Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगआऊ ! देश सिध्याउने भिल्लहरूविरुद्ध लडौँ

आऊ ! देश सिध्याउने भिल्लहरूविरुद्ध लडौँ


काठमाडौँ ।
नेताज्यू !
राजगद्दी खाली छ
श्रीपेच खाली छ
त्यो खोपीले
कतै तिमीलार्ई त कुरेको हैन ?
राजदण्ड हातमा समाउँदै
प्यारा देशवासीका नाउँमा
सम्बोधन गर्नी मन छ होला नि !
अन्तमा श्री पशुपतिनाथले
रक्षा गरून् भन्नुको साटो
अमेरिकी र भारतले
हाम्रो देशको रक्षा गरून् भन्ने त होला नि !
याद गर ! एमसीसी पास ग¥यौ भने
सम्पूर्ण देशभक्त नेपालीले
तिम्रो घमण्ड र हुन्कारको श्रीपेच होइन
तिम्रो शिर काट्नेछन्
मेरो जिब्रो थुत । मेरो कानको जाली च्यात । मेरो नाक काट । मेरो बोली बन्द गराऊ । मेरो हात छिनालिदेऊ । मेरो आँखा फुटाऊ । मेरा दाँतहरू भाचिदेऊ । मेरो छाला उतार । मेरो भविष्यमा आगो बाल । म कुँजो अपांग एकै स्थलमा प्राण ओछ्याएर बसूूँला । मेरो छाती छियाछिया पार । मलार्ई काट । मेरा रक्तधाराहरू धरतीमा बगाइदेऊ । मेरा मासुका मादहरू गिद्दलाई खान देऊ । बाँकी रहेका हड्डीका टुक्रा कंकाललाई कुनै बिरुवाको फेदमा गाडिदेऊ ता कि म हरियो भएर फेरि उभिन चाहन्छु ।

म फेरि मेरो प्राणभन्दा प्यारो देश नेपाल हेर्न चाहन्छु । म कालीगण्डकीको किनारमा शालिग्राम भएर जन्मिऊँ फेरि । म फेरि तिम्रै आगनको तुलसी भएर सुगन्ध छरूँ । म फेरि सगरमाथा भएर उभिन पाऊँ । म फेरि भोजपुरको दलगाउबाट सिद्धकाली माताको मन्दिरमा आरतीमा बजेको घन्टको ध्वनि सुनू । म बिहान सबेरै गणेश हिमालमा लागेको घामको पहिलो किरण देखूँ । म वनका पातहरूमा टल्केको शीतल शीतसँगै फेरि आफ्ना सपनाहरूबारे बताऊँ । मेरो स्वतन्त्रतालार्ई तिमीले कैद गरेर के भो मेरो मन त चपल चञ्चल छ जसलाई तिमीले थुनेर कहाँ थुनिन्छ र ? सालघारीबाट उठेको तातो बाफजस्तै मेरो हृदयबाट यो देशको मायाको ज्वाला उडिरहेछ दनदनी ।

म फेरि तिनै जंगली पातहरूमा झ्याँउकिरीले बोलेको आवाजसँगै ब्युँझन चाहन्छु । म उठ्न चाहन्छु मिर्मिरे इन्द्रेणी किरणसँगै । र आशाका सन्झ्यालबाट चिहाउन चाहन्छु । भुक भुके उज्यालो बोकेर उडिरहेका बादलहरूलाई देख्न चाहन्छु फेरि । आँखाको रुमानी दहभरी आँसुको टिलपिले मोति देखेर मलार्ई आफन्तले सोध्लान् भन्नु पनि छैन अब किनकि मैले सन्सार त्यागेर हरित हरियाली जंगली पातमा यो प्राण मिसाएको छु । म जिवित छु । उनीहरू भन्लान् म छैन ।

रातमा रमाउनेहरूले फेरि सूर्य आउँछ भनेर बिर्सिएजस्तै । म छु नि । यतै छु । म देख्छु । म सुन्छु । म बोल्छु । हरेक प्रहर मेरो गोधुँली संसारमा मेरो विम्ब मुस्कुराउँछ । म हरियो हुँ । म पात हुँ । म जंगली लहरा हुँ । एउटा रुखको रगत बनेर म पातमा हरियो भै सूर्यलाई सताउँछु । म हावाको कम्पन महसुस गर्छु । म जुनकिरी चिसो अनुभूत गर्छु । म खोलाको कलकल ध्वनि सुन्छु । गाउँमा मसँगै खेल्ने बाल सखाहरूको बोली सुन्छु । म सिउन चाहन्छु आफ्नै घाउका चिराहरू र निको हुन चाहन्छु । देशलार्ई रुवाएर आफू हाँस्न चाहने व्यक्तिहरूको कुनै कमी छैन यहाँ । जीवन त एक बहाना बहस मात्रै हो । सबैभन्दा ठूलो कुरो त कसरी बाँच्ने र कसरी आफ्नो प्राणभन्दा प्यारो देशलार्ई समृद्धिको दिशामा अगाडि बढाउने भन्ने कुरा हो
म जन्मिएको देशमा कयौ भिल्लहरू जन्मिए र मोति माला चोराए ।

अरुको उचाइमा चुलिन चाहनेको कमी छैन यहाँ । आफूले गलत काम गरे पनि प्रगतिशील र अग्रगामी हुने अरुले असल काम गर्दा पनि पश्चगामी पुरातनवादी हुने सोचाइको गिदी छ हामीमा त्यसैको परिणाम भोगिरहेका छौँ हामी अहिले । राम्रोलाई कहिले राम्रो भन्न सकेनौँ र असल व्यक्तिलार्ई हराइरह्यौ ।

असल व्यक्तिले सधैँ रुन परेको छ हाम्रो देशमा । यो असल मान्छेले बास नपाउने स्थिति पनि आउन सक्छ । राजनीतिक पार्टीहरूको अहमता र घमण्डले रोगाइरहेको छ यो देश यतिबेला ।साम्प्रदायिकता र जातिवाद हाम्रो समयको कठोर वास्तविकता हो । एक समयमा जब देशको आधाभन्दा बढी जनसंख्या, विशेष गरी युवा पुस्ता, आफ्नो अतीत र वर्तमानको बारेमा अनभिज्ञ, सोसल मिडियामा आधारहीन जानकारीको आधारमा काम गरिरहेको छ र आफैँलार्ई बाहेक एक समुदायको लागि विषाक्तता छ, तब म व्यक्तिगत रूपमा यो आह्वान गर्छु कि कुनै पनि प्रकारको जाति वा साम्प्रदायिक पहिचानबाट बच्न सधैं सचेत होउ । जब हामी भन्छौं कि म एक हिन्दु हुँ, तब हामी अप्रत्यक्ष रूपमा अगाडिको व्यक्तिको दिमागमा त्यो एक मुस्लिम, सिख, इसाई आदि हो भन्ने भावनालार्ई जगाउँछौँ । त्यसैले हामी फरक छौँ । फरकको यो भावना हाम्रो समाजको लागि धेरै खतरनाक छ । हामी पहिले मानव र त्यसपछि नेपाली हौँ । हामी यसलार्ई नै पर्याप्त मानौँ । तर सामाजिक सद्भावको यो आवश्यकतालार्ई ध्यानमा राखी, यदि हामी इतिहास लेख्न थाल्छौँ, मनमानी व्याख्या गर्दछौँ धर्मको भने फेरि इतिहासकै बेइज्जत हुनेछ ।

हामी सबैले बुझेको यही हो कि देश भनेको आमाको सार्वभौम अस्तित्व हो । जबसम्म देश छ तबसम्म किल्ला र सीमाभित्र हामी छौ सुरक्षित छौँ । जुन दिन देश हुँदैन अनि हामी हुँदैनौ, हुन्छ त केवल हाम्रो भौतिक अस्तित्व मात्रै त्यो पनि कोही कसैको दासताबाट नियन्त्रित । देशको महिमा र महत्व भगवान् रामले पनि गायका थिए ‘जननी जन्मभूमिश्चः स्वर्गादपी गरियसी । देशलार्ई र जन्मदिने आमालार्ई हामीले सर्वोच्च स्थानमा राखेका छौँ किनभने देशविना जनता हुँदैनन् र आमाविनाको सन्तान हुँदैनन् । स्वर्ग चाहिन्न बरु देश चाहिन्छ र आमा चाहिन्छ । संसारका महान् कविहरूले देश र आमाको बारेमा जति पनि सिर्जना गरेका छन् तिनै सिर्जनाहरू आज महान रचना बनेका छन् ।
महान सर्जकहरूले कि देशको बारेमा लेखे कि युद्धको बारेमा लेखे कि प्रेमिकाको बारेमा लेखे ।

विश्वकवि होमरका सिर्जना इलियड र ओडीसी हुन वा पूर्वीय कवि वाल्मीकीकृत रामायण हुन् वा वेदव्यासकृत महाभारत हुन् तिनले माटो युद्ध र प्रेमकै बारेमा लेखे र अमर बने । मानिस कि आमाको नियन्त्रणमा हुन्छ कि देशको नियन्त्रणमा हुन्छ कि वा युद्धकै त्रासदीमा हुन्छ । योभन्दा परको अस्तित्वको बारेमा त्यति चर्चा नै रहँदैन । अमेरिकी नेपाली हुन् वा बर्मेली नेपाली हुन् वा कालिङ्पोङदेखि ब्रह्मपुत्रको आसपास छरिएका नेपाली हुन तिनको सम्झनामा सधैँ नेपाल हुन्छ । तिनको हृदयभित्र नेपाल गुञ्जिरहन्छ । जिन्दगीको लयमा हामी सबैले देशको गीत गाइरहेका छौँ । देश त भुल्दैन कसैले जसै आमालार्ई भुल्दैन ती सन्ततिले । जसै आमाविनाको घर सुनशान रहन्छ जसै देशविनाको जिन्दगी बाँचिरहेका विश्वका करोडौँ शरणार्थीहरूको मातृत्व भोकको बारेमा हामी अनुमान लगाउन सक्छौँ ।

चाहे सिरियाबाट आफ्नो देश छोडेर निस्कन बाध्य सिरियाली हुन् वा भेनेजुयलाबाट अन्यत्र देशमा शरण पर्न गएका भनेजुयाली नागरिक हुन वा यतिबेलाको अफगानिस्तान नागरिक हुन्, तिनका छातीमा लागेको देशको घाउको पीडा कति दर्दनाक होला ! ती निर्दोषहरूले आफ्नो देश गुमाउनुपर्दाको दुखाइ कसरी सहिरहेका होलान् कि त्यो कुरा हामी अनुमान गर्न सक्छौँ । हामी नजिकैको देश भुटानी नेपाली भाषीहरूले आफ्नो देश भुटान छोडेको पनि बिसौँ वर्ष बिते तिन्ले नेपालको शरण लिए र फेरि तेस्रो मुलुकमा स्थान्तरण भए । तिनको हृदयमा बलेको मातृभूमिप्रतिको मायाको दीप कति उज्यालो थियो होला तर ती सधैँ वञ्चित रहे आमाको काखमा पुनः फर्किएर जान । कल्पना गरौँ एकछिन आमाविनाको दुधे बालकको छट्पटि र रोधन । केवल राजनीतिक प्रतिशोध र नेताहरूको जुँघाको लडाइका कारण एउटा मुलुकका निर्दोष जनता अनाहकमा शरणार्थी बन्नुपर्ने हुन्छ । शरणार्थी कसलाई बन्न मन लागेको होला र लठैत र विवेकहीन नेताका पागलपन र पावरका घमण्डका कारण अनाहकमा जनता आर्काको देशमा शरणार्थी भएर जीवनको भीख मागिरहेका उदाहरण आज दिनानुदिन बढिरहेको छ । आफ्नो भूमि र आमा गुमाउदाको दुःख यस्तै हुन्छ जस्तो तपाईंलार्ई सयौँ विषालु बिछीले डन्क मारिरहेजस्तो । देशमा राजनीतिक पार्टीहरूको लडाइँ झगडा कहिले पनि शान्त हुँदैन । देशमा मपाइत्व यति धेरै बढेर गयो कि सबै राजनीतिक पार्टीका नेताहरूलाई यो देशको कार्यकारी हुन मन छ । राजा भएर अझ नारायणहिटिमै छिर्न मन छ । राजदरबार खाली छ । राजाको खोपी खाली छ । राजदण्ड हातमा लिएर देशवासीका नाउँमा सम्बोधन गर्न पनि मन छ होला ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया