Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसामाजिक सुरक्षाको वर्तमान अवस्था

सामाजिक सुरक्षाको वर्तमान अवस्था


लक्ष्मण सिटौला
आजको युवा, पुर्खाले दुःख गरेर जोडेको जग्गा बेचेर मोटरसाइकल किन्छ र सडकमा हिँड्ने मान्छेको कानको जाली फुट्ने गरेर हुँइक्याउँछ । आजको युवा मध्यरातिसम्म फेसबुक र युट्युब चलाएर गर्लफ्रेन्ड र बोइफ्रेन्डसँग च्याट गरेर बस्छ । अनि बिहान ८ बजेसम्म सुत्छ । दालभात सागसब्जी होइन पिज्जा, चाउचाउ र मम खान्छ । फास्ट फुड खाने युवा आधुनिक रे दालभात खानेहरू पुराना रे ! आजको युवा प्वाल परेको पाइन्ट र पारदर्शी लुगा लाएर बडप्पन र सभ्यताको प्रदर्शन गर्छन् । आजको युवाले सबै अङ्ग ढाक्ने लुगा लगाउनेलार्ई गाउँको कोर्काली भन्छन् । आजको युवा अल्छी छ । आजको युवा मिहिनेत कम र फाइदाको बारेमा धेरै चिन्तित छ । ऊ जागीरमा हाजिर भएको दिनदेखि घर कसरी बनाउने भनेर घुसतिर घुस्रिन थाल्छ ।

आजको युवा पढेर होइन कपिपेस्ट गरेर ‘ए’ प्लस ल्याउँछ । आजको युवायुवतीहरू जिन्दगीको बाह्रौँ बसन्त पार नगर्दै यौनको अनुभव साटासाटा गर्न चाहन्छ । अरुलाई भ¥याङ बनाएर आफू उचाइ छुन खोज्छन् । प्रायः सबै हतार, हतास र हत्पतमा छन् । आजको युवामा स्थिरता छैन । पैसाको र यौनको भोक तीव्र छ । आजको युवाले देशको गीत, कला, संस्कार, संस्कृति, परम्परा, रीतिरिवाज, धर्म, मान, सम्मान र आदर्श सबैलाई तोडफोड र तोडमोड गरिरहेछ । आजको युवा सकेसम्म नेपाल बस्न नपरे हुन्थ्यो भनेर कल्पना गर्छन् ।

आजको युवाहरूलार्ई आफू मात्रै सबैथोक र आफू नै जान्नेसुन्ने आफूनै सक्षम छु भन्ने अहंकार छ । अहिलेको युवा सकेसम्म आफूलाई जन्मदिने बाबुआमा पाल्न नपरोस् भन्ने चाहन्छ । अहिलेको युवा आडम्बर र फोस्रो नक्कलमा रमाइरहेका छन् । आजको युवा वृद्ध अवस्थामा पुगेपछि बाबुआमाको लागि वृद्धाश्रम सबैभन्दा उपयुक्त स्थान हो भन्छ । आजको युवामा प्रेम कम आशक्ति बढी अनि भ्रमरजस्तै डालीडाली रस चुसेर हिँड्न रुचाउँछन् ।

आजको युवायुवतीमा यौन अस्मिताको कुनै अर्थ छैन । बिहे गर्दासम्म दुई÷चार जना यौन पार्टनर हुनुलार्ई सामान्यरूपमा लिन्छन् । आजको युवा अमेरिका र अस्ट्रेलिया पुगेपछि खोक्रो राष्ट्रवादको बहस गर्न थाल्छन् । आजको युवाहरू अरुले गरेको प्रगतिलार्ई होइन विकृतिलार्ई अनुशरण गर्छन् । आजको युवाले आफ्नो जन्मदिन कुनै मन्दिर र आमाबाबु वा पुरेतको आशीर्वचन लिएर होइन फेसबुकको भित्तामा मनाउँछन् । आजको युवापुस्ता पश्चिमीकरणको दलदलमा फसेको छ । आजको युवापुस्ता आफूभन्दाबाहेक अरु कोहीलार्ई गन्दैन । आजको युवाले टोल छिमेकीको निद्रा र सकसको बारेमा सोच्दैन र रातभर अंग्रेजी गीत घन्काएर बर्थडे पार्टी गर्छ । अहिलेको युवापुस्ता आफ्नो आनन्दमा रमाइलो गर्दा अर्कोलार्ई बाधा पुगेको मतलव दिँदैन ।

अहिलेको युवापुस्ता देखावटी संसारमा बाँचेको छ । अहिलेको युवापुस्ता सधैं हतार र हतासमा छ । अहिलेको युवालार्ई खानामा स्वाद चाहिन्छ चाहे त्यसले शरीरलार्ई हानि किन नगरोस । अहिलेको युवापुस्ता वाइवाइ चाउचाउ हो । छिटोभन्दा छिटो खान मिल्ने तर नपच्ने । अहिलेको युवापुस्ता अजिनोमोटोजस्तो हेर्दा मीठो टल्किने खाँदै गएसी रोग लाग्ने । अहिलेको युवापुस्तामा सहने बानी छैन । धैर्यता छैन । शान्ति छैन । मिजास छैन । अहिलेको युवा पुस्तामा धर्म हराउँदै गएको छ । मन्दिर किन भनेर प्रश्न गर्छ अहिलेको । अहिलेको युवापुस्ताले नेपाली भाषालाई विगार्दै छन् । अहिलेको युवापुस्तामा अंग्रेजी अहंकार छ । अहिलेको युवा पुस्ता अधिकार मात्रै खोज्ने तर कर्तव्य ननिभाउने प्रवृत्तिको छ ।

अझै सहरी क्षेत्रमा बस्ने युवापुस्तालार्ई धान कहाँ फल्छ कसरी फल्छ किसान को हो, खेतबारी के हो, फन्ने कुरा नै थाहा छैन । ग्रामीण भेगका भन्दा सहरका युवायुवतीमा जंगली स्वाभाव हुन्छ । ऊ समुदाय चिन्दैन । ऊ समुदाय र भीडलार्ई रुचाउँदैन । एउटा ल्यापटप र मोबाइल नै उसको सबथोक हो ।

फेसबुक सोसियल मिडिया नै सबैभन्दा नजिकको साथी हो । अहिलेको पुस्ता सँगै बसेको साथीसँग बोल्दैन, सोसियल मिडियाको साथीसँग गफ गरिरहेको हुन्छ । पहिले कुनै काम गर्दा थकाइ लाग्यो भन्ने चौतारामा बसेर चिसो हावा खाँदै मन र शरीरलार्ई शान्त पारिन्थ्यो । अहिले थकाइ लाग्यो भने मोबाइल चलाउने कुनै विकृत फिल्महरू हेर्ने प्रवृत्ति छ । अहिलेको युवाका लागि सबै कुरा सामाजिक सञ्जाल हो । अहिलेको युवा थोरै मिहिनेत गरेर धेरै कमाउन चाहन्छ । अहिलेको युवापुस्ता नाउँको भोको छ । अहिलेको युवा समाजमा गएर होइन सोसल मिडियामा देखाउनको लागि गर्छ । अहिलेको पुस्ताले गर्ने सामाजिक सञ्जालका लागि हो समाजका लागि होइन । ऊ देखाउँछ । ऊ अरुले आफूलाई हेरिदिउन् भन्छ । ऊ आफूले सोसल मिडियामा राखेको कुरालार्ई धेरैभन्दा धेरैले लाइक र कमेन्ट् गर्दिउन् भन्छ ।

यो पुस्ता यति घातक बन्दै गैरहेछ कि अरुको ध्यान खिच्न अब स्त्रीहरू नाङ्गै पो हुन थालेका छन् । शारीरिक नाङ्गो मात्रै होइन विचार र चिन्तन पनि नाङ्गो प्रवृत्तिका आउन थालेका छन् । सिर्जनात्मक कुराले भन्दा भल्गर र सस्ता प्रेमका कुराले सोसल मिडियाका भित्ताहरू रङ्गिन थालेका छन् । मानिसहरू यतिसम्म तल गिर्दै गए कि हस्पिटलमा रहेको कोही आफन्त कतिबेला मर्छ र फेसबुकमा अप्लोड गरूँ भनी कुर्न थालेका छन् । हाम्री सालीको देवरको दिँदीको सानिमाको छोरीको नातीको आज परेको बर्थडेको बधाई भन्दै एकाबिहानै फेसबुकको भित्तो रङ्गाउने अहिलेको युवा पुस्ताले पुरानो पुस्ताका मनस्थिति समेत बिगारिसकेका छन् । नातिले हजुरबुबा बिगारिरहेको समय हो ।

यो पुस्ता असंवेदनशील र अधैर्य बन्दै गएको छ । अरुको ध्यान आफूतिर खिच्ने निहुँमा स्त्रीहरू सर्वाङ्ग हुँदै गइरहेका छन् । समाज के स्त्रीका नाङ्गोपन हेर्नलाई त्यति धेरै लालयित छ होला र ? स्त्री आफूलाई के सम्झिन्छे ? के उसको नाङ्गो शरीरलार्ई सबैले हेरून्, देखून्, महसुस गरून्, कि म कति राम्री र सेक्सी छु भनेर । नाङ्गै देखेर सुरम्यित हुनेभए जनावरहरू पनि नाङ्गै छन् । वर्षामा अहाल बसेको भैंसी नाङ्गै छ । पशुहरूको मर्यादा आ–आफ्नै छन् र पशुले आफ्नो मर्यादा भुल्दैन । मानिस मर्यादा भुल्छ । मानिस आमानुष भएर बाँच्दा उसलार्ई कुनै फरक नपरेको जस्तो गर्छ ।

हिजोआज स्त्रीहरू रात्री लुगामा विविध मोडल हन्टमा नृत्य गरिरहेका छन् । स्त्रीको विरोध गर्ने छुट छैन । स्त्रीका लागि संसारभर कडा कानुन बनेका छन् । हामी चाहन्छौँ स्त्रीहरू सुरक्षित बाँचून् । यो समाजले स्त्रीलाई मर्यादाभित्र राखेर व्यवहार गर्छन् र फेरि किन तिनै स्त्री असुरक्षित छन् ?

स्त्रीहरू स्त्रीकै कारणबाट असुरक्षित छन् । खराब मान्छेका कारण असल मान्छेलार्ई बाच्न गाह्रो परिरहेको छ । खराबहरू त जसरी नि बाँचिरहेका छन् । ऊ बाँच्नलाई उसले असल मान्छेहरूलाई प्रयोग गरिरहेको हुन्छ । केही असल मान्छेका कारण खराबहरूलाई बाँच्न सहज भैरहेको छ । असलले कसैको अहित गर्दैन तर खराबले असललार्ई पनि अहित गरिरहेको हुन्छ । हामी देख्छौँ, हामी बाँचिरहेको समाजमा असल मान्छेहरू छोडिँदै गएका र कमसल मान्छेहरू अगाडि बढ्दै गएका । खराब मान्छे चोरबाटो भएर पनि आफ्नो निहित स्वार्थ र उद्देश्य पूर्तिका लागि अगाडि बढ्छ तर असल मान्छे चोरबाटोबाट हिँड्न चाहँदैन बरु आफ्नो उद्देश्यपूर्ति नहोस् । अहम् सबैसँग हुन्छ । तिनै अहम्को सहारामा बाँचेको छ आजको निरीह मनुष्य । हिजो अहम् थिएन त्यसैले शान्त बाँच्यो मनुष्य ।

हिजो बुद्धले यशोधरालाई जवानीमै छोडेर जाँदा उनी कतै विचलित भइनन् । किनकि हिजोका मान्छेमा त्यो छटपटी थिएन । आज हरेक मनुष्य अमौन र अमर्यादित बाँचिरहेछन् । प्रकृतिको मौनता सायद मनुष्यले बुझेको भए ऊ पनि मौन बस्न रुचाउँथ्यो । आजका मनुष्य अहंकारको आगोमा दन्दन्ती जलिरहेछ । त्यो रापबाट मुक्ति पाउन पनि उसले धेरै बोल्नुपरेको छ । आजका मनुष्य हल्लाखोर हुन् । हिजोका मनुष्य मौन थिए । त्यसैले देवता बने ।

देवता पनि मौन छन् । यदि कोही देवतामा विश्वास गर्छन् भने उनीहरूलार्ई थाहा हुनुपर्छ कि उनीहरूले पुजेका देवता कहिले उनीहरूसँग बोल्न आएनन् । नबोल्ने जति सबै ढुङ्गा हुँदैनन् । र सबै ढुङ्गाहरू देवता हुन पनि सक्तैनन् । कैलाश पर्वत कहिले पनि बोलेनन् । तर किन करोडौं मान्छे कैलाश पर्वतको दर्शन गर्न मरिहत्ते हाल्छन् ? कैलाश पर्वतले के मनुष्यलार्ई मेरो दर्शन गर्न आओ भक्तहरू भनेर विज्ञापन गरेका थिए र कहिले ? स्त्रीहरूब आफ्नो शरीर अरुलाई देखाउन विज्ञापन गरिरहेछन् । थाहा छैन उनीहरू जो नाङ्गिरहेछन् त्यसको असर बलात्कारमा गएर टुंगिनु कति दुःखान्त छ । नाङ्गिने स्त्रीले सोचून् मेरो कारण अर्को निर्दोष र सज्जन स्त्रीले सजाय पाउन सक्छे भन्ने कुरा ।

कुनै कुनै चिजप्रति मनुष्यको श्रद्धा जाग्छ । त्यही श्रद्धा जाग्छ जहाँ मौनता छ, जहाँ शून्य छ, जहाँ शान्ति छ, जहाँ एकलास छ, त्यही कैलाश छ । मनुष्यको चरित्र र स्वाभाव त शून्यप्रति नै हो, शान्ति र सद्भावप्रति नै हो तर अहिलेका नुतन मनुष्यले भने आफ्नो आदिय चरित्र बिर्सँदै गयो फलतः ऊ अहंकारी भोगविलासी भ्रष्टाचारी र पापी बन्दै गयो । अहिले सोसल मिडियाका भित्ताहरूमा देखिन्छन् मनुष्यका असली रूप, चरित्र, बकबास र हल्लाहरू । ऊ धेरै ज्ञानीजस्तो, ऊ आफैँ सर्वेश्वरजस्तो, ऊ आफैँ प्रबुद्धजस्तो, ऊ आफैँ अमरजस्तो र बाँकी रहेका सबै मनुष्य अल्पज्ञानी सम्झन्छ र प्रवचन सुनाउन थाल्छ ।

आजको मानिस आफूलाई देखाउन चाहन्छ । आफूलाई देखाउन त सूर्यजस्तै हुनुपर्छ अनि देखिन्छ उपस्थिति यो जगतमा । आफूलाई देखाउन त एउटा सकल सगरमाथा हुनुपर्छ अनि देखिन्छ आफ्नो सर्वोच्चता र आफ्नो साकार रूप । आफूलाई देखाउन त दियोजस्तो हुनुपर्छ स्वयं जलेर अरुलाई उज्यालो देखाउने । आफूलाई देखाउन त कैलाश हुनुपर्छ निर्मल । आफूलाई देखाउन त हिमालय हुनुपर्छ धरतीको उज्यालो देवालय । के छ हामीसँग देखाउने चिज र चिच्याइरहेछौँ बेस्सरी हे मलार्ई हेर ! मलार्ई चिन, मलार्ई बुझ, मलार्ई सुन भन्दै । यतिले पनि पुगेन र अरुको ध्यान तिमीतिर आकर्षण भएन भने तिमी यदि स्त्री हौ त नाङ्गिन पनि तयार हुन्छ्यौ । र पुरुष हौ त अरु कुनै उपाय अवलम्बन गर्न थाल्छौ । गुन्डागर्दी गर्लाऊ, लुटपाट मच्चाउलाऊ ।

पैसाको पछि लाग्लाऊ । या कुनै नाम चलेको पार्टीमा प्रवेश गर्लाऊ । काँचको पर्दामा आफ्नो मुहार देखाउन थाल्लाऊ । विविध प्रपञ्च गरेर भए पनि आजको मनुष्य चिनिन चाहन्छ । स्त्री मोडलहरू नाङ्गिँदै जानुपर्ने कारण के छ त्यस्तो ? किनकि उनले हर पुरुषको ध्यान आफूतिर खिच्न खोजिरहेका छन् । कल्पना गर्नुहोस् त एकछिन्, के पुरुष नभएका भए स्त्रीहरू नाङ्गिन्थे होलान् ?

समाधिमा नै समाधान छ । मनको आगो समाधिमै गएर निभ्छ । प्रगतिशील हुनका लागि आवाज निकालेर धेरै बकबकाउनु पनि होइन । मौन बस्नुको मतलब असहाय र एक्लो हुनु पनि त होइन । मौन बस्नुको मतलव अप्रगतिशील हुनु पनि होइन । महान विद्वानहरू महान साधकहरू महान तपश्वीहरू मौनतालाई साधन बनाएर अगाडि बढिरहेका हुन्छन् । प्रकृतिमा हुर्किरहेका रुखहरू हल्ला गर्दैनन् र पनि आफैँ बढिरहेका हुन्छन् । तिनले न घामसँग कहिले न्यानो मागे न जुनसँग शीतलता मागे न नदीसँग पानी मागे न मनुष्यसँग खाना मागे । निर्भय बाँचिरहेका छन् मनुष्यकै साथी बनेर । ऊ दिन्छ मात्रै उसले लिन जान्दैन । आज हामीछेउमा हाम्रो घरमा हाम्रो आँगनवरिपरि जीवन्त उभिएर हामीलार्ई प्राणवायु दिएर बाँचिरहेको त्यो एक्लो रुखलाई हेर के ऊ कहिले बोल्यो र हामीसँग ? ऊ नबोल्नुको मतलब ऊ निर्जीव हो र ? ऊ निर्जीव भएको भए हामीलार्ई कसरी जीवन दिइरहेको छ त ? निर्जीव त हामी हौँ बरु किनभने हामी प्रकृतिको आवाजलार्ई बुझ्दैनौँ । प्रकृतिलार्ई यदि बुझेको भए हामी यति धेरै भयभीत र भयावह बाँच्दैनौँ ।

छातीमा युद्धको खत लिएर मनमा संका र अरूप्रतिको दारुण निन्दा बोकेर मनुष्य जिन्दगी लासजस्तै बाँचिरहेको छ । ऊ आफ्नो प्रवेगलाई आफैँले थाम्न नसक्ने हुन्छ र ढल्छ जिन्दगीको बाटोमा र कोही उठाउने सहायक पनि पाउँदैन ऊ अन्ततः । गुरु उनै हुन्, जो अन्तरदेखि नै एक्लो बनिसकेका हुन्छन् । शिष्य उनै हुन् जो अन्तरदेखि एक्लो बन्न प्रयत्नशील छन् । गुरु त तिनी होइनन् जो आफ्नो नाम भज्न लगाउँछन् । गुरु त तिनी हुन जो आफूलाई भुल्छन् अरुलाई तार्छन् । गुरु तिनी होइनन् जो आफैँ तनावग्रस्त रहन्छन् । गुरु तिनी हुन जो तनावमुक्त रहन्छन् । शिष्य बन्न उनै चाहन्छन् जो अधुरो अपूर्ण छन् । गुरु तिनै हुन जो पूर्ण छन् । गुरु भेदरहित हुन्छन् घामको किरणजस्तै र शिष्य त्यही किरणले पुलकित हुन खोज्छन् । गुरुहरू धेरै छन् यहाँ तर साचो गुरुचैँ चेला भएर मौन बसेका छन् ।

बोल्नु मात्रै गुरु हुनु कहाँ हो र ? नबोल्नेहरू हेर त ! त्यो हिमाल सबैभन्दा अग्लो छ तर बोल्दैन चुपचापले बसेको छ । नबोल्नु लाटो हुनु होइन । बोल्नेहरू मात्रै बाठा कहाँ हुन्छन् र ? स्वास फेर्नु मात्रै बाँच्नु होइन । अहिले गुरुहरू कम बोल्ने र शिष्यहरू बढ्ता बोल्छन् । अहिले बोल्नेहरूकै रजगज छ । मौन बस्नेहरू छोडिन्छन् । समुन्द्र शान्त छ, मौन छ, लाटो छ ऊ हिँड्ने बाटो नै थाहा हुँदैन खोइ कुन्नि कताबाट बगिरहेको छ । न ऊ बोल्छ । न उसलार्ई बगेको नै देखिन्छ तर विशाल भीमकाय पानीजहाज उसले नै बोकिरहेको हुन्छ । उसकै छातीमा उभिएका हुन्छन् विशाल पहाडहरू पनि । खोला धेरै हल्ला गर्छ । चुलबुल गर्छ । चेलाजस्तै हो खोला पनि धेरै बोल्नपर्ने र अन्ततः ऊ समुद्रमै गएर मिसिनु पर्छ । समुद्री किनारमा गएर खोलाले समाधि लिन्छ ।

मौन हुनु भनेको नबोल्नु होइन । मौन हुनु भनेको लाटो हुनु पनि होइन । मौन हुनु भनेको त जुनकीरी पो हुनु हो । मौन हुनु भनेको त छुन नसकिने किरण हुनु हो । मौन हुनु भनेको त उज्यालो हुनु हो । किनकि रातको मौन निन्द्रासँगै त हुन्छ खुसीको विनम्र बिहानी पनि । मौन हुनु कोमल हुनु । मौन हुनु टाढाको ननिभ्ने नक्षेत्र हुनु हो । मौन हुनु चपल चञ्चलताबाट निशेष बोधिवृक्षको फेदमा आनन्दले निदाएका बुद्ध हुनु हो । मौन हुनु पहाड हुनु हो । मौन हुनु मैलो हुनु होइन । हिजोआज मानिसहरू मौन साधना गर्न सक्तैनन् । हिजोआज धर्मको पनि विज्ञापन गरिन्छ ।

हिजोआज कविहरू बकवास हल्ला गर्छन् र बिकाउन खोज्छन् जबर्जस्त आफ्ना भनाइहरू चाहे ती प्रेररक हुन वा अप्रेरक । हिजोआज हल्ला नगरी केही कुरो बिक्तैन । मानिस र उसको सम्प्रभुता नै लिलामीमा छ । ऊ अनावश्यक हल्ला गर्छ र अरुको ध्यान आफूतिर आकर्षण गर्न खोज्छ । मानिसहरू जबर्जस्त चिच्याउन थालेका छन् आजभोलि, यसले गर्दा राम्रो चिज पनि नचिच्याई बिक्री नहुने अवस्था पुगेको छ । मानिस स्वयम्ले ऊ आफूलाई अमर्यादित बनाउँदै गएको छ । मर्यादाहरू क्रमशः भत्किने र भत्काइने क्रममा छन् । बुद्ध र बुद्धिमानहरू पाखा लाग्ने अनि धूर्त निशाचरहरू मौलाएको जस्तो देखिन्छ । समय पो उल्टो घुमेको हो कि भन्ने प्रतीत हुन्छ असल मान्छेहरूलाई ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया