण सन्तुलनमा ह्रास आउनु प्रत्येक व्यक्तिको लागि चिन्ताको विषय बनेको छ ।

विश्वमा जनसंख्याको चाप गणितीयरूपमा वृद्धि भएको छ तर जमीन भने एक इन्च पनि बढ्नेवाला छैन । तर जमीन भने दिनहुँ घट्दो रूपमा रहेको छ । यसले गर्दा प्राकृतिक सम्पदा र वातावरणमाथि आक्रमण र असन्तुलन बढिरहेको छ । यी कारणले गर्दा ठूला–ठूला महामारी र डरलाग्दा रोगहरूको उत्पति भैराखेको वर्तमान परिवेशमा फोहोर मैलाको उचित र वैज्ञानिकरूपले बिसर्जन गर्नुपर्ने टड्कारोस्थिति विद्यमान भएको छ । मानव समाजले विज्ञानको चरम सीमामा पुगेर उल्लेखनीय उपलब्धिहरू हाँसिल गरेको छ ।

यसरी प्रविधिहरू तथा संचारको विकासले गर्दा आजभोलि मानिसहरू विश्वलाई गोल्बल भिलेज पनि भन्ने गर्दछन्  । मानवले जति जति उन्नति ग¥यो उति–उति समस्या र संकटहरू आइलागेका छन् । एकातिर सफलताहरू उल्लेखनीय उपलब्धिहरू हाँसिल गरेको छ भने अर्कोतर्फ सम्पूर्ण जीव चराचरको साझा घर पृथ्वीमा जीवको लागि ठूलो संकट आइलागेको छ । मानिसले अन्धो भएर एकपक्षीयरूपमा गरेको चरम भौतिक विकासले साझा धर्तीको पर्यापरणीय सन्तुलन क्षतविक्षत भएको छ । मानवजातिको हितको लागि गरिएको विज्ञान प्रविधिको विकासको कारणले गर्दा पृथ्वीको माटो, हावा, आकाश, पानी, प्रकाश आदि तत्वहरू प्रदूषित भएका छन् ।

पृथ्वीको सिर्जना साढे चार अर्ब अघि भए पनि करिब डेढ अर्ब वर्षसम्म यसमा कुनै पनि जीवजन्तुको उत्पत्ति हुन सकेन । केही समयपछि मात्र एक कोषीय जीवको अस्तित्वका साथै बीस लाख वर्षअघि मानिसको उत्पत्ति भएको मानिन्छ । यिनको उत्पत्ति, विकास र अन्त्य पनि यहि प्रकृतिमै हुन्छ ।

एक अध्ययनअनुसार सन् १९५० मा विश्वमा कार्बन उत्सर्जन ५ दशमलव २८ बिलियन टन थियो भने सन् २०१७ मा आइपुग्दा ३६ दशमलव १५ बिलियन टन कार्बन उत्सर्जन पुगिसकेको छ । सन् २०१८ को वल्र्ड लाइफ फन्डको लिभिङ प्लानेट रिपोेर्टअनुसार सन् १९७० पछि स्तनधारी, पन्छी, माछा र सरिसृपको कुल क्षेत्रमा ६० प्रतिशत गिरावट आएको छ । हरेक वर्ष तिनको वास्थान नाश भइरहेको छ । त्यसैले एक अर्काको अस्तित्व र सम्बन्ध अन्योन्याश्रित रहेको छ ।

प्रकृतिका सन्ततिहरूमध्ये मानिस सर्वश्रेष्ठ जीव हो । र यसको सम्बन्ध प्रकृतिसँग अरुको भन्दा गहिरो र व्यापक सम्बन्ध छ । आजको एक्काइसौं शताब्दीको खुड्किलोमा जनसंख्या वृद्धि धेरै जटिल समस्याहरू जन्म भएको छ । यसको असर सोझै प्रकृतिमा पर्न गई वातावरणीय असन्तुलनको स्वरूपको रूपमा आज यसले मानव जातिलाई नै ठाडै चुनौती दिइरहेको छ ।

तेस्रो विश्वका ८० प्रतिशत प्राणीहरूले फोहोर बासस्थानमा जीवन बिताउन बाध्य भएका एकातिर छन् भने अर्कोतिर एक अर्ब ३० करोड प्राणीहरू बासविहीन एवं जटिल अस्वस्थ पर्यावरणमा जीवन निर्वाह गरेका छन् । प्रदूषणकोे केन्द्र मानिएका विश्वका हरेक शहर तथा उद्योग धन्धाहरूलाई बर्सेनि दश करोडभन्दा बढी सल्फर डायोअक्साइड हावामा मिसिन्छ । यसले स्वच्छ वातावरणलाई दूषित वा अम्ल वर्षामा परिणत गरिदिन्छ । घना सहरीकरणले ध्वनि प्रदूषित गराई यहाँ धेरै राष्ट्रहरू कोलाहलपूर्ण परिवेशमा बाँचेका छन् ।

विश्वको सबैभन्दा बढी ध्वनि प्रदूषितकोे रूपमा चिनिने कायरोमा प्रतिवर्ष पाँच प्रतिशत मानिसहरू बहिरा हुन पुग्दछन् । यसर्थ पृथ्वीको बढ्दो उष्णीकरण, ओजोन लेयर पातलिने स्थिति ल्याक होल, अम्लवर्षा, हिमाल पग्लन थाल्नुजस्ता परिणाम भोग्न मानव समुदाय बाध्य भएपछि यसका कारक तत्वहरूवारे अनुसन्धान हुन थाले । अतः वातावरणको प्रतिकूल कारणहरूले गर्दा विश्वमा फैलिएको महामारीले मानववर्गलाई तहसनहस गरिरहेको अवस्था एकातिर छ भने अर्कोतिर हेर्ने हो भने प्रकृतिको विनाशबाट उत्पन्न भएको जटिल कारक तत्व यसलाई मान्न सकिन्छ । जसले गर्दा वातावरण विनाशका कारण उत्पत्ति भएका कोभिड १९ जस्ता भयांकर रोगहरूसँग लड्न कठिन हुन सक्छ । यसको लागि वातावरण संरक्षण र संवर्द्धन गर्ने क्रममा मानवसमुदायहरू लाग्नु पर्ने टड्कारो आवश्यकता रहेको देखिन्छ ।

मूलतः हाल पृथ्वीमा विभिन्न स्थानहरूमा विभिन्न ग्यासबाट उत्पन्न हुने पीएम २ दशमलव ५ ले गर्दा विश्वभरि लाखौं लाख मानिहरूको मृत्यु भएको छ । त्यसरी नै वायु प्रदूषणको कारणले गर्दा प्रत्येक वर्ष १५ करोड ३० लाख मानिसहरू मर्ने गरेको तथ्यांकहरूले देखाएको छ । त्यसै गरी विगत वर्षभन्दा कार्वनड्राइ अक्साइड मात्रा पनि यो वर्ष विश्वको एक तिहाइ स्थानमा भएको बन्दाबन्दीको कारणले १७ प्रतिशत घट्न गएको सम्बन्धित क्षेत्रका विज्ञहरूले जनाइएका छन् ।

हाम्रा छिमेकी देशहरू चीन र भारतले विद्युतीय सवारी सधानहरूको संख्या बढाउँदै गएका छन् । नेपालले पनि गत वर्षको बजेटमा विद्युतीय सवारी साधनमा बजेट विनियोजित गरिएको थियो भने यस वर्र्षको बजेटमा भने कोभिड–१९ कारण बजेट समावेश गरिएको छैन । हाल देशमा विद्युतीय उत्पादनमा वृद्धि हुँदै गएको हुनाले हालको अवस्थामा एक हजार पाँच मेगावाड रहेको छ भने सन् २०२२ सम्ममा दुई हजार ८० किलोवाडसम्म पुग्ने अनुमान गरिएको छ । यसर्थ यी कुरालाई राम्ररी मनन गरी सरकारले देशमा पेट्रोल, डिजेलको मात्रा लाई विस्थापन गरी विद्युतीय साधनहरूमा बढीभन्दा बढी रूपमा खपत गराउन विज्ञहरूको अनुरोध पनि हुँदै आएको छ ।

निष्कर्षमा भन्नुपर्दा संसारभरि विषम परिस्थिति कोरोनाको कारणले भइरहेको अवस्था विद्यमान रहेको छ । यस्तो अवस्थामा भय, चिन्ता, डर, त्रासले सर्वत्र व्याप्त रहेको छ । प्रकृतिमाथि दोहन भनेको मानवर्गले गर्ने व्यवहार नै हो । यसमा अनुत्पादक क्षेत्रमा असीमित उत्पादन खोज्नु आजको मानवर्गको मुख्य चरित्र बनेको छ । मूलतः यो पृथ्वीको प्राकृतिक स्रोत–साधनमाथिको अतिक्रमण थियो ।

अन्तमा के भन्न सकिन्छ भने भौतिक उन्नतिले क्रमशः उब्जाएका नकारात्मक पक्षहरू विचार गर्दा प्राकृतिक सन्तुलन बिग्रन गई मानव सभ्यताकै लोप हुने हो कि भन्ने चिन्ताले सबैलाई पिरोलिएको छ । जसले गर्दा वातावरणमा सुधार भई जनस्वास्थ्यमा सरकारले गर्ने खर्चमा पनि कमी नआउला भन्न सकिन्न । यी कुराहरूलाई सम्बन्धित निकायहरूले बेलैमा बिचार गरी आउँदो वर्षहरूमा नीति तथा कार्यक्रमहरू तय गर्नु बुद्धिमानी हुनेछ । हाम्रो मुलुकमा पनि लामो समयसम्म बन्दाबन्दीले गर्दा वातावरणमा केही सुधार आइरहेको विज्ञहरूले बताएका छन् ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया