Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगलकडाउन खुले पनि यी पाँच रोगका बिरामीले ध्यान दिनुपर्ने कुरा

लकडाउन खुले पनि यी पाँच रोगका बिरामीले ध्यान दिनुपर्ने कुरा


निनाम कुलुड. ‘मंगले’
नेपाल सरकारले विसं २०७६ चैत ११ गतेदेखि लागू गरेको बन्दाबन्दी अर्थात् लकडाउन साउन महिनाको सुरु (पहिलो हप्ता) देखि खुला गरेको छ । यस्तो अवस्थामा हरेक मानिसहरू आफैँले सुरक्षा विधि अपनाएर जोगिएर हिँड्नपर्ने अवस्था छ । त्यसमा पनि मुटुसम्बन्धी विभिन्न रोगका रोगी, डायबिटिज रोगका रोगी, क्रोनिक रेस्पिटोरी रोगका रोगी, उच्च रक्तचापका रोगी र क्यान्सर रोगका रागीहरूले यो अवस्थामा साह्रै नै होसियार भएर हिँडडुल गर्नुपर्ने देखिन्छ ।

हुन त नेपालमा पनि कोभिड १९ को संक्रामक महामारीको भाइरसले नजानिदो ढङ्गले टाउको उठाउन थालेपछि लगभग चार महिनादेखि एक सचेत नागरिकको हैसियतले कोभिड १९ रोगको महामारीको जसंक्रमणका बारे जानीनजानी केही न केही लेख्ने जमर्को गर्दै आएको छु । त्यसका लागि पनि विश्वमा दिनदिनै कोभिड १९ रोगको महामारीको संक्रामक भाइरसका कारण कति मानिसहरू मरे ?, कति मानिसहरू सामान्य बिरामी भए ?, कति मानिसहरू उपचार गरेर पूर्ण रूपमा निको भएर घर फर्के ?, कति मानिसहरू कोभिड १९ रोगको महामारीको संक्रामक भाइरसका कारण सिकिस्त बिरामी छन् ?, कुन–कुन देशमा कुन गतिमा कोभिड १९ रोगको संक्रमण फैलिरहेको छ ?, कस्ता–कस्ता मानिसहरूलाई कोभिड १९ रोगको महामारीको संक्रामक भाइरसले बढी आक्रमण गर्छ ? कुन–कुन उमेर समूहका मानिसहरूले कति दरमा आफ्नो अमूल्य ज्यान गुमाई रहेका छन् ?, साथै कोभिड १९ रोगको महामारीको संक्रामक भाइरसका कारण मर्ने महिला र पुरुषको मृत्युदरमा कति फरक छ ? अपडेट हुँदै बसेको अवस्था हो । त्यसैले कोभिड १९ रोगको महामारीको संक्रामक भाइरसका कारण हालसम्म भएका मानवीय क्षतिका बारेमा केही लेख्ने जमर्को गरिएको छ । तर, खासमा भन्ने हो भने, पछिल्लो केही दिनदेखि यो बारेमा लेख्न छाडिएको अवस्था पनि हो ।

‘बोल्र्डोमिटर’ नामक एक संस्थाले उल्लेख गरेअनुसार हालसम्म कोभिड १९ रोगको महामारीको संक्रामक भाइरसका कारण बिरामी हुनुअघि नै विभिन्न ५ वटा रोग भएका बिरामीहरूलाई बढी क्षति पु-याएको देखिन्छ । अर्थात् त्यस्ता रोगीहरूमा केही गरी कोभिड १९ को संक्रमण देखापरेमा त्यस्ता रोगीहरूले ज्यान गुमाउने खतरा असाध्यै बढी हुन्छ । ती ५ रोगहरूको नाम तल उल्लेख गरिएको छ ।
१, मुटुसम्बन्धी विभिन्न रोग   २, डायबिटिज रोग   ३, क्रोनिक रेस्पीटोरी   ४, उच्च रक्तचाप   ५. क्यान्सर

माथि उल्लेखित ५ रोगहरू पहिलेदेखि नै भएका रोगीहरूले ज्यान गुमाएकोमा पनि महिला र पुरुषको मृत्युदर तुलना गरेर हेर्दा महिलाभन्दा पुरुषको मृत्युदर झण्डै दोब्बर बढी रहेको तथ्याङ्कमा उल्लेख छ । जस्तैः कोभिड १९ को संक्रमणको कारण भएको महिलाको मृत्युदर १ दशमलव ७ रहेको देखिन्छ भने पुरुषको मृत्युदर झण्डै दोब्बर अर्थात् २ दशमलव ८ रहेको देखिन्छ ।

साथै कोभिड १९ को संक्रमणले बिरामी हुनुअघि नै अन्य रोग भएकाहरू जस्तै माथि नै उल्लेख गरिएझैं मुटु सम्बन्धी विभिन्न रोग भएकाहरूको मृत्युदर १३ दशमलव २ प्रतिशत, डायबिटिज भएकाहरूको मृत्युदर ९ दशमलव २ प्रतिशत, क्रोनिक रेस्पिटोरी रोग भएकाहरूको मृत्युदर ८ दशमलव शून्य प्रतिशत, उच्च रक्तचाप भएकाहरूको मृत्यदर ८ दशमलव ४ प्रतिशत, क्यान्सर भएकाहरूको मृत्युदर ७ दशमलव ६ प्रतिशत र त्यसअघि अन्य केही रोग लागेको थियो कि थिएन ? केही पत्ता लाग्न नसकेकाहरूको मृत्युदर शून्य दशमलव ९ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

अब लागौं कोभिड १९ रोगको संक्रमणले कुन–कुन उमेर समूहका मानिसहरू कति दरमा मरी रहेका छन् ? भन्ने बारेमा केही जानकारी लिनेतर्फ कोभिड १९ रोगको संक्रामक महामारीले कस्ता–कस्ता मानिसहरूलाई बढी आक्रमण गर्छ ? भन्ने त माथि नै उल्लेख भइसकेको छ । फेरि पनि ‘बोल्र्डोमिटर’ नामक विश्वकै गिनेचुनेको संस्थालाई नै आधार मानेर भन्नुपर्दा कोभिड १९ रोगको संक्रमणका कारण मर्ने बिरामीहरूमध्ये २१ दशमलव ९ प्रतिशत ८० वर्ष र सोभन्दा माथिका उमेर समूहका रहेका छन् ।

त्यस्तै ७० देखि ७९ वर्ष उमेर समूहका ८ प्रतिशत, ६० देखि ६९ वर्ष उमेर समूहका ३ दशमलव ६ प्रतिशत, ५० देखि ५९ वर्ष उमेर समूहका १ दशमलव ३ प्रतिशत ४० देखि ४९ वर्ष उमेर समूहका शून्य दशमलव ४ प्रतिशत, ३० देखि ३९ वर्ष उमेर समूहका शून्य दशमलव २ प्रतिशत, २० देखि २९ वर्ष उमेर समूहका शून्य दशमलव २ प्रतिशत, १० देखि १९ वर्ष उमेर समूहका शून्य दशमलव २ प्रतिशत मृत्युदर रहेको देखिन्छ । तर, अचम्म वा भनौं सुखद कुरो के भने, शून्य देखि ९ वर्षको उमेर समूहका बालबच्चाहरूको भने कोभिड १९ नामक संक्रामक रोगको भाइरसका कारण हालसम्म मृत्य भएको देखिएको छैन । तर, नेपालमा भने, सबै उमेर समह र दीर्घ रोग नभएका मानिसहरूको पनि कोभिड १९ बाट मृत्यु भएको देखिन्छ । हुन त हाम्रो देश नेपालमा कतिपय अवस्थामा बिरामीहरू मरिसकेपछि उनीहरूको स्वाब संकलन गरेर/परिक्षण गरेर मृतकहरूमा कोभिड १९ को लक्ष्यण देखिने गरेको छ ।

जे होस्, कोभिड १९ रोगको संक्रमणको कारणले मृत्य भएकाहरूको लैङ्गिक अनुपात हेर्दा महिलाको मृत्युदरभन्दा पुरुषको मृत्युदर लगभग दोब्बर रहेको देखिन्छ भन्ने पनि माथि नै उक्त प्रसङ्गमा उल्लेख भएको छ । जस्तैः कोभिड १९ रोगको संक्रमणले मृत्यु हुने समग्र प्रतिशतमा पुरुषको मृत्युदर ४ दशमलव ७ रहेको देखिन्छ भने महिलाको मृत्युदर २ दशमलव ८ रहेको देखिन्छ । यो मृत्युदर कोभिड १९ रोगको संक्रमणका कारण सीधै ज्यान गुमाएकाहरूको तथ्याङ्क हो भने, अरु सहायक रोगका कारण ज्यान गुमाएका महिला र पुरुषको मृत्युदरको अनुपातमा पनि लगभग दोब्बरकै फरक देखिन्छ ।

तर, यस सम्बन्धमा नेपालको तथ्याङ्क अलि फरक देखिन्छ । स्वास्थ्य मन्त्रालयले दैनिकरूपमा दिँदै आएको जानकारीअनुसार हिजोसम्म नेपालमा कोभिड १९ रोगको संक्रामक भाइरसका कारण ७५ जना मानिसहरू बिरामी भएका छन् । त्यसमध्येको तथ्याङ्क हेर्ने हो भने, बढी उमेरका बुढाबुढीभन्दा कम उमेरका युवायुवतीहरू बढी प्रभावत छन् । तथ्याङ्कअनुसार हालसम्म ७० वर्षभन्दा माथिका २ जनामा मात्रै कोभिड १९ रोगको संक्रामक भाइरसका कारण बिरामी भएका थिए । स्मरणीय छ, ती दुवै जना बिामीहरू महिला थिए भने, उनीहरू लगभग १०–१२ दिनअघि नै निको भएर घर फर्केका छन् ।

यसरी हेर्दा विकशित देशहरूको भन्दा नेपालमा कोभिड १९ रोगको संक्रामक भाइरसका कारण बिरामी भएका मानिसहरूको तथ्याङ्क अलि फरक आएको छ । त्यसमाथि संयोगले वा भनौं भाग्यवश ! नेपालमा हालसम्म कोभिड १९ रोगको संक्रामक भाइरसका कारण ४५ जनाले मात्रै आफ्नो अमूल्य ज्यान गुमाएको अवस्था छ भने बिरामीको संख्या १८ हजार तीन सय ७४ जना पुगेको छ ।

त्यसैले माथि नै उल्लेख गरिएझैं हामी नेपालीहरूले पनि खासगरी जस–जसमा मुटुसम्बन्धी विभिन्न रोगहरू छ, डायबिटिज रोग छ, क्रोनिक रेस्पिटोरी रोग छ, उच्च रक्तचाप छ, क्यान्सर रोग छ र, अन्य दीर्घरोग छ, ती रोग भएका बिरामी महानुभावहरूले ‘विश्वकै मै हुँ’ भन्ने देश र ती देशका शासकहरूलाई नै त्राहीमाम–त्राहीमाम बनाइरहेको कोभिड १९ रोगको संक्रमणबाट बच्न सकेसम्म घरभित्रै ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुहोस् भनी यो ‘केही नजान्ने कुलुङे’को हार्दिक अनुरोध छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया