Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगवर्ष २०७७ लाई बिदाइ गर्दै नव वर्षको शुभकामना

वर्ष २०७७ लाई बिदाइ गर्दै नव वर्षको शुभकामना


काठमाडौं ।
विश्वभर नै अत्यन्त दुःखद रह्यो २०७७ साल । विश्वमा फैलिएको कोभिडको महामारीले देश तथा विदेशमा धेरै दाजुभाइ तथा दिदीबहिनीले ज्यान गुमानुपरेको थियो भने छ/सात महिनालामो लकडाउन (बन्दाबन्दी)ले दिनभरि काम गरेर बिहान बेलुकाको छाक टार्ने हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुले धेरै पीडा पनि सहनु प-यो ।

यो त अकस्मात विश्वमा फैलिएको कोरोनाको कहरको कुरा भयो । यसभन्दा बाहिर हाम्रो देशमा रहेको दशकौँदेखिको राजनीतिक अस्थिरताले देशमा जस्ताको तस्तै समस्याको रहन २०७७ साल पनि छुटेन । सधैं खोक्रो राष्ट्रियताको भाषण र सत्ताको लुछाचुँडीको खेल वर्ष २०७७ मा पनि कायमै रह्यो । विकासका कामहरु ठप्पजस्तै भए भने देश विकासको लागि छुट्याइएको सरकारको विकास बजेट पनि ३० प्रतिशतभन्दा बढी खर्च भएको पाइएन ।

जनताहरु परिवर्तनको नाममा फोहोरी राजनीतिक खेलको निसानामा यस वर्ष पनि रहे । कोरोनाको कहरका बीच र राजनीतिक अस्थिरताले यस वर्ष पनि हामीले गाँस बास र कपास लागि दुःखका साथ सामना गरेका गर्नुप-यो । अबको नयाँ वर्षमा गत वर्षको जस्तो दुःख, महामारी झेल्नु नपरोस् र अझै पनि राजनीतिक दलका नेताहरुले देश विकासको अठोटलाई बाइपास नगरुन्, देश र जनताप्रति बफादार होउन् । सबै दलहरुमा मेलमिलापको वातावरण बनोस् । वर्ष २०७७ साललाई बिदाइ गर्दै नव वर्ष २०७८ को सबैलाई हार्दिक शुभकामना ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया