Techie IT
×
गृहपृष्ठविचारवन्यजन्तुजन्य रोग : जनस्वास्थ्यका लागि चुनौती

वन्यजन्तुजन्य रोग : जनस्वास्थ्यका लागि चुनौती


काठमाडौं । वैश्विक स्तरमा एड्स, इबोला, जीका, कोभिड–१९ जस्ता रोगहरूले प्रतिवर्ष करिब ३३ लाख मानिसको ज्यान लिने गर्दछ । यी ती रोगहरू हुन् जुन वन्यजन्तुबाट मानिसमा फैलिन्छ । यसो हेर्ने हो भने यी रोगहरू फैलिनुमा केही हदसम्म हामी मानिस नै जिम्मेवार छौँ । जुन यी जीवहरूको प्राकृतिक आवासहरू नष्ट गरेर तिनलाई मानव समुदायमा फैलिनका लागि विवश पारेको छ । यसबारे हालैमा गरिएको एउटा अनुसन्धानबाट थाहा हुन्छ कि यी जुनोटिक रोगहरूलाई रोक्ने लागत तिनलाई नियन्त्रित गर्नुको तुलनामा धेरै कम छ । वैश्विकस्तरमा फैलिने जुनेटिक रोगहरू बढ्दो मानवीय लोभ एवं महत्वाकांक्षाको परिणाम मान्न सकिन्छ । यस्तोमा यो महत्वपूर्ण छ कि यी रोगहरूलाई फैलिनभन्दा पहिले नै रोकिदिऊँ हेर्ने हो भने बचाउ नै कुनै पनि रोगको सर्वोत्तम औषधि मानिन्छ ।

आफ्नो अनुसन्धनमा वैज्ञानिकहरूले यस शताब्दीमा मानव समुदायमा प्रलय मच्चाइसकेको सबै प्रमुख जुनेटिक रोगहरूको लेखाजोखा तयार पारेका छन् । अनुमान छ कि यी रोगहरूले पछिल्लो एक सय वर्षहरूमा करिब सात करोड मानिहरूको ज्यान लिइसकेको छ । यसमा स्पैनिस फ्लू, इन्फ्लुएन्जाजस्ता रोग प्रमुख छन् । यस रोगका कारणले इसं १९१८ मा पाँच करोडभन्दा बढी मानिसहरूको ज्यान गएको थियो । यसैगरी एच २ एन २ इन्फ्लुएन्जाबाट ११ लाख, लासा ज्वरोबाट २ दशमलव ५ लाख, एड्सबाट १ दशमलव ०७ करोड, एच १ एन १ बाट २ दशमलव ८ लाख एवं कोभिड–१९ बाट ४० लाखभन्दा बढी मानिसहरूको ज्यान गइसकेको छ ।

जुनोटिक रोग के हो एवं मानिसलाई किन आफ्नो निशाना बनाउँछ ?
जनावरहरू एवं पन्छीहरूबाट मानिसमा फैलिने रोगहरूलाई वैज्ञानिकरूपले जुनोसिस वा जुनोटिक रोग भनिन्छ । सामान्यतया यी रोगहरू त्यतिबेला फैलिन्छन् जब कुनै भाइरस आफ्नो पाहुना आश्रयदाताबाट बेग्लै एउटा नयाँ आश्रयदाता खोज्न सक्षम हुने गर्दछ । उदाहरणका लागि यदि कुनै जनावर कुनै खास भाइरसबाट ग्रस्त छ र त्यो केही गरी मानिस वा अन्य जनावरहरूको सम्पर्कमा आउँदछ भने त्यसले उसलाई पनि संक्रमित गराउँछ । यसरी यो रोग पूरै समुदायमा फैलिन सुरु गर्छ ।

यसप्रकारको प्रसार त्यतिबेला बढी हुने गर्दछ जब भाइरस मानिसजस्तो आश्रयदाताको सम्पर्कमा आउँदछ वा फेरि त्यसमा उत्परिवर्तन हुन थाल्दछ । मानिस र जनावरहरूका बीच भौतिक नजदिकी यस भाइससलाई मानव समुदायमा फैलिनका लागि आदर्श परिस्थितिहरू बनाउँछ ।

वैज्ञानिकहरूको कुरा मान्ने हो भने जसरी मानव एवं प्रकृतिका बीचको सन्तुलन बिग्रिराखेको छ र ऊ आफ्नो बढ्ता लालसाको पूर्तिका लागि प्रकृतिमाथि हावी हुँदै गइराखेको छ । उसले यसखाले रोगहरूको जोखिम बढाउँदो छ । कृषि एवं सहरीकरण एवं भौतिक पूर्वाधार विकासका लागि तीव्ररूपमा जंगलहरूमा भएका रुखहरू काटिँदै छन् ।

यदि पछिल्लो एक सय वर्षहरूसँग जोडिएको तथ्यांकहरू हेरियो भने औसत प्रतिवर्ष दुई भाइरस आफ्नो प्राकृतिक वातावरणबाट निस्केर मान वसमुदायमा फैलिएका छन् तर प्रकृतिको विनाशको बढ्दो दरले फैलिने खतरालाई पनि बढाउँदो छ ।

शोधकर्ताहरूका अनुसार पछिल्लो ५० वर्षहरूको तथ्यांकलाई हेर्दा चार प्रमुख जुनोटिक रोगहरूले मानवीय समुदायहरूलाई ठूलो मात्रामा प्रभावित गरिराखेका छन् । यी रोगहरू कोभिड–१९, इबोला, सार्स एवं एड्स हुन् । यीनमध्ये मानिसमा फैलिएका हुन् । यदि चमेरोको कुरा गर्ने हो भने त तिनमा कोरोना, सार्स एवं इबोलाजस्ता अनेक भाइरस हुन्छन् । सामान्यतया अँध्यारोमा जंगलमा विचरण गर्ने यी चमेराहरू महामारी फैलाउँदैन् । तर जसरी यिनको आवासस्थल नष्ट एवं प्रभावित गरिएको छ जसले गर्दा भाइरस मानवीय समुदायमा फैलँदो छ ।

प्रकृतिसँग बिग्रँदो सम्बन्ध सुधार्नुपर्नेछ
शोधकर्ताहरूका अनुसार मानव समुदायहरूले प्रकृतिसँग आफ्नो बिग्रँदो सम्बन्धहरूई सुधार्नुपर्नेछ । यसको सुरुवात ती उष्णकटिबन्धीय वनहरूको विनाशलाई रोकेर गर्न सकिनेछ जहाँ मानिसले खेती वा अन्य उद्देश्यका लागि २५ प्रतिशतभन्दा बढी रुखहरू काटेका छन् । साथै अन्तर्राष्ट्रिय स्तरमा जसरी वन्यजन्तुहरूको तस्करी एवं सिकार हुँदै छ त्यसलाई रोक्नु आवश्यक छ । यिनमा जंगली मासुको व्यापार रोक्नुपर्नेछ, साथै दुनियाँभरमा जंगली एवं पाल्तु जनावरहरूमा फैलिने रोगहरूको निगरानी एवं नियन्त्रणको कार्यक्रमहरूमा सुधारका लागि विनियोजन खर्च बढाउनुपर्ने हुन्छ ।

विश्वका २१ जानेमोन प्रतिष्ठानहरूसँग आबद्ध वैज्ञानिकहरू, महामारी विशेषज्ञ, अर्थशास्त्री, परिस्थितिकिविद्हरू एवं संरक्षण जीवविज्ञानीहरूद्वारा गरिएको यस अध्ययनका अनुसार कोभिड–१९ का कारण जनु जीवन क्षति भएको छ त्यससँग जोडिएको वार्षिक हानीको मात्र ५ प्रतिशत हिस्सा भविष्यमा यी जुनोटिक महामारीहरूको जोखिमलाई आधा कम गर्नेछ । यसभन्दा पहिले साइन्स जर्नलमा प्रकाशित एक अन्य अनुसन्धानमा यो मनिएको थियो कि कोभिड–१९ बाट भएको क्षतिको मात्र २ प्रतिशत भाग भविष्यमा महामारीहरूबाट सुरक्षित राख्न सक्दछ ।

अनुसन्धानअनुसार आउँदो १० वर्षहरूमा वन्यजन्तु एवं जंगलहरूको रक्षाका लागि गरिएको १९ दशमलव ९ लाख करोड रुपैयाँको निवेश भविष्यमा कोरोना भाइरसजस्ता महामारीबाट बचाउन सक्नेछ । पर्यावरण संरक्षण एवं रोगको प्रारम्भिक चरणमा नै निगरानीबाट यो हासिल गर्न सकिन्छ । जर्नल साइन्स एड्भाइसेसमा प्रकाशित अनुसन्धानमा अनुमान गरिएको छ कि यस निवेशको मदतले हरसाल यी जुनोटिक रोगहरूबाट हुने १६ लाख मृत्युलाई टार्न सकिनेछ साथै वार्षिक ७४६ दशमलव ६ लाख करोड रुपैयाँको क्षति टार्न सकिन्छ ।

यस अनुसन्धानमा शोधकर्ताहरूले जुन तीन प्रमुख कुराहरूमा ध्यान दिनुपर्ने भनेका छन् । तिनमा जंगलहरूको विनाशलाई रोक्ने, वन्यजन्तुको सिकार एवं व्यापारलाई उचित तरिकाले नियन्त्रण गर्ने, एवं वन्यजन्तुमा भाइरसको वैश्विक निगरानी सम्मिलित छन् । यसबाट न केवल महामारीहरूको जोखिम कम गर्न सकिनेछ साथसाथै जलवायु परिवर्तनलाई निपटिन तथा जैव विविधतामा हुने नोक्सान रोक्न पनि मदत पुग्नेछ । यसका साथै शोधमा पशुचिकित्सकहरू एवं वन्यजन्तु रोग जीवविज्ञानीहरूलाई प्रशिक्षित पनि गर्नुपर्ने हुन्छ । साथै यी भाइरस निजोनिकसलाई एउटा ग्लोबल डाटावेस निर्माणमा जोड दिइएको छ । जसले गर्दा नयाँ उद्भव हुने रोगजनकहरूको स्रोतको उपयोग तिनको प्रसार सुस्त गराउन वा रोक्नलाई गर्न सकियोस् । महामारीहरूले अब विकराल रूप लिँदै छन् ती पहिलेको भन्दा कतै बढी पनि हुँदै छन् एवं बढी एवं बढी महाद्वीपलाई आफ्नो चंगुलमा लिँदै छन् । यस्तोमा यिनको रोकथाम यिनको उपचारभन्दा कही सस्तो हुनेछ ।

र अन्त्यमा यदि वन्यजन्तुहरको दोहन तथा परिस्थितिकी तन्त्रमा समन्वय गरिएन भने आउने वर्षहरूमा पशुहरूबाट मानिसहरूमा हुने रोगहरू यसैगरी निन्तर सामुन्ने आउँदै गर्नेछन । वैश्विक महामारीले मानवजीवन एवं अर्थव्यवस्था दुवैलाई नष्ट गर्दै छन् । जस्तो कि हामीले पछिल्लो केही पात्रो वर्षदेखि कोभिड–१९ महामारीको बेला भोग्दै छौँ । यसको सबैभन्दा बढी असर निर्धन एवं निर्बल समुदायहरूमा हुने गर्दछ त्यसैले हामीले भविष्यमा महामारीहरूलाई रोक्नका लागि आफ्नो प्राकृतिक पर्यावरणको रक्षाका लागि विचार गर्नुपर्ने अत्यन्त आवश्यकता छ आज नै । मानवीय सभ्यतालाई कोभिड–१९ महामारीको जालोमा फसेको बेला आज हैन भोलि भन्ने छुटचाहिँ छैन भन्दा हुन्छ ।


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया