Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसाधारणसभा अमर्यादित बन्दै

साधारणसभा अमर्यादित बन्दै


नरेन्द्रमान श्रेष्ठ
नेप्सेमा सूचीकृत कम्पनीहरूले एक आर्थिक वर्षको समाप्तिपछि वार्षिक साधारणसभा गर्नै पर्ने हुन्छ । वार्षिक साधारणसभामा समीक्षा वर्षमा कम्पनीले भएगरेका गतिविधिहरूको प्रतिवेदनलाई सेयरधनीहरूले छलफल गरी प्रतिवेदन प्रस्तावलाई बहुमतले पारित गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र लागू हुने प्रावधान कम्पनी ऐनले गरेको छ । यसका लागि पनि कम्पनीहरूले वार्षिक साधारणसभा आर्थिक वर्ष सकिएको बढीमा ६ महिनाभित्र कम्पनीहरूले गर्नुपर्छ । कम्पनीहरूको वार्षिक साधारणसभामा सेयरधनीहरूको उल्लेख्य उपस्थिात हुन्छ । कतिपय सेयरधनीहरूले वार्षिक साधारणसभालाई उत्सवको रूपमा पनि लिने गरेका छन् ।

खासगरी बैंक तथा वित्त कम्पनी, बीमा कम्पनी, जलविद्युत् कम्पनी, लघुवित्त कम्पनी, होटलहरूले नियमितरूपमा वार्षिक साधारणसभा गर्ने गरिरहेका छन् । खासगरी वाणिज्य बैंकहरूको साधारणसभामा सेयरधनीहरूको उल्लेख्य रूपमा उपस्थित हुने गरेको छ । तर, पछिल्लो समयमा यस्ता केही साधारणसभामा असोभनीय कामहरू हुनेगरेको देखिएका छन् । कतिपय अवस्थामा कम्पनीको कारणले पनि यस्ता गतिविधिहरू हुनेगरेका हुन्छन् भने वार्षिक साधारणसभामा भाग लिन पुगेका केही सेयरधनीहरूको कारणले पनि यस्ता गतिविधिहरू हुने गरेका हुन्छन् । त्यसो त कतिपय अवस्थामा कम्पनीहरूले गर्ने व्यवस्थापनको कमजोरीले पनि केही घटनाहरू हुनेगरेका छन् भन्दा पनि फरक नपर्ला । कतिपय अवस्थामा सभा आयोजना गर्नेगरेका कम्पनीहरूको कमजोर व्यवस्थापनाले होहल्ला र गोलमालसमेत भएको देखिन्छ ।

पछिल्लो दिनमा राष्ट्रिय सभागृहमा पुस २८ गते भएको नेपाल इन्भेष्टमेण्ट बैंकको वार्षिक साधारणसभामा अप्रिय घटना हुन पुगेको छ । साधारणसभामा बोल्ने दूई वक्ताहरू सेयरधनीबीच हात हालाहालको अवस्था आयो । साधारणसभामा बोल्ने क्रममा एक–अर्कालाई होच्याएर बोल्ने गरेका भनेर हात हालाहालको स्थिति आएको थियो । साधारणसभामा बोल्ने केही वक्ता सेयरधनीहरूले पनि कतिपयले कम्पनीको पक्षमा बोल्ने गरेका छन् भने कतिपयले कम्पनीको आलोचना पनि गर्ने गरेका छन् । तर, एउटै प्रतिवेदनमा पनि फरक–फरक धारणा किन आउँछन् त ? यसमा के कारण छ त ? आम सेयरधनीहरू अचम्ममा पर्छन् ।

त्यसैगरि पुस २८ गते नै नक्सालमा आँखुखोला हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभामा पनि होहल्ला भएको थियो । त्यसदिन आँखुखोला जलविद्युत कम्पनीको वार्षिक साधारणसभामा गणपुरक संख्या कोरम नपुगेर साधारणसभा स्थगित गर्नु परेको थियो । त्यसो त कतिपय अवस्थामा गणपुरक संख्या नपुगेर साधारणसभा स्थगित हुने सामान्य नै हो । कहिलेकाहीँ साधारणसभामा यस्तो स्थिति आउने गरेका हुन्छन् । तर, पनि आँखुखोला हाइड्रोपावर कम्पनीको वार्षिक साधारणसभामा एक बजे मात्र गणपुरक संख्या नपुगेको भनेर साधारणसभा स्थगित गरेकोमा भने सेयरधनीहरू आक्रोशित भएका हुन् । २/२ घण्टासम्म कुरेपछि आउने सेयरधनीहरूले प्रतिवेदन पनि नपाएको खाजाको पनि व्यवस्था नभएको भनेर आक्रोशित भएर केही होहल्ला चलेको थियो ।

त्यसैगरि केही महिना अघि भएको प्रभु बैंकको वार्षिक साधारणसभामा पनि भाँडभैलो नै भएको थियो । कमजोर व्यवस्थापानको कारणले साधारणसभा अस्तव्यस्त नै बन्न पुगेको थियो । आफ्नै भवनमा सभा गरेको प्रभु बैंकको साधारणसभामा स्थलमा एकदमै भीड थियो । सेयरधनीहरूले खुट्टा राख्न पनि स्थान अभाव थियो । सभाहलमा सेयरधनीहरू ठेलमठेल गरेर उभिएर नै बस्नु परेको थियो । कम्पनीले उचित व्यवस्था नगरेको भनेर आक्रोशसमेत भइरहेको थियो ।

त्यसो त कतिपय अवस्थामा कम्पनीको कमजोर व्यवस्थापनको कारणले र कतिपय अस्थामा केही सेयरधनीहरूको कारणले पनि यस्तो घटना हुने गरेको देखिन्छ । यसमा कम्पनीले र सेयरधनीहरूले पनि यसमा ध्यान दिन पर्ने देखिन्छ । सेयरधनीहरूले पनि सभा आफ्नै हो भनेर साधारणसभालाई भव्य, सभ्य र सफल बनाउन लाग्नु पर्ने देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया