Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगराउटे सुन्दरीमा आधुनिकताको मोह

राउटे सुन्दरीमा आधुनिकताको मोह


काठमाडौं ।
अहिले राउटे सुन्दरीका कारण सामाजिक सञ्जाल नराम्रोसँग तातेको छ । मैले केही महिनादेखि ती दुई राउटे बहिनीहरूको चाल चरित्रलाई गम्भीरताका साथ निहालिरहेको थिएँ । उनीहरू आधुनिकतासँग रमाइलो गर्नु रक्सी पिउनु आफ्नो संस्कृतिभन्दा भिन्न चरित्र भएका केटाहरूसँग टिकटक बनाउनु सहरसम्म घुम्न आउने प्रक्रिया ज्यादै बाक्लिएको थियो ।

ती दुई नानीहरूले खुलेआम रक्सी पिएको आधुनिक पहिरनमा रमाएको बाहिरका केटाहरूसँग मज्जाले यौनको कुरामा मज्जा लिएको देख्दा पक्कै पनि अब छिटो यी नानीहरूले एउटा सिंगो राउटे समुदायको बदनाम गर्छन् र यी आफैँ पनि नराम्रोसँग भास्सिन्छन् भन्ने सोचेको थिएँ, नभन्दै त्यही भयो । एनजीओ, आईएनजीओका नाममा राउटे जातिका नाममा बाहिरबाट सहयोग आइरहेको छ ।

ती सहयोग हस्तान्तरण गर्ने नाममा तिनका आदिम बस्तीमा आधुनिकताको राक्षस भित्र छि-यो । आखिर मान्छे उनै हुन् । राउटेको पनि मन छ, यौवन छ, चाहना छ र राउटे बस्तीभित्र छिर्ने आधुनिक मान्छेमा पनि चाहना छ, यौवन छ । वीपीले सुम्निमा लेख्दा पनि दुई भिन्न संस्कृतिको मिलन बडो स्वाभाविक ढंगले गर्नुभएको छ, विनाविकृति तर अहिलेको यो परिघटनामा जोडिएका तीन पुरुष पात्रलाई मात्र दोष दिँदा सायद अन्याय होला, किनकि ती राउटे सुन्दरीहरू आवश्यकताभन्दा धेरै उम्लिसकेका थिए ।

ओछ्यानमा पुग्नु, सेक्स भिडियो समेत बनाउने अनुमति दिनु भनेको यो चानचुने कुरा होइन । स्त्रीले नचाहेको भए यो विल्कुलै सम्भावना थिएन । स्त्रीहरू आफ्नै मैमत्ता र भैमत्ताका कारण सिद्धिएका छन्, सिद्धिरहेछन् । अहिले टिकटकका नेपाली स्त्रीका भोगटे कथा र यौन उत्ताउला कुरा हेर्दा स्त्रीलाई धिक्कार्न मन लाग्छ । अहिले सोसल मिडियामा स्त्रीहरू नांगै हुनथालेका छन् । हिजोआजका नग्न स्त्री हेर्दा गाईभैँसी, जनावर, सुँगुरलाई धेरै सभ्य भन्न कर लाग्छ । स्त्रीहरू पुरुषका कारण असुरक्षित होइनन् आफ्नै कारण असुरक्षित हुँदै गएका छन् । ती राउटे सुन्दरीहरू यसरी मैमत्ता भैसकेका थिए कि तिनलाई कतिखेर बाहिरका पुरुषलाई अँगालो मारुँ भैसकेको देखिन्थ्यो ।

हरेक दिन टिकटक भिडियो बनाउन राउटे बस्तीमा नयाँ पुरुषका अनुहार देखिन्थे । टिकटक बनाउन दिएबापत तिनले पैसा असुल्थे । तिनलाई विदेशी रक्सी, मासु, नयाँ–नयाँ पहिरन सुविधाका अनेकौँ भौतिक प्रपञ्च मिलाएका थिए सभ्य भनाउँदा आधुनिक युवाहरूले । यहाँ एक पक्षको मात्रै कुरा गर्नु कुरा सुन्नु बेकार हुन्छ । महाभारतको द्रौपदी युगदेखि हालसम्म स्त्रीजातिको बस्त्र कहिले सुरक्षित रहन सकेन । स्त्री मनोरञ्जनको साधन बनेका छन् ।

महिला स्वयं आफ्नो सोह्र श्रृंगार कसका लागि हो भनेर जान्न चुकिरहेका छन् । द्रौपदीको बस्त्र यत्तिकै हरण भएको होइन । त्यो परिस्थिति निम्त्याउन तिनी आफैँ पनि सरिक भएकी छिन् । दोष दुस्सासनको मात्रै देख्ने कृष्ण आँखामा युगको राम्रोसँग परिव्याख्या भएको छैन ।

करियर विकास र महिला उत्थानका नाममा व्यापारिक उद्देश्यद्वारा सञ्चालित सौन्दर्य प्रतियोगिताहरूको एउटा लामो शृङ्खला छ विश्व भौतिक जगतमा । जब सौन्दर्य प्रतियोगिताको सूचना जारी हुन्छ सहरका सुन्दरीहरूलाई त्यही रातबाट राम्रोसँग निन्द्रा पर्दैन । आफ्नो अनुहार छानिन्छ कि छानिन्न यही चिन्ताको बर्कान सुरु हुन्छ । केही महिनाका लागि नेपालका पत्रपत्रिकाले राम्रै काम पाउँछन् । सुन्दरी प्रतियोगिताको अन्तिम लक्ष्य चीर हरण गराउनु हो ।

आधुनिक द्रौपदीहरूले आफ्नो शरीरको नापजाँच गराउन थाल्छन् । बजारमा प्लास्टिकका अनुहार प्रसाधनहरू राम्रै बिक्रीवितरण सुरु हुन्छ । आधुनिक द्रौपदीहरूका लागि यो कुम्भ मेला हो । सबलाई भ्याइ नभ्याइ हुन्छ । कोही कलेज हापेर हिँड्छन्, कोही जागीरबाट भाग्छन्, असारको किसानलाई बरु के चटारो पर्ला र ! पुरुषकै यायावरमा नर्तकी बन्न किन झुम्मिन्छन् आधुनिक बैनीहरू ? पाइन्छ के ? मिल्दछ के ? अनि फेरि पुरुषलाई किन बदनाम गर्नु ? पुरुषलाई शरीर नापतौल गर्न लगाउने अनि पुरुषलाई नै गाली ?

एउटा सामान्य केटालाई -याम्पमा नितम्ब देखाएर नयाँ कपडाको विज्ञापन मोडल खेलिरहेकी केटी देख्यो भने ऊभित्र यौन भाव जागृत हुन्छ । ऊ भित्रभित्र भ्रमित हुन्छ, आहा ! यो पो हो केटी कति राम्री, कस्तो जिउ, कति राम्रो मुहार, अहिलेकी आधुनिक सब बुझेकी, कस्तो नितम्ब, कस्ता ओठ, आदि आदि …। ऊ भित्रभित्र केटीको सुन्दरता व्यान गरिरहेको हुन्छ । तर त्यही केटी बिहे गर्न प्रपोज आयो भने ऊ हच्किन्छ किनकि -याम्पमा आधा नांगो भएर नितम्ब देखाएर हिँड्ने केटी बिहे गर्दा इज्जत हुँदैन उसको चरित्र पनि राम्रो हुँदैन भनेर भनिहाल्छ ।

हामी पुरुषले नांगो नचाएको हो उसलाई । उसको नांगो शरीरचैं आँखा च्यातेर हेर्न हुने तर बिहेको प्रस्ताव आयो भनेचैँ इज्जतको कुरा आउने ? बिहे गर्न घरजम गर्न त सबैलाई सोझी नै केटी चाहिएको रेछ त ! अनि नेपाल सुन्दरी प्रतियोगिता हेर्न किन जानु ? त्यहाँ पनि त केटीलाई अर्धनग्न पारिने काम हुन्छ नै । यसमा जिम्मेवार कसको हो अर्धनग्न हुन तयार हुने आधुनिक केटीको हो कि अर्धनग्नता हेर्न जाने केटाको ? अहिलेको राउटे बहिनीहरूको दुर्दान्त कथा पनि यही हो कि आधुनिकताले निल्न लागेको एउटा आदिम संस्कृति ।

हिजोआज सबैजसो दैनिकी पत्रिका, साप्ताहिक पत्रिका, मासिक पत्रिकामार्फत दैनिक बिसौँ लाखका यौनसँग सम्बन्धित सामग्रीका विज्ञापनहरू आइरहेका छन् । ती हुन्, यौन दुर्बलता हटाउने ओखतिका बारेमा र यौन खेलौनाका बारेमा । आफ्नै नाबालक छोरीलाई बलात्कार गर्ने राक्षस पुरुषलाई बलात्कार गर्न उक्साउने यस्ताखाले विज्ञापन छाप्ने पत्रकारलाई मुखमा थुक्ने कि नथुक्ने अब ? कतिपय पत्रिकामार्फत योनि टाइट गर्न हामीसँग सम्पर्क गर्नुहोस् भनेर मोबाइल नम्बरसहितको विज्ञापन छाप्ने पेसाका दलालहरूलाई किन नेपाली महिला दिदीबहिनीहरूले विरोध र कारबाही गर्न सकिरहेका छैनन् ?

के यस्ता प्रचारले महिलाको श्री र सम्मान अनि गरिमामा कुनै आघात पर्दैन ? पत्रिका हो कि यौन धन्दा मौलाउन सहयोग पु-याउने मध्यस्त दूत हुन् यी पत्रिका ? कस्तो प्रकारको विज्ञापनले सामाजिक असर पर्छ भन्ने कुरा न सरकारलाई थाहा छ न छपाउन लगाउने जंगली वनमान्छेहरूलाई थाहा छ । न मिडियाकर्मीहरूलाई नै थाहा छ । थाहा पाएर पनि बुचपचाइएको छ । सरकारलाई कर चाहिएको छ । व्यापारीलाई नाफा चाहिएको छ । उपभोक्तालाई मनोरञ्जन चाहिएको छ अनि कुरो मिलिगो नि । समाजलाई पर्ने असरतर्फ कसको ध्यान जानु ? किन जानु नदुखेको टाउको डोरी बानेर किन दुखाउनु ? सभ्य समाज निर्माणका लागि खोलिएका स्कुल कलेज र विश्वविद्यालय बेकम्मा बन्दै गइरहेको कुरो यहाँ स्वीकार गरिँदैन ।

‘एनिहाउ पैसा कमाऊ’ भन्ने मनोरोगबाट ग्रसित छ आजको मिडिया । कति भ्रमले ग्रसित छन् आजको युवायुवती र ठगिरहेछन् दिन दाहाडै तिनलाई । काम नगरे पैसा फिर्ता रे ! एन्टिबायोटिक खाएर घाउ निको भएजस्तो हो र मान्छेभित्रको यौन पनि ? कति मुर्ख बनाइरहेछन् मिडियाले र औषधि व्यापारीहरूले गम्भीरतापूर्वक सोचौँ । रक्सी र भोड्काका, यौनका खेलौना र यौनउत्तेजक औषधि, भियग्रा र जियग्रा, नांगा महिला मोडलका तस्बिरले पत्रिका भर्ने अनि कहाँ–कहाँ बलात्कार भयो भनेर रिपोर्टिङ गर्दै हिँड्न् लाज लाग्दैन ?

रक्सी चुरोट र यौन सामग्रीको विज्ञापनले पत्रिकामा प्रमुखता पाइरहेको हुन्छ । यो धन्दाले व्यापारीदेखि विज्ञापन व्यवसायहरू यसरी मोटाइरहेका छन् कि यिनले बाल युवक र वृद्ध अवस्थामा पुगेका पुरुषलाई समेत कन्फ्युज बनाइरहेका छन् । हाम्रो समाज पश्चिमा समाजको ठिमाहा बनिसकेको छ । विज्ञापन हेर्दा यस्तो लाग्छ कि सबै नेपाली पुरुष नपुंसक हुन् कि क्या हो भन्ने भ्रम पैदा हुन्छ । लिंगको साइज बढाउनेदेखि महिलाका योनि टाइट गर्नेसम्मका विज्ञापन देख्दा मान्छेभित्रको संवेदनशीलता मर्दै गएको देखिन्छ । जीवनमा यौन विषयभन्दा बाहेक अरु कर्महरू नै छैनजस्तो ।

गरिब मुलुकका गरिबी मानसिकता भएका मानवले मात्रै यौनका बारेमा धेरै चिन्ता र चिन्तन गर्दारहेछन् र दिनानुदिन बलात्कारका घटना बढिरहेका छन् । हिजोआज सोसल मिडियाः फेसबुक, टुइटर, इन्स्टाग्राम र अरु अन्लाइन पत्रिकामार्फत यौनजन्य न्युजहरू यति व्यापक आउन थालेका छन् कि मान्छेलाई पशु र पत्रु बन्न यस्ता न्युजले धेरै सघाउन थालेको छ ।

सदुपयोगमा भन्दा दुरूपयोगमा बढी उपयोग हुन्छ हाम्रो सोसल मिडिया । जहाँको सरकार भ्रष्ट छ, जुन देश गरिब छ, जहाँका जनता फुर्सदमा छन् तिनले सिर्जनात्मक कुराहरूमा भन्दा नकारात्मक कुराहरूमा चासो दिने तथ्यांकले बताउँछ । बन्द हड्ताल भाषणबाजी भोक हड्ताल बार्है्र महिना बार्गेनिङको राजनीति र उछृङ्खल खालका कृपाकलाप फुर्सदिलो क्षणको उपयोग हो ।

पूर्ण विकसित देश त्यतातिर जाँदैन किनभने त्यहाँ काम नै पूजा हो । त्यहाँ कोही फुर्सदमा हुँदैनन् । अर्काको बारेमा चिन्तन गर्दैनन् । सप्तान्तदेखि बाहेक अरु समय कोही व्यक्ति सडकमा देखिँदैनन् । न सोसियल मिडियाको दुरूपयोग नै छ । न पत्रपत्रिकामा बालिका बलात्कारको घटना नै छापिन्छन् । नेगेटिभ कुराहरूमा सेन्सरसिपको नियम र नियन्त्रण नआएसम्म नेपालमा बलात्कारको घटनामा कुनै कमी आउँदैन ।

संसारका सबै पत्रिका जम्मा गरेर हेरौँ हाम्रा छापा मिडियामा सोसल मिडियामा जस्ता नेगेटिभ न्युज विश्वका अरु कुनै पत्रिकामार्फत पनि आउँदैन । हाम्रो सोचाइ गलत छ, चिन्तन र चिन्ता गलत छ । किनभने गलत कुराहरू सानैदेखि पढ्न उत्प्रेरित गर्छ मिडियाले नै । हामी आफ्नो बारेमा कम सोच्छौँ अरुको बारेमा धेरै चासो र चिन्ता लिन्छौँ । आफूले अरुका कुरा काटेपछि अरुले पनि मेरा कुरा काटिरहेका होलान् है भनेर सोच्दैनौ ।

हामी अरुको हुइयाँमा दगुर्छौँ । हामीमा आफ्नो विचार कहिले हाबी हुनै पाउँदैन । अरुले समर्थ गरे समर्थन र अरुले विरोध गरे विरोध नै गर्ने बानीले ग्रस्त छौँ हामी । र बढी मिडियामा विश्वास राख्छौँ । घाँस काट्न रुख चढेकी भाउजू अनलाइनमा देखिनथालेकी छिन् । पूजा गर्न मन्दिर पसेका पुजारी मेसेन्जरमा मस्त देखिन्छन् । गाग्रीमा पानी भरिरहेकी केटी गाग्रीबाट पानी पोखिएर गएको आधा घन्टासम्म मोबाइलमै व्यस्त देखिन्छिन् ।

हामीलाई आदत बस्यो कि गलत न्युज नहेरेसम्म ज्यानमा घाम लाग्दैन । हामी सूर्योदयदेखि सूर्यास्त सम्म नेगेटिभिटीले ग्रसित र्छौँ  । मानौँ बलात्कार, बन्दहडताल, भ्रष्टाचार ठगी, अपहरणजस्ता न्युजहरू हाम्रो जागर उमार्ने खुराक हुन् र यी सबै कुराको व्यास्थापन मिलाइदिने काम मिडियाले गरिरहेका छन् । अब तपाईं भन्नुहोला गलत कुरा किन पढ्न प-यो त भनेर आकाशमा लागेको घामलाई नहेर भनेर भन्न सकिन्छ र ? खराब कुरो त डढेलो हो । यो यति छिटो फैलिन्छ कि हामी विश्वास नै गर्न सक्तैनौँ । जस्तो समाजमा जन्मियो त्यसैको गन्धले हामी भिजिसकेका हुन्छौँ ।

एउटा आदिम सभ्यताको घाम अब अस्ताउन लागेको छ । राउटेहरूको एउटा आदिम चोखो सभ्यतालाई आगो लगाइदिए ती यावत पात्रहरूले जो यो घटनासँग प्रत्यक्ष सम्बन्धमा थिए । राउटे बहिनीहरूको चरित्रमा खोट छ । पुरुष कुपात्रलाई जति घृणा गरे पनि कम होला । स्त्री पुरुष दुवै दोषी यो घटनामा प्रहरीले पहरा दिएर मात्रै कतिन्जेल टिक्ला र जब कि राउटे बस्ती अब आदिम रहेन त्यसलाई आधुनिक सामाजिक सञ्जालले पहिला बलात्कार ग-यो अनि पछि ती यायावर घटना घटे । पुरुषलाई मात्रै जेल सजाए होइन रक्सी र रन्डो खोज्ने ती राउटे स्त्रीलाई पनि जेल हाल्नुपर्छ । (लेखमा उल्लिखित सबै कुराहरू लेखकका निजी विचारहरू हुन्)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया