Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकेही उपोयोगी सरकारी एप

केही उपोयोगी सरकारी एप


इन्टरनेट सहज पहुँच सँगै नेपालमा पनि सरकारी सेवा हरू डिजिटलरूपमा सुरु हुन थालेका छन् । सरकारी संस्थानहरूले आप्mनो छुट्टै एप निर्माण गरी जनताको सहजताका लागि विभिन्न एप सार्वजनिक गरी सोहीमार्फत कार्य गरिरहेको छन् । आउनुहोस् आज हामी तपाईंलाई केही उपयोगी सरकारी एप जसले सरकारले दिने सेवा सुविधा सहज ढंगले दिन सकेका छन् सोको बारेमा जानकारी दिँदै छौँ ।

१) नागरिक एप : सरकारले नागरिक एप सार्वजनक गरिसकेको छ । नागरिक एपबाट तपाईंले विभिन्न सेवा लिन सक्नुहुन्छ । बेटा भर्सनमा भएकाले यसबाट हाल केही सेवा जस्तैः पान नं लिन कर विवरण हेर्नजस्ता कुरा हरू समेटिएका छन् बिस्तारै यसमा अन्य सेवा हरू पनि थपिँदै जाने सरकारले बताएको छ । नागरिक एपमा सरकारले दिने सबै सेवा दिने सरकारको लक्ष्य रहेको बताइन्छ ।

२) हाम्रो स्वास्थ्य : नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्माण गरेको हाम्रो स्वास्थ्य एपमा स्वास्थ्यसमबन्धी जानकारी एवं कोरोना भाइरसको जानकारी र स्वास्थ्य मन्त्रालयको विभिन्न सूचनाहरू समावेश गरिएको छ । नजिक रहेका अस्पताल कोरोना भाइरसको पछिल्लो जानकारी यस एपबाट लिन सकिन्छ ।

३) आईआरडी एप : आन्तरिक राजस्व कार्यालयले आप्mनो सेवा सहजरूपमा दिन आईआरडी नेपाल एप रहेको छ। करदाता सेवा सहज र व्यवस्थित बनाउन र करदाताको लागि कर कार्यालय धाउन न पर्ने गर्न को लागि यो एप उपयोगी रहेको छ । यस एपबाट कर विवरण भर्न नयाँ दर्ता पान सर्च गर्न एवं कर कार्यालयले प्रदान गर्ने सम्पूर्ण सेवा प्रयोग गर्न सकिन्छ ।

४) नेपाल कस्टम : भन्सार विभागले आफ्नो कार्यालयको छुट्टै एप निर्माण गरी विभिन्न भन्सार विभागमा लाग्ने मूल्य आदिको बारेमा लाग्ने खर्चको विवरण राखेको छ । विदेशबाट सामान ल्याउँदा होस् या नेपालबाट सामान निकासी गर्दा होस् के–कस्ता नियम र लाग्ने भन्सारको विवरण यस एपमा राखिएको छ ।

५) नेपाल ल एप : नेपालको कानुन कस्तो छ के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने जानकारी नेपाल ल एपले दिन्छ । नेपाल संविधान र कानुन शिक्षासम्बन्धी सम्पूर्ण कुराहरू नेपाल ल एपमा समावेस गरिएको छ । कानुनसम्बन्धी जानकारी चाहिएको छ र खोज्दै हुनुहुन्छ भने यो एप तपाईंलाई सहयोगी हुन सक्छ ।

६) ईजीपी एप : सरकारी टेन्डरहरू हेर्नको लागि पत्रिका खोज्दै हुनुहुन्छ भने ईजीपी एप तपाईँको लागि सहयोगी हुन सक्छ । यो एपमा देशका सम्पूर्ण सरकारी कार्यालयमा खुलेको टेन्डर नोटिसहरू समावेश गरिएको हुन्छन् ।

७) नेपाल कन्सुलर : विदेशमा रहेका नेपाली रोजगारदातालाई वैदेशिक रोजगार र पेसा लिने कानुनी उत्तराधिकारीलाई वैदेशिक सहायता, क्षतिपूर्ति र बीमा रकम प्रदान गर्न विदेशस्थित नेपाली मिसनहरूसँगको प्रभावकारी समन्वयले विदेशमा फसेका नेपालीलाई उद्धार गर्नुका साथै नेपालीको शव स्वदेश फिर्ता गर्नुको लागि सरकारले यो एप निर्माण गरेको हो । तपाईँ विदेशमा हुनुहुन्छ र केही जानकारी या सहायता चाहिए यो एप उपयोगी हुन सक्छ ।

८) वैदेशिक रोजगारी : वैदेशिक रोजारसम्बन्धी सूचना दिने मुख्य उद्देश्य यस एपले राखेको छ । वैदेशिक रोजगारीमा पुनः प्रवेश गर्न सजिलो होस् र कामदारले अनलाइनबाट सेवा प्राप्त गरून् भन्ने उद्देश्य यस एपले राखेको देखिन्छ ।

९) डिपार्टमेन्ट अफ इमिग्रेसन :भिसासम्बन्धी जानकारी भिसाको म्याद थप एवं भिसाको अन्य जानकारी दिन डिपार्टमेन्ट अफ इमीग्रेसन एप महत्वपूर्ण र उपयोगी रहेको छ। इन्ट्री भिसा भिसाको प्लान अपग्रेडजस्ता कार्य यस एपबाट गर्न सकिन्छ ।

१०) स्थानीय तहको एप :नेपालको स्थानीय तहको जानकारी यस एपबाट पाउन सकिन्छ । कुन तहमा कुन जनप्रतनिधि छन् भन्ने कुरा यस एपमा समावेश गरिएको छ । स्थानीय तहका जनप्रतनिधिको टिमसहित उनीहरूको फोन नम्बर समेत यस एपमा रहेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया