Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकिन खुलाइँदैन नयाँ ट्याक्सीको दर्ता ?

किन खुलाइँदैन नयाँ ट्याक्सीको दर्ता ?


काठमाडौं । सरकारले सात प्रदेश घोषणा गरेको वर्षौँ बितिसकेको छ । प्रदेश, जिल्ला र जनसंख्या बढ्यो तर ट्याक्सीको संख्या बढेन । प्रदेशको मुख्यमन्त्री र यातायातमन्त्रीले बेवास्ता गर्दा अहिलेसम्म पनि नयाँ ट्याक्सीको दर्ता खोलिएको छैन । विगत तीन दशकदेखि कुनै पनि प्रदेशमा नयाँ ट्याक्सीको दर्ता नखुल्दा मर्दा र पर्दा सर्वसाधारणले ट्याक्सी पाएका छैनन् । यातायात नपाएर बीच सडकमै ज्यान गुमाउनुपरेको घटना नसुनेका सायदै होलान् ।

बागमती प्रदेश यातायातमन्त्रीहरु र मुख्यमन्त्रीले नयाँ ट्याक्सीको दर्ता खुल्ला नगर्दा एकातिर राज्य राजस्वविहीन बनेको छ । अर्कोतिर, बिरामी, बूढाबूढीलाई निकै सकस परेको छ । विदेशीहरु नेपाल घुम्न आउँदा ट्याक्सी नपाएर अटो रिक्सा र टाँगामा यात्रा गर्नुपर्ने बाध्यता कायमै छ ।

सरकारले नयाँ ट्याक्सीको दर्ता खुल्ला नगर्दा घुम्न आउने विदेशी पर्यटकलाई सकस भएको बताइन्छ । अन्तर्राष्ट्रियस्तरमा नेपालको बारेमा नराम्रो खबर पुगेको छ । ट्याक्सी नपाएर विदेशीहरु घुम्नै नआउने सोचमा पुगिसकेको छन् । विदेशीहरु आएनन् भने देशलाई राजस्वमा पनि ठूलो असर पुग्छ ।

यता, होटल व्यवसायीहरुलाई पनि ठूलो नोक्सान हुन्छ । प्रदेशका सञ्चारमध्यमहरुले अहिलेसम्म पनि जनताले ट्याक्सी नपाएर व्यहोर्नुपरेको दुःख किन समाचार बनाउँदैनन् ? यत्रो वर्षदेखि प्रदेशको मिडियाले यातायातमन्त्री वा मुख्यमन्त्रीलाई सोध्न नभ्याएका हुन् ? कालो प्लेटको र हरियो प्लेटको ट्याक्सीको दर्ता यति लामो समयदेखि नखुल्दा जनताहरुले कति दुःख पाएका छन्, सम्बन्धित निकायले सोचेको छ ?

निजी प्लेटको गाडीमा महँगो भाडा तिरेर यात्रुले यात्रा गरिरहेको सरकारले किन देख्दैन ? सरकारले प्रदेशपिच्छे नयाँ ट्याक्सीको दर्ता खोलिदिने हो भने सबैलाई सहज हुन्थ्यो । २०४९ सालको यातायात ऐन निजी प्लेटको सवारीसाधनले भाडामा यात्रु बोकेर पैसा कमाउन पाउँदैन ।

तर, अहिले निजी प्लेटको सवारीसाधनले भाडामा यात्रु बोकेर पैसा कमाइरहेको छ । ट्राफिक प्रहरी महाशाखाले अहिलेसम्म पनि अनुगमन गरेको पनि छैन । कारबाही गर्नु त परको कुरा भयो । उपत्यकाबाहेकका जिल्लामा निजी नम्बर प्लेटको गाडीले यात्रु बोकेको पाइन्छ ।

एक किमि बाटोमा बिरामीलाई लैजाँदा एक हजारदेखि १५ सय भाडा असुल्छ, सवारी चालक । कालो प्लेटको नयाँ ट्याक्सीको दर्ता खोल्दा यात्रुलाई सस्तो पर्छ । आर्थिक कमजोर भएकाहरुले पनि ट्याक्सी चढ्न पाउछन् । अहिले ट्याक्सीमा गएर यात्रु चढ्नेबित्तिकै ५० रुपैयाँ उठ्छ ।

राती ९ बजेदेखि बिहानको ४ बजेसम्म डेढी हान्छन् । बेलुका ट्याक्सी चढ्नेबित्तिकै ७५ रुपैयाँ तिर्नुपर्छ । पुरानो भाडादरअनुसार ट्याक्सीमा यात्रु गएर चढ्नेबित्तिकै १४ रुपैयाँ आउथ्यो प्रत्येक किमि ३९ रुपैयाँ थियो । तर, त्यो ट्याक्सी भाडादर पनि महँगो भयो भन्ने भनेर जनताहरु आवाज उठाइरहेका थिए ।

१४ लाई हटाएर म शून्यबाट ट्याक्सी चलाउँछु । ३९ लाई घटाएर म २५ रुपैयाँ नयाँ ट्याक्सी किनेर चलाउँछु र जनतालाई सस्तोमा सेवा दिन्छु । राज्यलाई राजस्व तिर्छु र आफने देशमा रोजगारी गर्छु भन्दा पनि सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्दैन । अहिले सञ्चालन भएका ट्याक्सीहरु मिटरमा गुड्दैनन् ।

नजिक जानुप¥यो भनेर घण्टौँ वार्तालाप गर्नुपर्छ । जनतालाई ट्याक्सी व्यवसायीहरुले यसरी ठग्दा पनि सरकार किन मौन ? ट्याक्सीमा गएर यात्रु चढ्नेबित्तिकै सेवाशुल्कबापत्त एक दिनमा पाँच करोडसम्म तिनुपर्छ । ट्याक्सीको पेट्रोल खर्च हुँदैन, ट्याक्सी नगुडीकन यात्रुले यो रकम तिर्नुपर्छ ।
उपत्यकमा भएका सात सय ९६ सीसीका मारुती ट्याक्सी सबै थोत्रा, कबाडी र पुराना छन् । ट्याक्सीमा बस्दा गन्हाउने यात्रु र ट्याक्टरजस्तो आवाज आउने यो यात्रुका निम्ति स्वाभाविक विषय बनिसकेको छ । ट्याक्सीमा यात्रा गर्दा खुट्टा खुम्च्याएर बस्नुपर्छ । तीन जना मोटामोटा मान्छे चढ्यो भन्ने ट्याक्सीले उकालो नतानेर यात्रु ओर्लेर ठेल्नुपर्ने ।

२० बर्ष पुरानो स्क्रयाब गरेको ट्याक्सीको नम्बर प्लेट १२ लाखमा खरिदबिक्री हुन्छ । पुरानो स्क्रयाब गरेको नम्बर प्लेटमा नयाँ गाडी किनेर दर्ता गरेर एउटै व्यक्तिले छ दशकसम्म व्यवसायी गरिरहेका छन् । नयाँ ट्याक्सीको सख्या पनि नबढ्ने, बजारमा नयाँ व्यवसाय पनि आउन नपाउने ।

यता, सरकारले सिन्डिकेट हटाए भने पनि नयाँ ट्याक्सीको दर्ता अहिलेसम्म पनि खुलेको छैन । ट्याक्सीको लुटधन्दा दादागिरी अहिलेसम्म पनि बन्द भएको छैन । ट्याक्सी व्यवसायीको सामु जनताको पनि केही पनि लागेको छैन । विदेशमा लक्जरी ट्याक्सीहरु सञ्चालन गरिएको हुन्छ । नेपालको ट्याक्सी पनि खत्तम, चालक झनै खत्तम । सरकार पनि खत्तम नै हो । यत्रो जनता ठगिँदा पनि गुपचुप बस्छ ।

ट्याक्सीको रोड परमिट उपत्यकाभित्र मात्र छ । ट्याक्सी यात्रु बोकेर चक्रपथबाहिर जान मान्दैन । चक्रपथबाहिर बसोवास गर्ने जनताहरु दुःख खेप्दा पनि सरकारले नयाँ ट्याक्सीको दर्ता खोल्दैन । उपत्यकामा नौ हजार ट्याक्सी छ भने जनसङख्याचाहिँ एक करोडभन्दा माथि छ ।

यसरी जनताले दुःख पाउँदा ट्याक्सी व्यवसायीहरुको ठगीधन्दा बढ्दा यातायातमन्त्री रेणुकुमारी यादव र यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे ट्याक्सी व्यवसायी अझै किन मौन ? लेनदेन गरेर अहिलेसम्म नयाँ ट्याक्सीको दर्ता नखुलेको कुरा लुकाएर लुक्दैन ।

ट्याक्सी व्यवसायीको अगाडि नयाँ ट्याक्सीको दर्ता नखुल्दा ट्याक्सी व्यवसायीहरु मालामाल राज्य र जनतालाई घाटैघाटा । एउटा सिण्डिकेट हटाएर नयाँ ट्याक्सीको दर्ता नखोल्न नसक्ने सरकारले जनताको लागिको विकास गर्छन । सरकारले नयाँ ट्याक्सीको दर्ता तत्काल नै खोल्नुपर्छ ।

नयाँ ट्याकसीको दर्ता खुल्ला गर्दा ट्याक्सी भएको ठगी धन्दा र बेथिति बन्द हुन्छ । नयाँ व्यवसायीहरु आउन पाउँछन् भने खुल्ला प्रतिस्पर्धा हुन्छ । ट्याक्सी व्यवसायीहरुको एकाधिकार पनि तोडिन्छ । योबाट जनता र राज्यलाई फाइदा हुन्छ । कोरोनाले रोजगारी गुमाएकाहरुले पनि नयाँ ट्याक्सी किनेर रोजगार पाउँछन् । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया