Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगविश्व वातावरण दिवसको महत्व

विश्व वातावरण दिवसको महत्व


काठमाडौं । आइतबार नेपाललगायत संसारभरि जून ५ तारिखमा विश्व वातावरण दिवस मनाइयो । सन् १९७४ देखि विश्वमा वातावरण दिवस मनाउन थालिएको थियो । यसै क्रममा हाम्रो देश नेपालले भने सन् १९८० को दशकदेखि विश्व वातावरण दिवस मनाउन लागेको थियो । यसर्थ वातावरण संसारमै एक चुनौतीपूर्ण समस्याको रूपमा देखापरेको छ । यस्तो किसिमको विकराल समस्याको समाधानको लागि बेलैमा विकसित तथा विकासशील राष्ट्रहरूले युद्धस्तरमा रणनीतिहरू तय गर्नुपरेको वातावरण गम्भीररूपमा बिग्रनु मानवीय व्यवहार हो भन्न सकिन्छ । मानवकै अज्ञानको कारणबाट नै वन विनाश, भू–क्षय आदि हुने गरेको छ ।

सर्वप्रथम वातावरणमा ह्रास ल्याउने मानिस नै हो भने यसको निराकरण गर्ने पनि मानिस हो । पर्यावरण बढ्दै गइरहेको जनसंख्या वृद्धि, सवारीसाधनको चाप र औद्योेगिक क्षेत्रबाट निस्कने घातक ग्यासले गर्दा वायु तथा पानी समेत प्रदूषित बन्दै गएको छ । यसरी विकासशील मुलुकहरूमा कहालीलाग्दो जनसंख्या वृद्धिले गर्दा वन–साधनमा ठूलो चाप पर्न गई भू–क्षय हुने, पहिरो जाने, बाढीको प्रकोप बढ्ने, अतिवृष्टि तथा अनावृष्टि हुने समस्या देखापरि पर्यावरणीय सन्तुलनलाई प्रतिकूल बनाएको छ । यसरी सारा संसारमा नै वातावरण सन्तुलनमा ह्रास आउनु प्रत्येक व्यक्तिको वातावरण विश्वमै एक चुनौती पूर्ण समस्याको रूपमा देखापरेको छ । यस्तो किसिमको विकराल समस्याको लागि बेलैमा विकसित तथा विकासशील राष्ट्रहरूले युद्धस्तरमा रणनीतिहरू तय गर्नुपरेको छ । यसरी सारा संसारमा नै वातावरण सन्तुलनमा ह्रास आउनु प्रत्येक व्यक्तिको लागि चिन्ताको विषय बनेको छ ।

विश्वमा जनसंख्याको चाप गणितीय रूपमा वृद्धि भएको छ तर जमिन भने एक इन्च पनि बढ्नेवाला छैन । तर जमिन भने दिनहुँ घट्दो रूपमा रहेको छ । यसले गर्दा प्राकृतिक सम्पदा र वातावरणमाथि आक्रमण र असन्तुलन बढिरहेको छ । यी कारणले गर्दा ठूला–ठूला महामारी र डरलाग्दा रोगहरूको उत्पत्ति भइराखेको वर्तमान परिवेशमा फोहोर मैलाको उचित र वैज्ञानिकरूपले बिसर्जन गर्नुपर्ने टड्कारो स्थिति विद्यमान भएको छ । मानव समाजले विज्ञानको चरम सीमामा पुगेर उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ । सञ्चारको विकासले गर्दा आजभोलि मानिसहरू विश्वलाई गोलबल भिलेज पनि भन्ने गर्दछन्  । मानवले जति जति उन्नति ग-यो उति–उति समस्या र संकटहरू आइलागेका छन् । एकातिर सफलताहरू उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ भने अर्कोतर्फ सम्पूर्ण जीव चराचरको साझा घर पृथ्वीमा जीवको लागि ठूलो संकट आइलागेको छ । मानिसले अन्धो भएर एकपक्षीयरूपमा गरेको चरम भौतिक विकासले साझा धर्तीको पर्यावरणीय सन्तुलन क्षतविक्षत भएको छ । मानवजातिको हितको लागि गरिएको विज्ञान प्रविधिको विकासको कारणले गर्दा पृथ्वीको माटो, हावा, आकाश, पानी, प्रकाश आदि तत्वहरू प्रदूषित भएका छन् ।

नेपालले विश्व वातावरण दिवसलाई सन् १९७६ देखि नियमितरूपमा मनाउँदै आइएको छ । प्राणी जगतकोे संरक्षण र संवद्र्धन गर्ने उद्देश्यअनुरूप वातावरण दिवस मनाउँदै आइएको छ । यसरी सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उद्देश्यले वातावरणीय र पर्यावरणीय मुद्दाबारे समाजमा जागृति ल्याउने उद्देश्यअनुरूप यो दिवसको घोषणा गरिएको थियो । फलतः वातावरणको महत्वलाई दर्शाउन यो दिवस विश्वभर मनाइन्छ । पृथ्वीको सिर्जना साँढे चार अर्ब अघि भए पनि करिब डेढ अर्ब वर्षसम्म यसमा कुनै पनि जीवजन्तुको उत्पत्ति हुन सकेन । केही समयपछि मात्र एककोशीय जीवको अस्तित्वका साथै २० लाख वर्षजति अघि मानिसको उत्पत्ति भएको मानिन्छ । यिनको उत्पत्ति, विकास र अन्त्य पनि यही प्रकृतिमै हुन्छ । त्यसैले एक–अर्काको अस्तित्व र सम्बन्ध अन्योन्याश्रित रहेको छ । प्रकृतिका सन्ततिहरूमध्ये मानिस सर्वश्रेष्ठ मानिएको हो । र यसको सम्बन्ध प्रकृतिसँग अरुको भन्दा गहिरो र व्यापक छ । आजको एक्काईसौँ शताब्दीको खुड्किलोमा जनसंख्या वृद्धि धेरै जटिल समस्याहरू जन्म भएको छ । यसको असर सोझै प्रकृतिमा पर्न गई वातावरणीय असन्तुलनको स्वरूपको रूपमा आज यसले मानवजातिलाई नै ठाडै चुनौती दिइरहेको छ ।

तेस्रो विश्वका ८० प्रतिशत प्राणीहरूले फोहोर बासस्थानमा जीवन बिताउन बाध्य भएका एकातिर छन् भने अर्कोतिर एक अर्ब ३० करोड प्राणीहरू बासविहीन एवं जटिल अस्वस्थ पर्यावरणमा जीवन निर्वाह गरेका छन् । प्रदूषणकोे केन्द्र मानिएका विश्वका हरेक सहर तथा उद्योगधन्धाहरूले वर्षेनी १० करोडभन्दा बढी सल्फर डायोअक्साइड हावामा मिसिन्छ । यसले स्वच्छ वातावरणलाई दूषित वा अम्ल वर्षामा परिणत गरिदिन्छ । घना सहरीकरणले ध्वनि प्रदूषित गराई यहाँ धेरै राष्ट्रहरू कोलाहलपूर्ण परिवेशमा बाँचेका छन् ।

विश्वको सबैभन्दा बढी ध्वनि प्रदूषितकोे रूपमा चिनिने कायरोमा प्रतिवर्ष पाँच प्रतिशत मानिसहरू बहिरा हुन पुग्दछन् । यसको साथसाथै पृथ्वीको बढ्दो उष्णीकरण, ओजोन लेयर पातलिने स्थिति ल्याक होल, अम्ल वर्षा, हिमाल पग्लन थाल्नुजस्ता परिणाम भोग्न मानव समुदाय बाध्य भएपछि यसका कारक तत्वहरूबारे अनुसन्धान हुन थाले । यी कुराहरूलाई मध्यनजर गरी सन् १९९२ जुनमा ब्राजिलको रियोडी जेनेरोमा पृथ्वी शिखर सम्मेलन भयो । जसले मौसम परिवर्तनका कारक तत्वहरूको नियन्त्रण जैविक विविधताको संरक्षण र एजेन्डा २१ जस्ता महत्वपूर्ण सिद्धान्त प्रतिपादन र कार्यान्वयनका लागि घोषणा ग-यो ।

अन्त्यमा भन्नुपर्दा वातावरणको प्रतिकूल कारणहरूले गर्दा विश्वमा फैलिएको महामारीले मानव वर्गलाई तहस–नहस गरिरहेको अवस्था एकातिर छ भने अर्कोतिर हेर्ने हो भने प्रकृतिको विनाशबाट उत्पन्न भएको जटिल कारक तत्व यसलाई मान्न सकिन्छ । जसले गर्दा वातावरण विनाशका कारण उत्पत्ति भएका कोभिड–१९ जस्ता भयांकर रोगहरूसँग लड्न कठिन हुन सक्छ । यसको लागि वातावरण संरक्षण र संवर्द्धन गर्ने क्रममा मानवसमुदायहरू लाग्नुपर्ने टड्कारो आवश्यकता रहेको देखिन्छ । मूलतः हाल पृथ्वीमा विभिन्न स्थानहरूमा विभिन्न ग्यासबाट उत्पन्न हुने पिएम २ दशमलव ५ ले गर्दा विश्वभरि लाखौँ लाख मानिहरूको मृत्यु भएको छ । त्यसरी नै वायु प्रदूषणको कारणले गर्दा प्रत्येक वर्ष १५ करोड ३० लाख मानिसहरू मर्ने गरेको तथ्यांकहरूले देखाएको छ । त्यसैगरी विगत वर्षभन्दा कार्वनडाइअक्साइड मात्रा पनि यो वर्ष विश्वको एक तिहाइ स्थानमा भएको बन्दाबन्दीको कारणले १७ प्रतिशत घट्न गएको सम्बन्धित क्षेत्रका विज्ञहरूले जनाइएका छन् । हाम्रा छिमेकी देशहरू चीन र भारतले विद्युतीय सवारीसधानहरूको संख्या बढाउँदै गएका छन् ।

हाल देशमा विद्युतीय उत्पादनमा वृद्धि हुँदै गएको हुनाले हालको अवस्थामा एक हजार पाँच मेगावाड रहेको छ भने सन् २०२२ सम्ममा दुई हजार ८० किलोवाडसम्म पुग्ने अनुमान गरिएको छ । यसर्थ यी कुरालाई राम्ररी मनन गरी सरकारले देशमा पेट्रोल, डिजेलको मात्रालाई विस्थापन गरी विद्युतीय साधनहरूमा बढीभन्दा बढी रूपमा खपत गराउन विज्ञहरूको अनुरोध पनि हुँदै आएको छ । जसले गर्दा वातावरणमा सुधार भई जनस्वास्थ्यमा सरकारले गर्ने खर्चमा पनि कमी नआउला भन्न सकिन्न ।

यी कुराहरूलाई सम्बन्धित निकायहरूले बेलैमा विचार गरी आउँदो वर्षहरूमा नीति तथा कार्यक्रमहरू तय गर्नु बुद्धिमानी हुनेछ । नत्र भने देशले विश्व वातावरण मनाउनु कुनै अर्थ हुँदैन । हाम्रो देश नेपालले पनि वातावरण दिवस धेरै पहिलेदेखि मनाउने कार्य गर्दै आएको छ । यस कार्यक्रमले जनतामा चेतनामूलक सन्देश फैलाउने रहेको पाइन्छ । यस कार्यक्रमको वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रमहरू तय गरी मनाउने परिपाटी रहेको छ । यी कारणहरूले गर्दा वायु प्रदूषणमा कमी आई वातावरणमा भने सुधार आएको कुरा सम्बन्धित क्षेत्रका विज्ञहरूले औँल्याएका छन् ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया