Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमानवीय स्वास्थ्यमा एन्टीबायोटिकको असर

मानवीय स्वास्थ्यमा एन्टीबायोटिकको असर


काठमाडौं । एन्टीबायोटिक औषधिहरूको उपयोग मानिस एवं पशुमा जीवाणु संक्रमणको उपचारमा गर्ने गरिन्छ । यी औषधिहरूले किटाणुहरू जीवाणुहरूद्वारा हुने संक्रमणमा जादुमयरूपमा कार्य गर्दछ र जीवाणुहरूलाई नष्ट गर्दछ । तर, जीवन रक्षक हुँदाहुँदै पनि यी औषधिहरू जीवाणुहरूको एक–अर्काे हानिकारक पाटो सामुन्ने आएको छ । एन्टीबायोटिकको अत्यधिक र अनुचित प्रयोग मानिस तथा पशु दुवैलाई एउटा ठूलो खतरा बन्न पुगेको छ ।

एन्टीवायोटिक औषधिहरूको दुरूपयोगको कारण धेरैजसो जीवाणु यी औषधिहरूप्रति प्रतिरोध गर्न सक्षम भएका छन् जसका कारण यिनमा यी औषधिहरूको प्रभाव समाप्त वा कम हुने गर्दछ । यस कारण कैयौँ पटक संक्रमण उपचार निष्प्रभावी हुन्छ । यस्ता प्रतिरोधी क्षमता भएका जीवाणु वातावरणमा फैलिएर पशु तथा मानिसमा ज्यान लिने संक्रामक रोगको कारण बनिरहेका छन् । यो समस्याले आज संसारमा एउटा गम्भीर रूप लिएको छ ।

संयुक्त राज्य अमेरिकाजस्तो विकसित मुलुकमा रहेक वर्ष कम्तीमा २० लाख मानिस एन्टीबायोटिक प्रतिरोध जीवाणुहरूबाट संक्रमित हुने गर्दछन् । तीमध्ये २३ हजारभन्दा बढीको ज्यान नै जान्छ । विकासशील देशहरूमा त स्थिति योभन्दा भयावह नहोला भन्न के सकिन्छ र ?

पशुपालनामा एन्टीबायोटिकको उपयोग :
एन्टीबायोटिक औषधिहरूको उपयोग मुख्य रूपमा संक्रमित बिरामी पशुहरूको उपचारको लागि गरिन्छ । यस्तो परिस्थितिमा सामान्यता यी औषधिहरूको उपयोग अन्य कारकहरू जस्तैः रोगको बचाउमा रोगहरूको नियन्त्रण अथवा पशु पालनमा पशुहरूको शारीरिक विकास बढाउन लागि गरिन्छ । त्यो बेला यी औषधिहरूको मात्रा कम दिइने गरिन्छ । मानिसहरू तथा पशुहरूमा जीवाणु संक्रमणको उपचार तथा रोकथामको लागि विभिन्न प्रकारको एन्टीबायोटिक औषधिहरूको उपयोग संसारभरि ठूलो मात्रामा गर्ने गरिन्छ । बिटा लौकटम एन्टीबायोटिकस, पेनीसिलिन अमोकिसलिन, एम्पिसिलिन, सिप्लोस्पेरिन, जैन्टामायसीन, नियोमायसीन, स्टे«ष्टोमायसीन, टेट्रासाइकिलन, सिपरोक्लोकसासीन, किलन्डामायसीन, एरिथ्रोमायसीन, टिल्मीकोसीन, टाइलोसीन, फलेवोमायसीन, मानेन्सीनजस्ता एन्टीबायोटिक औषधिको प्रयोग हुने गर्दछ । यीमध्ये प्रायजसोको उपयोग मानिस तथा पशु दुवैमा हुने गर्दछ । केही औषधिको प्रयोग केवल मानिसमा मात्र गरिन्छ, किनकि यीनको प्रयोग पशुमा अनुचित मानिन्छ । र केही धेरै महंगो हुने गर्दछन् ।

केही औषधिहरू केवल पशुहरूको रोगको रोगथाम तथा तिनीहरूको शारीरिक विकास बढाउनका लागि गरिन्छ । सही औषधिको छनोट त्यसको खुराकको मात्रा तथा दिने विधि यस कुरामा निर्भर गर्दछ कि, औषधि के कारण या कुन रोगको लागि दिइँदै छ ।

पशु चिकित्सकहरूले उपचार गर्ने बेलामा जस्तो संक्रमणको कारण किटाणुको प्रकार एवं विशेषताहरू प्रयोग गरेको औषधिको जीवाणुमारक क्षमता औषधि प्रयोय गराउने विधिको सुगमता, पशुको औषधिप्रति सहनशक्ति, औषधिको दुष्प्रभाव आदि । यी औषधिहरू दानापानी अथवा इन्जेक्सनद्वारा चिकित्सकीय सल्लाहअनुसार दिइन्छ । तर, यी औषधिहरूको दुरूप्रयोगको धेरै दुष्परिमाण हुन सक्दछ ।

बढ्दो जनसंख्याको कारण पशुजनित खाद्यपदार्थको माग लगातार बढ्दो छ । धेरै उत्पादनका लागि पशुहरूमा रोगहरूबाट बचाउ एवं रोकथाम आवश्यक हुन्छ । यसको लागि एन्टीबायोटिक औषधिहरूको उपयोग आवश्यक हुन्छ । यसका साथ साथै कैयौँ जीवनरोधी पदार्थहरूको प्रयोग पशुहरूको दानापानीमा गर्ने गरिन्छ । जसले गर्दा पशु उत्पादन, पशुपालन तथा कुखुरा पालनमा प्रयोग हुने कैयौँ औषधिहरू जस्तैः कोरटेट्रासाइकिलन, अकसीटस्ट्रा साइकलीन, पेन्सीलीन, टायलोसीन वेसीट्रेसीन, नियो मायसीन स्ट्रेप्टोमायसीन, एरीथ्रोमायसीन, लीन्कोमायसीन वैम्बरमायसीन बर्जीनामायसीन, ओलीएन्डोमायसीन इनोल्फ्रोकसासीन कोलेस्टीन इत्यादी । यसबाहेक पनि अरु धेरै छन् ।

जनस्वास्थ्यको लागि जोखिम जुन प्रकारले मानिसहरूमा हुने रोगहरूका जीवाणुहरू नष्ट गर्नका लागि नयाँ–नयाँ औषधिहरूको आविष्कार हुन्छ त्यसैगरी जीवाणुहरूले पनि आफ्नो बचाउको उपाय खोज्दछ । यस कारण तिनमा औषधिप्रतिरोध गर्नेको क्षमता विकास हुन्छ । तर, एन्टीबायोटिक औषधिहरूको अनुचित एवं अन्धाधुन्ध प्रयोगले तिनको यो क्षमता तेजले बढ्दछ । र यस्ता जीवाणु वातावरणमा फैलिन्छन् जसलाई सामान्य औषधिले नष्ट गर्न मुस्किल हुन्छ ।

पशु चिकित्साकर्मीहरू एवं पशुपालकहरूले एन्टीबायोटिकको उपयोगमा गम्भीरतापूर्वक विचार गर्नुपर्ने हुन्छ । किनकि उपचार गर्ने बेला या उपचारपछि यी औषधिहरू पशुको दुध, फूल, मासुजन्य उत्पादनमा आवश्यकरूपमा आउन सक्छ । जुन जनस्वास्थ्यको लागि हानिकारक हुन सक्छ । एन्टीबायोटिक प्रतिरोधी क्षमता भएका जीवाणुले आफ्नो यो क्षमताको प्रसार अर्को जीवाणुमा गर्न सक्छ जसको गम्भीर परिणाम हुन सक्छ । यस्ता कैयौँ रोग जसको उपचार पहिले सजिलै हुन्थ्यो ।

एन्टीबायोटिक प्रयोगमा सावधानीहरू :
एन्टीबायोटिक औषधिहरूको प्रयोग उचित विधि र चिकित्सकको सल्लाहअनुसार सोचविचार गरी गर्नुपर्छ । यी औषधिहरूको उपयोगमा लापरबाही भएमा मानिस तथा पशुहरू दुवैमा मृत्युको कारण बन्न सक्छ । एन्टीबायोटिक औषधिहरूको अनुचित प्रयोगले नोक्सानी पु-याउँछ । त्यस्तै ज्यानजोन रोगको उद्भव उत्पति एवं विकास गराउन सक्छ । यसैले विचार गरौँ एन्टीबायोटिक नै सबैखाले रोगको सर्वकालिक समाधान होइन । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया