Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगएमसीसी कार्यान्वयनको कथा र व्यथा

एमसीसी कार्यान्वयनको कथा र व्यथा


बावुकाजी कार्की
काठमाण्डौँ,फागुन १८

यातायात विकास र विस्तारका लागि पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रौटा, भालुवाङ, लमही शिवखोला ९९ किलोमिटर सडक स्तरोन्नति गरिने योजना छ । सडक स्तरोन्नतिबाट दुई लाख पाँच हजार घरधुरीका नौ लाख २५ हजार जनता लाभन्वित हुने अपेक्षा गरिएको छ । सडक यातायात विस्तारका लागि पाँच करोड डलर र १८ करोड डलर प्रशासनिक व्यवस्थापनमा खर्च गरिने योजना रहेको छ ।नेपालको विकासका लागि एमसीसीको योगदान अर्थपूर्ण भए पनि सम्झौतामा उल्लेख भएका र पूर्वआलोचकहररुले प्रश्न उठाएका विषयवस्तुहरूमा पारदर्शीरूपमा छलफल र बहस गरिनु अन्यथा होइन । एमसीसी अध्ययनका लागि नेकपाले पूर्वप्रधानमन्त्री झलनाथ खनालको अध्यक्षतामा गठित तीन सदस्यीय कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाए पनि अहिलेसम्म खासै बहस र पहल भएको देखिँदैन । आयोजनालाई नेपालको हितमा अधिकाधिक उपयोग गर्ने मनसायले आएका सुझाव र प्रयासलाई सरकारले सकारात्मकरूपमा ग्रहण गर्नु दूरदर्शिता ठहर्छ । परियोजना कार्यान्वयनका लागि नेपालको तर्फबाट पूरा गर्नुपर्ने प्रावधान बेलैमा सम्पन्न गर्न सकेमा मात्र सहयोग प्राप्त हुनेछ । परियोजनाका लागि आवश्यक नीतिनियम, स्पष्ट कार्ययोजना, भारतको सहमतीलगायतका शर्त र प्रावधानलाई समयमा नै तय गर्न चुनौतीपूर्ण भए पनि असम्भव भने छैन । राष्ट्रिय स्वाधिनता, आत्मनिर्णयको अधिकार, नीति निर्माण र कार्यान्वयनमा समानताको हक आदिबाट संविधान र स्वाभिमानमा आँच पुग्ने भनेर उठेका बहस र विवादबारे सरकार र सरोकार पक्ष सचेत हुनैपर्छ । इण्डोप्यासेफिक रणनीति र एमसीसीको सम्बन्धले पार्ने असरबारे पनि उत्तिकै चनाखो रहनुपर्छ । एमसीसीले नेपालको आर्थिक समृद्धिमा पु¥याउने टेवा र चुनौतीबारे अन्य देशको अनुभव तथा विज्ञहरूसँगको छलफलबाट निष्कर्षमा पुग्नु बुद्धिमानी हुन्छ । श्रीलंकामा प्रमुख राजनीतिक दलहरूको सहमति तथा लामो अध्ययन बहस बाट कार्यान्वयनको अन्तिम चरणमा पुगे अवस्थामा त्यहाँको अदालतले एमसीसीको वास्तविकता र देशको हितमा दूरगामी असर कस्तो पर्छ अध्ययन गरी निस्कर्षमा पुगेपछि मात्र स्वीकार्न आदेश दिएको छ । जसअनुसार अहिले चार सदस्ययी विज्ञको टोली गठन गरी अध्ययन भैराखेको छ । हाम्रोमा पनि देश विकासमा यसको योगदानबारे रौंचिरा विश्लेषण गर्न अल्छि मान्नु हुन्न । वर्तमान स्पष्ट बहुमतको सरकारले विशेष चासो दिएर कार्यान्वयनमा तदारुकता देखाएमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तिमा होष्टेमा हैंसे हुनेछ । छिमेकी देश चीनको बीआरआई र अमेरिकाको एमसीसीअन्तर्गतका सहयोगहरूलाई सन्तुलित ढंगले नेपालको समृद्धिमा अधिकाधिक सदुपयोग गर्न आफ्नो कौशल देखाउने अवसर र चुनौतीको रूपमा नेपाल सरकार र राजनीतिक नेतृत्वको परीक्षाको घडी आएको छ ।

तत्कालीन अमेरिकन राष्ट्रपति जर्जडब्लू बुसले सन् २००२ मार्च १४मा अल्प विकसित र विकासोन्मुख दुवैथरी राष्ट्रका विकासका लागि अनुदान प्याकेजको घोषणा गरेका थिए । त्यही प्याकेज नै अहिले मिलेनियम च्यालेन्ज कर्पोरेशन अर्थात् एमसीसी हो । राष्ट्रपति बुसले प्राराम्भमा औसत एक हजार चार सय ३५ युएस डलरभन्दा कम प्रतिव्यक्ति आय भएका मुलुकसँग साझेदारी गर्ने प्रस्ताव गरेता पनि पछि आफ्नो कार्यकालको अन्त्यतिर सन २००८मा तीन हजार देखि ३६ सय अमेरिकी डलरसम्म प्रतिव्यक्ति आय भएका मुलुकसँग पनि साझेदारी गर्न सकिने बनाएका थिए । संयुक्त राज्य अमेरिकाको विदेशी सहायता एजेन्सीको रूपमा समेत परिचित एमसीसीले १७ वटा सूचकांकका आधारमा अनुदान प्रदान गर्छ । जसमा नागरिक स्वतन्त्रता, राजनीतिक अधिकार, उत्तरदायित्व, प्रभावकारिता, कानुनको शासन, भ्रष्टाचार नियन्त्रण, खोप दर, सार्वजनिक स्वास्थ्य क्षेत्रमा लगानी र खर्च, बालिकाको प्राथमिक शिक्षा पूरा दर, प्राथमिक शिक्षामा सार्वजनिक खर्च, प्राकृतिक स्रोत व्यवस्थापन, मुद्रास्फिति दर, व्यापार नीति, भूमि अधिकार, नियामक गुणस्तर, वित्तीय नीति र व्यापारको अवस्थाको आधारमा अनुदानको लागि निष्कर्षमा पुग्छ । यो आयोजना कार्यान्वयनका लागि अमेरिकासँग अहिलेसम्म कुल २७ देशहरूले सम्झौता गरिसकेका छन् । दक्षिण एशियाली देशहरूमा यो सहायता प्राप्त गर्ने नेपाल पहिलो देश हो । यो सहायता प्रदान र प्राप्त गर्न अमेरिकी संसदले अनुमोदन गर्नुपर्ने भएकोले प्राप्त गर्ने देशले पनि आफ्नो संसद्बाट नै पारित गर्नुपर्ने बाध्यकारी व्यवस्था छ । सकारले संसद्बाट अनुमोदन गराउन २०७५ असार ३० मा प्रस्ताव दर्ता गरेको थियो । एमसीसी नेपाल कम्प्याक्टको औपचारिक कार्यान्वयन २०७७ असार १६ गतेबाट हुनुपर्नेछ । यसको कार्यान्वयनका लागि ६ वटा शर्तमध्ये ४ वटा पूरा भैसकेको तर संसदीय अनुमोदन र आयोजना क्षेत्रमा पहुँच मात्र बाँकी रहेको परियोजना कार्यालयले जनाएको छ । सरकार परिवर्तन भैराख्ने विगतको अनुभवले पनि एमसीसीको दिगो व्यवस्थापनका लागि संसद्बाटै पारित गर्नुपर्ने बाध्यता रहेको हुनसक्छ ।

यस अनुदानका लागि सन २०११ ताका नेपाललाई छनौट गर्दा दैनिक १८ घन्टासम्म लोडसेडिङका कारण उद्योग धन्दा धराशायी हुदै गएको, विकासको मेरुदण्डको रूपमा रहेको सडक सन्जालको अवस्था नाजुक रहेकोले लगानी प्राथमिकतामा परेको हो । यी लगानीका क्षेत्र पहिचानसँगै विस्तृत कार्ययोजान समेत तयार गरिसकेको अवस्था छ । सम्झौताअनुसार ४०० केभी क्षमताको तीन सय १२ किलोमिटर लामो विद्युत् प्रशारण लाइन निर्माण गरिनेछ । यसअन्तर्गत भारतीय सीमादेखि बुटवल, दमौली, रातमाटे, हेटौंडा, लप्सफेदी प्रशारण खण्ड निर्माण गरिनेछ । करिब ४० करोड डलर खर्च गरिने यस आयोजनाअन्तर्गत रातमाटे, दमौली र बुटवलमा ४०० केभीका ठूला सवस्टेशनहरू निर्माण हुनेछन् । यस परियोजनाको अन्त्यसम्म नेपालको जनसंख्या करिब तीन करोड १५ लाख पुग्ने आँकलन गरिएको छ । त्यस बखतसम्म ५० लाख ३५ हजार घरधुरीमा बस्ने झण्डै दुई करोड २६ लाख ५९ हजार जनसंख्या लाभान्वित हुने अनुमान गरिएको छ । सन् २०२३ सम्म नेपालको विद्युत् उत्पादन तीन हजार नौ सय ८६ मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ । यसरी देशभित्रको मौजुदा खपत मागभन्दा पनि अधिक उत्पादन हुने विद्युत्को सदुपयोग गर्न र राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा व्यापार व्यवस्थापनको लागि पनि समयमा नै विद्युत् प्रशारणको व्यवस्थापनतर्फ ध्यान दिनु बुद्धिमानि ठहर्छ ।

यातायात विकास र विस्तारका लागि पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रौटा, भालुवाङ, लमही शिवखोला ९९ किलोमिटर सडक स्तरोन्नति गरिने योजना छ । सडक स्तरोन्नतिबाट दुई लाख पाँच हजार घरधुरीका नौ लाख २५ हजार जनता लाभन्वित हुने अपेक्षा गरिएको छ । सडक यातायात विस्तारका लागि पाँच करोड डलर र १८ करोड डलर प्रशासनिक व्यवस्थापनमा खर्च गरिने योजना रहेको छ । लाभग्राही संख्याको दृष्टिकोणले विश्लेषण गर्दा विद्युत् प्रशारण परियोजनाबाट प्रतिदिन दुई डलरभन्दा कम सात प्रतिशतले, दुईदेखि चार डलर सम्म ३१ प्रतिशतले र चार डलरभन्दा बढी ६२ प्रतिशतले लाभ पाउनेछन् । त्यस्तै सडक मर्मत परियोजनाले प्रतिदिन दुई डलरभन्दा कम आठ प्रतिशतले, दुईदेखि चार डलरसम्म ३९ प्रतिशतले र चार ढलरभन्दा बढी ५३ प्रतिशत जनसंख्याले लाभ पाउने कुरा सम्झौतामा उल्लेख छ ।नेपाल सरकारले यस सहायताअन्तर्गत अहिलकोे सटही दरअनुसार करिब ७२ अर्ब रूपैयाँबराबरको कोष सञ्चालन गरी विकास निर्माण गर्ने अवसर पाउनेछ । यस सहयोग कोषमा अमेरिकाको ५० करोड डलर र नेपाल सरकारको १३ करोड डलरसमेत ६३ करोड डलरको कोष स्थापना गरिनेछ ।

यति ठूलो रकम देश विकासमा परिचालन हुने अवसरलाई केही नेताहरूको विरोधका कारण विवादमा परेको छ । उद्योगधन्दाको विकास र विस्तारको लागि अपरिहार्य विद्युत् तथा समग्र देश विकासको मेरुदण्डको रूपमा लिइने यातायात क्षेत्रको सुदृढीकरणका लागि खर्चिने यस आयोजना नेपालको लागि अर्थपूर्ण छ । तथापि सत्तापक्षका नै केही नेताहरूले चर्को विरोध गर्नुको ठोस कारणहरू सर्वसाधारण जनताले बुझ्ने गरी छर्लङ्ग बाहिर ल्याएका छैन्न । यो बहस कतै केही नेताको सत्ता शक्ति प्राप्तिका विरोधको कारण सहिद बन्ने त होइन, आशंका बढेको छ । यसरी नै दुई दशकअघि अरुण जलविद्युत् आयोजनाको अन्धाधुन्द विरोध गरेर अहिले त्यही परियोजना प्राथमिकताका साथ लागू गर्दाको लाचारिता नेताहरूको अदूरदर्शिता र अपरिपक्वता एमसीसीमा पनि नहोला भन्ने विश्वसनीय आधार छैन् । किनकी एमसीसीबारेमा अनेक बखेडा र बहस गरेर नकारात्मक टिप्पणी र आशंका एवं भ्रम फैलाउने कार्यलाई लक्षित गर्दै अमेरिकाले यस सहयोगबाट हात झिक्ने आशय व्यक्त गरिसकेको छ । नेपालको विकासमा सहयोग गर्दै आएका अधिकांश देश तथा अन्तर्राष्ट्रिय राष्ट्रिय गैरसरकारी संघसंस्थाहरूसँग अमेरिकाको प्रत्यक्ष अप्रत्यक्ष हात रहने भएकोले उससँग अनावश्यक सिँगौरी खेल्दाको परिणामले हाम्रो विकासमा गम्भिर असर नपर्ला भन्न सकिन्न ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया