Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगचर्चा प्रि एजीएमको

चर्चा प्रि एजीएमको


नरेन्द्रमान श्रेष्ठ
कम्पनीहरूले आफ्नो वार्षिक साधारणसभा गर्नेभन्दा केही दिन अगाडि प्रि एजीएम गर्ने गरिन्छ भनेर सबैजसो साधारणसभामा सेयरधनीमाझ चर्चा हुनेगरेका छन् । केही कम्पनीहरूले सेयरधनीहरूसँग अन्तरक्रिया गर्ने भनेर आफ्ना केही मतियार सेयरधनीहरूलाई बोलाई कक्टेल डिनर खुवाउने र पारवहन खर्च भनेर केही रकमसमेत दिने गरिन्छ गरेका छन् भन्ने सुनिन्छ । के यो साँचो हो त कि हल्ला मात्रै हो ? कि केही कम्पनी र सेयरधनीहरूलाई बदनाम मात्र गर्न खोजेको हो ?

आखिर किन गर्छन् त कम्पनीहरूले प्रि एजीएम ? सेयरधनीहरूबीच चासोको विषय बनेका छन् । नेप्सेमा सूचीकृत विभिन्न कम्पनीहरूले आर्थिक वर्ष सकेपछि वार्षिक साधारणसभा गर्नुपर्ने हुन्छ । तर, कतिपय बैंक तथा वित्त कम्पनीहरूले साधारणसभाभन्दा केही दिन अगाडि प्रि एजीएम गर्ने गरेको सरोकारवालाहरू बताउँछन् । केही कम्पनीहरूले तारे होटेलहरूमा गर्ने गरेका छन् भने केही कम्पनीहरूले आफ्नो कार्यालयमा गर्ने गरेको बताइन्छ ।

वार्षिक साधारणसभा गर्नुभन्दा पहिले किन प्रि एजीएमहरू गर्नेगरेका भनेर पनि सेयरधनीहरूबीच चर्चाहरू हुने गरेका छन् । कतिपय प्रि एजीएम गर्ने गरेका कम्पनीहरूको भनाइमा कम्पनी र सेयरधनीहरूबीच अन्तरक्रिया गर्नको लागि गर्ने गरेको पनि भनाइ रहेका छन् । तर, यस्ता प्रि एजीएमहरूमा साधारणसभामा बोल्ने गरेका केही सीमित वक्ता सेयरधनीहरूलाई मात्र किन बोलाउँछन् त अरु इच्छुक सेयरधनीहरूलाई किन बोलाइँदैन त ? प्रश्न छ ।

त्यसैगरी कम्पनीहरूको वार्षिक उत्सव होस् वा अरु कुनै कम्पनीको कार्यक्रमहरूमा पनि साधारणसभामा बोल्ने गरेका केही सेयरधनीहरूलाई मात्र कम्पनीले बोलउने गरेको चर्चा हुनेगरेका छन् । वार्षिक साधारणसभामा नै कम्पनीको बारेमा कम्पनीको प्रतिवेदनको बारेमा कम्पनीको र्कायको गतिविधिको बारेमा आ–आफ्नो भनाइहरू राख्न नै पाइन्छ भने किन अन्तरक्रियाको बहानामा प्रि एजीएम गरी केही वक्ता सेयरधनीहरूलाई मात्र बोलाउने गरेको होला भनेर पनि चर्चाहरू हुनेगरेका छन् आम सेयरधनीहरूबीच । कतिपय सरोकारवालाहरूको भनाइमा वार्षिक साधारणसभामा के–कस्तो भनाइहरू राख्ने भन्ने बारेमा छलफल गर्नेगरेको र कम्पनीको तर्फबाट पनि केही टिप्सहरू दिने गरेको र त्यहीअनुसार नै साधारणसभामा सेयरधनीहरूले आ–आफ्नो भनाइहरू राख्ने गरेको बताउँछन् ।

यस्ता प्रि एजीएमहरू तारे होटलहरूमा गर्ने र कक्टेल डिनर हुने र कतिपय कम्पनीहरूले साधारणसभामा बोल्ने गरेका केही वक्ता सेयरधनीहरूलाई पारवहन खर्च भनेर केही रकम पनि दिने गरेको चर्चाहरू पनि चल्ने गरेका छन् । यदि यस्तो हुनेगरेको र यो चर्चा साँचो हो भने यो पनि एक किसिमको भ्रष्टाचार हो । यसमा लिने र दिने दुवै भ्रष्टाचारी हो र यो विकृति पनि हो भन्दा पनि फरक नपर्ला । यस्तो प्रवृत्तिहरूलाई हटाउन पर्छ । तर, कतिपयको भनाइमा साधारणसभामा बोल्नेगरेका केही चर्चित वक्ता सेयरधनीहरूलाई कतिपय कम्पनीहरूले नै आफ्नो सभामा बोल्नको लागि बोलाउने गरेको पनि चर्चाहरू नभएको होइन । यस्तो प्रवृतिले कतिपय कम्पनीहरूको साखमा नै असर पर्ने गरेको पनि बताउँछन् सारोकारवालाहरू । यसमा कम्पनीहरूको ध्यान जान जरुरी छ ।

नेप्सेमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीहरूले एक आर्थिक वर्ष सकिएपछि वार्षिक साधारणसभा गर्नुपर्दछ । चालू आर्थिक वर्षको समाप्तिपछि गरिने वार्षिक साधारणसभामा कम्पनीको समीक्षा वर्षमा भएगरेका कामकारबाही गतिविधिको प्रतिवेदन प्रस्तुत गर्नुपर्ने हुन्छ । त्यस्तै साधारणसभामा आगामी वर्षमा गर्नुपर्ने भावि योजनाको बारेमा पनि छलफल गर्ने र योजनाहरू प्रतिवेदनहरू परित गर्ने काम हुन्छ । समीक्षा वर्षमा भएगरेका काम गतिविधिहरूको प्रतिवेदन र प्रस्तावहरू साधारणसभाको बहुमातले पारित भएपछि मात्र लागू हुने प्रावधान रहेका छन् । यसका लागि पनि वार्षिक साधारणसभा महत्वपूर्ण हुन्छ कम्पनी र सेयरधनीहरूको लागि । यसकारणले पनि आर्थिक वर्ष सकिनासाथ कम्पनीहरूले वार्षिक साधारणसभा गर्ने गरेका हुन्छन् ।

खासगरी बैंक तथा वित्त कम्पनीहरू हाइड्रोपावर र बीमा कम्पनीहरूले नियमित वार्षिक साधारणसभा गर्ने गरेको देखिन्छन् । सभामा उपस्थित सेयरधनीहरू यिनिहरूको भाषण मात्रै सन्ुने गरेका बताउँछन् कतिपय सेयरधनीहरको भनाइमा नयाँ–नयाँ सेयरधनीहरूले पनि बोल्न पर्ने बताउँछन् । कतिपय सेयरधनीहरूको भनाइमा साधारणसभामा बोल्ने गरेकाहरूले समग्र सेयरधनीहरूको प्रतिनिधिको रूपमा हुने गरेको कारणले बोल्नभन्दा पहिले साधारणसभाहरूमा उपस्थित आम सेयरधनीहरूसँग छलफल गरेर मात्र बोल्न पर्ने बताउँछन् तर, यस्तो गरेको भने पाइँदैन । सभामा उपस्थित सेयरधनीहरूसँग छलफल नगरी उनीहरुको समस्यालाई पहिचान नगरी आफ्नो योजनाअनुसार नै बोल्ने गरेको बताउँछन् सेयरधनीहरू । यसकारणले पनि वार्षिक साधारणसभामा सेयरधनीसँग कम्पनीको अन्तरक्रिया मात्र गर्नुपर्नै बताउँछन् अधिकांश सेयरधनीहरू । यसो भएमा सभामा उपस्थित धेरैजसोले आफूलाई लागेका जिज्ञासा राख्न पाउने र व्यवस्थापनबाट पनि तुरन्तै उत्तर पनि दिन सकिने भएकोले समयको पनि बचत हुन्छ ।

वार्षिक साधारणसभा हुनुभन्दा अगाडि प्रि एजीएम गर्नेगरेका र प्रि एजीएममा के–कस्तो कसरी बोल्ने भनेर छलफल हुने भएकोले र आर्थिक लेनदेन पनि हुने भएकोले होला सायद साधारणसभामा बोल्नेहरूको ताँती नै लाग्ने गरेको हो कि त्यसो त वृद्धभत्ता पाकिसकेकाहरू पनि साधारणसभामा बोल्नको लागि मात्र भए पनि पाउकष्ट गर्नेगरेको हो कि ? त्यसो त वृद्धभत्ता पाकिसकेकाहरूले बोल्न नहुने भन्ने पनि छैन । यदि कुनै कसैमा यस्तो प्रवृत्ति भए यसलाई हटाउन जरुरी छ । कम्पनीहरूले पनि आफ्नो साखमा असर हुने कामहरू गतिविधि गर्न नहुने आम सेयरधनीहरूको भनाइ रहेका छन् । यसमा स्वयम् कम्पनीहरूले नै विशेष ध्यान दिनु पर्ने देखिन्छ ।

वार्षिक साधारणसभामा सेयरधनीहरूले बोल्ने नगरे पनि सभामा कुनै असर नपर्ने बताउँछन् सर्वसाधारण सेयरधनीहरू । त्यसो त कतिपय कम्पनीहरूले आफ्ना केही भनाइहरू सम्प्रेषण गर्न लगाउनको लागि पनि प्रि एजीएम गर्ने गरेको पनि चर्चा चल्ने गरेका छन् । सायद हुन सक्छ यही कारणले पनि प्रि एजीएममा केही वक्ता सेयरधनीहरूलाई मात्र बोलाउने गरेको होला ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया