Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगघातक रसायन हाली पकाएको आँप यसरी चिनौँ

घातक रसायन हाली पकाएको आँप यसरी चिनौँ


काठमाडौं । वर्षाको बेला हामी बजारभरि जताततै पहेँला आँप देख्न सक्छौँ । अझ काठमाडौंको प्रत्येक गल्ली चोकमा, थरी–थरीका जातका आँप साइकलमा बोकेर बेच्न बसेका, डुलाइरहेका बिक्रेता भेटिनु नौलो कुरा भएन । हेर्दै रहर लाग्दा आँपका किनु र खाऊँजस्तो लाग्छ पनि । तर कतिलाई मधुमेह भएको कारण आँप खान डर पनि लाग्छ । तिनले सोच्ने गर्छन् गुलियो आँपमा प्रशस्त चिनी पो छ । अझ कोही त आँप खाएर मोटाउने अनि कोही सोच्लान् आँप खाएर जिउको तौल घटाउने । चल्तीमा रहेको शब्द मिल्कसेक, म्यांगोसेक, पहेलो रंगको यो परिकार हेर्दैमा खाऊँ–खाऊँ लागिहाल्छ । यसले शरीरमा तागत दिन्छ, प्यास मेटाउँछ भोक पनि मेटाउँछ । प्राज्ञ ऐतिहासिक अभिलेखअनुसार भारतको रैथाने यसको खेती आजभन्दा २५– ३० लाख वर्षअघि सर्वप्रथम भारतको उत्तर–पूर्व राज्य, बंगलादेश, म्यानमार, नेपाल, पाकिस्तानमा गरिँदै आएको छ । फलको राजा भनिने आँपको वर्णन हिन्दु धर्मग्रन्थमा पनि यसका गुणबारे उल्लेख गरेको पाइन्छ अरु फलभन्दा ।

फलहरूको राजा भनिने आँप एउटा यस्तो फल हो जुन धेरैजसो मानिसलाई मन पर्दछ । केटाकेटी हुन् कि प्रौढ सबै आँपको मौसमको पर्खाइमा बसेका हुन्छन् जसले गर्दा आफूलाई मनपर्ने फल मज्जाले खान सकूँ । आँप नक्कली हुँदैन तर तिनलाई आकर्षक बनाउनका लागि कार्वाइडनामक रसायन प्रयोग गरी यसलाई पहेँलो रंगको बनाइन्छ । यसले गर्दा यो साँच्चिकै पाकेको जस्तो देखिन्छ । यो कार्बाइडनामक रसायन स्वास्थ्यका लागि धेरै नै खतरनाक हुन्छ ।

तर तपाईँको यस खुसीलाई रसायनहरूबाट पकाएको आँप नजर लगाइराखेको छ । कार्बाइडले पकाएको आँप स्वास्थ्यको लागि धेरै नोक्सानदायक हुन्छ । यस घातक रसायन पाचनतन्त्रसम्बन्धी समस्याहरूका साथ साथै क्यान्सरजस्तो खतरनाक रोगहरूको कारण बन्न सक्तछ । जहिले पनि तपाईँ बजारबाट आँप किन्न जाँदा आँपबारे केही कुरा विचार गर्नुहोला । यसबाट तपाईँलाई थाहा हुन्छ कि आँप कृत्रिम तरिकाले पकाएको हो कि होइन ।

यसरी गरौँ पहिचान : स्वादमा भिन्नता, कार्बाइडबाट पकाएको आँपको स्वाद सामान्य रूपबाट पाकेको आँप बाटो मीठो–मीठो सुगन्ध आउँछ र स्वाद धेरै मीठो हुन्छ । त्यही अर्कोतिर रसायनले पकाएको आँप छेउबाट काचो अनि बीचमा मीठो हुन्छ । प्राकृतिकरूपले पाकेको आँप पूरै पहेलो हुँदैन । यिनको रङ्ग अलिकति हरियो अलिकति पहेँलो र थोरै सुनौलो हुन्छ । त्यही कार्बाइड हाली पकाएको आँप एकदम गाढा पहेँलो हुन्छ । कार्बाइड राखी पकाएको आँप चाँडै नै कालो हुन्छ । यसलाई धेरै दिन भण्डारण गर्न सकिँदैन । त्यही प्राकृतिकरूपले पाकेको आँप चाँडै कालो हुँदैन र यी आँपहरूलाई केही दिनसम्म ताजा राख्न सकिन्छ । आँप किन्नुभन्दा पहिलो त्यसलाई डुबाएर हेर्नुस् । पानीमा डुवाउा जुन आँप एकदम तल गएर बस्यो भने त्यो प्राकृतिकरूपले पाकेको हुन्छ र जुन आँप सतहमा नै रह्यो भने त्यो कार्बाइडले पकाएको हुनेछ । यस्तो आँप किन्नबाट बच्नुस् ।

क्याल्सियम कार्बाइडमा भएको आरसेनिक र फासफोरस पानीले धुँदा जाँदैनन् । यो शरीरमा गएर मष्तिकलाई हानी पु-याउँछ । यसले गर्दा टाउको दुख्ने पेट र छातीमा जलन हुन्छ । कार्बाइडमा एउटा घातक रसायन हुन्छ, जसको सेवन गर्नाले क्यान्सरजस्तो खतरनाक रोग लाग्न सक्तछ । यसबाट शरीरका कयौं अंगहरूलाई नोक्सानी पु-याउँछ । कार्बाइडमा अवस्थित लैकटोज रसायनहरूको कारण मिर्गौलाको काम गर्ने तरिकामा असर पर्दछ । यसबाट मिर्गौलासम्बन्धी समस्या हुन सक्तछ ।

यस्ता आँप कुनै दयालु गुनी राजा होइन, बरु एकखाले क्रुर तानाशाहजस्तो हुनेछ । यसैले उपभोक्ताहरूले बेलैमा सहज हुनु आफ्नो स्वास्थ्य सुरक्षाका लागि उचित हुनेछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया