Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपाठेघरको क्यान्सर भएको कसरी थाहा पाउने ?

पाठेघरको क्यान्सर भएको कसरी थाहा पाउने ?


काठमाडौँ ।क्यान्सर भनेको जुनसुकै अंगमा सामान्यभन्दा धेरै कोषिका बढ्ने हो । अक्सर महिलाहरू पाठेघर क्यान्सरको जोखिममा हुन्छन् । पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो ।

ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ । यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुनसक्छ । महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ ।

जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ । डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्व हो । यद्यपि यसलाई प्रारम्भिक अवस्थामै पत्तो लगाउन सकियो भने उपचार सम्भव हुन्छ । त्यसैले महिलामा हुने केही त्यस्ता लक्षण छन्, जसले पाठेघर क्यान्सरको संकेत गर्छ । यदि त्यस्तो संकेत देखापरेमा सर्तक रहनुपर्छ । चिकित्सकीय परामर्श लिनुपर्छ ।

यो जनवरी महिना भनेको क्यान्सरको जागरुकताको महिनाको रुपमा राखिएको छ । पाठेघरको मुखको क्यान्सर सातौँ कमन क्यान्सर हो र योचाहिँ महिलाहरूमा चौथोमा पर्ने गर्दछ । विकसित मुलकको कुरा गर्ने हो भने यो रोगबाट बच्नका निम्ति एचआईभी भ्याक्सिन लगाउने गरिन्छ । जुन ५ देखि १५ वर्ष उमेर वर्गका बच्चाहरूलाई दुई डोज खोप र १५ देखि २६ उमेर वर्गका मानिसहरूलाई तीन डोज खोप लगाउने गरिन्छ । त्यस्तै २६ वर्षभन्दा माथिका उमेर पुगेका मानिसहरूले भ्याक्सिन लगाए पनि भ्याक्सिनको प्रभाव नदेखिने भएकाले संक्रमण छ या छैन भनेर परीक्षणबाट पत्ता लगाउन सकिन्छ । यस भाइरसले भविष्यमा क्यान्सरको सम्भावना कति छ भन्ने कुरा परीक्षण गरेर थाहा पाउन सकिन्छ ।

९० प्रतिशत महिलामा असामान्य रूपमा योनिबाट रक्तश्राव हुन्छ । महिनावारी हुने समयभन्दा धेरै दिन धेरै मात्रामा, रगतको कालो ढिकाजस्तो, कहिलेकाहीँ पानीजस्तो रक्तश्राव हुन्छ । त्यस्तै महिनामा दुई–तीन पटक महिनावारी हुने, यौन सम्पर्कको समयमा वा सम्पर्कपछि रक्तश्राव हुने आदि यसका लक्षणहरू हुन् ।

कस्तो अवस्थामा यसको परीक्षण गर्ने त ? कस्ता रहन्छन् यो क्यान्सको लक्षणहरू ?
महिनावरी नभए पनि बीचमा रगत देखिने, यौन सम्पर्क गर्दा रगत देखिने, सेतो र गन्हाउने पानि आउने, तल्लो पेट लगातार दुख्ने, ढाड दुख्ने, थकाइ बढी लाग्ने, लामो समयसम्म खाकी निको नहुने र तौल घट्दै जानेलगायत लक्षणहरू देखिएमा तत्काल प्याबस्मेयरको परीक्षण गराउनुपर्दछ । यो परीक्षणले संक्रमितको क्यान्सरको कुन अवस्थामा छ भन्ने पत्ता लगाउन सकिन्छ ।

पाठेघरको मुखको क्यान्सर महिलाले असुरक्षित धेरै व्यक्तिसँग यौन सम्पर्क राखेमा, सानै उमेरमा विवाह गरेमा, सानो उमेरमै यौन सम्पर्क राखेमा, सानै उमेरमा बच्चा जन्माएमा, धेरै गर्भाधारण गरेमा, धुम्रपान गरेमा हुने गर्दछ । त्यसैले हरेक महिलाहरूले कम्तीमा वर्षमा एक पटक स्त्री रोगसम्बन्धीका डाक्टरहरूलाई भेटेर जाँच गर्न जरुरी छ । यो परीक्षणले भविष्यमा हुने धनजन र खतराबाट बचाउँदछ ।

हामीले हामीकहाँ आउने महिला दिदीबहिनी, आमाहरूलाई यस्ता रोगबाट आउने खतरा, लक्षण र सवाधानका उपायहरूको ज्ञान दिन जरुरी छ ।
(डा. शर्मा एभरेष्ट अस्पतालमा स्त्रीरोग तथा निसन्तान विशेषज्ञको रुपमा विगत पाँच वर्षदेखि कार्यरत छिन्)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया