Techie IT
×
गृहपृष्ठविचारजलवायु परिवर्तनका प्रभाव अनि समाधान

जलवायु परिवर्तनका प्रभाव अनि समाधान


काठमाडौं । ग्लोबल वार्मिङ्ग जीवांश इन्धनको दोहन र प्राकृतिक संसाधनहरूको अत्यधिक कारण यो जलवायु परिवर्तनको गम्भीर समस्या उत्पन्न भएको छ । यदि जलवायु परिवर्तनलाई समय रहँदै रोक्न सकिएन भने लाखौँ मानिस भोकमरी जलसंकट बाढीजस्ता विपदहरूको सिकार हुनेछन् । यो संकटले पूरा विश्वलाई प्रभावित गर्नेछ । यद्यपि जलवायु परिवर्तनको सबैभन्दा बढी असर गरिब देशहरूलाई पर्नेछ । जो जलवायु परिवर्तनका लागि सबैभन्दा कम जिम्मेवार छन् । पिछडिएका र कम विकाशित देशहरूमा जलवायु परिवर्तनबाट उत्पन्न समस्याहरूको खत्रा बढी हुनेछ ।

जलवायु परिवर्तनले आर्कटिक क्षेत्र, अफ्रिका र साना द्विपहरूलाई बढी प्रभावित गरिराखेको छ । उत्तरी धु्रव आर्कटिक शेष दुनियाँको तुलनामा दुगुन्ना दरले तातो हुँदै छ । वैज्ञानिकहरूका अनुसार आगामी केही वर्षहरूमा ग्रीष्म ऋतुको बेला उत्तरी धु्रवको हिँउ पग्लिनेछ ।

पछिल्लो एक वर्षमा अन्टार्कटिकाको तापमानमा दुई गुना वृद्धि भएको छ । यसका कारण अन्टार्कटिकाको बर्फिलो क्षेत्रमा पनि कमी आएको छ । यसप्रकार त्यहाँको परिस्थितिका हुने परिवर्तनका कारण त्यहाँ उपस्थित सबै खाले जीव पनि प्रभावित भएका छन् । यदि तापमानमा वृद्धि यसरी नै भइरह्यो भने यस सदिको अन्तसम्म एल्प्स पर्वत श्रृङ्खलाका लगभग ८० प्रतिशत हिमनदी पग्लेर जानेछन् । हाम्रो लागि यो चिन्ताको विषय छ कि हिमालय क्षेत्रका हिमनदी विश्वका अन्य क्षेत्रहरूका हिमनदीभन्दा बढी तेजिले पग्लिँदै छन् ।

धर्तीको तापमानमा वृद्धिका कारण हिम नदी र धु्रवीय प्रदेशहरूको हिउँ पग्लिने क्रम बढ्दै छ जसको परिणामस्वरूप महासागरहरूको जलस्तर औसत २७ सेन्टिमिटरमाथि उठिसकेको छ । जलवायु वैज्ञानिकहरूका अनुसार यदि वायुमण्डलमा ग्रीन हाउस ग्यासहरूको जमावको सिलसिला जारी रह्यो भने धर्तीको तापमानमा वृद्धि हुँदै रहनेछ जसको परिणाम स्वरूप हिम नदी र धु्रवीय क्षेत्रहरूो हिँउ पग्लिने रफतार बढ्नाले सागर तटीय इलाकाहरू डुब्ने जोखिम बढ्नेछ र महासागरहरूको बढ्दो जलस्त मालद्वीपजस्ता हजारौँ द्विपहरूलाई डुवाउने छ । यसबाहेक कार्बनडाइअक्साइडको बढ्दो मात्राका कारण महासागरीय परिस्थितिको तन्त्र पनि प्रभावित भएका छन् ।

आज महासागरीय पानीमा अम्लीयत्ताको मात्रा बढ्दो छ । जसका कारण महानसगरमा बसोबास गर्ने जीवहरूमा प्रतिकूल प्रभाव परिराखेको छ । यसबाहेक महासागरहरूको कार्बन डाइअक्साइड सोस्ने क्षमता पनि दिनदिनै कमी भइराखेको छ । प्रदूषणका कारण परिस्थिति तन्त्रलाई धेरै नोक्सानी हुन्छ यस कारणले पृथ्वीमा व्यापक उथलपुथल हुन सक्तछ । भविष्यमा यदि तापमानमा वृद्धि धेरै तेजिले हुन लाग्यो भने यसको परिणाम धेरै भयानक हुन सक्तछ । तापमानमा मात्र १–२ डिग्री सेलसियसको अन्तरको कारण पनि धर्तीको अनेक भागहरूमा कृषिमा व्यापक परिवर्तन हुन सक्तछ । चरणका लागि उपलब्ध क्षेत्रहरूमा परिवर्तन हुनुका साथै पानीको उपलब्धतामा पनि यसको प्रभाव पर्नेछ तथा यसको परिणाम स्वरूप ठूलो संख्यामा मानिसहरू पलायन हुनेछन् । हाम्रो आफ्नो परिवेशमा पूर्वी पहाडका तापलेजुङ्ग, पाँचथरतिर यसतो संकेत देखिन थालेको छ ।

जलवायु जनीत खडेरी र बाढीका कारण ठुलो मात्रामा पलायन हुँदा सामाजिक सन्तुलन बिग्रनेछ । यसको परिणामस्वरूप अस्थिरता र हिंसाबाट राष्ट्रिय अन्तर्राष्ट्रिय असुरक्षा पैदा हुनेछ । जलवायु परिवर्तका कारण उत्पन्न खाद्यान्न तथा पानीको कमीले विश्वव्यापी अशान्ति फैलिनेछ जसको चपेटमा नेपाल, भारत, पाकिस्तान, बंग्लादेश, चीन पनि पर्नेछ । जलवायु परिवर्तन खाद्य सुरक्षाका लागि खत्रा नामक एक प्रतिवेदन आउँदो दशकहरूमा जलवायु परिवर्तनले धेरै समुदायहरूको आपसी तालमेललाई प्रभावित पार्नेछ ।

जलवायु परिवर्तनको प्रभाव विश्वका समस्त क्षेत्रहरूमा देखा पर्नेछ । नेपाल पनि जलवायु परिवर्तनको दुष्परिमाणबाट बच्ने छैन । पृथ्वीको बढ्दो तापमानका कारण नेपाललाई पनि अनेक समस्याहरूको सामना गर्नुपर्नेछ । यस्तो अनुमान गरिन्छ कि यस शताब्दीको अन्तसम्म नेपालमा औसत तापमानमा ४ डिग्री सेल्सीयसले वृद्धि हुनेछ । हालको दशकहरूमा ग्रीन हाउस प्रभावका कारण अनेकौँ क्षेत्रहरूमा औसत तापमानमा बढोत्तरी भएको पाइएको छ । वैज्ञानिकहरूको भविष्यवाणीअनुसार वर्ष २०२० सम्म पूरै दुनियाँको तापमान पछिल्लो एक सय वर्षहरूको तुलनामा सर्वाधिक हुने । इन्टरगवर्नमेन्टल पैनल औनकलाइमेट चन्जले वर्ष १९९५ मा भविष्यवाणी गरेको थियो कि यदि अहिलेकै प्रवृत्ति जारी रह्यो भने २१औँ सताब्दीमा तापमान मा ३.५ देखि १० डिग्री सेल्सीयससम्म वृद्धि हुनेछ । जलवायु परिवर्तनका अनेक परिणाम हुनेछन् जसमध्ये ज्यादाजसो हानीकारक हुनेछन् ।

जलवायु परिवर्तनको परिणामस्वरूप दुनियाँमा मनसुनी क्षेत्रहरूमा वर्षामा वृद्धि हुनेछ जसले गर्दा बाढी भू–स्वखल भू–अपरदनजस्ता समस्या उत्पन्न हुनेछन् । जलको गुणवत्तामा गिरावट आउनेछ । ताजा जल आपूर्तिमा गम्भीर प्रभाव पर्नेछ । खडेरी र बाढीको बेला पिउने र लुगा धुनेको लागि स्वच्छ पानीको उपलब्धता कम हुनेछ । दुवै स्थितिमा कृषि उत्पादनकतामा विपरीत प्रभाव पर्नेछ । पानी प्रदूषित हुनेछ जल निकास व्यवस्थामा हानी पुग्नेछ ।

जलवायु परिवर्तनको प्रभाव मानवीय स्वास्थ्यमा पनि पर्नेछ । विश्व स्वास्थ्य संगठनको रिपोर्टअनुसार जलवायुमा उष्णताको कारण स्वास र मुटुसम्बन्धी बिरामीहरूमा वृद्धि हुनेछ । दुनियाका विकाशील देशहरूमा झाडापखाला, आउँ, हैजा, क्षयरोग, पितज्वरो तथा मौसमी ज्वरोजस्ता संक्रामक रोगहरूको बारम्बारतामा वृद्धि हुनेछ । किनकि रोग फैलाउने रोगबाहकहरूको गुणन एवं विस्तारमा तावमान र वर्षाको महत्वपूर्ण भूमिका हुन्छ । अतः दक्षिण अमेरिका तथा दक्षिणपूर्व एसियामा लामखुट्टेहरूबाट फैलिने रोगहरू मलेरीया, डेंगु, पहेलो ज्वारो, जापानीज इनसेफालाइटिसको पनि प्रकोप बढ्नेछ । लामखुट्टे जनीत रोगहरूको बिस्तार अमेरिका तथा युरोपको देशहरूमा पनि हुनेछ । हाम्रो आफ्नो परिवेशमा पनि हिमाली क्षेत्र उच्च पहाडी क्षेत्रमध्ये पहाडी क्षेत्रका सोलुखुम्बु, दार्चुला, धादिङ्ग, काठमाडौंमा जापानीज इन्सेफालाइटिस डेङ्गु देखिनाले पुष्टि गर्छ । जलवायु परिवर्तनको फलस्वरूप न सिर्फ रोगाणूहरूमा वृद्धि हुने छ । यीनका नयाँ प्रजातिको पनि उत्पति हुनेछ जसको परिणाम स्वरूप बालिनालिको उत्पादकतामा विपरीत प्रभाव पर्नेछ । बालीनालीका कीरा फट्याङ्ग्रा र रोगाणुहरूबाट सुरक्षा निम्त्याउने किटनाशकहरूको उपयोगदर बढ्नेछ जसबाट वातावरण प्रदूषित हुनेछ साथै स्वास्थ्यमा पनि विपरीत प्रभाव पर्नेछ । मानवीय स्वास्थ्यमा जलवायु परिवर्तनका प्रभावका कारण एउटा शरणर्थी भनिनेछन् ।

यसप्रकार यो भन्न सकिन्छ कि जलवायु परिवर्तन एक गम्भीर वैश्विक समस्या हो । जसको परिणाम स्वरूप सम्पूर्ण विश्वमा ठूलो परिणाममा उथलपुथल हुनेछ । जलवायु परिवर्तनका कारण दुनियाँमा द्विपहरूको अस्तित्व समाप्त हुनेछ । जलवायु परिवर्तनको मानव स्वास्थ्यमा प्रतिकूल असर पर्नेछ । प्राकृतिक प्रकोप खडेरी, बाढी, समुद्री आँधी, अलनिनोका बारम्बारतामा वृद्धि हुनेछ । हालै हाम्रो आफ्नो परिवेशमा विगत महिनामा बारा जिल्लामा आएको टुन्डरी आँधीले पुष्टि गर्दछ ।

जलवायु परिवर्तनको फलस्वरूप बालिनालिको उत्पादकता वृद्धिको लागि कटिनाशकहरू झार्यातनाशकहरू र रासायनिक मलमाथि निर्भरता बढ्नेछ जसले न केवल पर्यावरण प्रदूषित हुनेछ बरु नेपालजस्तो विकाशील देशमा किसानहरूको आर्थिक दशामा गिरावट हुनेछ । वैश्विक जलवायु परिवर्तनको दुष्प्रभावहरूलाई हेर्दा समयको सबैभन्दा ठूलो आवश्यकता यो छ कि हरितगृह प्रभावका लागि उत्तरदायी ग्यासहरूको उत्सर्जनमा रोक लगाउन पर्नेछ जसले गर्दा वैश्विक तापवृद्धिमा प्रभावकारी नियन्त्रण हुन सकोस् तथा विश्वलाई जलवायु परिवर्तनका सम्भावित जोखिमबाट बचाउन सकियोस् ।

आज बढ्दो मानवीय गतिविधिहरू तथा आवश्यकताहरू पूर्ति, प्राकृतिक संसाधनहरूको अन्धाधुन्द प्रयोग यी समस्याहरूको मूल जरो मानिन्छ । यिनको उपयोग समुचित तथा सन्तुलित मात्रामा गरिनु आवश्यक छ । अन्यथा भविष्य हुनसक्ने नोक्सानीलाई टार्न सकिन्न । जस्तो हामी जान्दछौँ कि कुनै ठाउँको जलवायु स्थिरता त्यहाँको कृषि आम्दानी, रोजगार, जल–जीवन समाज एवं संस्कृतिलाई प्रोत्साहित गर्दै स्थायित्व प्रदान गर्दछ । यसैले हामी सबैले एक जिम्मेवार नागरिकको रूपमा पर्यावरण परितन्त्रलाई स्वच्छ एवं स्थायी बनाइराख्नमा आफ्नो भूमिका निभाउनको साथ साथै पर्यावरण जागरुकतालाई जनसमुदायसम्म पु-याउनुपर्छ । नत्र यो आगोले कसैलाई छाड्ने छैन । 


क्याटेगोरी : विचार

तपाईको प्रतिक्रिया