Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोरोनाको अघि ट्रम्पको केही लागेन

कोरोनाको अघि ट्रम्पको केही लागेन


निनाम कुलुड. ‘मंगले’
हुन त वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुताका कोरोना फैलँदै गर्दा भाइरल रोग विज्ञहरूले ‘कोरोना भाइरस’बाट ‘फेस मास्क’ लगाउन अनुरोध गर्दा ‘कोरोना भाइरस’लाई यो केही पनि होइन, केही दिनमै आफै हराउँछ भन्थे । ‘कोरोना भाइरस’लाई इंगित गरेर प्रश्न गर्ने पत्रकारहरूलाई उनले हप्काउन समेत पछि पर्दैन थिए । तर, ‘कोरोना भाइरस’ले अमेरिकाका कतिपय राज्यमा आफ्नो साम्राज्य चलाउन थालेपछि ती राज्यका केही गभर्नरहरूले बेला छँदै ‘कोरोना भाइरस’विरुद्ध प्रभावकारी ढंगले काम गर्न खोज्दा (खास गरी न्यु योर्कका गभर्नर एन्ड्र कुमोले) ट्रम्पले रोक्न खोजे, कतिपय अवस्थामा त अवरोध नै सिर्जना गरे ।

हुन पनि ट्रम्पले ‘कोरोना भाइरस’लाई इंगित गर्दै यो केही पनि होइन, अरु वेलाको जस्तै सामान्य रुघाखोकी हो, मार्च अन्तिम वा अप्रिल सुरुतिर (गर्मी लागेसँगै) आफैँ ठीक हुने र, ‘इष्टर’समेत मनाउन सकिने बताएका थिए । साथै उनले ‘कोरोना भाइरस’लाई घरीघरी ‘चाइनिज भाइरस’ भन्दै ‘गिज्याउँने÷खिसीटिउरी’ पनि गर्ने गर्थे ।
तर, आखिरमा ‘मै हुँ’ भन्ने वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि गत अक्टोबर १ का दिन ‘कोरोना भाइरस पोजिटिभ’ देखियो ।

स्मरणीय के छ भने, वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्प‘ले ‘कोरोना भाइरस’लाई ‘चाइनिज भाइरस’ भन्दै ‘गिज्याउने÷खिसीटिउरी’ गर्नेगर्थे । यसले गर्दा नेपाली भनाइ वा भनौं उखान ‘पातालको राहू, आकाशको केतु, एक पटक नपरी कसरी चेतूँ’ भन्ने उखान ट्रम्पले सम्झे होलान् किनभने, विश्व स्वास्थ्य संगठनलगायत भाइरल रोग विज्ञहरूको भनाइलाई खिल्ली उडाउने र ‘कोरोना भाइरस’लाई ‘चाइनिज भाइरस’ भन्दै ‘गिज्याउँने÷खिसीटिउरी’ गर्ने ट्रम्पलाई पनि आखिरमा ‘कोरोना भाइरसले’ छाडेन । अझ ट्रम्प महोदयलाई मात्रै नभएर उनकी श्रीमती अर्थात् प्रथम महिला मेलानिया ट्रम्पलाई पनि ‘कोरोना भाइरस’ले छाडेन । अर्थात् मेलानिया ट्रम्प महोदयालाई पनि कोरोना भाइरस पोजिटिभ’ देखियो ।

त्यसो त हाल प्रथम महिला मेलानिया ट्रम्पलाई ‘कोरोना भाइरस पोजिटिभ’ देखिएपछि कहाँ उपचार गरिँदै छ ? केही नखुलाइए तापनि अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई भने, मेरील्यान्डको बेथेस्डतस्थित वाल्टर रिड नेसनल मिलिटीरी मेडिकल सेन्टरमा थप उपचारका लागि भर्ना गरिएको समाचारहरू आएको छ । हुन पनि हाल अमेरिकामा ७५ लाख ५० हजार चानचुन मानिसहरू कोरोना भाइरसबाट संक्रमित भएका छन् भने, दुई लाख १३ हजार पाँच सयभन्दा बढीले आफ्नो अमूल्य ज्यान गुमाइसकेका छन् । त्यस्तै ७५ लाख ५० हजार चानचुन संक्रमितमध्ये ४७ लाख ७७ हजार चानचुन निको भएर घर फर्केकाहरू पनि छन् ।

स्मरण रहोस्, यसअघि विभिन्न विदेशी न्यूज एजेन्सीहरूले प्रकाशित गरेको समाचारअनुसार अमेरिको न्यूयोर्कको ‘ब्रोङ्कस चिडियाखाना’को बघिनी (पोथी बाघ)मा समेत (कोभिड–१९) को संक्रामक भाइरस देखा परेको थियो । सो समाचारमा जनाइएअनुसार ४ वर्षीया सो बघिनीले लगातार सुक्खा खोकी खोक्न थालेपछि पशु चिकित्सकहरूले सो बघिनीको स्वास्थ्य परीक्षण गरेका थिए । सो बघिनीमा (कोभिड–१९) को संक्रामक भाइरस छ कि ? भनी शंकाकै भरमा जाँच गर्दा अनपेक्षित रूपमा सो बघिनीमा समेत (कोभिड–१९) को संक्रामक भाइरस देखा परेपछि सो चिडियाखानामा रहेका अन्य बाघ र सिंहको पनि नमूना परीक्षण लिइएको थियो । तर, सोबारे थप समाचार भने आएन । तापनि सो चिडियाखानालाई तत्कालै पूर्णरूपमा बन्द गरिएको थियो ।

यसरी हेर्दा घटना सामान्यझैं लागे पनि (कोभिड–१९) को संक्रामक भाइरसले अमेरिकामा बाघ, बिरालो र कुकुरलाई समेत छाडेन भने, राष्ट्रपति डोनाल्ड जे ट्रम्प महोदयलाई भने (कोभिड–१९) को संक्रामक भाइरसले छाड्ला त ? भनी यो पंक्तिकारले त्यो वेला नै एक लेख लेखेको थियो । आखिर अहिले विश्वभरि फैलिएको महामारी भाइरस (कोभिड–१९) को संक्रामक भाइरस सुरुमा चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानमा मात्रै फैलदै गर्दा ट्रम्प महोदयले चाइनिज भाइरस भन्दै ख्याल–ठट्टाका रूपमा लिँदै हाँसीमजाक गर्दै थिए । जे भए पनि यो भाइरसको संक्रमण अहिलेसम्म दुई सय १५ देशमा फैलिएको छ भने, संयुक्त राष्ट्र संघअन्तर्गत रहेको विश्व स्वास्थ्य संगठनले कोभिड–१९ लाई विश्वभरि फैलिएको महामारी (प्यान्डेमिक) भनी गएको मार्च महिनाको सुरुमै घोषण गरेको हो ।

यसरी हेर्दा चीनबाट फैलिन सुरु भएको नोबेल कोरोना भाइरस (कोरोना भाइरस डिजिज–१९/कोभिड–१९) नामक संक्रामक रोगले आजका मितिसम्म विश्वका तीन करोड ४८ लाख ३६ हजार तीन सयभन्दा बढीलाई आक्रमण गरेको छ अर्थात् बिरामी बनाएको छ भने (कोभिड–१९)कै कारण हालसम्म विश्वका विभिन्न देशका लगभग १० लाख ३३ हजार तीन सयभन्दा बढी मान्छेहरूले आप्mनो अमूल्य ज्यान गुमाएका छन् । त्यस्तै दुई करोड ५८ लाख ९८ हजारभन्दा बढी मान्छेहरू पूर्णरूपमा निको भएर/उपचार गराएर आ–आफ्नो घर फर्किसकेका छन् ।

यो तथ्यांक सन् २०२०, अक्टोबर ३, ग्रिनविच मिन टाइम (जिएमटी) ०५ः२२ सम्मको हो । स्मरणीय छ, सन् २०२०, मार्च २७, ग्रिनविच मिन टाइम (जिएमटी) ०२ः०२ बजेसम्म विश्वका विभिन्न देशमा पाँच लाख ३१ हजार आठ सय चानचुन मानिसहरू मात्रै बिरामी भएका थिए । सुरुमा चीनमा मात्रै ‘नोबेल कोरोना भाइरस डिजिज–२०१९’ (कोभिड–१९) रोग फैलिँदा केही देशले खुच्चिङ भनेझैं गरेका थिए । तर, आज तिनै देशहरूलाई नै ‘नोभेल कोरोना भाइरस डिजिज–२०१९’(कोभिड–१९) को संक्रामक रोगको भाइरसले बढी ग्रस्त बनाएको छ, जनधनको बढी क्षति गराएको छ । अझ अमेरिका त विषय विज्ञहरूले आँकलन गरेको भन्दा बढी मानिसहरू बिरामी भएका छन्, मरेका छन् । गएको अप्रिल मध्य–अन्त्यदेखि नै (कोभिड–१९) को संक्रामक भाइरसको महामारीले आक्रमण गरेको देशहरूमध्ये विश्वकै पहिलो अर्थात् फर्स्ट हुँदै आएको छ ।

तर, केही देशहरूले भने, आफ्नो देशमा (कोभिड–१९) को महामारी सकेसम्म नफैलियोस् भनी आफ्नो देशमा (कोभिड–१९) को लक्षण देखापर्नेबित्तिकै भविष्यलाई दृष्टिगत गरी पहिले नै सक्दो सावधानी अपनाएका थिए । त्यसले गर्दा हालसम्म पनि ती देशहरूमा (कोभिड–१९) को संक्राकम भाइरसको महामारीले खासै सताएको छैन । अथवा तुलनात्मक रूपमा हेर्दा ती देशहरू जसले (कोभिड–१९) को संक्राकम भाइरस सकेसम्म रोक्ने प्रयास गरे ती देशमा कम असर परेको छ ।

यस्तो देशमा खास गरी सिंगापुर, दक्षिण कोरिया, कतार, जर्मनी, फ्रान्स, अष्ट्रिया, डेनमार्क, स्वीडेन, माल्दिभ्स, चीन, इरान, क्युबा, भुटान आदि देशहरू पर्छन् । जस्तो सिंगापुरलाई नै लिऊँ । जसले वेला छँदै (कोभिड–१९) को संक्रामक भाइरस आफ्नो देशमा व्यापक रूपमा फैललिनुभन्दा अघि नै पाइला चाली हालेकोले गर्दा विश्वकै पर्यटकीय केन्द्र, व्यापारिक केन्द्र र आर्थिक कारोबारको केन्द्र (हब) भएर पनि सिंगापुरमा (कोभिड–१९) को संक्रमाक भाइरसले धेरै ठूलो रूपमा टाउको उठाउन पाएन । हुन पनि सिंगापुर, भुटान, कतार, दक्षिण कोरिया, स्वीडेन, भियतनाम, डेनमार्क आदि देशले ‘भविश्वलाई दृष्टिगत गरी सकेसम्म पहिले नै सावधानी अपनाएका थिए ।

त्यसो त सिंगापुर जस्तो विश्वकै पर्यटकीय केन्द्र, व्यापारिक केन्द्र र आर्थिक कारोबारको केन्द्र भएको देश र भुटान, कतार, दक्षिण कोरिया, स्वीडेन, भियतनाम, डेनमार्क आदि देशहरूले पनि (कोभिड–१९) प्रति हेलचेक्र्याइँ गरेको भए वा केही होइन भनेझैं गरेर बसेको भए (कोभिड–१९) का कारण बिरामी हुने र ज्यान गुमाउने देशहरूको लर्कोभित्र कम्तिमा ८औं, ९औं, १०औं, …, भित्र पर्न सक्थे । तर, हालसम्म पनि सिंगापुरमा (कोभिड–१९) रोगको संक्रमणका कारण २७ जनाले मात्रै ज्यान गुमाएका छन् भने, सिंगापुरमा ५७ हजार सात सय ९७ जना कोरोना पोजिटिभ छन् । उता सार्क राष्ट्र भुटानमा पनि गत मार्च ६, सन् २०२० सम्ममा ‘नोबेल कोरोना भाइरसको भाइरसको संक्रमण’ पहिलोपटक देखा परेको थियो ।

६ मार्च, सन् २०२० मा भुटान भ्रमण गर्न आएका अमेरिकी पर्यटकमा पहिलोपटक ‘नोबेल कोरोना भाइरस को संक्रमण’ देखा परेको थियो । त्यसको ६/७ घण्टामै भुटान सरकारले ती अमेरिकी पर्यटक कहाँ–कहाँ गए ? कस–कसलाई भेटे ? सोधखोज गरेर ती पर्यटकसँग सम्पर्कमा आएका सबैलाई लगेर क्वारेनटाइनमा राख्यो । फलतः भुटानमा (कोभिड–१९) को भाइरसका कारण संक्रमितको संख्या हालसम्म २८३ जना मात्रै रहेको छ भने एक जनाको मृत्यु भएको छ । हुन पनि भुटानमा गत अप्रिल महिनाको अन्त्यसम्ममा पनि (कोभिड–१९) को संक्रमणका कारण कसैको पनि मृत्यु भएको थिएन ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया