Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोरोना र प्रदेशगत खोपको वितरण

कोरोना र प्रदेशगत खोपको वितरण


काठमाडौं । 
सर्वप्रथम चीन वुहानबाट सुरुवात भएको कोरोना महामारी भएको झण्डै डेढ वर्षभन्दा बढी भइसकेको अवस्था छ । फलतः विश्वव्यापी रूपमा फैलिएको कोरोनाका विभिन्न भेरियन्टका बारेमा अमेरिकालगायत अन्य देशहरूमा व्यापकरूपमा खोज अनुसन्धान जारी छ । मूलतः भाइरसको स्वरूप परिवर्तन र त्यसका भेरियन्टमाथि व्यापक रूपमा अनुसन्धान भए पनि हालसम्म यसका कतिवटा भेरियन्ट देखा परेका छन् भन्ने तथ्य सार्वजनिक भएको छैन । यसरी जहाँ म्युटेन्ट भएर आएका भाइरसका प्रत्येक भेरियन्टको अध्ययन तीव्ररूपमा भइरहेको छ ।

अध्ययनबाट थप कुरा के प्रमाणित भएको छ भने म्युटेन्ट भएर आएका नयाँ भेरियन्ट अघिल्ला भेरियन्टभन्दा बढी घातक हुनेगरेका छन् । यसरी यस भाइरसलाई रोकथाम गर्नको लागि खोप नै विकल्पको रूपमा रहेको सम्बन्धित क्षेत्रको विज्ञहरूको भनाइ छ । देशको कुरा गर्ने हो भने कोभिड–१९ को संक्रमण बढेसँगै गत वैशाख १६ गतेदेखि उपत्यकालगायत मुलुकका अन्य जिल्लाहरूमा निषेधाज्ञा लागू गरिएको थियो । यसको साथसाथै सरकारले गत असार २२ गतेदेखि सबै प्रकारका व्यवसाय खुला र जोरबिजोर हटाउँदै सबै सवारीसाधन सञ्चालन गर्नेगरी निषेधाज्ञालाई खुकुलो बनाएको हो । यसरी विस्तारै निषेधाज्ञा खुकुलो हुँदै जाँदा जनजीवन साधारण हुँदै गएको थियो ।

यसै क्रममा मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझै पनि बुझी नबुझी लुकीछिपी वा खुलमखुला जनस्वास्थ्यमा मापदण्ड उल्लघंन भइरहेको जनाएको छ । जसले गर्दा अहिले दैनिक परीक्षण गरिएकामध्ये २० देखि १७ प्रतिशतको हाराहारीमा संक्रमणदर रहेको छ । यसर्थ मुलुकमा सुरुदेखि अहिलेसम्मको संक्रमणदर भने खासै घट्न नसक्नुले पीसीआरलगायत अन्य परीक्षण कम हुनु, खोप लगाउने संख्यामा वृद्धि नहुनुजस्ता कुरालाई स्पष्ट रूपमा देखाएको छ ।

राष्ट्रमा कोरोना सङ्क्रमण बढेसँगै निको हुने दर पनि स्थिर छ । यसरी गत साउन १ गते निको हुने दर ९४ दशमलव ५ प्रतिशत रहेको थियो । त्यसैगरी साउन ७ गते पनि निको हुने दर साउन १ गतेकै जस्तो ९४ दशमलव ५ छ । अहिले निको हुने दर बढ्न सकेको छैन् । त्यस्तै, गत साउन २ गतेदेखि साउन ४ गतेसम्मको ९४ दशमलव ७ प्रतिशतमा स्थिर थियो । यसर्थ गत साउन २ गते ९४ दशमलव ७ प्रतिशत, साउन ३ गते ९४ दशमलव ७ प्रतिशत, साउन ४ गते ९४ दशमलव ७ प्रतिशत, साउन ५ गते ९४ दशमलव ६ प्रतिशत साउन ६ गते निको हुने दर ९४ दशमलव ६ प्रतिशत रहेको सम्बन्धित निकायले जनाएको छ ।

मुलुकमा खोपको कुरा गर्ने हो भने नेपाल सरकारले तीन किसिमका खोप उपलब्ध गराएको छ । यसमा कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप रहेका छन् । यसलाई प्रदेशगत रूपमा खोप लगाइएको विवरणलाई अध्ययन गर्ने हो भने यस किसिमको रहेको पाइन्छ । यसमा प्रदेश १ मा कोभिसिल्ड पहिलो डोज तीन लाख ७ हजार एक सय ८६ अर्थात् कुल खोपको १६ दशमलव ८० प्रतिशत रहेको छ । त्यस्तै, कोभिसिल्ड दोस्रो डोज खोपमा ५२ हजार आठ सय ५५ अर्थात् ११ दशमलव ४७ प्रतिशतले लगाएको छ ।

त्यस्तै भेरोसेल खोपमा भने पहिलो डोजमा ७१ हजार तीन सय ७८ अर्थात् ५ दशमलव ०१ प्रतिशत, दोस्रो डोजमा भने ५४ हजार पाँच सय ५८ अर्थात् ८ प्रतिशतले लगाएका छन् । यसमा प्रदेश २ मा कोभिसिल्ड पहिलो डोज तीन लाख २० हजार पाँच सय ३२ अर्थात् कुल खोपको १७ दशमलव ५३ प्रतिशत, दोस्रो डोज खोपमा ४६ हजार तीन सय ५८ अर्थात् १० दशमलव ०६ प्रतिशतले लगाएको छ ।

त्यस्तै भेरोसेल खोपमा भने पहिलो डोजमा ७३ हजार १९ अर्थात् ५.३१ प्रतिशत, दोस्रो डोजमा भने ४२ हजार १ सय २० अर्थात् ६.१७ प्रतिशतले लगाएका छन् । यसमा बागमती प्रदेशमा कोभिसिल्ड पहिलो डोज ४ लाख २१ हजार ४ सय ८२ अर्थात् कुल खोपको २३ दशमलव ०५ प्रतिशत, दोस्रो डोज खोपमा एक लाख ६० हजार चार सय ९० अर्थात् ३४ दशमलव ८३ प्रतिशतले लगाएको छ ।

त्यस्तै भेरोसेल खोपमा भने पहिलो डोजमा आठ लाख नौ हजार आठ सय १४ अर्थात् ५६ दशमलव ८९ प्रतिशत, दोस्रो डोजमा भने चार लाख ४१ हजार आठ सय ६४ अर्थात् ६४ दशमलव ७५ प्रतिशतले लगाएका छन् । त्यस्तै गरी जोन्सन एन्ड जोन्सन पूर्ण खोप ७८ हजार चार सय ३५ डोज लगाइएको अर्थात् ९६ दशमलव ४१ प्रतिशत लगाइएको छ ।

यस्तै गरी गण्डकी प्रदेशमा कोभिसिल्ड पहिलो डोज एक लाख ८७ हजार नौ सय ७४ अर्थात् कुल खोपको १० दशमलव २८ प्रतिशत, दोस्रो डोज खोपमा ४९ हजार छ सय ११ अर्थात् १० दशमलव ७७ प्रतिशतले लगाएको छ । त्यस्तै भेरोसेल खोपमा भने पहिलो डोजमा एक लाख ८१ हजार सात सय २५ अर्थात् १२ दशमलव ७७ प्रतिशत, दोस्रो डोजमा भने २७ हजार आठ सय १० अर्थात् ४ दशमलव ०८ प्रतिशतले लगाएका छन् । त्यस्तै गरी जोन्सन एन्ड जोन्सन पूर्ण खोप दुई हजार नौ सय १७ डोज लगाइएको अर्थात् ३ दशमलव ५९ प्रतिशत लगाइएको छ ।

यसरी लुम्बिनी प्रदेशमा कोभिसिल्ड पहिलो डोज दुई लाख ७८ हजार चार सय ७६ अर्थात् कुल खोपको १५ दशमलव २३ प्रतिशत, दोस्रो डोज खोपमा ८४ हजार तीन सय ६३ अर्थात् १८ दशमलव ३१ प्रतिशतले लगाएको छ । त्यस्तै भेरोसेल खोपमा भने पहिलो डोजमा दुई लाख १७ हजार एक सय ४४ अर्थात् १५ दशमलव २५ प्रतिशत, दोस्रो डोजमा भने ६४ हजार एक सय १६ अर्थात् ९ दशमलव ४० प्रतिशतले लगाएका छन् ।

यस्तै गरी कर्णाली प्रदेशमा कोभिसिल्ड पहिलो डोज एक लाख सात हजार तीन सय २८ अर्थात् कुल खोपको ५ दशमलव ८७ प्रतिशत, दोस्रो डोज खोपमा २९ हजार एक सय ५१ अर्थात् ६ दशमलव ३३ प्रतिशतले लगाएको छ । त्यस्तै भेरोसेल खोपमा भने पहिलो डोजमा २७ हजार पाँच सय १२ अर्थात् १ दशमलव ९३ प्रतिशत, दोस्रो डोजमा भने १८ हजार छ सय ९७ अर्थात् २ दशमलव ७४ प्रतिशतले लगाएका छन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा कोभिसिल्ड पहिलो डोज दुई लाख पाँच हजार पाँच सय छ अर्थात् कुल खोपको ११ दशमलव २४ प्रतिशत, दोस्रो डोज खोपमा ३७ हजार नौ सय छ अर्थात् ८ दशमलव २३ प्रतिशतले लगाएको छ । त्यस्तै भेरोसेल खोपमा भने पहिलो डोजमा ४२ हजार आठ सय ५५ अर्थात् ३ दशमलव ०१ प्रतिशत, दोस्रो डोजमा भने ३३ हजार दुई सय २७ अर्थात् ४ दशमलव ८७ प्रतिशतले लगाएका छन् ।

समग्रमा भन्ने हो भने मुलुकका सातै प्रदेशगत रूपमा वितरण गरिएको तीन किसिमका खोपहरू कोभिसिल्ड, भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप रहेका छन् । यसमा सातै प्रदेशहरू कोभिसिल्ड पहिलो डोजको जम्मा जम्मी १८ लाख २८ हजार चार सय ८४ थियो भने त्यसरी नै कोभिसिल्डको दोस्रो डोज खोपमा पनि जम्मा जम्मी चार लाख ६० हजार सात सय ३४ खोपको डोज थियो ।

त्यस्तै भेरोसेल खोपमा भने पहिलो डोजमा १४ लाख २३ हजार चार सय ४७ थियो भने यसैमा दोस्रो डोजमा भने छ लाख ८२ हजार तीन सय ९२ र जोन्सन एन्ड जोन्सनको पूर्ण खोपमा भने ८१ हजार तीन सय ५२ डोज रहेको छ । फलतः सबैभन्दा बढी कोभिसिल्ड पहिलो डोज खोप लगाइएको वाग्मती प्रदेशमा चार लाख २१ हजार चार सय ८२ अर्थात् २३ दशमलव ०५ प्रतिशत छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा एक लाख सात हजार तीन सय २८ अर्थात् ५ दशमलव ८७ प्रतिशत मात्र पहिलो डोज खोप लगाइएको छ ।

त्यसरी नै सबैभन्दा बढी कोभिसिल्ड दोस्रो डोज खोप लगाइएको वाग्मती प्रदेशमा छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा दोस्रो डोज खोप लगाइएको छ । त्यस्तै गरी भेरोसेल पहिलो तथा दोस्रो डोजको लगाउने प्रदेशहरूमध्येमा सबैभन्दाबढी बागमती प्रदेश छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको छ । त्यसरी नै प्रदेशगत रूपमा जोन्सन एन्ड जोन्सन अर्थात् पूर्ण खोप लगाउने प्रदेशहरूमा भने बागमतीमा ७८ हजार चार सय ३५ अर्थात् कुल उक्त खोपमध्ये ९६ दशमलव ४१ प्रतिशत छ भने अर्को गण्डकी प्रदेशमा भने दुई हजार नौ सय १७ जना अर्थात् कुल खोपमध्ये ३ दशमलव ५९ प्रतिशत लगाइएको ताजा तथ्यांकमा उल्लेख गरिएको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया