Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगदोस्रो कोभिड २०१९ अघि र पछिको इन्धन मूल्य धूर्त समायोजन

दोस्रो कोभिड २०१९ अघि र पछिको इन्धन मूल्य धूर्त समायोजन


काठमाडौं । विगतका इन्धनका गाथा : २०७८/७९ को चार महिनामा अर्थात् श्रावण, भाद्र, असोज र कात्तिकमा इन्धन आठ लाख किलोलिटर आयात भएको छ । चालू आर्थिक वर्षको पौष दुईमा इन्धनको मूल्य घटाउने जानकारी बाहिर आएको थियो तर २०७८ पौष अन्तिमतिर पनि भाउ घटाइएको छैन । यसमा इन्धनकोको राजनीति र सरकारको राजनीति छ जस्तो छ । २०२१ डिसेम्बर १ र १६ मा भारतीय आयल निगमबाट मूल्य घटाएर आउँदा पनि नेपालमा इन्धनको मूल्य जनवरी २०२२ मा पनि घटाइएको छैन । अन्तर्राष्ट्रिलयस्तरमा इन्धनको भाउ घटाएर आउँदा पनि भारतीय आयल निगमले मूल्य घटाएर आउँदा नेपालमा घटाइएको मूल्य पठाइएको हो ।

मार्ग २, २०७८ मा एक सय ३३ रुपैयाँबाट पेट्रोलको मूल्य एक सय ३६ रुपैयाँ प्रतिलिटर पुग्न गएको थियो । तर ०७८ मार्ग १८ मा भारतले इन्धनको मूल्य घटाएर पठाएको थियो । भारतले इन्धनको मूल्य घटाए पनि निगमले घाटा घटेको छैन भन्दै नेपालमा इन्धनको मूल्य नघट्ने बताइन्छ । यसरी २०७८ मार्गमा भारतले पठाएको घटेको मूल्यसूची नेपालमा लागू नगरी नेपालमा इन्धनको मूल्य नघटाउने बताइन्छ । बिक्रीवितरणका आधारमा १५ दिनमा पेट्रोलमा मात्र ३२ करोड रुपैयाँभन्दा बढी र डिजेलमा ५० करोडभन्दा बढी रुपैयाँ घाटा छ भनिन्छ ।

२०७८ मार्ग १८ अर्थात् डिसेम्बर सुरु हप्तामा भारतबाट इन्धनको मूल्य घटाएर आएको थियो । तर नेपाल आयल निगमले आफ्नो घाटाको अवस्थाले इन्धनको मूल्य घटाउने कुनै गुन्जायस नै छैन भनी भन्दथ्यो । त्यसको मतलब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ३६ नै कायम भएको देखिन्छ । मार्ग महिनामा दुई चोटी भारतबाट मूल्य घटाएर आउँदा पनि पौष अन्तिम हप्ता जाँदा खेरी पनि मूल्य कम हुनु संकेत दिएको छ ।

२०७८ मार्ग २ देखि पेट्रोलको मूल्य प्रतिलिटर एक सय ३६ भएको अवस्था पौषको पहिलो हप्ता २०७८ जाँदा पनि अझ कायमै थियो । विगतमा पेट्रोलको उच्चतम मूल्य केही वर्षअगाडि एक सय ४० पुगेको थियो । हरेक पटक मूल्य बढाउँदा नेपाल आयल निगम घाटामा रहेको जिकिर गर्दै आएको छ । १५ दिनमा वा सीमित अवधिमा अर्बौँको घाटा हुने देखिएपछि मूल्य वृद्धि गरिँदै आएको भनिन्छ । कुनै समयमा त भारतको सीमा क्षेत्रमा भन्दा नेपालको सीमा क्षेत्रमा पेट्रोलको मूल्य कम भएको पाइन्छ । हरमहिना, हरवर्ष भारतीय आयल निगमबाट नयाँ मूल्य सूची नेपालमा प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी वा घाटा बढ्दै गएको देखिन्छ । भारतीय आयल निगमबाट प्राप्त सूचीका आधारमा निश्चित अवधिमा एक अर्बभन्दा बढी नोक्सान हुने निगमको प्रक्षेपण रहँदै आएको छ । भारतीय आयाल निगमले पठाउँदै गरेको नयाँ मूल्य र नेपालभित्र लाग्ने कर तथा अन्य विभिन्न लागत जोड्दा नेपाल आयल निगमलाई प्रतिलिटर इन्धन पदार्थका मूल्य जति तोके पनि निगमको घाटाको गाथा रहँदै आएको छ ।

कोराना महामारीपछिको १९ महिनामा पेट्रोल पदार्थको मूल्य २१ पटक बढेको थियो । नेपालमा २०७८ को कात्तिकको दोस्रो हप्तामा पेट्रोल भाउ एक सय ३३ रुपैयाँमा समायोजन भएको थियो । योभन्दा अघि पेट्रोल प्रतिलिटर एक सय ३० रुपैयाँ थियो । निगमले अर्थात् आईओसीले कात्तिक ७ मा रक्सौलबाट प्रतिलिटर पेट्रोल ७६ रुपैयाँभन्दा घटीमा खरिद गरी नेपाली एक सय ३६ रुपैयाँमा नेपालमा पेट्रोल बिक्री गर्दै अवस्था थियो । भारतीय आयल निगमले १६ अक्टुबर २०२१ म पठाएको मूल्य सूचीअनुसार १५ दिनमा सबै पेट्रोलियम पदार्थमा दुई अर्ब २२ करोड रुपैयाँ घाटा हुनेगरी प्रक्षेपण गरिएको भनाइ थियो ।

बाह्य बजारमा २०७८ भाद्रमा प्रतिब्यारेल ७४ डलर रहेको इन्धनको मूल्य २०७८ असोजतिर बढेर ८६ डलर पुगेको देखिन्छ । तर नेपाली बजारमा भाद्र २०७८ मा तीन पटक मूल्य समायोजन हुनुपर्नेमा एक चोटी पनि भएन । कोराना २०१९ को सुरुको केही महिनापछि प्रतिब्यारेल ४२ डलरमा घटी कोरानाको अवधिमा नै पहिले पुगेको उच्च विन्दुमा भन्दा घटेर ६२ डलरमा पुगी दुई वर्षपछि त ६२ डलरभन्दा माथिमाथि गयो । तर नेपाली बजारमा २०७८ असोज दोस्रो हप्तामा प्रतिलिटर एक सय ३६ रुपैयाँ हुन पुग्यो ।

नेपाल आयल निगमका विगतमा धेरैजसो अवधिमा निरन्तर घाटा हुँदै आएको थियो र छ । यस्तो अवस्थामा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोेष र वाणिज्य बैंकसँग पटक–पटक ऋण ३६ अर्ब ८६ करोड रुपैयाँ ऋण लिएको थियो । २०७१ असोज १३ गतेबाट स्वचालित मूल्य प्रणाली लागू भएपछि निगम पुनः नाफामा गए पनि ऋण चुक्ता गर्ने अवस्था आयो र गयो । तर पछिल्लो समय स्वचालित मूल्य पूर्णरूपमा कार्यान्वयन नहुँदा २०७८ कात्तिकमा पुनः घाटा चुलिँदै गएको अवस्था छ । निगम २०५९/६० देखि घाटाबाट गएर ऋण लिई इन्धन आपूर्तिमा गरेको थियो । यस बेलादेखि निरन्तर घाटामा बितेको थियो । २०६५/६६ सालमा भने निगममा नाफामा तीन अर्ब ११ करोड रुपैयाँ थियो । पटक–पटक आईओसीले पठाएको मूल्यसूचीअनुसार पेट्रोल पदार्थ मूल्य वृद्धि भइरहेको छ । खरिद मूल्य अत्यधिक कर जोडिँदा सर्वसाधारण मर्कामा परिरहेका छन् । निगम पनि नोक्सानमा छ ।

निगमले इन्धनमा प्रशासनिक खर्च र बीमाबापतको प्रतिलिटर करिब ७० पैसा लिने गरेको छ । निकै कम प्रशासनिक खर्चमा कारोबार गरिने बताइन्छ । भारतमा आईओसीले प्रशासनिक खर्च लिटरमै दुई रुपैयाँ लिने गरेको छ । कर, निगमको प्रशासनिक खर्च, प्राविधिज्ञ नोक्सानी प्रतिलिटर एक रुपैयाँ सात पैसा, ह्रास खर्च १२ पैसा, ढुवानी भाडा लिटरमा पाँच रुपैयाँ एक पैसा, बिक्रेता पम्पको खर्च पाँच रुपैयाँ ५२ पैसासहित एक लिटर पेट्रोलको कुल लागत एक सय ५३ रुपैयाँ ५८ पैसा रहेको बताइन्छ ।

२०७८ मार्ग सातमा पेट्रोल पदार्थमा धेरै कर पनि थप्दै आएको अवस्था रहँदै आएको छ । केही वर्षअगाडि पेट्रोल र डिजेलमा प्रतिलिटर १०/१० रुपैयाँ कर बढाएको थियो । जहिले पनि पछिल्लो पटक समायोजनको नाममा भनी इन्धनको अन्धाधुन्ध रूपमा बढ्दै गएको छ । २०७८ भाद्र, असोज र कात्तिकमा इन्धनको मूल्य स्थिरजस्तो दखिएको थियो । कुनै बेला आन्तरिक बजारमा मूल्य कम हुँदाको नाफाको केही अंशबाट मूल्य स्थिरीकरण अर्थात् स्टाबिलाइजेसन कोष खडा गरी आन्तरिक बजारमा मूल्य अंश कायम गरी उपभोक्तालाई राहत दिने प्रबन्धबाट लागत मूल्यभन्दा सस्तो इन्धनको बिक्री गर्दै आएको थियो ।

सुधारका सुझाव : सधैँभरि महँगोमा किनेर सस्तोमा बेच्ने भन्दै इन्धनको मूल्य बढ्दै आएको देखिन्छ । निगमलाई २०७८ मार्ग आउँदा दैनिक एक करोड रुपैयाँभन्दा बढी निगमको घाटा भएको कहानी गाथा रहेको छ । भनिन्छ कि यस्तै गरी नोक्सानी बढ्दै जाने हो भने दुई/तीन महिनापछि त ऋण लिएर इन्धन आपूर्ति गर्न पर्ने कहानी गाथा रहेको छ । आन्तरिक बजारमा मूल्य बढ्दै गएको छ । निगमको अगष्ट १६ मा ९६ करोड नौ लाख रुपैयाँ, सेप्टेम्बर १ मा ८१ करोड, सेप्टेम्बर १६ मा एक अर्ब बढी, अक्टुबर १ मा एक अर्ब बढी, अक्टुबर १६ अर्ब बढीको निगमले घाटा बेहोर्दै आएको कहानी गुथिएको छ । यसरी लामो समयसम्म निगमले थेग्न नसक्ने बताएको थियो ।

निगमका अनुसार इन्धनको बजार मूल्य नेपाल र भारतको स्थानीय बजारमा समायोजीत पछिल्लो मूल्य स्थितिअनुसार भारतीय सीमा बजारमा रक्सौलको तुलनामा नेपाली सीमा बजार वीरगञ्जमा पेट्रोल प्रतिलिटर ३७ दशमलव ४२ रुपैयाँ सस्तो र डिजेल ३० दशमलव चार सस्तो र अरु इन्धन पनि सस्तो रहेको छ ।
हालका वर्षमा अर्थात् २०७८ सालमा पेट्रोललियम पदार्थका व्यापारमा भएका व्यापारघाटा नियन्त्रण गर्न मुख्य तीनवटा विकल्प अगाडि सारिएको छ । ती तीन विकल्पमा पहिलोमा कि त इन्धनको मूल्य बढाउनु पर्छ नभए कर घटाउनु पर्छ । नत्र भने अर्थ मन्त्रालयले निगमको घाटा पूर्ति गर्नुपर्दछ । २०७१ असोजमा खडा गरिएको मूल्य स्थितीकरण कोषमार्फत बिक्री मूल्यमा निगमले एक प्रतिशतका दरले रकम संकलन गर्दै आएको छ । उक्त कोषमा ११ अर्ब रुपैयाँ जम्मा रहेको छ तर अहिले २०७८ असोजमा नोक्सानलाई काषको रकमले पनि धेरै महिना धान्न सक्दैन । त्यसैले सबैभन्दा असल उपाय त करको दायरा घटाउनु रहेको छ । निगमले चालू वर्षको कात्तिकतिर ७८ अर्ब रुपैयाँ संकलन गरी दिएको छ भनिन्छ उक्त रकम भन्सारविन्दुबाट अर्थ मन्त्रालयको कोषमा दाखिला हुनेगरेको छ ।

बाह्य बजार : अक्टुबर २०२१ मा बाह्य बजारमा कच्चा तेलको मूल्य ८० डलर प्रतिब्यारेलको हाराहारीमा थियो । बाह्य बजारमा कच्चा तेलको मूल्य बढेसँगै निगमको घाटा पनि बढ्दै गएको बताइन्छ । कुनै बेला नेपालमा मूल्य समायोजना गर्दा बाह्य बजारमा मूल्य केही घटेको थियो । बाह्य बजारमा मूल्य घटे पनि नेपाली बजारमा मूल्य बढेको भन्दै त्यति बेला निगमको आलोचना भएको थियो । यद्यपि त्यो समायोजनले निगमको नोक्सान पाक्षिक एक अर्ब रुपैयाँ पनि पुगेको थिएन । तर भारतीय आयल निगमले त्यसपछि पटक–पटक मूल्य बढाएर मूल्य सूची पठाएको थियो ।

सेप्टेम्बर र अक्टुबरमा पठाएको सूचीका आधारमा सबै प्रकारका इन्धनको मूल्य बढेको थियो । निरन्तरको आयल निगमको नोक्सानीले वित्तीय अवस्था धाराशायी बढ्दै गएको बताइन्छ । बाह्य बजारमा मूल्य र आन्तरिक कर तथा लागतले निगमको लागत मूल्य बढ्दै गएको छ । तर लागत मूल्यभन्दा कम मूल्यमा इन्धन बेच्नपर्दा नोक्सानी बढ्दै गएको अवस्था थियो र छ । यस्तो अवस्थाले नोक्सानी बढ्दै जाने भए निगम वित्तीय रूपमा धाराशायी हुँदै जानेछ । त्यसैले पनि निगम मूल्य समायोजनका नाममा मूल्य बढाउँदै जाने अख्तियार गर्दै आएको छ । सेप्टेम्बर १५ देखि अक्टुबर १५, २०२१ बीचमा कच्चातेलको मूल्य बाह्य बजारमा प्रतिब्यारेल अर्थात् करिब एक सय ५९ लिटरको १० डलर २२ सेन्टले बढेको थियो । अकटुबरको हाराहारीमा एक ब्यारेलको ८४ दशमलव ८६ डलर परेको थियो ।

कोरोना २०१९ को माहामारीमा डिसेम्बर २०१९ अर्थात् २०७६ चैत्रदेखि सुरु भएको बाह्य बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ३१ दशमलव शून्य दुई अमेरिकी डलरमा खसेको थियो भने त्यसको एक वर्षपछि डिसेम्बर २०१९ देखि डिसेम्बर २०२० पुनः कच्चा तेलको मूल्य क्रमशः पहिलेको अवस्थामा फर्कँदै उकालो लागेको थियो ।

कोभिडको महामारीमा घटेको कच्चा तेलको मूल्य पुनः एक वर्षपछि सन् २०२१ को मार्चमा आइपुग्दा ६२ दशमलव ७० डलर पुगेको थियो । त्यसपश्चात् पनि बाह्य बजारमा कच्चा तेलको मूल्य क्रमशः उकालो लागिरहेको छ । भारतीय आयल निगमबाट नेपाल आयल निगमले खरिद गर्दै आएको इन्धनको मूल्य बेला–बेलामा बढ्दै आएको जनाउँदै आएको छ । निगमले भारतीय आयल निगमबाट अंग्रेजी क्यालेन्डरअनुसार हरेक महिनाको १ र १६ तारिखमा अद्यावधिक मूल्यसूची प्राप्त गर्नै गर्दछ । निगमलाई सधैँभरि इन्धनको मूल्य बढाउने दबाब रहँदै आएको छ । २०७८ कात्तिकको अन्ततिरको मूल्य सूचीअनुसार आयल निगमको घाटा साढे चार अर्बको बढेको छ थियो । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया