Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबुलिस सेयर बजारबाट कसरी बढी नाफा कमाउने ?

बुलिस सेयर बजारबाट कसरी बढी नाफा कमाउने ?


देव गुरागाँई

सामान्यतया बजार वियरिस ट्रेण्डमा सेयर खरिद गर्ने होे । खरिद आदेश नेप्से सिस्टममा पोष्ट गर्नुपूर्व टीएमएसमा उपलब्ध मार्केट डेफ्टमा हेरी छानिएको कम्पनीको सेयरको अन्तिम कारोबार मूल्य, क्रेता÷बिक्रेताको संख्या, क्रय मूल्य, बिक्री मूल्य, कारोबार गर्न राखिएको सेयर संख्या आदि हेरेर त्यस सेयरको मूल्य घट्दो अवस्थामा भए केही समयपछिको मूल्य अनुमान गरी न्यून मूल्यमा सेयर किन्न सकिन्छ र मूल्य अझ घट्दै गए पहिल्यै पोष्ट गरिएको खरिद आदेशलाई परिमार्जन गरी पुनः मूल्य सच्याउन पनि सकिन्छ । यस्तो मूल्य परिमार्जन गर्ने सुविधा नेप्से सिस्टममा जति पटक पनि गर्न पाइन्छ तर अन्तिम कारोबार मूल्यको २ प्रतिशतका दरले मात्र मूल्य सच्याउन सकिन्छ । लगानी गर्दा आफूसँग भएको सबै पैसा एउटै कम्पनीको सेयरमा मात्र लगानी गर्नु हँुदैन ।नेपालको सेयरबजार अत्यन्त तरल एवं संवेदनशील छ । बजार छिनमै घट्ने र छिनमै बढ्ने गरिरहन्छ । जुन प्रवृत्ति लगानीकर्ताको लागि निकै जोखिमपूर्ण हुन्छ । मिडियामा आउने समाचार, रिपोर्ट, विश्लेषण, अभिव्यक्ति आदिले पनि बजारलाई अत्यन्तै प्रभावित पारिराखेको पाइन्छ । यस्तो अस्वाभाविक उतारचढाव भएको अवस्थामा नयाँ एवं कम जानकारी भएका लगानीकर्ता धेरै घाटा खाइरहेका हुन्छन् । लहलहैमा लागेर सेयर बजारबाट कमाइन्छ भन्नेहरू धेरै फसेको उदाहरण हेर्न पाइन्छ । यस्तो तरल (भोलाटायल) बजारमा सुक्ष्म अध्ययन नगरी, बजारका प्राविधिक पक्षहरूको जानकारी नराखी कोही कसैले भनेको भरमा लगानी गर्दा लगानी डुब्ने खतरा पनि हुन्छ । त्यसैले पैसा लगानी गर्नुभन्दा पहिले आफूले यस सम्बन्धमा केही कुराहरू जानकारी राख्न सकियो भने बजारबाट कामाउने राम्रो अवसर पनि प्राप्त हुन्छ । बढीभन्दा बढी कमाउने यस्ता केही उपायमध्ये अनलाइन कारोबार एक महत्वपूर्ण, किफायती एवं आधुनिक उपाय हो । के हो सेयरको अनलाइन कारोबार ?लगानीकर्ताले इन्टरनेटको माध्यमबाट कम्प्युटर, ल्यापटर, ट्याबलेट वा मोबाइलबाटै सेयर खरिद वा बिक्री गर्न सक्ने प्रविधिलाई अनलाइन कारोबार भनिन्छ । लगानीकर्तालाई ब्रोकर तथा नेप्सेको प्रणालीमा जोड्ने माध्यमको रूपमा ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) सञ्चालनमा आएको केही समय भएको छ । यस माध्यमबाट लगानीकर्ताले खरिद तथा बिक्री आदेशलाई अनलाइनमार्फत प्रविष्ट गराउन सक्छन् । ब्रोकरहरूले यो माध्यममा लगानीकर्ताको कम्प्युटर, ल्यापटप, ट्याबलेट वा मोबाइल उपलब्ध गराउँछन् । यो प्रयोग गर्न चाहने लगानीकर्ताले अनलाइन युजर र पासवर्डको लागि एक पटक ब्रोकर कार्यालयमा जानु पर्छ ।

सेयर बजारमा बुलिस ट्रेन्ड आएको बेला ब्रोकर अफिसमा लगानीकर्ताको अत्यन्तै भीड हुने गर्दछ । त्यो समयमा ब्रोकरहरूले आफ्नो नजिकका मान्छेबाहेक अरु लगानीकर्ताका अडर पोष्ट गर्नै भ्याउँदैनन् । उनीहरूको प्राथमिकतामा नजिकका नातेदार, साथीभाई, चिनजानका नगानीकर्ताहरू नै पर्दछन् । त्यसैले आम सर्वसाधारण लगानीकर्ताहरूले बुलिस ट्रेन्डको फाइदा उठाउनै पाउँदैनन् । यदि तपार्इंलाई कम्प्युटर र इन्टरनेटको अलिकति रुचि र जानकारी छ भने सेयरको खरिदबिक्री गर्न ब्रोकरकहाँ धाइरहनु पर्दैन । घर वा अफिसमै बसेर, रेष्टुरेन्टमा चिया खाजा खाँदै, साथीभाइसँग गफगाफ गर्दै पनि अनलाइन सेयर किन्न वा बेच्न सकिन्छ । यसरी कारोबार गर्दा बढीभन्दा बढी नाफा पनि हुन्छ भने बजार बुलिस वा व्यरिस ट्रेन्डको फाइदा पनि लिन सकिन्छ ।

फाइदाहरूः
१. समयको बचत हुन्छ । ब्रोकरकोमा धाउने समयमा केही नयाँ सूचना वा जानकारी प्राप्त गर्न त्यो समय प्रयोग गर्न सकिन्छ ।
२. ब्रोकरकहाँ धाउने खर्च वा ब्रोकरलाई बाराम्बार फोन गर्दा हुने खर्च पनि बचत हुन्छ ।
३. आफूले भनेको समयमा, भनेको मूल्यमा ब्रोकरले सेयर कारोबार नगरिदिँदाको मानसिक पीडा, झन्झट र त्यसबाट हुने आर्थिक क्षति पनि व्यहोर्नु पर्दैन ।
४. आफूले रोजेको कम्पनीको सेयर खरिदबिक्री आदेश दिने साँचो आफ्नै हातमा हुन्छ र चाहेको समयमा चाहेको मूल्यमा सेयर खरिदबिक्री गर्न सकिन्छ, कसैलाई अनुरोध गरिराख्नु पर्दैन ।
५. जसरी ब्रोकरहरूले खरिदबिक्री आदेश नेप्से सिस्टममा पोष्ट गर्दछन् त्यसैगरी हामीले पनि अनलाइन लगइनमार्फत आफैँले सेयरखरिद वा बिक्री आदेश नेप्से सिस्टममा पोष्ट गर्न सक्दछौँ ।
६. खरिद वा बिक्री गर्न राखिएको सेयर कारोबार भए नभएको जानकारी टीएमएसमा रियल टाइममा हेर्न सकिन्छ ।
७. विश्वको जुनसुकै ठाँउमा बसेर पनि कारोबार गर्न सकिन्छ । कम्पनीको सेयर मूल्य घट्ने वा बढ्ने आधार भनेको मुख्यतः त्यस कम्पनीको सेयरको माग वा पूर्तिमा निर्भर रहन्छ । बजारमा सेयरको मूल्यमा अस्वाभाविकरूपमा उतारचढा भइरहँदा कुनै कम्पनीको सेयर मूल्य बजार खुलेको समयको मूल्यको १० प्रतिशतसम्म घट्न र १० प्रतिशतले बढ्न सक्दछ । जस्तो कि एक हजार रूपैयाँमा कारोबार खुलेको कुनै कम्पनीको सेयर मूल्य कारोबार अवधिभर करिब नौ सयदेखि करिब ११ सयसम्ममा कारोबार हुन सक्दछ । यसरी एकै दिनको कारोबारमा न्यूनतम मूल्यमा खरिद गरी अधिकतम मूल्यमा बिक्री गर्न सके त्यसबाट अधिकतम प्रत्यक्ष लाभ लिन सकिन्छ । सामान्यतया बजार वियरिस ट्रेण्डमा सेयर खरिद गर्ने होे । खरिद आदेश नेप्से सिस्टममा पोष्ट गर्नुपूर्व टीएमएसमा उपलब्ध मार्केट डेफ्टमा हेरी छानिएको कम्पनीको सेयरको अन्तिम कारोबार मूल्य, क्रेता÷बिक्रेताको संख्या, क्रय मूल्य, बिक्री मूल्य, कारोबार गर्न राखिएको सेयर संख्या आदि हेरेर त्यस सेयरको मूल्य घट्दो अवस्थामा भए केही समयपछिको मूल्य अनुमान गरी न्यून मूल्यमा सेयर किन्न सकिन्छ र मूल्य अझ घट्दै गए पहिल्यै पोष्ट गरिएको खरिद आदेशलाई परिमार्जन गरी पुनः मूल्य सच्याउन पनि सकिन्छ । यस्तो मूल्य परिमार्जन गर्ने सुविधा नेप्से सिस्टममा जति पटक पनि गर्न पाइन्छ तर अन्तिम कारोबार मूल्यको २ प्रतिशतका दरले मात्र मूल्य सच्याउन सकिन्छ । लगानी गर्दा आफूसँग भएको सबै पैसा एउटै कम्पनीको सेयरमा मात्र लगानी गर्नु हँुदैन । धेरैवटा कम्पनीमा बाँडेर लगानी गर्दा एकै पटक सबै कम्पनीको सेयर मूल्य घटेको हँुदैन र अर्को मूल्य बढेको कम्पनीको सेयरले घटेको कम्पनीको मूल्यलाई सपोर्ट गर्नेे हुनाले जोखिम न्यून हुन्छ । त्यसैगरी बजार बुलिस ट्रेण्डमा हुँदा आफूसँग भएको सेयर बिक्री गर्ने हो । बढ्दो बजारमा आफूले बिक्री गर्न चाहेको धितोपत्रको अवस्था टीएमएसको मार्केट डेफ्टमा हेरी छानिएको कम्पनीको सेयरको अन्तिम कारोबार मूल्य, क्रेता÷बिक्रेताको चाप, क्रय मूल्य, बिक्रय मूल्य, कारोबार गर्न राखिएको सेयर संख्यालगायत कम्पनीसँग सम्बन्धित अन्य सूचना÷जानकारी आदि हेरेर त्यस कम्पनीको सेयरको मूल्य घट्दो अवस्थामा भए केही समयपछिको मूल्य अनुमान गरी बिक्री गर्ने सेयर संख्यालाई धेरै भागमा विभाजन गरेर क्रमशः मूल्य बढाउँदै अनलाइनमार्फत आफैँले केही समयपछि बढ्न सक्ने मूल्य राखेर बिक्री आदेश दिन सकिन्छ । मूल्य अझ बढ्ने सम्भवना देखिएमा पहिले पोष्ट गरिएको बिक्री मूल्यलाई परिमार्जन गरी पुनः मूल्य सच्याउन पनि सकिन्छ र कारोबार भएको दिनको अधिकतम मूल्यमा सेयर बिक्री गर्न सकिन्छ ।

तर यही काम ब्रोकरमार्फत गर्दा एक त बजारमा बुलिस वा वियरिस ट्रेण्ड हुँदा ब्रोकर अफिसमा लगानीकर्ताको घुइँचो हुन्छ र ब्रोकरहरूले आफूनजिकका लगानीकर्ताको खरिदबिक्री आदेशलाई मात्र प्राथमिकता दिने हुँदा आम सर्वसाधारण लगानीकर्ताहरूको खरिद वा बिक्री आदेश लिनै भ्याउँदैनन् । लिइहाले भने पनि आदेश दिएको समयमा कुनै कम्पनीको सेयर कारोबार भएको अन्तिम कारोबार मूल्य वा बजार मूल्य जे हो त्यो मूल्यमा उनीहरूले सिस्टममा अडर पोष्ट गर्दछन् । यदि ब्रोकरलाई अन्तिम कारोबार मूल्यभन्दा मूल्य घटाएर वा बढाएर खरिद वा बिक्री आदेश दिइयो भने उक्त आदेश दिइएको मूल्यमा सेयर खरिद वा बिक्री भए नभए पुनः दोहोराएर हेरिरहन वा पहिल्यै पोष्ट गरिएको मूल्यलाई परिमार्जन गरिरहन उनिहरूलाई फुर्सद नै हँुर्दैन किनकी ब्रोकरहरूले धेरै जना क्लाइन्टको सेयर खरिद वा बिक्री आदेश पोष्ट गरिरहेका हुन्छन् । यसरी सर्वसाधारण लगानीकर्ताहरूले कारोबार भएको दिनको न्यूनतम वा अधिकतम मूल्यमा सेयर खरिदबिक्री गर्न सक्ने मौका गुमाइरहेका हुन्छन् । उदाहरणको लागि मानौँ कि कुनै कम्पनीको सेयरको अन्तिम कारोबार मूल्य एक हजार छ र हामीले त्यस कम्पनीको सेयरको विश्लेषण गर्दा लगानी गर्न योग्य लागेको अवस्थामा पाँच सय कित्ता खरिद गर्न चाहन्छौँ । यदि उक्त सेयरको मूल्य घट्दो क्रममा छ भने र ब्रोकरमार्फत खरिद आदेश दिइयोे भने ब्रोकरले कि त अन्तिम कारोबार मूल्य एक हजारमै खरिद आदेश पोष्ट गर्छन् कि त अन्तिम कारोबार मूल्यको २ प्रतिशतसम्म घटाएर अर्डर पोष्ट गर्दछन् जुन मूल्य एक हजार रूपैयाँ प्रतिकित्ता वा नौ सय ८० रूपैयाँ प्रतिकित्तामा कारोबार हुन्छ । यसरी कारोबार हुँदा पाँच सय कित्ताको लगानी रकम पाँच लाख वा चार लाख ९० हजार पर्न जान्छ भने त्यही कारोबार आफैँले अनलाइनमार्फत पाँच सय कित्तालाई एक÷एक सय कित्ता गरी पाँच पटकसम्म २ प्रतिशतका दरले प्रत्येक कारोबारमा मूल्य घटाउँदै खरिद गर्दा जम्मा लागत मूल्य चार लाख ७० हजार तीन सय पर्न जान्छ यसरी एउटै कम्पनीको सेयर लागनीमा करिब २९ हजार सात सय कम लागत पर्न जान्छ । सेयरमा लगानी गर्दा धेरैवटा कारोबार बनाई न्यूनतम मूल्यमा खरिद गर्दै जाने हो भने वियरिस बजारमा कम लागतमा लगानी गर्न सकिन्छ ।

यसैगरी यदि आफूसँग भएको कुनै कम्पनीको सेयर बिक्री गर्नु पर्नेछ । बजार अवस्था हेर्दा त्यस कम्पनीको सेयर मूल्य बढ्दो क्रममा रहेको छ र कम्पनीको सेयरको अन्तिम कारोबार मूल्य एक हजारमा भएको छ । त्यो कम्पनीको सेयर बिक्री गर्न ब्रोकरमार्फत बिक्री आदेश दिइयो भने ब्रोकरले अन्तिम कारोबार मूल्य एक हजार कित्तामै कारोबार गरिदिन्छन् । यसरी बिक्री हुँदा पाँच सय कित्ता सेयरको जम्मा बिक्री मूल्य अधिकतम पाँच लाख हुन्छ । त्यही कारोबार आफैँले अनलाइनमार्फत पाँच सय कित्तालाई एक÷एक सय कित्ता गरी पाँच पटकसम्म दुई प्रतिशतका दरले प्रत्येक कारोबारमा मूल्य बढाउँदै बिक्री गर्दा जम्मा बिक्री मूल्य पाँच लाख ३० हजार आठ सय हुन्छ । यसरी एउटै कम्पनीको सेयर बिक्रीबाट ब्रोकरले भन्दा करिब ३० हजार आठ सय बढी नाफा आर्जन गर्न सकिन्छ । सेयर बिक्री गर्नुपर्दा धेरैवटा कारोबार बनाई अधिकतम मूल्यमा बिक्री गर्दै जाने हो भने बुलिस बजारमा बढीभन्दा बढी नाफा कमाउन सकिन्छ ।
अतः आफ्नो इच्छाअनुसार अनलाइनमार्फत सेयर खरिद वा बिक्री गर्नसक्ने क्षमता आफूसँग भयो भने तेस्रो पक्षलाई गुहार्नुपर्ने झन्झटबाट मुक्ति पनि पाइन्छ । खरिद वा बिक्री गर्न राखिएको सेयर कारोबार भए÷नभएको थाहा पाउन बेलुकीसम्म एसएमएस कुरिराख्नु पनि पर्दैन । कारोबारको जानकारी सिस्टममा रियल टाइममा हेर्न सकिन्छ । कारोबारको सम्पूर्ण इतिहास रेकर्ड भएर रहने हुनाले अवश्यक परेमा जुनसुकै बेला लगइन गरी हेर्न, प्रिन्ट गर्न पनि सकिन्छ । आधुनिक र नवीनतम प्रविधिको प्रयोग गर्दा आफूमा आत्मविश्वास पनि बढ्छ । अरुभन्दा अफूलाई अलि फरक, स्मार्ट लगानीकर्ताको वर्गमा राख्न सकिन्छ । त्यसैले अबको बुलिस बजारमा सेयरको खरिदबिक्री अनलाइनमार्फत आफैँले गरेर अरुले भन्दा बढी नाफा आर्जन गर्न सफल बनौँ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया