Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसुधार हुँदै नेपाली पर्यटन

सुधार हुँदै नेपाली पर्यटन


काठमाडौं । पर्यटन व्यवसाय संस्थागत रूपमा सुरु गर्ने काम बेलायतका नागरिक थोमस कुकले गरेको मानिन्छ । सन् १८४१ म आफ्नै देश बेलायतका पाँच सय जना नागरिकलाई पर्यटकको रूपमा रेलमार्फत आफ्नै देशको ‘लेइस्टर वा लेईस्चर’ देखि ‘लोउफब्रो वा लोउफबोरो’ सम्म भ्रमण गराएका थिए । यसरी थोमस कुकले संगठित रूपमा भ्रमण व्यवसाय अर्थात् ‘ट्राभल बिजनेस’को सुरुवात गरेका थिए भने घुम्न निक्लने जो पाँच सय मानिसहरू थिए, उनीहरूको बिदा मनाउनेबाहेक अर्को कुनै उद्देश्य थिएन ।

त्यसैले विश्वले कुकको भ्रमण टोलीलाई पर्यटकको दर्जा वा भनौँ मान्यता दिइएको देखिन्छ । कुकले संगठित रूपमा भ्रमण व्यवसाय अर्थात् ‘ट्राभल बिजनेस’को सुरुवात गरेका थिए । घुम्न निक्लने मानिसहरू कुनै उद्देश्य, नाफा वा व्यक्तिगत स्वार्थ नलिई घुम्न निक्लेका हुनाले उक्त भ्रमण टोलीलाई नै विश्वको पहिलो ‘पर्यटकीय टोली’ मानियो ।

यसरी स्वदेशकै मानिसहरूलाई आन्तरिक पर्यटकलाई घुमाउने व्यवस्था मिलाएर थोमस कुकले ‘ट्राभल बिजनेस’को सुरुवात गरेका थिए । सोही कारणले गर्दा थोमस कुकलाई पर्यटनको सुरुवातकर्ताका साथै पर्यटन क्षेत्रको ‘गड फादर’ अर्थात् पिता मान्ने गरिन्छ । तर, सुरुमा उनले उनले दीर्घकालीन योजनाविना नै भ्रमण व्यवसाय सुरु गरेकाले सुरुमा उनले नाफा होइन, घाटा खाए । हुन पनि घाटाको व्यापार कति समयसम्म गर्न सकिन्छ र ? अतः उनले यसबाट पाठ सिकेर फेरि कमिसनको आधारमा ‘ट्राभल बिजनेस’को सुरुवात गरे । सुरुमा उनले लागत खर्चबाहेक पाँच प्रतिशत कमिसन खान्थे । उनले विगतको घाटाको व्यापारबाट सम्झेर, पाठ सिकेर उनले सन् १८४५ मा फेरि पाँच प्रतिशत कमिसन खाएर व्यवसाय सुरु गरेपछिका दिनमा पछाडि फर्केर हेर्नु परेन ।

यसरी विश्व पर्यटनको इतिहास हेर्दा आजको समयमा आई पुग्दा लगभग एक सय ८१ पुगेको छ । थोमस कुकले बेलायतमै गराएको रेल यात्रापछि उनले आफ्नै देशका १० जना पर्यटक लिएर आफूू सेमत विश्वको विभिन्न देशमा पर्यटकीय उद्देश्यले घुम्न निस्किएका थिए । त्यसयता विश्वका अधिकांश देशका हजारौँ होइन, करोडौँ होइन, अरबौँ–अर्ब मानिसहरूले विश्वका प्रायः सबै देशको पर्यटकीयस्थल, हिमाल, पहाड, ऐतिहासिकस्थल, धार्मिकस्थल, सांस्कृतिकस्थल, प्राचीन स्मारक, ऐहिासिक किल्ला, गढी, दूर्ग, प्राकृतिक छटाहरू, मनोरमस्थलहरू तथा मानव निर्मित कृत्रिमस्थल आदिको भ्रमण गरिसकेका छन् ।

सन् १९९० को प्रजातान्त्रिक परिवर्तनसँगै पर्यटनले पनि केही बढी महत्व पाएको मान्न सकिन्छ । त्यसपछि बनेको सरकारले आर्थिक उदारीकरण र खुला अर्थ व्यवस्थाको वकालत गरेको थियो । पनि नेपालको पर्यटनका लागि सरकारी तवरबाट खासै गर्व गर्नलायक कामहरू भने भएन । हुन त तत्कालीन श्री ५ को सरकारले केही गरेन त पर्यटनका लागि ? स्वाभाविक प्रश्न उठ्छ । हो, पर्यटन क्षेत्रमा तत्कालीन श्री ५ को सरकारले गरेको काम हामीले गर्वका साथ भन्न सक्ने र बाहिरबाटै देखिने भनेको ‘नेपाल पर्यटन बोर्ड’को गठन हो ।

समग्रमा हेर्दा विसं २०६२/०६३ को तेस्रो जनआन्दोलनको राजनीतिक परिवर्तनपछि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या लगातार बढिरहेको थियो । त्यसो भए पनि नेपाल आउने पर्यटकले गर्ने प्रतिव्यक्ति, प्रति दिन, दैनिक खर्च र प्रतिदिन, प्रतिव्यक्ति नेपाल बसाइ अवधिमा भने खासै सुधार हुन सकेको छैन । जबकि विदेशी पर्यटकले नेपाल आएर गर्ने प्रतिदिन, प्रतिव्यक्ति दैनिक खर्च र उनीहरूको नेपाल बसाई अवधि पनि क्रमशः बढ्दै जानुपर्नेमा त्यसो हुन नसकेर उल्टै घट्दै गएको स्थिति थियो/छ । तथापि सन् २०२० मा नेपालमा विदेशी पर्यटकले गर्ने प्रतिदिन, प्रतिव्यक्ति दैनिक खर्च र उनीहरूको नेपाल बसाइ अवधि पनि बढेको देखिन्छ  ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको पर्यटन विभागले केही समयअघि सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिस्टिक–२०२०’ नामक किताबमा उल्लेख भएअनुसार सन् २०२० मा नेपाल घुम्न आएका विदेशी पर्यटकको प्रतिदिन बसाइ अवधि १५ दशमलव एक दिन र प्रतिव्यक्ति प्रतिदिन खर्च गराई ६५ अमेरिकी डलर रहेको छ । यसरी हेर्दा अब हामीले अहिले विश्वव्यापी रूपमा फैलिएको र विश्वका प्रायः सबै देश र ती देशका आम सर्वसाधारण जनहरूबीच ‘त्राहीमाम, त्राहीमाम’को अवस्थमा रहेको कोरोनाको महामारी (कोभिड–१९) ठीक अवस्थामा फर्किएपछि नेपाल भ्रमण गर्नमा आउने विदेशी पर्यटकको संख्या बढाउने दायित्व त छँदै छ, साथमा गुणस्तरमा अझै सुधार ल्याउन के गर्ने ? भन्ने सम्बन्धमा पनि हामीले बहस र छलफल गरेर अघि बढ्नुपर्ने छ । बसाइ अवधि बढाउने कुरोलाई पनि प्राथमिकतामा राख्नुपर्ने छँदै छ ।

त्यसो त सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२० मा भने जम्मा २ लाख ३० हजार ८५ जना विदेशी पर्यटकले मात्रै नेपाल भ्रमण गरेको तथ्यांक रहेको छ । साथै चालू आर्थिक वर्षको ८ महिनामा ७६ हजार ९१३ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरिसकेका छन् । यही आधारमा हेर्दा सन् २०२१ को बाँकी ४ महिनामा नेपालमा भ्रमण गर्ने पर्यटकको संख्या एक लाख ५–१० हजारसम्म पुग्ला कि ?

अहिले नै किटेर यसै भन्न सकिने अवस्था छैन । एक लाख २०२५ हजारसम्म पुग्न पनि सक्छ । अथवा यो वर्ष नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या एक लाख पनि नपुग्न सक्छ । नेपाल सरकारले विदेशी पर्यटकका लागि ‘अन–अराइभल भिषा’को नीति लागू गरिसकेको र ‘भ्याक्सिनेसन भई सकेका विदेशी (कोरोनाविरुद्धको खोप लगाई सकेका) पर्यटकलाई थप क्वारेन्टाइनमा बस्नुनपर्ने ’ नीति लिएकोले गर्दा त्यासो नहोला कि ? साथै विश्वमै कोरोना महामारीको संक्रमण दर पनि केही घट्दै गएकोले गर्दा राम्रै नतिजाको आशा गरौँ । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया