Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोरोना भाइरस र चीन

कोरोना भाइरस र चीन


शेर सिंह
कोरोना भाइरस चीनको हुवेई प्रान्तसँगै अन्य प्रान्तहरू तथा विश्वको अन्य भागमा समेत प्रसारण हुनु चीनका लागि ज्यादै नराम्रो परिदृश्य हुनुबाहेक अरु केही हुन सक्दैन । चीनका जनताहरूमाथि त्यसको निरन्तर विस्तार हुँदै जाने प्रसङ्गले स्पष्ट संकेत दिन्छ कि त्यस संकेत र त्यसविरुद्धका चुनौतीसँगै त्यस समस्याप्रति चीनले बेवास्ता गरेको कारण त्यस्तो संकटपूर्ण स्थिति सिर्जना हुनगएको हो । सबभन्दा दुःखद प्रसङ्ग यो होे कि जुन चिकित्सकले त्यस नयाँ कोरोना भाइरस सम्बन्धमा चेतावनीपूर्ण सूचना जारी गरेका थिए । तिनी स्वयं कोरोना भाइरसबाट प्रभावित भएर ज्यान गुमाएका छन् ।

चीन सरकारलाई त्यसबारेमा चुनौतीपूर्ण सूचना दिन राज्यतर्फबाट तिनलाई सोध्न बोलाएको थियो । डा. लि बेनालियाङ्गले हुवेईस्थित चिकित्सकीय विद्यालयका साथीहरूलाई अनसाइन चैट रुममार्फत नयाँ भाइरसबारे जानकारी गराएका थिए, जो अहिले कोरोना भाइरसका रूपमा चर्चित भैसकेको छ । उनीसँगै सात सयभन्दा बढी अन्य चिनियाँ नागरिकहरू त्यस रोगको कारण मृत्युको शिकार भएका छन् । चीनभित्र डा. लिआफन्ने मृत्यु हुनुभन्दा अगाडि नायक बन्न पुगेका थिए ।

जनवरी, २०२० प्रारम्भमा उनलाई चिकित्सकीय स्वास्थ्य अधिकारी तथा स्थानीय प्रहरीले बोलाएर उनको त्यस चेतावनी सम्बन्धमा अप्राप्त तथा अवैधानिक अफवाह भन्ने उनको त्यस वक्तव्यलाई अघोषित पार्न दस्तखत गर्न दबाब दिएका थिए । हुन त ११ मिलियनको नगर वहानमा त्यसको प्रारम्भ भैसकेपछि पनि त्यसप्रतिको बेवास्ता गर्दै त्यसको अलोचनासमेत गर्ने दबाब दिएको थियो, चिनियाँ पत्रकारहरूका अनुसन्धानमूलक प्रतिवेदनहरू तथा अनलाइनबाट व्यापक प्राप्त आलोचना तथ्य खुलासा भएपछि मात्र चीनका अधिकारीले त्यस सम्बन्धमा कारबाहीको प्रकृया बढाएका थिए ।

चीनको हुवेई प्रान्तको वुहान नगरकोे स्थानीय समुद्री खाद्यान्न बजारबाट कोरोना भाइरसको उत्पत्ति भएको थियो र आज तीव्र गतिमा चीनको अन्य भू–भागहरूमा फैँलिदै गएको छ । त्यति मात्र होइन त्यो जापान, थाइलैण्ड, दक्षिण कोरीया र रुसमा समेत फैलिसकेको छ । त्यस भाइरसको प्रभाव हुवेईमा ज्यादै फैैलिसकेको छ, जसको कारण ९७ प्रतिशतको मृत्यु भैसकेको छ र ६७ प्रतिशत पूर्ण रोगी रहेको समेत अनुमान गरिएको छ । आधारभूत सावधानी असम्भव हुनका साथै त्यसप्रति चीनको स्थानीय स्वाथ्य प्रणालीको बेवास्ताले गर्दा दिनप्रतिदिन प्रत्येक दिन व्यापकरूपमा फैलिँदै गएको कारण मृत्यु हुनेको संख्यासमेत बढ्दै गएको छ । चीनमा यस संक्रामक रोगको प्रभाव दिनप्रतिदिन बढ्दै छ । त्यस रोगसँग जुझ्दै आए पनि चीन असहायजस्तै बन्न पुगेको छ ।

सञ्चार माध्यमहरू पहिला जीवन्त रहे पनि चीनको मुख्य नगरहरूका खालि गल्ली र तस्बिरहरूले भरिएका छन् । चारैतिर फैलिएका रोगहरूलाई रोक्ने सल्लाह प्रशस्त देखिए पनि तथ्यगतरूपमा सही छैनन् । संघाई र बेजिङलगायतका अन्य थुप्रै सहरहरूमा मानिसहरूले मास्क लगाउने गरे पनि प्रतिवेदनमा यो देखाइएको छ कि जुन मास्कहरूको अहिले बजारमा अभाव देखिएको छ ।

चीनको त्यस्ता संकटहरूलाई समाधान गर्ने उपायमध्ये पहिला त्यस्तो सूचनाको प्रवाहलाई परिवर्तित गर्नु रहेको छ । सम्भव भए संक्रमित क्षेत्रलाई घेराबन्दी गरेर राख्नु पर्दछ । संक्रमित क्षेत्रका मानिसहरूलाई अन्य क्षेत्रका मानिसहरूसँग भेट्न नदिने व्यवस्था गर्नु सबभन्दा राम्रो उपाय रहेको छ । अहिले नयाँ वर्ष मनाउने क्रममा भएको व्याय आप्रवासनका विरुद्ध प्रतिबन्धित गरेर राख्नुपर्ने थियो । राष्ट्रपति सीले भाइरसको विस्तारलाई रोक्ने प्रयास गर्नुभएको छ भने प्रधानमन्त्रीजी फेकियाङ्गले जनस्वास्थ्य सकंटलाई तत्कालिक समाधान गर्नेमाथि जोड दिनुभएको छ । त्यस्तै उपप्रधानमन्त्री सुन चुनियाले विस्तारित भएको भाइरसलाई वर्ग ए, (क्लास ए,)को संक्रामक रोग ठानेर उपचार गर्नेमाथि जोड दिएका थिए ।

चीनद्वारा प्रारम्भिक अवस्थामा नियन्त्रण गर्नेतिर २० जनवरीका दिन नै गरिएको भए पनि रोग अन्य मानिसहरूमा स¥यो । फलस्वरूप चीनले भ्रमण गर्ने समूह सञ्चालन गरी कुखुरा फर्मको अनियन्त्रित निगरानी गर्ने कार्यका सुरुवात ग-यो । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले ८ फेब्रुवरीका दिन मात्र ८९ जना कोरोना भाइरसबाट मरेको अभिलेख राखेको थियो, चीनमा त्यस दिन जम्मा आठ सय ११ ज्ना मरेका थिए । सन् २००२ र २००३ मा सार्स रोगबाट चीन र हङकङसमेत गरी सात सय ७४ जना मरेका थिए । आधिकारिक तथ्याङ्कले, अहिले जनाएअनुसार सार्सभन्दा कोरोना भाइरसबाट धेरै मानिस मरेको देखाएको छ । चीनको मन्त्रीस्तरीय राष्ट्रिय स्वास्थ्य आयोगले दुई हजार छ सय ५६ वटा नयाँ केसको पुष्टि गरेको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया