Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगस्त्री–पुरुष सम्बन्धको सुरुवात र विकास

स्त्री–पुरुष सम्बन्धको सुरुवात र विकास


काठमाडौं ।
स्त्री–पुरुषको आकर्षण मानव जीवनको एक महान सत्य हो । स्त्री–पुरुषविना संसारमा कुनै कामहरू हुन सक्दैन । ब्रहमाण्डले मानिस सृष्टि गरेपछि नै संसार अगाडि बढ्न सक्यो । स्त्री–पुरुष आकर्षण नै मनुष्य जातिको सृष्टिको आधार हो । यस्तो आकर्षणलाई प्रेमको सम्बोधन गरिँदै आयो । पुरुष र प्रकृतिको आकर्षणबाट नै संसारको सृष्टि भयो ।

मनुष्य दर्शन नै यही परिकल्पनामा सत्य रहेर आएको छ । जीवात्मा र परआत्माको सम्बन्धको आकर्षण नै यस्तो मानव सृष्टि व्यापक भयो । तन्त्र तथा शक्तिपथको विचारधारामा यस्तो महत्व प्रस्ट पारिएको छ । शिवको पूजा र अराधनामा लिंगपुजनको शोध अध्ययन तथा अनुसन्धानबाट नै हरप्पा र मोहनजोदडो सभ्यताको विकास सुरु भएको देखिन्छ ।

यौनपूजामा नदीको स्थान अत्यन्त महत्वपूर्ण रही आएको छ । विभिन्न देशमा लिंग पूजाको इतिहास हेर्दा यो कुरा स्पष्ट हुन्छ । प्रजनन अंगको सृजनशक्तिको प्रतीकको रूपको पुजन केवल भारतवर्षको मात्र होइन । मोहनजोदडो इतिहासमा यस्तो पूजाको चलन भेट्टाइन्छ । प्राचीन युगमा फलवृद्धि र प्रजावृद्धिका लागि पृथ्वीको देवीका पूजा अनेक देशमा हुन्थ्यो । नगर संस्कृतिको रूपमा विकसित मोहनजोदडो र हरप्पा इतिहासमा लिंग पूजाको आग्रही, सामाजिक जीवन, धार्मिक विधिमा आस्था राख्नेहरू, नृत्यकलामा निपुण, नगर रचनामा प्रविण र खेलाडी आभुषणको सौखिन हुन्थे ।

हिन्दू धर्मको आयु पाँच हजार वर्ष पुरानो हो भने यहुदी धर्म पाँच हजार वर्षभन्दा पुरानो हो । इसाई धर्म दुई हजार वर्षदेखि चल्दै आएको छ । इस्लाम चौध सय वर्षअगाडिदेखि सुरु भएको देखिन्छ । युनानको सौन्दर्य देवी विनसलाई पाश्चात्य जगतमा प्रेम र सौन्दर्यका इष्टदेवीको रूप मानिआएको छ । यौन समागमसँग सम्बन्धित तीन रोगमध्ये उपदंश पनि एक हो । कामवासनाको परिणामस्वरूप उत्पन्न हुने रोगको नियन्त्रण गर्न संसारमा चिकित्साशास्त्रीबाट प्रयत्न भइरहेको छ । सिन्धुघाँटीको संस्कृतिका अवशेष सबभन्दा पहिले सन १८७५ मा प्राप्त भएको थियो । सन १९२१ मा बढी यसको प्रकाशमा आयो । मोहनजोदडो नगर प्राग वैदीका अवशेष पनि भटिन्छ ।

प्राग ऐतिहासिक कालको यस्तो सभ्यतामा प्राचीन सभ्यता अधिक प्राचीन मान्न सकिन्छ । यस्तो सभ्यतामा प्राप्त नर्तकी र नग्न स्त्रीको मूर्तिको अधिक महत्व छ । यो नग्न प्रतिमा देवीको हुन सक्छ । कुनै विद्वान त प्राचीनकालको पुजित मातृत्व शक्तिको प्रतीकका रूपमा छ । पृथ्वीको उत्पादनशक्ति र जीवन सृष्टिको प्रजनन शक्तिको पुजन कुनै–कुनै रूपमा लिंगपूजाको रूपमा धारण छ । जसमा वाममार्गी र देवदासीजस्तो प्रथाको जन्म भएको देखिन्छ । मानव पूजा उत्पति र पृथ्वीको उर्वरा शक्तिको चमत्कार मानेर यसको पूजा गर्ने प्रथा गरी योनि–लिंगको पूजालाई प्राचीन कालदेखि महत्व दिइआइएको छ ।

हरप्पामा प्राप्त नृत्यकारको प्रतिमा दाहिने खुट्टामा उभिएर बायाँमा खुट्टाको नृत्यको तालमा घुमेको मुद्रामा देखिन्छ । हात अभिनयको नृत्यसूचक हो । शरीरको आकृति र मुखबाट हाउभाउ र नृत्यको तालबद्धताबाट परिपूर्ण देखिएको छ । पछिको सभ्यता विकसित नटराज शिवको प्रतिमाको भाव मुद्राको चाल दिलाएको छ । लिंगरूपमा शिवपूजाको सुरु प्रजनन अंगको पुजनबाट भएको थियो । हिन्दू धर्म र आर्य संस्कृतिको उपलब्धि निःसन्देह आर्यवर्तको इतिहासमा सबभन्दा गौरवमय सिद्ध भएको छ । वैदिक युगको यज्ञ र होमको प्रथा भावरूपमा आफ्नो प्यारो वस्तु देवतालाई अर्पण गर्नेको भावना थियो ।

धर्म र पतिता, कामवासना, यौन सम्बन्ध र स्त्री–पुरुषबीच आकर्षणजस्ता सनातन तत्व धर्मको अंग मान्नु कुनै आश्चर्य कुरा होइन । धर्म र यौन भावनाको सम्बन्धमा विचार गर्दा धार्मिक स्थापनातर्फ ध्यान जान आवश्यक छ । पूर्व र दक्षिण भारतको धेरै मन्दिर, देवालयका मूर्तिकलामा सम्भोग दृष्यमा यो कुरा स्पष्ट देखिन्छ । नेपालका मठमन्दिरमा पनि यस्तो भेटिन्छ ।

एकेहम् वहस्याम्को संकल्पबाट नै परब्रह्मको संकल्पसिद्धिमार्फत मानव समाजमा पछि पुरुष, स्त्री र प्रकृति दोस्रो माग बन्न गयो । मनुष्य सन्तानलाई स्त्री–पुरुषको आकर्षणको रूपमा सामाजिक पहिचान मानिन्छ । मनुष्य सन्तान त परिवार, राष्ट्रबाट बृहत् भई सामाजिक प्रश्न बन्न जान्छ । यसलाई प्रेम, काम, रति, माया, ममता आदि नामले पुकारिन्छ । इश्वरीय बरदानबाट प्राप्त अति आनन्द दिने यस्तो क्षण परिमाणलाई मानवले अश्लिल, असंस्कृत र अशिष्टले पुुकारेका हुन् ।

स्त्री–पुरुषबीचको रागको उत्पत्तिका लागि परिमाणको आवश्यकता पर्छ । साठी वर्षको पुरुषलाई देखेर बीस वर्षकी युवतीको मन त्यति उत्पन्न नहुन सक्छ । आायुको यस्तो विभेदले आकर्षण दिँदैन । कतिपय राजकुमारलाई आकर्षण जाग नभएको र राजकुमारीलाई पहिले नै यौन आकषर्णले नैराश्य बनाएका देखिन्छन् । काव्यशास्त्र वा अलंकारशास्त्रमा विभिन्न प्रकारका रूप सामान्यअन्तर्गत समावेश गरिएको छ । स्वर्गमा समेत हिन्दु अप्सराको नामबाट परिचित गरिएको छ । विवाहमा स्त्री–पुरुषको सम्बन्धबाट सन्तति पालनको दायित्व छ । रखेलको शरीर सम्बन्धको यसप्रकारको दायित्व बन्धन हुँदैन ।

अष्टपुत्रवती भवका अशीर्वाद श्राप मानिएको छ । वासना तृप्तिपश्चात्को जन्म लिने सन्तानको के व्यवस्था छ त ? त्यस्तो शिष्ट व्यवस्था विकासको नाम विवाहबाट पुकारिन थालियो । यस्तो सन्तानको लागि पालनपोषणको व्यवस्थाको साथै समन्वय स्थापितको भावनाबाट नै स्त्री–पुरुषबीच आकर्षण रही विवाह संस्थाको विकास हुन थाल्यो ।

एकआपसमा मन पराएर गरिने विवाहविना स्वयम्बर गरिनथ्यो । यसको उदाहरण दुश्यन्त–शकुन्तलाका प्रेम–विवाह उदाहरण प्रसिद्ध छ । देवरसँग पुनः विवाह गर्ने चलन कतिपय जातिमा छ । कुनै देशमा एक पुरुषले चार पत्नी विवाह गर्ने चलन छ । कतै एक पत्नी विवाह प्रथा छ त कतै पत्नीको संख्या तोकिएको छैन । एक पत्नीत्व स्वभाविक एवं प्राकृतिक मानिन्छ । यस पृथ्वीमा एक पत्नीत्व व्यवस्था नै स्त्री–पुरुष बराबरी हुनु प्राकृतिक निर्देश समान मानिन्छ । बजबहादुर रूपमती सलीम र अश्रुमती एवं जगन्नाथ पण्डित र लवंगीको उदाहरण इतिहासमा प्रसिद्ध छ ।

सन्तान पालनपोषणको आवश्यकता विवाहले एक आर्थिक र सामाजिक प्रश्न बनाइदिन्छ जसमा भोगेच्छाको मूल प्रश्न नै दिन्छ । यी सबै परिस्थिति विश्लेषण गर्दा विवाहको व्याख्या गर्न मुश्किल पर्न जान्छ । विवाहको लागि दुई स्त्री–पुरुषको एक आपसमा आकर्षण चाहिन्छ । विवाहपश्चात् अनिवार्य परिणामबाट प्राप्त सन्तानको पालनपोषणको लागि दुवैमा तत्परता र जिम्मेवारी चाहिन्छ । यसकारण उनिहरूबीच सहवास दीर्घकालसम्म हुनुपर्छ । यसले पटक–पटक सहवास जिन्दगीभर पनि हुन सक्छ वा दुवैको इच्छाअनुसार समाप्त हुन पनि सक्छ । पहिलो स्त्रीसँगको सहवासपछि अर्को स्त्रीसँग सहवास हुनु धर्म, कानुनको विपरीत मानिन्छ ।

विवाह सम्बन्धमा बाँधिने स्त्री–पुरुष समाजले इच्छा गरेअनुरूप दिनदिन वर्ष–वर्षभर साथै एकआपसमा आकर्षणमा रही सम्बन्ध विशिष्ट स्तरमा बनाइनु पर्छ । यस्तो हुन उच्चस्तरको योग्यता, सावधानी, स्वार्थ त्याग र चरित्रवान् आवश्यक छ । विवाहपश्चात् केही वर्षको लागि वास्ना तृप्ती मात्र रहन हुन्न, युगयुग दुईबीच सम्बन्ध अटल रहनुपर्छ ।

स्त्री–पुरुष एकआपसमा आकर्षण रहने प्रकृतिको धर्मलाई सामाजिक रूप प्रदान गर्छ । यस्तो आकर्षणले सन्तुष्ट रहन आवश्यक छ । सन्तान उत्पादन आकर्षणको अनिवार्य परिणाम हो । यस्तो प्रकृतिको नियमले सामाजिक मान्यता पाएको छ । यी दुवै तत्वलाई समन्वय गर्न समाजले मान्ने व्यवस्था विवाहको सुरुवात भएको देखिन्छ । सन्तान पालनपोषणको समस्या नभएको भए सायद विवाहको चलन हुँदैन्थ्यो होला ।

समाजमा भएका विवाहको चलनले मनुष्य जीवनको सवै समस्या सन्तोषपूर्ण समाधान गर्न सकेको छैन् । विवाह चलनमा परिवर्तन गर्न पनि विश्वमा कसैले सुझाव पनि दिएका छैनन् । स्त्री–पुरुषबीच विवाहविनाको सम्बन्धले विश्वमा कहीँ पनि मान्यता पाएको छैन । आजसम्म पनि विवाहको वैकल्पिक उपाय कुनै मनुष्यले दिएको छैन । मुख्यतया विवाह त दुई स्त्री–पुरुषबीच गरिएको एक करार हो । यस्तो करार–भावनाको पछि धर्मको प्रभाव परेको छ । नागरिक विवाह त धर्मको प्रवाह परेको छ । नागरिक विवाह त धर्म–भावनाबाट पूर्णत मुक्त रहेको छ । गर्भ निरोध र सन्तान प्राप्ति रोकावट उपायहरूले विवाहको आवश्यकता घटदै गएको छ । ीववाह त यौन आकर्षण सन्तुष्ट पार्नलाई प्रतिष्ठित मार्ग हो ।

प्रतिष्ठा भनेको समाजमान्य आचरण मानिएको छ । विवाहपश्चात् रहेको असन्तुष्ट बास्नाले प्रतिष्ठाको बन्धन तोडने साहस गरेको छ । विवाहको कठोर बन्धनबाट मुक्त चाहनेको लागि विवाहबीचछेद गरेपश्चात् प्रतिष्ठित नभए पनि विधि संवत भएर गएको छ । विवाहको अर्थ स्त्री–पुरुषबीच जीवनभर सहचार हो । यस्तोलाई जिवन आदर्श मान्न सकिन्छ । पुरुष र स्त्रीका सम्बन्धको नियन्त्रण । यस सम्बन्धका परिणामको नियन्त्रण पहिले देखि नै मानव संस्कृतिको अत्यन्त महत्वपूर्ण भाग मानिआएको छ ।

विवाह गर्नुको मतलब स्त्री–पुरुषबीचको प्रतिष्ठा प्राप्त संसर्ग भोक नै हो । स्त्री–पुरुषबीचको प्रतिष्ठित विधि सम्भव र समाज स्विकृत संसर्ग राम्रो मानिएको छ । विवाहित पतिपत्नीको यौन सम्बन्ध बाहिरको संसर्ग व्यभिचार मानिएको छ । यस्तोलाई समाजले मान्दैन र कानुनले दण्ड गरेको छ । व्यभिचार व्यक्तिको अपराध मानिएको छ ।

समाज स्त्री–पुरुषले यस्तो अपराध स्वीकार गर्दैन । यसैले विवाह संस्था पूर्णरूपले सफल छैन । स्त्री–पुरुषको यौन आकर्षणको विषयमा अहिलेसम्मको विचारमा विवाहको वैकल्पिक योजना अहिलेसम्म बनेको छैन् । विवाहबाहेकको अरु गणिका–रखेल संस्थामा व्यभिचार गुप्तरूपमा व्यक्तिगत व्यवहार रहन्छ । विवाहको प्रतिपक्षमा गणिका संस्था नै यौन व्यवहारमा संगठित व्यवसायका रूपमा वैध/अवैध रहेको छ । गणीका संस्था मानव समाजमा मान्य छैन । यसको समाजले स्वीकार गरेको छैन ।

रोग, उत्पात, अपराध वा मानवताको तिरस्कार मानी उपेक्षा गर्नु मनुष्यको भुल भइआएको छ । जे भए पनि मनुष्य जाति र संस्कृति जीवित राख्न स्त्री–पुरुषको अभिव्यक्ति–विकृति त्याग्न दिन/नदिन अध्ययन स्वस्थ जीवन विधानको लागि परम आवश्यक छ । विवाह त समाज मान्य प्रेम व्यापार हो र यसको विसंगति जन्मन त मनुष्य जातिको लागि खराब हो । यौन विज्ञानको ज्ञान युवास्थाको आयुमा दिनु पर्छ । शरीरको विभिन्न परिवर्तनका बनावट, विभिन्न भागको ज्ञान, जननद्रीयको रचना र अन्य प्रकारका दूष्परिणामको जानकारी दिनुपर्छ ।

छ फुटको पुरुष र चार फुटकी स्त्री वा साढे पाँच फुटकी स्त्री र साढे चार फुटको पुरुषबीचको आकर्षण उतम उदाहरण मानिँदैन । विदेशबाट उच्चशिक्षा हासिल गरेको युवक र दुई/तीन कक्षा पढेकी युवतीबीच आकर्षण एवं प्रिती कम हुन्छ वा आकर्षण कम हुन्छ । ग्राजुएट स्त्रीसँग अनपढ युवकको आकर्षण हुँदैन ।

आकर्षणको पूर्णताको लागि स्त्री–पुरुषबीच केही न केही श्रेष्ठताको आकांक्षा हुन्छ । स्वतन्त्र संस्कार एवं अभिरुचि शरीरशास्त्र र कामशास्त्रको ज्ञानविना विडम्बना बन्न जान्छ । कोमल नजिकता, सुक्ष्म भाव परिचय, समभाव उच्चतम्, निश्चल विशाल हृदय र स्वार्थरहीत भावनाले एक–दोस्रोबीच सुखानन्द दिन्छ । स्त्री–पुरुषको सम्बन्ध केवल कामुकपना एवं निर्लज्जता मात्र होइन ।

मनिसको अति उत्तम भावको कलात्मक अभिव्यक्तिले आकर्षण वा शरीरको सुखको अनुभूति मिल्दछ । सभ्य समाजको यौन सम्बन्ध तुलना गर्न गलत बन्न जान्छ । ठूला–ठूला ऋषीमुनीको तपस्या भंग पार्ने मनमोहक अप्सराको प्रलोभनको उपयोग धेरै पटक नै भएका छन् । पाश्चत्य जगतबाट आयातित कामपूर्ण आचरण, नाटक, सिनेमाको श्रृगांरिक दृश्य, कथा, उपन्यासको कामवासनाको प्रेरकवर्णन, मित्रसँग घनिष्ठ गफजस्ताले यौन आकर्षण गराउँछ । जातीय आकर्षण अनिवार्य आवश्यक हो ।

पश्चिम समाजका स्त्री–पुरुषका अत्यन्त नजिक पश्चात्को सहवासले उनीहरूको यौन भावनालाई अस्थायी बनाउँछ । स्त्री–पुरुषको आकर्षण अनिवार्य मानेर संसर्ग स्वीकार गर्दा त व्यक्तिस्वार्थ पूरा हुन्छ तर सनातन पुरुष र चिरन्जीवी स्त्रीबीचको आकर्षण सम्बन्धबाट मात्र समस्या नभए पनि यस्तो नभएको कारण विश्वमा समस्या पर्नगएको छ ।

विवाहको मर्यादा भंग गर्नु व्यभिचार हो । विवाहको बन्धनबाट तोडेर रखेल संस्थामा प्रवेश गर्न सम्भव छ । वासनको आवेग सन्तुष्ट गर्नु नै रखेलको एक मात्र उद्देश्य हो । मानिसको अज्ञानता वा अनेक कारणवश विवाह सम्बन्ध ढलमल भएर बित्दछ । केही विचारका अनुसार विवाह प्रथाको सीमा उल्लघन गरेर जो कोही पनि रतिविलास गर्न सक्छन् । तर ती सबै रखेलअन्तर्गत हुनुपर्छ ।

एन्साइक्लोपेडियाअनुसार रखेल भन्नाले आर्थिक तथा अन्य प्रकारका लाभको लागि अनियमित, अव्यवस्थित र व्यापक यौन व्यवहार बुुझिन्छ । आफ्नो लाभको लागि कोही पनि अन्य कामवासनाको सन्तुष्ट गर्नेवालीलाई रखेल मानिन्छ । युरोपमा जब कोही जिउने सहारा नभएमा जिउन अपनाउनका लागि अपनाउने स्त्री नै रखेल मानिएको छ । तर विवाहमा वास्ना तृप्तीमा स्थिरता हुन्छ । पुरुषको माग समाजमा राम्रो÷नराम्रो घटना कुनै कारणद्वारा नै घटित हुन्छ । स्त्रीकी कामवासना यौन सम्बन्ध मानव जीवनको चरम व्यक्तिगत सम्बन्ध हो ।

वर्तमान युगमा यौन आकर्षणका कुरा त यौन मनोविज्ञानको वैज्ञानिकहरू फ्राइड र हवलाक एलिसको उल्लेख गरिन्छ नै । प्रेमको नाटक गर्दा कुनै स्त्री प्रेमको सच्चाइको दर्शनमा पर्न सक्दछ । स्त्री–पुरुषको उग्र वासना खास लतमा जान सक्छ । वासनाको नियन्त्रण गर्न नसक्ने व्यक्ति पतन पनि भएका छन् ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया