Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमहँगीको मारमा दशैँ

महँगीको मारमा दशैँ


काठमाडौं । चाडपर्वसँगै आपराधिक गतिविधि बढछ् अर्थात् भनौँ अपराध बढ्न सक्छ । अपराध बढ्नुको एउटै कारण हो– अभाव । जहाँ अभाव त्यहाँ तनाव । त्यही अभावले नै विशेषगरी चाडपर्वमा अघि चोरी, डकैती लुटपाटलगायतका घटनाहरु बढ्छन् । नेपालीमा समाजमा सदियौँदेखि व्याप्त रहेकोदशैँसँग जोडिएको एउटा भनाइ छ–दशैँआयो, खाउँला पिउँला । कहाँ पाउला, चोरी ल्याउँला, धत्त पापी म छुट्टै बसौँला । यही भनाइले पनि सदियौँदेखि चाडपर्व नजिकिँदै गर्दा अपराध बढ्ने संकेत गर्छ ।

No description available.

चाडपर्व अघि र चाडपर्वको समयमा विशेषगरी दुई किसिमका अपराध बढी हुने गरेका छन् । चाडपर्व नजिकिँदै गर्दा चोरी, लुटपाट र डकैतीका घटनाहरु बढ्छन् भने चाडपर्वको समयमा कुटपिट, झैँझगडा, हत्या, लागूपदार्थ सेवन, जुवातासलगायतका आपराधिक गतिविधिहरु बढ्ने गरेका छन् । विशेषगरी चाडपर्व नजिकिँदै गर्दा हुने अपराधमा भने आर्थिक अभाव, बढ्दो बेरोजगारी र जसरी भएपनि दशैँ मनाउनैपर्छ भन्ने सामाजिक मान्यताले प्रमुख भूमिका खेलेको छ । अहिले वस्तु तथा सेवाको बढ्दो मूल्यवृद्धिले आम नागरिकको दैनिक जीवन निकै कष्टकर बन्दै गएको छ ।

बढ्दो बेरोजगारी र रोजगारी भएकाहरुले पनि आफ्नो नियमित आम्दानीबाट सहजरुपमा जीवनयापन गर्न नसक्ने देखिएको छ । यसको पुष्टि नेपाल राष्ट्र बैंकको चालू आर्थिक वर्षको पहिलो महिनाको मुलुुकको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनबाट पनि पुष्टि हुन्छ । उक्त प्रतिवेदनलाई आधार मान्दा आर्थिक वर्ष २०७९/०८० को पहिलो महिनामा वार्षिकविन्दुगत उपभोक्ता मुद्रास्फीति आठ दशमलव २६ प्रतिशत देखिन्छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीतिचार दशमलव ३५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथापेय पदार्थ समूहको मुद्रास्फीति सात दशमलव ११ प्रतिशत र गैर–खाद्यतथा सेवा समूहको मुद्रास्फीति नौ दशमलव १८ प्रतिशत रहेको देखिन्छ ।

No description available.

२०७८ साउन महिनाको तुलनामा २०७९ साउन महिनामाखाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल,फलफूल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ रदुग्ध पदार्थ तथा अण्डा उपसमूहको मूल्यवृद्धि क्रमशः१९ दशमलव ५८ प्रतिशत, १८ दशमलव ७९ प्रतिशत, ११ दशमलव ८४ प्रतिशत, १० दशमलव २४प्रतिशत र १० दशमलव १९ प्रतिशत रहेको देखिन्छ । यसैगरी गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात, स्वास्थ्य,फर्निसिङ्ग तथा घरायसी उपकरणहरु, शिक्षा र घरायसी उपयोगका वस्तुहरु उपसमूहको मुद्रास्फीति क्रमशः २३ दशमलव ८८ प्रतिशत, १० दशमलव ५४ प्रतिशत, नौ दशमलव चार प्रतिशत, आठ दशमलव ११ प्रतिशतर सात दशमलव ८६ प्रतिशत रहेको देखिन्छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो एक महिनामा काठमाडौं उपत्यकामा सात दशमलव ३९ प्रतिशत, तराईमा आठ दशमलव ७२ प्रतिशत, पहाडमा आठ दशमलव ६४ प्रतिशत र हिमालमाछ दशमलव ६४ प्रतिशत मुद्रास्फीति अर्थात् मूल्यवृद्धि रहेको छ । २०७८ साउन महिनामा यी क्षेत्रहरुमा क्रमशः तीन दशमलव ७० प्रतिशत, चार दशमलव ११ प्रतिशत,पाँच दशमलव ६३ प्रतिशत र तीन दशमलव ५८ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

अर्थशास्त्रको भाषामा भन्नुपर्दा मुद्रास्फीति भनेको वस्तु तथा सेवाको मूल्य बढ्नु र पैसाको मूल्य घट्नु अर्थात् महँगी बढ्नु हो । नेपाल राष्ट्र बैंकको यिनै तथ्यांकहरुबाट पनि पुष्टि हुन्छ– महँगी र यसको मारले आमनागरिकको दैनिक जीवन अर्थात् भात भान्छामा परेको प्रभावको बारेमा । विशेषगरी अपराधअन्तर्गत चोरी, डकैती, हत्या र लुटपाटका घटनाहरुको अप्रत्यक्ष कारण भनेको बढ्दो मूल्यवृद्धि र आमनागरिकको कष्टकर जीवनले हो । यसले ठूला–ठूला आर्थिक अपराध नबढाएपनि चोरी, लुटपाट, डकैतीजस्ता अपराधहरु बढाउने गरेको छ, जुन चाडपर्व अर्थात् त्यसमा पनि दशैँ तिहारको समयमा अझ बढी हुने गरेको छ ।

अपराधअन्तर्गत चोरी, लुटपाट तथा डकैतीसम्बन्धी नेपाल प्रहरीको पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२–०७३ सालमा १५ सय ७८ वटा चोरी तथा लुटपाटका घटनाहरु भएका थिए भने उक्त आवमा आठ हजार छ सय ६८ वटा सामाजिक तथा आर्थिक अपराधहरु भएका थिए । आव २०७३–०७४ मा भने चोरी तथा लुटपाटका घटनाहरु बढेर १६ सय २७ पुगेको थियो भने सामाजिक तथा आर्थिक अपराधको घटना बढेर १० हजार दुई सय ५६ वटा पुगेको थियो । आव २०७४–०७५ मा चोरी तथा लुटपाटका १६ सय २८ वटा घटनाहरु भएका थिए भने सामाजिक तथा आर्थिक अपराधअन्तर्गत १४ हजार चार सय ५० वटा घटनाहरु भएका थिए । यसैगरी आव २०७५–०७६ मा भने चोरी तथा लुटपाटसम्बन्धी २८ सय ७३ वटा घटनाहरु भएका थिए भने सामाजिक तथा आर्थिक अपराधका १९ हजार नौ सय ८९ वटा घटनाहरु भएका थिए ।

आव २०७६–०७७ मा चोरी तथा लुटपाटसम्बन्धी घटनामा अघिल्लो वर्षको तुलनामा केही कमी आएको थियो । उक्त वर्ष २४ सय ५९ वटा चोरी तथा लुटपाटसम्बन्धी घटना भएका थिए भने आर्थिक अपराधअन्तर्गत १९ हजार चार सय ८१ वटा घटनाहरु भएका थिए । नेपाल प्रहरीका अनुसार आव २०७७–०७८ मा ज्यानसम्बन्धी, आत्महत्या, चोरी, संगठित आर्थिक अपराध, सामाजिक अपराध, महिला बालबालिकाविरुद्ध, सवारीसम्बन्धी र विविध गरी १५ हजार नौ सय ३७ वटा अपराधजन्य घटनाहरु भएका थिए । आव २०७८–०७९ मा यी सबै किसिमका गरी १८ हजार छ सय ८० वटा अपराधजन्य घटनाहरु भएका छन् । यस अर्थमा आव २०७७–०७८ को तुलनामा आव २०७८–०७९ मा १७ दशमलव २१ प्रतिशतले अपराध बढेको छ । तर अपराध भएको समय र मिति हेर्दा चोरी तथा लुटपाटजन्य अपराध धेरैजसो चाडपर्वको समयमा भएका छन् ।

यिनै तथ्यांकहरुलाई आधार मान्दा पनि चाडपर्वको समयमा अपराधको ग्राफ बढ्ने गरेको देखिन्छ । यो ग्राफलाई कम गर्नको लागि विशेषगरी काठमाडौं उपत्यकाअन्तर्गतका तीनवटा जिल्लाका प्रहरी प्रमुखको भूमिका निकै महत्वपूर्ण छ । सबैको सपनाको सहर काठमाडौं भएकाले पनि यस क्षेत्रमा जनघनत्व उच्च छ । घट्दो रोजगारी र बढ्दो जनघनत्वले पनि यस क्षेत्रमा आपराधिक क्रियाकलाप बढी हुने गरेको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया