Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपर्यावरण तथा प्राकृतिक स्रोत संरक्षणका लागि दिगो विकास

पर्यावरण तथा प्राकृतिक स्रोत संरक्षणका लागि दिगो विकास


काठमाडौं ।
आधुनिक विकास गतिविधिहरूले प्राकृतिक संसाधनहरूको साथसाथै पर्यावरणलाई पनि नराम्रो किसिमले प्रभावित गरेको छ । घट्दो प्राकृतिक संसाधन एवं बढ्दो पर्यावरण प्रदूषणका कारण दिगो (सम्पोषित)को अवधारणाको जन्म भएको हो । सम्पोषित विकासलाई निर्वनीय विकास, सतत विकास एवं धारणीय विकासका नामले पनि चिनिन्छ । विकासको यस नयाँ धारणाको उद्भव वर्ष १९९२ ई.सं.मा ब्राजिलको राजधानी रियो दि जेनेरियोमा आयेजित पृथ्वी सम्मेलनमा भयो । यस सम्मेलनमा संयुक्त राष्ट्र पर्यावरण एवं विका सम्मेलनका लागि अनेक दस्ताबेज तयार गरियो जसले स्पष्ट ग-यो कि पर्यावरण एवं विकासबीच गहिरो सम्बन्ध छ ।

आधुनिक मानिसको लालची स्वभावले गर्दा प्राकृतिक संसाधनहरू जस्तै जल, खनिज पदार्थ, जीवाष्म इन्धनको, वन, माटो आदिको अत्यन्त शोषण भएको छ । परिणामस्वरूप आज जलको समस्या, जीवाष्म इन्धनको घटदो भण्डार, माटोको उब्जाउ क्षमताको ह्रास, वैश्विक तपन, जैविक विविधताको क्षरण आदिले वैश्विक स्तमा विकराल समस्याको रूप धारण गरिसकेको छ जसबाट छुटकारा पाउनु समयको सबैभन्दा ठूलो आवश्यकता भएको छ र यो संपोषित विकासद्वारा मात्र सम्भव छ ।

सम्पोषित विकस यास्तो विकास हो जसले वर्तमान पुस्ताको आवश्यकताको पूर्तिका सथसाथै भावी पुस्ताको आवश्यकता पूर्तिको पनि सुनिश्चितता गर्दछ । सम्पोषित विकासअन्तर्गत सम्साधनको सीमित उपयोग हुन्छ तथा तीनको संरक्षणमा विशेष ध्यान दिइन्छ जसले आउने पुस्ताहरू पनि लाभान्वित हुन सकून् । यस बोक विकासको प्रक्रिया यस प्रकारको हुन्छ कि जसबाट पर्यावरण अव्यवस्थित नहोस् र त्यसको संरक्षणलाई प्रोत्साहन मिलोस् ।

विश्वभरिमा विभिन्न क्षेत्रहरूमा विकास भइरहेको छ । फलस्वरूप मानिसहरूको जीवनस्तर सुध्रिराखेको छ । तर विकासको यस अन्धो दौडका कारण पर्यावरण तथा प्राकृतिक संसाधन प्रभावित हुँदै छन् । अतः आज यस्तो विकासको आवश्यकता छ जुन पर्यावरण हितैषी हुनुका साथसाथै प्राकृतिक संसाधनहरको संरक्षणमा मदतगार सावित हुन सकोस् । सम्पोषित विकासको लक्ष्य प्राप्तिको लागि निम्नलिखित पाइलाहरू अपनाउनु नितान्त आवश्यक छ ।

सम्पोषित विकासको अवधारणाअन्तर्गत ऊर्जा स्रोत अथवा गैरऊर्जा पारम्परिक ऊर्जा स्रोत जस्तै सौर्य ऊर्जा, पवन ऊर्जा, ज्वारीय ऊर्जा, भूतापीय ऊर्जा इत्यादिको प्रयोगमा जोड दिनुपर्ने आवश्यकता छ ता कि हामी कोइला एवं तेलजस्ता जीवाष्म इन्धनहरूको बचत गर्न सकम । जस्तो कि हामी जान्दछौँ कि जीवाष्म इन्धनहरूको सीमित भण्डार छन् र यिनको अत्यधिक उपयोगको कारण पार्यवरण प्रदूषणको पनि खतरा दिनका दिन बढ्दो छ । वैश्विक तपन एवं अम्ल वर्ष जवास्म इन्धनहरूको अत्यधिक उपयोगको नै परिणाम हुन आज विश्वका धेरैजसो विकसित औद्योगिक राष्ट्र अम्ल वार्षाको चपेटामा छन् । नर्वे, स्वीडेन, ब्रिटेन, जापान, क्यानडा, चेकोस्लोवाकिया आदि देश यसको प्रमुख उदाहरण हुन् ।

रासायनिक उर्वरकहरू एवं किटनाशकहरूमा आधारित आधुनिक कृषि प्रणालीले माटोजस्तो प्राकृतिक संसाधनलाई सबैभन्दा बढी प्रभावित गरेको छ । रासायनिक उर्वरकहरूको बढी उपयोगले माटोको संरचना नष्ट हुने गर्दछ । जब कि कीटनाशकले माटोको उर्वरा शक्ति बढाउने शूक्ष्म जीवहरूको गतिविधिहरू प्रभावित गर्दछ जसले गर्दा माटोको उब्जाउ क्षमतामा विपरीत प्रभाव पर्दछ । सम्पोशित विकाशअन्तर्गत माटो संरक्षणका लागि आजभोलि जीवांश कृषिमा विशेष जोड दिइनु नितान्त आवश्यक छ । जसले गर्दा रासायनिक मल एवं कीटनाशकहरूको प्रयोग पूर्णतः बर्जित हुनेछ । यसप्रकारको कृषि प्रणालीबाट माटो संरक्षणलाई बढावा मिल्छ साथै त्यकसो उर्वरा शक्ति पनि स्थिर हुन्छ । यसबाहेक पर्यावरणको स्वास्थ्य माथि पनि कुनै विपरीत प्रभाव पर्दैन ।

भूमिगत जलको अन्धाधुन्ध दोहनको फलस्वरूप वैश्विक स्तमा जलको समस्याले विकराल रूप लिएको छ । यदि वर्तमान परिस्थिति रहीरह्यो भने अर्को विश्वयुद्ध पानीको लागि नै हुनेछ । पानीको बढ्दो समस्याबाट निपटारा पाउनका लागि वर्षा जल सञ्चयको साथसाथै जलको संरक्षण तथा सीमित उपयोगमा विशेष जोड दिनुपर्ने आवश्यकता छ । यसबाहेक खाली भूमिलाई वनस्पतिहरूले आच्छादित गरिनु आवश्यक छ किनकि वनस्पतिहरूले वर्षा जलको बहाबलाई रोकेर भूमिगत रसाउनलाई प्रोत्साहित गर्दछन् परिणाम स्वरूप भूमिगत जलस्तर स्थिर हुन्छ । यसबाहेक भूमिगत जलस्तरको स्थायित्वका लागि चिसो ओसाइलो भूमिहरू सिमसारको पुनरुत्थान एवं संरक्षण आजको समयको सबैभन्दा ठूलो आवश्यक मानिन्छ । सुख्खा एवं अर्धसुख्खा क्षेत्रहरूमा थोपा सिँचाइ प्रविधि अपनाएर जलको संरक्षण गर्न सकिन्छ ।

वन अन्यन्त नै महन्वपूर्ण संसाधन मानिन्छ । वनहरूको अन्धाधुन्ध फँडानीका कारण जैविक विविधताको मात्र क्षय हुँदैन बरु माटोको क्षय, स्वखलन, बाढी, खडेरी, भूमिगत जलस्तर खस्किने आदि जस्ता तमाम समस्याहरूलाई प्रोत्साहित गर्दछ । वन कार्वनडाइअक्साइडको मुख्य शोषक र जीवनदायनी ग्यास अक्सिजनको प्रमुख स्रोत मानिन्छ । अतः वन पर्यावरण संरक्षणमा सहायक हुन्छन् । वन विनाशको कारण आज पृथ्वीको तापमान बढिरहेको छ जसबाट वैश्वीक जलवायु परिवर्तनको खतरा बढिराखेको छ । संपोषित विकासको अवधारणा अन्तरगत वन संसाधनको सीमित उपयोगको साथसाथै वृक्षारोपणमा जोड दिनुपर्ने आवश्यकता छ जसले गर्दा वनले ढाकिएको क्षेत्रमा वृद्धि हुन सकोस तथा जलवायुपरिवर्तनको खताहरूबाट बच्न सकियोस् ।

आधुनिक विकास गतिविधिहरू जस्तैः बाँधहरू, खानीहरू, सडकहरू, उद्योगहरू, पर्यटन विकासका कारण धेरैजसो जीवहरूको प्राकृतिक वासस्थल नष्ट भएका छन् जसका कारण वनस्पतिहरू तथा जन्तुहरूका धेरैजासो प्रजातिहरू आज विलुप्तीको संघारमा पुगेका छन् । यसका अतिरिक्त केही वनस्पतिहरू एवं वन्यजन्तुहरूका प्रजातिहरूको अत्यधिक दोहनले पनि तिनलाई संकटग्रस्त श्रेणीमा पु-याएको छ । सम्पोषित विकासको अवधारणाअन्तर्गत आज यी प्रजातिहरूको संरक्षण एवं विस्तारलाई प्रोत्साहित गरिनु आवश्यक छ ।

बढ्दो पर्यावरण प्रदूषण एवं घट्दो संसाधन आज वैश्विक स्तरमा गम्भीर चिन्ताको विषय भएको छ । अतः यी समस्याहरूबाट मुक्तिका लागि सम्पोषित विकासलाई अवलम्बन गर्नु आज समयको सबैभन्दा ठूलो आवश्यकता मानिन्छ ता कि हामी आउँदो पुस्ताका लागि संसाधनहरूका साथसाथै स्वास्थ्य एवं प्रदूषणरहित पर्यावरण पनि प्रदान गर्न सकियोस् ।(लेखक वरिष्ठ पशु चिकित्सक हुनुहुन्छ ।) 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया