Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकिन भइरहन्छ नेपालमा हवाई दुर्घटना ?

किन भइरहन्छ नेपालमा हवाई दुर्घटना ?


काठमाडौं । नेपालमा सर्वप्रथम हवाई जहाज आएको विसं २००७ सालमा थियो । त्यसबेला देशको राजधानी सहर काठमाडौंको घाँसे मैदानमा विमान अवतरण गरेको देख्न पाइएको थियो । उक्त विमानको चार सिट क्षमता भएको बोनान्जा एयरक्राफ्ट विमान जसमा नेपालका लागि तत्कालीन भारतीय राजदूत सवार थिए । सो विमान काठमाडौंको गौचरणमा अवतरण गरेको थियो । जुन विमान नै नेपालमा अवतरण गर्ने पहिलो विमान रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्याङ्कमा उल्लेख गरिएको छ । त्यसको पछिल्लो वर्ष विसं २००८ सालमा हिमालयन एभियसन डकोटाले गौचरणदेखि भारतको कोलकत्तासम्म चार्टर्ड उडान गरेको हो भन्ने प्राधिकरणको तथ्याङ्कमा अभिलेख रहेको छ ।

सन् १९५५ मा गौचरण विमानस्थल स्थापना भयो । त्यसै विमानस्थललाई तत्कालीन राजा महेन्द्रले आफ्ना पिताका सम्झनामा त्रिभुवन विनानस्थल भनी नामाकरण गरे । जसको नाम अङ्कित विमानस्थलको सञ्चालन अहिले पनि निरन्तर कायमै छ । यसरी अहिलेसम्म आइपुग्दा देशमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल गरी तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका छन् । त्यस्तैगरी चौथो विमानको रूपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य पनि जारी अवस्थामा रहेको सम्बन्धित क्षेत्रले दाबी गरेको छ । फलतः राष्ट्रमा तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित करिब ३४ वटा विमानस्थल सञ्चालन रहेका छन् भने १९ वटा विमानस्थल सञ्चालनमा आएका छैनन् । यसैक्रममा प्राधिकरणको तथ्याङ्कअनुसार करिब ५० भन्दा बढी विमानस्थल रहेका छन् । नेपालमा ३० भन्दा बढी विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आइरहेका छन् भने जसमा तीन नेपाली कम्पनी रहेका छन् । यसको साथसाथै आन्तरिक उडानका लागि छ वायुसेवा कम्पनी रहेका छन् त्यसबाहेक चार्टर्ड उडान, हेलिकोप्टर, रिक्रियसन उडान भर्ने वायुयानले सेवा प्रदाय गर्दै आइरहेका छन् ।

गत माघ १ गते काठमाडौंबाट पोखराको लागि उडेको यती एयरलाइन्सको जहाजमा चार चालक दलका सदस्य र ६८ जना यात्रुहरू सवार थिए । जुन जहाजमा रहेका ५३ जना नेपालीमध्ये २८ जना पुरुष र २५ जना महिला थिए । सो जहाजमा १५ जना विदेशी यात्रुहरू सवार थिए । जसमा पाँच जना भारतीय, चारजना रसियन, दुई जना कोरियन, एक अर्जेन्टिनी, एक आईसरिस र एक फ्रान्सेली नागरिक रहेको कम्पनीले जनाएको छ । यसअघि गत जेठमा जोमसोमका लागि १९ जना यात्रुहरू बोकेर पोखराबाट उडेको तारा एयरको ट्विनअटर विमान दुर्घटनाग्रस्त भएको थियो । जुन सुगम उडानमा यतिको नाममा पाँचवटा एटीआर विमान भएको यो कम्पनीसँग अब चारवटा एटीआर बाँकी छन् । त्यस्तैगरी देशमा रहेका हवाई वायुयानहरूलाई अवलोकन गर्ने हो भने आन्तरिकतर्फ तीन सय ६४, सिंगल इन्जिन भएका विमान दुर्घटनामा २५, हेलिकोप्टरतर्फ ८५ र विदेशी वायुसेवातर्फ तीन सय ७५ गरी जम्मा आठ सय ४९ को मृत्यु भइसकेको छ ।

नेपालको भौगोलिक अवस्थाका कारण पनि प्राविधिकरूपमा केही कमजोरी हुँदाहुँदै पनि विमान चालकहरूले आफ्नो अनुभवका आधारमा विमान उडाउनुपर्ने बाध्यता रहँदै आएको छ । यो नै दुर्घटनाका कारणसमेत बनेका उदाहरण पनि छन् । नागरिक उड्डयन प्राधिकरण नेपालमा विमानस्थलहरूको निर्माण, व्यवस्थापन, सञ्चालनदेखि वायुसेवा कम्पनीहरूको नियमन, अनुगमन र परीक्षण गर्ने निकायका रूपमा रहँदै आएको छ । वायुसेवाहरूको सुरक्षा अडिट गर्नेदेखि लिएर विमानस्थलहरूलाई सही ढङ्गमा सञ्चालन गराउनु, उड्डयन प्रणालीसँग सम्बन्धित सबै उपकरण चुस्त–दुरुस्त अवस्थामा राख्नु उसको दायित्वभित्र पर्छ । नेपाली आकाश असुरक्षित बन्दै गइरहेको छ । एक पछि अर्को गर्दै विमान दुर्घटना हुँदै जानुले नेपाली आकाश असुरक्षित बन्दै गएको पुष्टि हुन्छ ।

यसरी एकपछि अर्को गर्दै नेपालमा हवाई दुर्घटना हुँदा नेपालको हवाई सुरक्षा धेरै कमजोर रहेको विश्व समुदायमा सन्देश गएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले नेपालको आकाश असुरक्षित भएको भन्दै विभिन्न चेतावनी दिइरहेको बेला हवाई दुर्घटना हुने क्रम नरोकिएको हो । यसरी उड्डयन सुरक्षाका लागि अनिवार्य मानिने विभिन्न आठवटा पक्षमा नेपालले न्यूनतम मापदण्ड समेत पूरा नगरेको आईकाओको तर्क छ । जसमा उड्डयन सुरक्षाका विषयमा विश्वका एक सय ४८ मुलुकमा गरिएको अध्ययनमा विश्वको सरदर स्तरभन्दा नेपाल १५ प्रतिशत थप कमजोर अवस्थामा रहेको आईकाओको प्रतिवेदनमा उल्लेख छ । फलतः आईकाओको उड्डयन सुरक्षा प्रतिवेदनले नेपालको उड्डयन सुरक्षामा ५८ प्रतिशत कमजोरी रहेको देखाएको छ । जसले गर्दा दुर्घटनाका थुप्रै कारणहरू हुन्छन् । तीमध्ये विषम भू–धरातल, तीव्र गतिको मौसमी फेरबदल, पर्याप्त सूचना सङ्कलन र प्रवाह गर्न विमानस्थमा आधुनिक उपकरणको अभाव, पुराना मोडलका जहाजमा उपयोगी प्रविधि जडान नगरिनुलगायत रहेको विज्ञहरूको दाबी छ । नेपाली हवाई यात्राको इतिहास हेर्ने हो भने अहिलेसम्म नेपालमा ७१ वटा जहाज ठूला दुर्घटनामा परिसकेका छन् । अतः नेपालले ९० को दशकमा उदार आकाश नीति लिएपछि नेपाली आकाशमा उडान भर्न निजी जहाज कम्पनीले प्रवेश पाएका थिए । यसर्थ उडान गर्ने जहाजको संख्या जसरी ह्वात्तै बढ्यो त्यसरी नै दुर्घटनाको क्रम पनि बढेको देखिन्छ ।

सन् १९५० को दशकयता जहाज दुर्घटनापछि प्रत्येक पटक छानबिन आयोग बने । तर, आयोगले दुर्घटना नदोहोरिऊन् भन्नाका लागि प्राविधिक र मानवीय कमजोरी हटाउन प्रशस्त सुझाव दिए पनि त्यसको कार्यान्वयन हुन नसकेको बताइन्छ । यस अर्थमा मुलुकको हवाइ सुरक्षा प्रणालीमा यथार्थवादमा चलिरहेको प्रतित हुन्छ । अबदेखि हवाई जहाज उड्नुभन्दा पहिले नै जहाजको प्राविधिक जाँच अनिवार्यरूपमा गर्नुपर्ने आदेश नेपाल सरकारले दिएको छ । यसको साथै हवाई दुर्घटनाका कारण प्रमुख कारण मानवीय त्रुटि, खराब मौसम, हवाई यानको गुणस्तर व्यावसायिक प्रतिस्पर्धा आदि नै हुन् । यो दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरिएको हो । सो आयोगमा सदस्यहरू हवाई विज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराज जंग थापा र सदस्य सचिव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्छ । यसरी बेलाबेलामा बन्ने छानबिनपछि बन्ने प्रतिवेदनमा प्रायः जहाजको प्राविधिक अवस्था चुस्त राख्नुका साथै जोखिमबाट जोगाउन सूचना दिने प्रविधि जडान गर्न सुझाव दिइने गरिएको छ ।

समग्रमा भन्नुपर्दा हालसम्म ६७ वर्षयता देशमा १०९औँ वटा हवाई दुर्घटना भइसकेको छ । जसमा नौ सय ३९ जना मानिसहरूले ज्यान गुमाइसकेका छन् । यो यति एयरलाइन्सको हकमा भने यो चौथो दुर्घटना हो । यो देशको आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो दुर्घटना भएको हो । यसरी यो दुर्घटनाग्रस्त विमान फ्रान्स र इटालीको संयुक्त लगानीको कम्पनी एरोस्पेसबाट निर्माण भएको एटीआर ७२–५०० रहेको छ । नेपालमा एटीआर विमान दुर्घटना भएको यो पहिलो र यती एयरलाइन्स समूहको यो ११औँ दुर्घटना पनि हो । देशको हवाई इतिहासलाई हेर्ने हो भने विसं २०१२ सालमा कांलिगा एयरको जहाज दुर्घटना नै पहिलो विमान दुर्घटना भएको थियो । त्यसयताबाट नेपाली आकाशमा थुप्रै जहाज दुर्घटना भइसकेको छ ।

अतः हाम्रो देशमा हवाई यातायातको इतिहास आठ दशक पनि पुगेको छैन । अन्य देशको तुलनामा नेपालमा खासै धेरै हवाई जहाजहरू उड्दैनन् । तर अहिलेसम्म करिब ६० वटा हवाई दुर्घटना भएका छन् । जसमध्ये ३४ वटा आन्तरिक उडानका जहाज दुर्घटनमा परेका छन् । यसमा पनि १७ वटा हेलिकोप्टर दुर्घटनामा परेका छन्, र आठवटा अन्तर्राष्ट्रिय हवाई जहाज दुर्घटनमा परेका छन् । यसरी मुलुकमा हावाई जहाज दुर्घटना हुनुका मुख्य कारण दुईवटा छन् । एउटा कारण हो–छिनछिनमा परिवर्तन भइरहने मौसम परिवर्तन हुनु हो भने अर्कोतिर हेर्ने हो भने विकट पहाडी तथा हिमाली भू–भाग पनि हो । यी दुवै कारणहरू मानिसको कावुबाहिरका हुन् । यसरी सरसरती हेर्ने हो भने अधिकांश दुर्घटना हिमाली र पहाडी भेगमा भएको देखिन्छ । जसमा लुक्ला, सिमिकोट, जुम्ला, मुस्ताङलगायत दुर्गम गन्तव्यको उडानमा बढी दुर्घटना हुनेगरेका छन् । तसर्थ नेपालले भने सन् १९६० मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सदस्यता प्राप्त गरेको थियो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया