Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपुँजी बजारमा नेप्से घटबढ भइरहन्छ

पुँजी बजारमा नेप्से घटबढ भइरहन्छ


काठमाडौं ।
सेयर बजारका कतिपय लगानीकर्ताहरूलाई चित्त बुझाउन गाह्रो रहेको धेरैको भनाइ रहेको छ । कतिपय अवस्थामा नेप्सेले नेगेटिभ वा पोजटिभ सर्किट हान्यो कि यसलाई अस्वभाविक चलखेल मान्नेगरेका छन् कतिपय लगानीकर्ताहरूले । त्यसो त कतिपय अवस्थामा सर्किट हान्दा अस्वभाविक र चलखेल पनि हुनेगरेका छन् । यसको लागि त लगानीकर्ताहरू नै सचेत र सतर्क हुनपर्ने हुन्छ ।

कतिपय अवस्थामा ठूलाबडा सेयर बजारका माहिर माहिर खेलाडीहरले नेप्सेलाई आफ्नो अनुकूल बनाउन चलखेल पनि गर्ने गरेको बताउँछन् सरोकारवालाहरू । सेयर बजार अहिले पनि ठूलाबडा लगानीकर्ताहरूको चक्रव्युमा रहेको पनि बताउने गरिरहेका छन् । सेयर बजारमा हल्ला बढी हुनेगरेका छन् कतिपय अवस्थामा हल्लाले नै नेप्सेलाई तलमाथि पार्ने गरेका पनि छन् । आफूलाई सेयर बजारका सेयर लगानीकर्ताका स्वघोषित तथाकथित नेता भन्न रुचाउने सेयर लगानीकर्ताका नेताहरू र सेयर बजारका स्वघोषित विश्लेषक ज्यातिषीहरूले नै बढी हल्ला गर्ने गरेका छन् । सेयर बजारका आम लगानीकर्ताहरूको भनाइमा नेप्सेको बारेमा हल्ला गर्ने भविष्यवाणि गर्ने जोकोहीलाई पनि कारबाही गर्नुपर्ने बताउँछन् । नेप्से भनेको घटबढ भइरहन्छ । यो कतिपय अवस्थामा माग र आपूर्तिमा पनि भर पर्ने हुन्छ ।

कोरोना र लकडाउनले असर पारेको सेयर बजारलाई यसपालिको बजेटले केही राहट देला र बजेटमा सेयर बजारको विकाश विस्तार र सुधारको लागि राहटको प्याकेज आउँला भनेर आशमा रहेका लगानीकर्ताहरूलाई यसपालिको बजेटले निराश पारेको छ यसपालिको बजेट लगानीकर्ताहरूको लागि हात्ती आयो हात्ती फुस्सा भए । यसपालिको बजेटमा सेयर बजारको लागि नयाा केही सम्बोधन भएन । तर पनि लकडाउनपछिको सेयर बजार कसरी अघि बढ्ला नेप्से घट्छ कि बढ्छ भन्ने चासो लगानीकर्ताहरूमा रहेका थिए । सेयर बजारमा नेप्से घट्ने बढ्ने भइरहन्छ । यो सेयर बजारको विशेषता नै हो भन्दा पनि फरक नपर्ला ।

पछिल्लो समयमा पुँजी बजारमा ओरालो लाग्ने क्रममा नै छ भन्दा पनि फरक नपर्ला । १८८१ अंकसम्म पुगेको नेप्से पछिल्लो समयमा घट्ने क्रममा रहेको थियो भन्दा पनि फरक नपर्ला लगानीकर्ताहरूले सेयर बजारबाट अर्बौं गुमाइसकेको बताउँछन् सरोकारवालाहरू । सेयबजारलाई जोखिमको व्यवसायभ भनेर पनि भन्ने गरिन्छ सेयर बजारमा जोखिम भए पनि यसले प्रतिफल पनि राम्रो दिने गरेको पनि बताउँछन् सरोकारवालाहरू भनिन्छ नि नो रिक्स नो गेन भनेर । कतिपयको भनाइमा पछिल्लो समयमा नियामक निकायहरू र सरकार पुँजी बजारमैत्री हुन नसकेको कारणले सेयर बजारले चाहेको गति लिन नसकेको बताइरहेका छन् । सेयर बजारको बारेमा बेला बेलामा नियामक निकायहरूले ल्याउने जारी गर्ने नीति नियमहरले पनि सेयर बजारमा प्रभाव पारेका हुन्छन् ।

सेयरबजारमा हल्ला बढी हुने गरेका छन् । नेप्सेलाई लिएर कम्पनीहरूको गतिविधिलाई लिएर सेयर बजारमा हुने उटार चढावलाई लिएर बढी हल्ला हुने गरेका हुछन् । हल्लाले सेयर बजारलाई हल्लाउने गर्दछ भनेर पनि भन्ने गरिन्छ । हल्लाले संसारलाई हल्लाउने गर्दछ भनेर पनि भन्ने गरिन्छ । नेपालको सेयर बजार पनि हल्लाले हल्लाइरहेका छन् । कहिले पुँजी वृद्धिको नीतिले कहिले वाफियाले कहिले प्यानको भूतले कहिले भ्यातको भूतले कहिले लाभकरको भूतले कहिले बैंकहरूले गर्ने ब्याज बृद्धिको भूतले कहिले बैंकको तरलताको समस्याले सेयर बजारका ज्योतिषीहरूको भूतले सेयर बजारलाई हल्लाई रहेका हुन्छन् । यसले सेयर बजारमा प्रभावहरू पर्ने गरेका हुन्छन् । सेयर बजारका कतिपय लगानीकर्ताहरू हल्लाको पछि लागेर सेयर बजारमा लगानी गर्ने गरेकाहरू प्नि नभएका होइनन् ।

कतिपय टाठाबाटा लगानीकर्ताहरूले हल्ला फिजाएर सेयर बजारमा नेप्से र कारोबारमा असर पार्ने पनि बताइछ । कतिपय सम्बन्धित सरोकारवालाहरूले कम्पनीको सूचना चुहाएर नेप्सेमा प्रभाव पारेको हुन्छ । यसले कतिपयले कमाउँछ त कतिपय लगानीकर्ताहरूले गुमाउँछन् । नेप्से बढेको बेला अझ बढ्छ र घटिरहेको बेला अझ घट्छ भनेर हल्ला गरेर सेयर बजारमा चलखेल गर्ने गर्छन् । नेप्से यति बढ्छ यति घट्छ भनेर आफू सेयर बजारका नामी विज्ञ भनेर दर्शाउन खोज्छन् । यसले गर्दा साना र नयाँ इमानदार लगानीकर्ताहरू डराउने आँटिने गर्छन् र अझ घट्छ कि भनेर घाटा खाएर भए पनि सेयर बिक्री गर्छन् भने लगानी गर्नेहरू पनि लगानी गर्न डराउँछन् । यसले नेप्से घट्नेमा सहयोग गर्छ ।

सेयर बजारमा नेप्से घट्न बढ्न भनेको स्वभाविक हो तर पनि कहिलेकाहीँ कतिपय सेयर बजारका माहिर खेलाडीहरूले चलखेल गरी सेयर बजारमा प्रभाव पारेका हुन्छन् । यसबाट भने लगानीकर्ताहरू सचेत भने हुनुपर्छ । कतिपय अवस्थामा सेयर बजारमा विभिन्न कारणहरूले पनि प्रभाव पारेका हुन्छन् । कतिपय अवस्थामा सरकार परिवर्तन राजनीतिक कारण र राजनीतिक खिचातानिले नियामक निकायहरूले अस्वभाविक नीति नियमहरू पुँजी बजारमा लाड्नाले र कतिपय अवस्थामा अचानक आएको विभिन्न प्राकृतिक प्रकोप स्वास्थ्यसबन्धी महामारीले पनि सेयर बजारमा असर गरेका हुन्छन् । नेप्से घट्ने बढ्नेलाई कतिपय लगानीकर्ताहरूले यसलाई राजनीतिक कारण मानेका छन् । सरकार परिवर्तनसँगै नेप्सेमा प्रभाव पार्ने गरिन्छ भनेर भन्नेहरू पनि थुप्रै छन् ।

पुँजी बजारमा नेप्से घट्ने बढ्ने चलिरहेको हुन्छ । यो स्वभाविक पनि हो । सेयर बजार भनेको सधैँ बढ्न र सधैँ घट्ने मात्र पनि भइरहँदैन । घट्ने बढ्ने भनेको स्वभाविक हो । सेयर बजार घट्यो भन्दैमा लगानीकर्ताहरू आटिनु पर्ने र डराउन पर्नेचाहिँ होइन नेप्से घट्यो भनेर फेरि घट्छ कि भनेर आँटिएर सस्तोमा बेच्ने गरे सेयर बजार कसरी उकालो लाग्ला र ? सेयर बजारका लगानीकर्ताहरूमा धैर्यता भने हुनुपर्छ र चाहिन्छ पनि । तर अस्वभाविक र नाटकिए रूपमा घट्ने बढ्ने भएमा भने लगानीकर्ताहरूले विचार भने गर्नपर्ने हुन्छ ।

नेप्से घट्यो भन्दैमा डराइहाल्नु हुँदैन । नेप्से घट्यो भने लगानीकर्ताहरू आटिइहाल्छन् र बढी हल्ला गर्छन् र लगानी गर्न डराउँछन् र बढ्यो भने दंग हुन्छन् । सेयर बजारबाट लगानीकर्ताहरूले कहिले कमाउँछ त कहिले गुमाउँछन् यो सेयर बजारको विशेषता नै हो भन्दा पनि फरक नपर्ला । सेयर बजारका लगानीकर्ताहरूमा धैर्यता सचेतता र सेयर बजार र कम्पनीहरूको बारेमा राम्रो जानकारी हुन पर्दछ । नेप्से घट्यो भने खासगरी नयाँ र साना लगानीकर्ताहरू आँटिने गरेको पाइन्छ ।

खासगरी नयाँ र साना लगानीकर्ताहरू सचेत हुनपर्छ आफूले लगानी गर्न लागेको कम्पनीको बारेमा राम्ररी जानकारि र सूचना लिएर मात्र लगानी गर्नुपर्छ सेयर बजारमा प्रवेश गर्नभन्दा पहिले पुँजी बजारको बारेमा सपूर्ण जानकारी लिएर मात्र प्रवेश गरे नयाँ लगानीकर्ताहरूलाई सजिलो हुनेछ भने सेयर लगानी गर्दा हल्लाको भरमा आबेशमा अरुको देखासिखी गरेर लगानी भने गर्न भने हुँदैन आफूले लगानी गर्न लागेको कम्पनीको आर्थिक स्थितिको बारेमा सम्पूर्ण जानकारी लिएर मात्र लगानी गर्नु पर्दछ । सेयर कारोबार गर्दा सेयरमा लगानी गर्दा लगानीकर्ताहरू नै सजग, सचेत चनाखो र जानकार हुनुपर्दछ । यसमा सबै लगानीकर्ताहरूको ध्यान जान जरुरी छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया