Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगवैदेशिक व्यापारको वर्तमान अवस्था र सुधारका उपायहरू

वैदेशिक व्यापारको वर्तमान अवस्था र सुधारका उपायहरू


गम्भीरबहादुर हाडा
काठमाण्डौं,फागुन २६
वैदेशिक व्यापार भनेको कुनै दुई वा दुईभन्दा बढी राष्ट्रहरूका बीच हुने आर्थिक सम्बन्ध वा व्यापार हो । अन्तर्राष्ट्रिय अर्थशास्त्रको अध्ययन एवं व्यवहारको क्षेत्र वस्तुहरू, सेवाहरू, उपहारहरू, पुँजी र बहुमूल्य धातुहरूको त्यो व्यापार हो जसमा ती वस्तुहरूको स्वामित्व दुई देशहरूको बासिन्दाहरूको बीच परिवर्तित हुन्छ । विश्वमा जति विकास भइरहेको छ, अन्तर्राष्ट्रिय व्यापारको महत्व पनि त्यति नै बढिरहेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा आर्थिक कारोबार गर्न पनि नयाँ किसिमका समस्याहरू आइराखेका छन् । यी समस्याहरूको उचित समाधानको लागि अन्तर्राष्ट्रिय व्यापारको वैज्ञानिक अध्ययन आवश्यक छ । त्यसको लागि अन्तर्राष्ट्रिय व्यापारको एउटा पृथक सिद्धान्तको रूपमा अध्ययन गर्नु जरुरी हुन्छ । परम्परा, वास्तविक विश्वमा अन्तर्राष्ट्रिय आर्थिक प्रश्नहरूबाट उत्पन्न महत्वपूर्ण एवं अनिवार्य समस्याहरू तथा यसको अध्ययनबाट सम्पूर्ण अर्थशास्त्रको बढी राम्रो ज्ञान प्राप्त हुनको कारणले अन्तर्राष्ट्रिय व्यापारको पृथक अध्ययन हुन्छ । नेपालको आर्थिक विकासमा कृषि, उद्योग, यातायात आदिको जुन महत्व छ त्यही नै महत्व वैदेशिक व्यापारको छ । वैदेशिक व्यापारले वस्तुहरूको उत्पादनमा वृद्धि गर्छ, उपभोक्ताहरूले सरल मूल्यमा वस्तु प्राप्त गर्छन् । नेपालजस्तो अविकसित मुलुकमा विदेश व्यपारको अत्यन्त ठूलो महत्व छ । किनभने अनेक वस्तुको उत्पादन यहाँ हुनसकेको छैन । विकासका लागि आवश्यक पुँजीगत सामानहरू पनि विदेश व्यापारबाट नै प्राप्त गरिन्छ । वैदेशिक व्यापारको विकासबाट जनताको जीवनस्तरमा वृद्धि गरी सुधारात्मक कदम चाल्न सकिन्छ ।
वैदेशिक व्यापारको विकासबाट वस्तुहरूको बढीभन्दा बढी उत्पादन भई बचत उत्पादनमा सहायक हुन्छ । वैदेशिक व्यापारबाट आफ्नो राष्ट्रलाई चाहिनेभन्दा बढी भएको वस्तु अन्य विदेशी मुलुकमा बिक्री गर्न सक्ने भएकोले ठूलो स्तरमा बढी उत्पादन कम लागतमा गरी अरू लाभ प्राप्त हुन आउँछ । अन्तर्राष्ट्रिय सहयोग बढाउनको लागि पनि विदेशी व्यापार गर्नु अत्यावश्यक छ । नेपालले धेरै देशहरूसँग विदेश व्यापारको लागि सन्धि गरेको छ र अरू नयाँ देशहरूमा बजार पत्ता लगाइँदै छ । विदेशी लगानी प्रोत्साहित गरिँदै छ । यी सब कुराले अन्तर्राष्ट्रिय सहयोगमा वृद्धि गर्न मदत पु¥याउँछ । वैदेशिक व्यापारबाट उपभोक्ताहरूले सरल मूल्यमा वस्तु प्राप्त गर्छन् । वैदेशिक व्यापारबाट अनिकालजस्तो संकटको सामना पनि गर्दछ । बजार क्षेत्रको विस्तार हुनुको साथै उत्पादन विधिमा सुधार गर्न मदत गर्छ । योजनाबद्ध आर्थिक विकासका लागि मेशिन, औजार, कच्चा पदार्थ र प्रविधिहरू विदेशबाट झिकाउन मदत पु¥याई योजना सफल पार्न सहयोग गर्छ । विदेशी मुद्रा आर्जनमा टेवा पु¥याउनुको साथै उत्पादकहरूले देशमा आफ्नो वस्तुलाई उचित मूल्यमा बेच्न सक्छन् । यसले गर्दा उनीहरूले नाफा प्राप्त गर्न सक्छन् । वैदेशिक व्यापारले सरकारको आम्दानी वृद्धि गराउनमा मदत पु¥याउँछ । किनभने विदेश व्यापारको क्रममा वस्तुहरूको आयात र निर्यात गरिन्छ र सरकारले आयात कर तथा निर्यात करद्वारा आम्दानी प्राप्त गर्छ । देशले समुचित औद्योगिक विकास गर्न नसकेर देशभित्र उत्पादन हुनसक्ने वस्तुहरूः कपडा, प्लास्टिक, नाइलन कागज र रासायनिक पदार्थ र धातुका सामान वैदेशिक व्यापारबाट नै प्राप्त गर्न सकिन्छ । नेपालको आर्थिक विकासमा कृषि, उद्योग, यातायात आदिको जुन महत्व छ त्यही नै महत्व वैदेशिक व्यापारको छ । वैदेशिक व्यापारले वस्तुहरूको उत्पादनमा वृद्धि गर्छ, उपभोक्ताहरूले सरल मूल्यमा वस्तु प्राप्त गर्छन् । नेपालजस्तो अविकसित मुलुकमा विदेश व्यपारको अत्यन्त ठूलो महत्व छ । किनभने अनेक वस्तुको उत्पादन यहा“ हुन सकेको छैन । विकासका लागि आवश्यक पु“जीगत सामानहरू पनि विदेश व्यापारबाट नै प्राप्त गरिन्छ । नेपालमा वैदेशिक व्यापारको विकासबाट निम्न किसिमको लाभहरू प्राप्त गर्न सकिन्छ । वैदेशिक व्यापारको विकासबाट जनताको जीवनस्तरमा वृद्धि गरी सुधारात्मक कदम चाल्न सकिन्छ । विगत एक दशकको अवधिमा कुल व्यापारमा वस्तु निर्यातको वृद्धिदर र आधार घटदै गएको छ ।

आर्थिक सर्वेक्षण २०७५÷७६ आर्थिक वर्ष २०६५÷६६ मा कुल व्यापारमा वस्तु निर्यातको अंश १९ दशमलव दुई प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७४÷७५ मा यस्तो अंश छ दशमलव दुई प्रतिशत रह्यो । आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्ममा यस्तो अंश छ दशमलव एक प्रतिशत रहेको छ । आर्थिक वर्ष २०६५÷६६ मा निर्यात आयात २३ दशमलव आठ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७४÷७५ मा यस्तो अनुपात छ दशमलव छ प्रतिशत रहेको छ । पछिल्लो ५ वर्षमा निर्यातको औसत वृद्धिदर दुई दशमलव एक प्रतिशत र आयातको औसत वृद्धिदर १८ दशमलव शून्य प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्म कुल वैदेशिक व्यावार २३ दशमलव दुई प्रतिशतले बढेर १० खर्ब १० अर्ब ३३ करोड रूपैयाँ रहेको छ । आर्थिक वर्ष २०७४÷७५ को सोही अवधिमा कुल व्यावार २१ दशमलव दुई प्रतिशतले बढेर आठ खर्ब १९ अर्ब ९६ करोड रूपैयाँ रहेको थियो । आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्म कुल व्यापारमा आयातको अशं ९३ दशमलव नौ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्म कुल वस्तु निर्यात १४ दशमलव छ प्रतिशतले वृद्धि भई ६१ अर्ब २२ करोड रहेको छ । आर्थिक वर्ष २०७४÷७५ को सोही अवधिमा वस्तु निर्यात १० दशमलव आठ प्रतिशतले बढेर ५३ अर्ब ४२ करोड पुगेको थियो । आर्थिक वर्ष २०७५ २०७६ को फागुनसम्म भारततर्फ २६ दशमलव तीन प्रतिशत र अन्य मुलुकतर्फ एक दशमलव तीन प्रतिशतले निर्यात बढेको छ । भने चीनतर्फ २७ दशमलव छ प्रतिशतले निर्यात घटेको छ । आर्थिक वर्ष २०७४÷७५ को सोही अवधिमा भारततर्फ नौ दशमलव आठ प्रतिशत, चीनतर्फ ६२ दशमलव शून्य प्रतिशत र अन्य मुलुकतर्फ नौ दशमलव एक प्रतिशतले निर्यात बढेको छ । नेपालको निर्यात व्यापार सीमित वस्तु र सीमित देशमा केन्द्रित छ । नेपालको अधिकांश निर्यात वस्तुहरू उनी गलैंचा र तयारी पोशाक हुन् । अधिकांश तयारी पोशाक अमेरिकामा निर्यात हुन्छ । यसले नेपाली निर्यातलाई चिन्ताजनक स्थितिमा पु¥याएको छ । नेपालको मुद्रा र पुँजीबजार शिशु अवस्थामै छ । निर्यात बढाउनको लागि व्यावसायिक संस्थाहरूलाई प्रशस्त निर्यात कर्जाको आवश्यकता पर्छ । नेपाली बैंकहरूले निर्यातको क्षेत्रमा प्रशस्त वित्तीय सुविधा पु¥याउन सकेका छैनन् । निकासी वृद्धि गर्न सोही अनुपातमा आवश्यक मेसिनरी तथा कच्चापदार्थको आयात वृद्धि हुँदै गएको छ । देशमा स्थापना भएका आयात प्रतिस्थापन गर्ने उद्योगहरूको पनि आयातीत मेशिनरी र कच्चा पदार्थको आयातमा आश्रित रहेको छ । देशमा तीव्ररूपमा वृद्धि भइराखेको वैदेशिक सहायताको आधारभन्दा पनि बढी रकम वस्तुगत आधारमा खर्च हुने गरेको छ । कुल निकासीमा कृषिजन्य वस्तुहरूको अग्रन्य स्थान भएको र कृषि क्षेत्रको उत्पादनमा मौसमको निर्णायक भूमिका कायमै रहेको छ । निर्यातयोग्य वस्तुहरूको उत्पादनमा विविधीकरण हुन सकेको छैन । कतिपय वस्तुहरूको गुणस्तरमा वृद्धि हुन सकेको छैन । तयारी पोशाक निर्यातमा पनि स्थायित्व आउन सकेको छैन । नेपालबाट निर्यात हुन सक्ने कृषि उपजहरूको उत्पादनमा कमी, गुणस्तर परीक्षणको अभाव, सानो परिमाण, उच्च मूल्य भएका वस्तुहरू उत्पादन हुन नसक्नुजस्ता कतिपय कारणहरूले गर्दा परम्परागत निर्यात हुँदै आएका कृषिजन्य वस्तुहरूको निर्यातमा ह्रास आएको छ । पर्यटन उद्योगको आयबाट शोधनान्तर स्थितिमा सुधार गर्न थप योगदान नहुनु र समुद्रपारका मुलुकहरूबाट हुने पैठारीमा सरकारी नियन्त्रण प्रभावकारी भएतापनि भारतबाट हुने पैठारीमा निरन्तर वृद्धि हुन गई उक्त मुलुकसँगको स्थिति बिग्रने प्रवृत्ति कायमै रहेको पाइन्छ ।व्यापारलाई टेवा दिन अपेक्षित कानुनी र संस्थागत सुधार हुन नसक्नु, निकासीजन्य उद्योगलाई उत्पादनमूलक अन्य आर्थिक क्षेत्रहरूसँग आबद्ध गर्न नसक्नु, निकासीजन्य उद्योगहरूभित्र पनि अग्रपृष्ठ समानान्तर अन्तरसम्बन्ध कायम हुन सकेको छैन । आयातित कच्चापदार्थमा आधारित उद्योगहरूको बाहुल्यता रहनु अग्रनी निकासीजन्य उत्पादनहरूको गुणस्तर ह्रास हुनु र उत्पादन विविधीकरण हुन नसक्नु, निकासीलाई सहयोग पु¥याउने गरी पर्याप्त मात्रामा भौतिक पूर्वाधारहरूको विकास हुन नसक्नु र भएका पूर्वाधारहरूको पूर्ण सदुपयोग हुन नसक्नु जस्ता कारणहरूले गर्दा नेपालको निकासी व्यापारले अर्थतन्त्रमा आशातीत योगदान पु¥याउन नसकेको देखिन्छ । विश्वव्यापार र क्षेत्रीय व्यापार संरचनाभित्र नेपालले प्रवेश गरेको र यसरी क्षेत्रीय व्यापार संरचनाभित्र समावेश भएका मुलुकहरूमा एकै प्रकृतिका वस्तु रहेका र ती वस्तुको निकासी सम्भाव्यता र प्रतिस्पर्धात्मक क्षमता नेपालभन्दा अरु मुलुककै बढी हुँदा नेपालको निकासी क्षेत्र चुनौतीपूर्ण बन्न गएको छ । व्यापारबाट हुने लाभलाई गरिबी निवारणसँग आबद्ध गर्ने, विश्वव्यापार संगठनको सदस्यता एवं क्षेत्रीय व्यापार प्रणालीसँगको आबद्धताबाट सिर्जित व्यापार उदारीकरणको दायित्व निर्वाह गर्न आवश्यक कानुनी, नीतिगत एवं संरचनागत सुधारका कार्यहरू गर्ने पनि त्यत्तिकै चुनौतीपूर्ण रहन गएको छ । नयाँ वाणिज्य नीति २०६५ मा उल्लेख गरिएअनुसार निकासी क्षेत्रको विस्तारलाई व्यापार नीतिको प्रमुख आधार बनाई बदलिँदो आन्तरिक परिस्थिति तथा अन्तर्राष्ट्रिय व्यापारिक परिवेशलाई ध्यानमा राखी नेपालको व्यापार विकासलाई दिगो तुल्याउने सोचका साथ यस नयाँ वाणिज्य नीति २०६५ तर्जुमा गरिएको छ । यसको मूल उद्देश्य राष्ट्रिय अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाई आर्थिक विकास र गरिबी निवारणमा सहयोग पु¥याउनु हो । अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने गरी व्यापार व्यवसायको प्रवद्र्धन गर्न अनुकूल वातावरणको सिर्जना गर्ने । आयातलाई निर्यात व्यापार वृद्धितर्फ आबद्ध गरी विश्व बजारमा मूल्य अभिवृद्धि युक्त वस्तुको निकासी बढाई व्यापारघाटा कम गर्ने । वस्तु तथा सेवा व्यापारलाई प्रतिस्पर्धा एवं सुदृढ बनाई आय तथा रोजगारीका अवसर बढाउने र गरिबी घटाउन सहयोग पु¥याउने माध्यमको रूपमा उपयोग गर्ने । आन्तरिक व्यापार र वैदेशिक व्यापार बीचको अन्तर्सम्बन्ध स्पष्ट रूपमा स्थापित गरी एक अर्काको परिपूरक रूपमा विकास गर्ने यस वाणिज्य नीतिको मूल उद्देश्यहरू हुन् ।

वर्तमान पन्ध्रौ योजना २०७६–२०८१ मा वैदेशिक व्यापार, शोधानान्तर र विदेशी विनिमय कार्यक्रमसोच सन्तुलित वैदेशिक व्यापार, पर्याप्त विदेशी मुद्रा सञ्चिति र बाह्य क्षेत्र स्थायित्वसहितको सुदृढ अर्थतन्त्रलक्ष्य निर्यात प्रवद्र्धन, वैदेशिक व्यापार सन्तुलन र शोधानान्तर बचत कायम गर्ने उद्देश्य
१) उत्पादन अभिवृद्धि, आयात व्यवस्थापन तथा निर्यात प्रवद्र्धनका लागि देशगत तथा वस्तुगत विविधीकरण गरी व्यापारघाटा कम गर्नु,
२) विदेशी विनिमय स्थिरता, बाह्य क्षेत्र स्थिरता तथा लक्षित विदेशी मुद्रा सञ्चिति कायम गर्नु,
रणनीति
१) तुलनात्मक लाभ भएका कृषि, जडिबुटी, जलविद्युत् तथा पर्यटनजस्ता क्षेत्रको विकास गरी वस्तु तथा सेवाको उत्पादन अभिवृद्धि गर्ने,
२) वस्तु तथा सेवाको उत्पादन अभिवृद्धि र अनावश्यक आयात नियन्त्रण गरी आयात व्यवस्थापन गर्ने,
३) वस्तुगत तथा देशगत निर्यात बजार विस्तार तथा विविधीकरण गर्ने,
४) शोधानान्तर स्थिति र बाह्य क्षेत्र सन्तुलन कायम गर्ने,
५) विदेशी विनिमय सिञ्चिति गर्ने
नेपालको विश्व व्यापार संगठनमा प्रवेश, दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायतासम्बन्धी बंगालको खाडीको पहललगायतका क्षेत्रीय व्यापार प्रणालीसँगको आबद्धता, द्विपक्षीय व्यापार क्षेत्रको विस्तार एवं व्यापार सहजीकरणमार्फत प्रतिस्पर्धात्मक क्षमता र तुलनात्मक लाभको खोजी, आन्तरिक उत्पादन अभिवृद्धि, बजार तथा वस्तु विविधीकरण तथा व्यापार सन्तुलन कायम राख्ने प्रयास भइरहेको छ । सोहीअनुरूप वाणिज्य नीति, २०६५ का साथै नेपाल व्यापार एकीकृत रणनीति, २०१० तयार गरी कार्यान्वयनमा ल्याइएको छ । नेपाल व्यापार एकीकृत रणनीति, २०१० ले पहिचान गरेका वस्तुहरूको उत्पादन वृद्धि, मूल्य अभिवृद्धिका साथै निर्यात प्रवद्र्धनका कार्यक्रमहरू सरकारी तथा निजी क्षेत्रसमेतको समन्वयमा सञ्चालनमा रहेका छन् । वस्तु व्यापारका अतिरिक्त सेवा क्षेत्रको उदारीकरणका कारण प्रत्यक्ष वैदेशिक लगानी आकर्षित भई यसबाट आय तथा रोजगारीका अवसरहरूमा पनि वृद्धि हुने आधार तयार भएको छ । विश्व व्यापार संगठनको सदस्यता प्राप्तिसँगै एकातिर मुलुकले खुला र विशाल अन्तर्राष्ट्रिय बजारमा सहज पहुँचको अवसर प्राप्त गरेको छ भने अर्कातिर सो संगठनले अतिकम विकसित राष्ट्रको व्यापार क्षमता अभिवृद्धिका लागि उपलब्ध गराउने आर्थिक तथा प्राविधिक सहायताबाट आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारलाई सुदृढ बनाउने महत्वपूर्ण अवसरबाट पनि लाभान्वित हुने परिस्थिति सिर्जना भएको छ । यस्ता प्रयास तथा अवसरहरूका बावजुद पनि अन्तर्राष्ट्रिय व्यापारघाटा विकराल रूपमा बढिरहेको स्थितिमा सुधार गरी यसलाई न्यूनीकरण गर्न विशेष ध्यान केन्द्रित गर्ने गरी यस योजना तर्जुमा भएको छ । नेपाल व्यापार एकीकृत रणनीतिले पहिचान गरेका १९ वटा वस्तु र सेवाहरूको उत्पादन वृद्धि, मूल्य अभिवृद्धि साथै निर्यात प्रवद्र्धनका क्षेत्रमा विभिन्न कार्यक्रमहरू सरकारी तथा निजी क्षेत्रसमेतको समन्वयमा सम्पन्न भएका छन् । विश्व व्यापार संगठनको अल्प विकसित राष्ट्रको हैसियतले पूरा गर्नुपर्ने व्यापार नीति समीक्षाको कार्य सम्पन्न गरिएको छ । विश्व व्यापार संगठनका सदस्य राष्ट्रहरूको व्यापार नीति तथा अभ्यासको आवधिक रूपमा समीक्षा तथा पुनरवलोकन गरी तिनबाट द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय व्यापार सञ्चालनमा परेको प्रभावलाई आंकलन र विश्लेषण गर्ने कार्य सम्पन्न भएको छ । विश्व व्यापार संगठनको सदस्यता प्राप्त गर्दा नेपालले गरेका प्रतिबद्धताहरू पूरा गर्ने क्रममा वाणिज्य क्षेत्रसँग सम्बन्धित विभिन्न नीति, ऐन, नियमावली एवं संरचनाहरू व्यापारमैत्री बनाउने क्रम जारी छ । नेपाल र संयुक्त राज्य अमेरिकाबीच व्यापार तथा लगानी सम्झौता सम्पन्न भई कार्य अगाडि बढिरहेको छ । नेपाल र चीन सीमा क्षेत्रको तातोपानी भन्सार नाकास्थित सुख्खा बन्दरगाह निर्माण कार्य सुरु भएको छ । वाणिज्य नीति, २०६५ ले वाणिज्य क्षेत्रको समग्र विकासका लागि विस्तृत नीति तथा कार्यक्रमहरू अघि सारेको छ । सो नीतिले विशेष केन्द्रित क्षेत्र र जोड दिइएको क्षेत्रअन्तर्गत गरी झण्डै डेढ दर्जनजति वस्तुलाई निर्यात सम्भाव्य वस्तुका रूपमा पहिचान गरी तिनको प्रवद्र्धनमा जोड दिन्छ ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी)ले नेपालको व्यापारघाटा बढ्नुमा कृषिजन्य वस्तुको आयात बढ्नु प्रमुख कारण भएको जनाएको छ । टीईपीसीका अनुसार नेपालको कुल व्यापार घाटामा कृषिजन्य वस्तुको हिस्सा ११ दशमलव ४३ प्रतिशत छ । चालू आर्थिक वर्ष २०७४÷०७५ को पहिलो सात महिनामा सबैभन्दा बढी कृषिजन्य वस्तु आयात भएको छ । यो अवधिमा २३ अर्ब ४३ करोड रूपैयाँको खाद्यान्न आयात भएको छ । खाद्यान्नपछि अत्यधिक आयातको हिस्सा सिमेन्ट क्लिङ्करले ओगटेको छ । सात महिनाको अवधिमा १३ अर्ब ५० करोडको क्लिङ्कर आयात भएको छ । चालू आर्थिक वर्षको सात महिनामा व्यापारघाटा १९ दशमलव एक प्रतिशतले वृद्धि भई छ खर्ब १३ अर्ब ७२ करोड रूपैयाँ पुगेको छ । कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सात महिनाको तुलनामा १८ दशमलव एक प्रतिशतले वृद्धि भई सात खर्ब आठ अर्ब ७२ करोड पुगेको छ । यो अवधिमा कुल निर्यात आयातको योगदान क्रमशः छ दशमलव सात प्रतिशत र ९३ दशमलव तीन प्रतिशत रहेको केन्द्रले जनाएको छ । समीक्षा अवधिमा कुल निर्यात ११ दशमलव नौ प्रतिशतले वृद्धि भई ४७ अर्ब ५० करोड र आयात १८ दशमलव छ प्रतिशतले वृद्धि भई छ खर्ब ६१ अर्ब २२ करोड पुगेको छ । यस अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ऊर्जा गलैंचा निर्यातमा ११ दशमलव नौ प्रतिशतले गिरावट आएर तीन अर्ब ८२ करोड, तयारी पोशाकको १२ दशमलव सात प्रतिशतले वृद्धि भएर तीन अर्ब ५१ करोड पुगेको छ । यस्तै फलाम तथा स्टिलजन्य उत्पादनको निर्यातमा एक दशमलव आठ प्रतिशतले गिरावट आएर तीन अर्ब २९ करोड, पोलिस्टर तथा अन्य धागोमा २८ दशमलव आठ प्रतिशतले वृद्धि भएर चार अर्ब ५४ करोड, मुसुरो दालमा एक दशमलव चार प्रतिशतले गिरावट आएर ५१ करोडमा सीमित भएको छ । यो सात महिनाको अवधिमा ५४ करोडको छाला, तीन अर्ब तीन करोड, अलैँची, दुई अर्ब २१ करोड को चिया, चार करोडको अदुवा, ३९ करोडको चाउचाउ, ५२ करोडको जडीबुटी, ४९ करोडको टुथपेस्ट, एक अर्ब ८५ करोड, टेक्सटाइल, एक अर्ब २४ करोड स्सल, ३६ करोडको हस्तकला र ३२ करोडको नेपाली हाते कागज विभिन्न मुलुकमा निर्यात भएको छ ।


क्याटेगोरी : विचार / ब्लग


तपाईको प्रतिक्रिया