Techie IT
×
गृहपृष्ठविचारविकासमा मानवीय संसाधनको भूमिका, समस्या तथा चुनौतीहरू

विकासमा मानवीय संसाधनको भूमिका, समस्या तथा चुनौतीहरू


काठमाडौं । नेपालको संविधान (२०७२) ले परिलक्षित गरेको समाजवादउन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्र विकासको लागि आवश्यक साधन नै जनशक्ति हो । त्यसैगरी, संविधानप्रदत्त रोजगारीको हक कार्यान्वयन तथा दिगो विकासको लक्ष्य हासिल २०३० ले राखेको सम्मानजनक रोजगारीको लक्ष्य हासिल गर्ने समेत शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग, उत्पादनलाई बजारसँग तथा रोजगारी, अवसर र आर्थिक विकाससाग जोड्न मानव विकास संसाधन विकास योजना आवश्यकता पर्दछ । जनसंख्याको ४० दशमलव ३५ प्रतिशत युवा (१५ देखि ४० वर्षलाई व्यावसायिक, प्राविधिक शिक्षा तथा तालिमको माध्यमबाट दक्ष जनशक्तिमा परिणत गरी स्वदेशी तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धा गर्ने तुल्याउन जरुरी देखिएको छ । मुलुकभित्रै रोजगारीको अवसर नागरिकले नै उपभोग गर्नसक्ने तथा स्वरोजगारी सिर्जना हुनसक्ने वातावरण निर्माण गर्न आवश्यक छ ।

मानव संसाधन व्यवस्थापन समग्र व्यवस्थापनको एक महत्वपूर्ण अंग हो, यो मानव संसाधन अर्थात्, जनशक्ति प्राप्ति गर्ने, विकास गर्ने, सदुपयोग गर्ने र सम्भार गर्ने एक प्रक्रिया हो, कर्मचारीलाई संगठनको महत्वपूर्ण सम्पत्तिको रुपमा लिइन्छ, मानव संसाधन व्यवस्थापन कर्मचरी व्यवस्थापनसम्बन्धी दर्शन, नीति र सिद्धान्तसँग सम्बन्धित हुन्छ । यसअन्तर्गत मानव संसाधनको विकास, क्षत्रिपूर्ति, एकीकरण आदिसँग सम्बन्धित योजना बनाउने, संगठन गर्ने, निर्देशन दिने तथा नियन्त्रण गर्ने कार्यहरू पर्दछन् । मानव संसाधन व्यवस्थापनले निरन्तर रुपमा सिक्ने अवसर प्रदान गरेर कर्मचारीलाई सक्षम एवं कुशल बनाउँछ ।

मानव संसाधन व्यावस्थापन संगठनात्मक सफलताको लागि कर्मचारीबाट काम गराउने कला हो, जसले मानिसमा निहित अनुभव योग्यता तथा सक्षमतालाई कुशल व्यावस्थापन गर्दछ । संगठनमा कर्मचारीले गर्ने कामको प्रकृति निर्धारण गर्नु, उम्मेदवारी छनोट गर्नु, नयाँ कर्मचारीलाई पुनर्ताजगी तथा तालिम दिनु, ज्याला तथा तलब व्यवस्थापन गर्नु, प्रोत्साहन तथा सुविधा प्रदान गर्नु, कार्यसम्पादनको मूल्यांकन गर्नु, कर्मचारीलाई कमप्रति प्रतिबद्धता बनाउनु, काउन्सिल गर्नु आदिको व्यावहारिक पक्ष नै मानव संसाधन व्यवस्थापन हो । यसले सबैलाई समान अवसर प्रदान गर्दछ ।

मानव संसाधन व्यावस्थापनको प्राथमिक उद्देश्य संगठनलाई आवश्यक पर्ने योग्य, अनुभवी तथा उत्प्रेरित मानव संसाधनको व्यवस्थापन गर्ने हो । समाजको आवश्यकताप्रति संगठन नैतिक तथा सामाजिक रुपले जिम्मेवार हुनुपर्छ । समाजमा रहेका नकरात्मक प्रभावलाई न्यूनीकरण गर्नुपर्दछ । मानव संसाधनको व्यवस्थापनको उद्देश्य संगठनात्मक उद्देश्य हासिल गर्न सहयोग गर्नु हो, जसमा संसाधन योजना, भर्ना, छनोट, कर्मचारी सम्बन्ध, तालिम तथा विकास, कार्यसम्पादन मूल्यांकन र पद स्थापन पर्दछन । यसले कार्यात्मक उद्देश्य पनि हासिल गर्नु पर्दछ । जसमा सही व्यक्ति सही ठाउँमा हुनुपर्दछ । कर्मचारी संगठनको अभिन्न अंग तथा मेरुदण्ड हो । यिनीहरूको अभावमा संगठनको सफलता सोच्ना पनि सकिँदैन, त्यसैले संगठनले उनीहरूको उद्देश्य प्राप्तिको लागि जोड दिनुपर्छ ।

संगठनात्मक सफलताको लागि कर्मचारीको अनुभव, योग्यता, क्षमता तथा तत्परतालाई व्यवस्थित गर्दछ । यो निरन्तर रुपमा चलिरहने कार्य हो । यो वातावरणमा आउने परिवर्तनबाट प्रभावित हुन्छ तर गतिशील हुने भएकोले राजनीतिक, आर्थिक, कानुनी, सामाजिक, सांस्कृतिक तथा प्रविधिक वातावरणमा आउने परिवर्तनलाई सिधै स्वीकार गर्दछ । यसले विभिन्न लक्ष्यहरूको एकीकरण गर्ने कार्य गर्दछ, जसमा सामाजिक लक्ष्य, संगठनात्मक लक्ष्य, कार्यात्मक लक्ष्य, व्यक्तिगत लक्ष्य आदि । जनशक्ति योजना बनाउने, त्यसको कार्यान्वयन गर्ने, अनुमान गर्ने र नियन्त्रण गर्ने कार्यहरू मानव संसाधन व्यवस्थापनअन्तर्गत पर्दछन् । यो विश्वव्यापी रुपमा प्रयोग हुन्छ, जहाँ मानव संसाधनको स्थापना त्यहाँ यसको अनिवार्यता हुन्छ, चाहे सानो होस् या ठूलो, मुनाफामूलक होस् या सेवामूलक, सरकारी होस् या गैरसरकारी आदिमा । संगठनलाई आवश्यक पर्ने जनशक्ति निर्धारण गर्ने, संगठनलाई सही समयमा तथा सही स्थानमा सही जनशक्तिको सुनिश्चित गर्दछ ।

संगठनमा रिक्त रहेको पदमा आवेदन दिनको लागि योग्य तथा सक्षम उम्मेदवारलाई आह्वान तथा उत्प्रेरित गर्दछ । जसमा वैज्ञानिक छनोट प्रक्रिया अपनाएर उपयुक्त उम्मेदवारको छनोट गर्नुपर्दछ । संगठनमा आएका नयाँ कर्मचारीलाई संगठनको सांस्कृतिक, मूल्य मान्यता अर्थात् समग्र वातावारणसँग घुलमिल गराउने कार्य गर्नु पर्दछ । तालिम तथा विकास मानव संसाधन व्यवस्थापनको महत्वपूर्ण कार्य हो, कर्मचारी तथा व्यवस्थापनको आवश्यकता विश्लेषण गरेर सीप अभिवृद्धि गर्नको लागि तालिमको संरचना बनाइन्छ र संगठनमा आउना सक्ने मानव संसाधन सम्बन्धित समस्यासँग जुध्न सक्ने प्रतिभाको विकास गर्ने । विकासको संरचना सकारात्मक गठनप्रति सकारात्मक बनाउन जीवनवृत्तिको अवसर प्रदान गर्नु पर्दछ । यसको लागि नियमित अध्ययन तथा अनुसन्धानको आवश्यकता पर्दछ । भर्ना तथा छनोट विधि, कार्य प्रक्रिया, उत्प्रेरणा पदोन्नति आदि विषयमा नियमित गर्नु अनिवार्य छ ।

मानव संसाधन व्यावस्थापनले विभिन्न प्रकारका क्रियाकलापहरू मूल्यांकन गर्ने, कार्य सम्पादन, संगठनमा कर्मचरी नीति, अभ्यास मूल्यांकन, नैतिकता आदि जसले कमी कमजोरी हटाउन सहयोग गर्दछ । संगठनको अमूल्य निधि हुन्, जुन असल तथा प्रतिभावान् कर्मचारीलाई संगठनको भाग्यविधाता मान्न सकिन्छ ।

विद्यमान जनशक्ति उत्पादनको अवस्था र भविष्यमा आवश्यक पर्ने विविध क्षेत्रका जनशक्तिको आकलन गर्ने प्रणाली हालसम्म पनि स्थापना हुन नसक्नु, उत्पादित जनशक्ति र श्रमबजारको मागबीच तालमेल नहुनु, आन्तरिक श्रम बजारमा आवश्यक दक्ष जनशक्तिको अभाव हुनु, ठुलो उपलब्ध संख्यामा अदक्ष कामदार विदेशमा सस्तो ज्यालामा जोखिमपूर्ण काम गर्ने अवस्था सिर्जना हुनु, विश्वविद्यालयबाट दक्ष जनशक्ति समेत विदेश पलायन हुनु, वर्षेनी श्रमबजारमा प्रवेश गर्ने करिब पाँच लाख जनशक्तिमध्ये करिब एक लाख ५० हजारको लागि मात्र छोटो तथा लामो अवधिका प्राविधिक र व्यावसायिक सीप विकासका अवसर उपलब्ध हुनु, उपलब्ध भएको प्राविधिक शिक्षाको गुणस्तर बजारको मागबमोजिम हुन नसक्नु, विद्यार्थी सबैलाई श्रमबजारको माग सम्बन्धमा अनुमानको आधार जोखिम लिनुपर्ने बाध्यता रहिरहनु, ज्ञान तथा सीप र कामको बीच तालमेल नभई बेरोजगारी झन् बढ्नु तथा विकास र समृद्धि हुन नसक्नु र गरिबी निवारण र उच्च आर्थिक विकासको मुख्य आधार ठानिएको मानव संसाधन विकास प्राथामिकमा पर्न नसक्नु, मानव संसाधन व्यावस्थापनले गतिशील वातावारणमा रहेर काम गर्नु पर्ने हुनाले गर्दा धेरै चुनौतीहरू सामना गर्नुपर्ने हुन्छ ।

नेपालको संविधान (२०७२० ले परिलक्षित गरेको समृद्ध राष्ट्र निर्माणमा सयोग गर्न शिक्षा, ऊर्जा, स्वास्थ्य, सूचना प्रविधि, कृषि, वनलगायतका सबै सम्भावित क्षेत्रहरू पहिचान गरी आवश्यक पर्ने जनशक्ति प्रक्षेपन गर्दै मानव संसाधन विकास योजना तयार गरी कार्यान्वयन गर्नु, गुणस्तरीय व्यावसायिक सीप र तालिमक अवसरमा सबैको पहुँच विस्तार गर्नु, वैदेशिक रोजगारीमा जाने अदक्ष युवालाई दक्ष बनाएर मात्र पठाउने व्यवस्था गर्नु, वैदेशिक रोजगारीबाट फर्केकाहरूको सीप र दक्षतको उपयोग गर्नु र मानव संसाधन विकासलाई गरिबी निवारण र आर्थिक विकाससँग एकीकृत गर्नु प्रमुख चुनौती हुन् ।

विश्वव्यापीकरणले गर्दा संगठनहरूबीच प्रतिस्पर्धाको स्थिति दिन प्रतिदिन बढिरहेको छ, जसको लागि संगठनले उचित योजन, भर्नाछनोट कार्यमा ध्यान दिनुपर्छ । परिवर्तित वातावरणमा आएको परिवर्तनअनुसार संगठनले आफूलाई परिवर्तन गर्दै लैजानु पर्छ । प्रविधिमा आएको परिवर्तन संगठनले पनि अंगाल्नुपर्दछ । संगठनले नियमित रुपमा पोर्टफोलियो बनाएर विश्लेषण गर्नुपर्छ । संगठनको हरेक क्रियाकलापहरूमा पारदर्शिता हुनुपर्दछ ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया