Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकिन निर्णय भएन वाणिज्य बैंकहरूको ब्रोकर लाइसेन्सको बारेमा ?

किन निर्णय भएन वाणिज्य बैंकहरूको ब्रोकर लाइसेन्सको बारेमा ?


काठमाडौं ।
वााणिज्य बैंकहरूलाई ब्रोकर लाइसेन्स यानी सेयर दलालको काम गर्न दिनुपर्छ भनेर केही लगानीकर्ताहरूले आवाज उठाइरहेको पनि धेरै भइसक्यो । तर वाणिज्य बैंकहरूलाई सेयर दलालको काम गर्न दिने वा नदिने भन्ने निर्णय नियामक निकायले गर्न सकिरहेका छैन । त्यसो त यसबारेमा पुँजीबजारसम्बन्धी अध्ययन गर्न भनेर सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा बनेको संसदीय अर्थ समितिको उपसमितिले प्रतिवेदन पनि बुझाइसकेको छ । तर पनि नियामक निकायले निर्णय गर्न सकिरहेका छैन । कतिपयले त वाणिज्य बैंकहरूले सेयर दलालको काम गर्न पाउनेमा शंका व्यक्त गर्न थालेका छन् ।

त्यसो त वाणिज्य बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिनलाई विद्यमान ५० वटा ब्रोकर कम्पनीहरूले असुन्टष्टि जनाइरहेका छन् । वाणिज्य बैंकहरूलाई सेयर दलालको काम गर्न लाइसेन्स दिए आफ्नो व्यापार व्यवसायमा नकारात्मक असर पर्ने डर विद्यमान ब्रोकर कम्पनीहरूमा रहेको देखिन्छ । अहिले हामी २१औँ शताब्दीमा रमाइरहेका छौँ । अहिलेको जमाना भनेको प्रतिस्पर्धाको जमाना हो कुनै पनि पेसा व्यवसाय गरिरहेकाहरू प्रतिस्पर्धामा जान डराउन भने हुँदैन ।

वाणिज्य बैंकहरूले सेयर दलालको काम गर्ने लाइसेन्स दिने कुरा भएसँगै केही विवाद भने सिर्जना भएको हो । वाणिज्य बैंकहरूलाई सेयर ब्रोकरको लाइसेन्स दिने कुरा गरेलगत्तै सेयर ब्रोकर कम्पनीहरूले विरोध पनि नगरेको होइन भने स्टक ब्रोकर एसोसियसनको अध्यक्षले त खुलेरै यसको विरोध गरेको थियो । वाणिज्य बैंकहरूलाई सेयर ब्रोकरको लाइसेन्स दिए इन्साइडर टेडिङ हुने बताउँदै आइरहेका छन् ब्रोकर कम्पनीहरूले ।

यसबारेमा कतिपय ब्रोकर कम्पनीहरूको भनाइमा विद्यमान ब्रोकर कम्पनीहरूलाई नै विभिन्न जिल्ला, गाउँठाउँमा शाखा खौल्न दिनुपर्छ । विद्यमान ब्रोकर कम्पनीहरूले काम गर्न नसकेमा शाखाहरू खोल्न नसकेमा मात्र अर्को विकल्प खोज्नुपर्छ र अरुलाई पनि लाइसेन्स दिनुपर्ने भनाइ रहेका छन् । हामीले विभिन्न जिल्लाहरूमा शाखाहरू खोल्छु भन्दा नदिने नानाथरिको झन्झटहरू दिने झन्झटिलो मापदण्डहरू तेर्साउने अनि वाणिज्य बैंकहरूलाई भने सजिलै लाइसेन्स दिने भनेर पनि केही ब्रोकर कम्पनीहरूले आक्रोस पनि व्यक्त गरेका छन् ।

वाणिज्य बैंकहरूलाई सेयर ब्रोकरको लाइसेन्स दिए पनि सेयर बजारको समस्या लगानीकर्ताहरूको सेयरबजारसम्मको पहुँचको समाधान हुनेमा शंका व्यक्त गरेका छन् । के वाणिज्य बैंकहरूले आफ्नो शाखा सञ्जाल भएको सबै स्थानमा सेयर ब्रोकरको काम गर्छन् त हुम्ला, जुम्लामा पनि सेयर ब्रोकरको काम गर्छन् त भन्ने पनि केही ब्रोकर कम्पनीहरूको भनाइ रहेका छन् ।

सेयर ब्रोकरको लाइसेन्स लिएका सबै वाणिज्य बैंकहरूले आफ्नो शाखा सञ्जाल भएका सबै स्थानहरूबाट ब्रोकरको काम गरे भने सेयर बजारको लागि राम्रो हुने सकारात्मक हुने देखिन्छ तर गर्छन् त ? कतै वाणिज्य बैंकका ब्रोकर कम्पनीहरू पनि सहरमुखी भए भन्ने पनि प्रश्न उठेका छन् । वाणिज्य बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिँदैमा विद्यमान ब्रोकर कम्पनीहरू आफ्नो व्यापारमा नकारात्मक असर पर्छ कि भनेर आत्तिनुपर्ने भने छैन । अहिलेको जमाना भनेको प्रतिस्पर्धाको जमाना हो ।

देशभरिका लगानीकर्ताहरूको पहुँच सेयरबजारसम्म पु-याउन वाणिज्य बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिनुपर्छ भनेर भन्नेगरेको हुनसक्छ । तर पनि वाणिज्य बैंकहरूलाई लाइसेन्स दिनेबित्तिकै तत्कालै सेयरबजारले ठूलै फड्को मार्ने भने होइन । सेयर लगानीकर्ताका नेताहरूले भनेजस्तै नेप्समा सेयर बजारमा उछाल नै आउने हो ।

अहिले पनि ५० वटा सेयर ब्रोकर कम्पनीहरूले काम गरिरहेका छन् । देशमा रहेका २७ वटै वाणिज्य बैंकहरूले ब्रोकर लाइसेन्स लिए अहिलेको बजारले धान्न सकिएला त भनेर आशंका गर्नेहरू पनि छन् । सबै विषय र क्षेत्रहरूमा सकारात्मक र नकारात्मक पाटोहरू हुन्छ नै त्यस्तै बजार राम्रो बनाउने हो भने प्रतिस्पर्धा हुनु पनि जरुरी छ । वाणिज्य बैंकहरूलाई ब्रोकरको लाइसेन्स दिएपछि लगानीकर्ताहरूलाई सहज हुने भने देखिन्छ भने यसका लागि सेयर बजारसम्बन्धी जनचेतना जगाउन पनि जरुरी छ । यसमा नियामक निकायहरूको ध्यान जान जरुरी छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया