Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगओझेलमा हुलाक सेवा

ओझेलमा हुलाक सेवा


काठमाडौँ । विश्वमा सञ्चार माध्यममा सबैभन्दा पहिले हुलाक सेवाको सुरुवात भएको इतिहास छ । यसरी सञ्चारको औपचारिक सुरुआत हुलाकबाट भएको थियो । पहिले हालखबरको समाचार एक ठाउँबाट अर्को ठाउँमा खबर आदानप्रदान गर्ने चिठीपत्रको प्रयोगलाई हुलाकले व्यवस्थित गर्ने प्रचल नथियो ।

यसै सन्दर्भमा हुलाकभन्दा अगाडि सूचनाको माध्यममा घोडा, परेवाजस्ता पशुपन्छीहरूबाट सञ्चारको कार्य गर्ने प्रचलन रहेको किंवदन्ती छ । फलतः इन्टरनेटकै कारणले गर्दा आज विश्वको आयतन साँघुरिएको छ । हाल आएर संसारकै एक कुनादेखि अर्को कुनासम्म सञ्चार माध्यमहरू सहज भएको छ । यी प्रविधिको कारणले गर्दा सम्भावनाका अनेक द्वारहरू खुलेका छन् । तसर्थ दैनिक जीवनयापनदेखि वित्तीय अभ्यास र राजनीतिक वृत्तमा समेत इन्टरनेटले खेलेको भूमिकालाई सीमित शब्दले व्याख्या गर्न असम्भवप्रायः भएको छ । यसरी विद्युत् चुम्बकीय तरङ्गमार्फत संसारभर छरिएका सूचनाहरू र हातहातमा बोक्न मिल्ने ल्यापटप र मोबाइलजस्ता उपकरणहरूले इन्टरनेटको साम्राज्य निर्माण गरेको छ ।

अब इन्टरनेटविनाको संसार अकल्पनीय भइसकेको छ । यसर्थ महिनौँ लगाएर आउने चिठीपत्रको प्रतीक्षामा बस्ने पुस्ता आफ्नो जीवनको उत्तराद्र्धमा परदेश बस्ने नातिसँग भिडियो च्याट गर्ने भएको छ । मूलतः इन्टरनेटकै माध्यमबाट सूचना आज सर्वव्यापी भएको छ । यसरी संसारको जुनसुकै कुनामा भएका घटनाको सूचना आज मिनेटभरमा संसारभर फैलिन थालेको छ । कुनै पनि घटनाप्रति इन्टरनेटकै माध्यमबाट दिइने प्रतिक्रियाहरूले निकै चर्को दबाव सिर्जना गर्न थालेका छन् ।

हाम्रो देशको भन्ने हो भने कुल जनसंख्याको २३ प्रतिशतभन्दा बढी अर्थात् २७ दशमलव ७६ मिलियन मानिसहरू इन्टरनेटको प्रयोगकर्तारूपमा रहेको अनुमान गरिएको छ । यसरी हालसम्ममा विश्वमा इन्टरनेटको प्रयोगकर्ताहरूको संख्या ४ दशमलव ६६ बिलियनभन्दा बढी पुगेको अनुमान गरिएको छ । त्यस्तै हरेक दिन करिब ५० करोड टबिट गरिन्छन् । यसरी दुई अर्ब ६० करोडभन्दा बढी मानिसले प्रत्येक दिन अनलाइन प्रयोग गर्छन् । यसरी मानिसहरू अघिल्लो पुस्ताले कल्पना पनि गर्न नसक्ने सूचना स्रोतसँग पहुँच स्थापना गर्न सफल भएका छन् । यसर्थ इन्टरनेट र सोसल मिडियाको विकासले हाम्रो काम गर्ने तरिका, जीवनशैली र हाम्रो सञ्चारको तरिका नै फेरिदिएको छ । आज संसारभर ६० करोडभन्दा बढी वेबसाइटहरू छन् ।

यसमा पनि कसैले सामाजिक सञ्जालहरूले मानिसलाई असामाजिक बनाइरहेको र भौतिक संसारबाट भर्चुअल संसारतर्फ लगिरहेको टिप्पणी गरिरहेको बताइरहँदा समाजशास्त्री ब्यारी वेलम्यानस्टेट्स भने फरक धारणा राख्छन् । आज भन्छन्, इमेल, म्यासेज, च्याटजस्ता अनलाइन सञ्चारले परम्परागत अफलाइन वा प्रत्यक्ष सञ्चारलाई विस्थापन गरेको छैन । यसको साटो यसले सम्पर्कको आयाम बढाएको छ ।

देशमा हुलाक सेवाको विकासक्रमसँगै चिठीपत्रको जमानामा, एक जनाले अरु कसैलाई लेखेको चिठी तेस्रो व्यक्तिले पढ्नु ठूलो अपराध मानिन्थ्यो । यसरी जति नै जरुरी कुरा भए पनि चिठीकै माध्यमबाट जानकारी लिनेदिने गरिन्थ्यो । त्यसको सट्टा अरु कुनै उपाय नै थिएन । यस्तो अति नै महत्वपूर्ण चिठी पठाउन र पाउनका लागि हाम्रो देशका अधिकांश मानिसहरूले एक/दुई दिनदेखि लिएर तीनचार दिनसम्मको पैदलयात्रा गरेर हुलाक कार्यालय जानुपर्थ्यो  । फलतः महिनौँपछि प्रापकको हात परेको चिठीले कुनै न कुनै नयाँ खबर ल्याएकै हुन्थ्यो ।

त्यसमा पनि मृत्युका समाचार बोकेका चिठीहरू प्रायः धागोले बाँधेर पठाइएका हुन्थे, ता कि त्यो जरुरी खबर, चिठी हात पर्नासाथ नखोलीकनै पनि थाहा होस् । यसर्थ फोनबाहेक पनि आजकल फेसबुकहरूमा च्याट गरेजस्तो बाह्रसत्ताईस अनावश्यक कुरा गर्ने बानी त्यतिखेरका मानिसहरूको छँदै थिएन । अलिपछि आवा (आकाशवाणी) भन्ने आयो, जो जिल्ला सदरमुकामहरूमा मात्र रहन्थ्यो । त्यहाँबाट पठाइने सन्देशमा अक्षर गनेर पैसा लिइने भएकाले, सन्देशका अक्षरहरू सकेसम्म कम पार्न, तिनलाई मिलेसम्म छोटो पार्ने गरिन्थ्यो । त्यसो गर्दा कतिपय छोटो पारिएका अक्षरहरूको अर्थ हाँस्यास्पद भई नबुझेर प्रापक र बाचकहरू हैरान पनि हुनुपर्थ्यो  ।

त्यसमा खासगरीकन प्रायः मृत्युका समाचारहरू पठाउनका लागि मात्रै मानिसहरू कुदाकुद गरेर जाने गर्थे । भारतमा बसोबास गर्ने आफन्तजनलाई त्यस्तो समाचार दिनुप-यो भने भारतीय सीमा नजिक भएका मानिसलाई चाहिँ सजिलो पथ्र्यो । एकताका चिठीकै अर्को सुधारिएको रूपजस्तो लाग्ने, अल इन्डिया रेडियोबाट प्रसारण हुने नेपाली कार्यक्रममा हप्ताको दुई पटक गोरखा सैनिक जवानहरूको सन्देश, तिनीहरूका घरपरिवारका नाममा भनी भारतीय सेनामा कार्यरत केही नेपाली सैनिकहरूको सन्देश पनि प्रसारण गरिन्थ्यो । जे होस् कुनै बेला सञ्चारको अत्यन्त महत्वपूर्ण र निर्विकल्प माध्यम मानिएको चिठी, आजकल धेरै घट्दो विषयवस्तु भएको छ । जसरी सरकारी कामकाजको लागि अदालतको म्याद तामेलीका लागि कर्मचारी नै खटिने गरेको त पहिलेदेखि नै हो ।

त्यसका लागि चिठी पठाएर हुँदैन थियो । तर, आजकल चिठी पठाउनै पर्दा पनि, एउटा कार्यालयले अर्को कार्यालयलाई र कार्यालयले व्यक्तिलाई औपचारिक जानकारी पठाउनुपर्ने अवस्थामा बाहेक, चिठी पठाउने कामप्रायः कसैले गर्दा पनि गर्दैन र त्यस्तो काम कसैलाई पर्दा पनि पर्दैन । यसर्थ च्याट, भाइबर, भिडियो कल, स्काइभ सबैको पहुँचमा नभए पनि मोबाइल भने प्रायः सबैको हातहातमा छ । अतः गाउँघरका कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरूले किताब किन्न नसके पनि अर्काको भारी बोकेर वा अरु नै कुनै ज्यालामजदुरी गरेरै भए पनि सकेसम्म दामी मोबाइल किनेर चलाएकै हुन्छन् ।

त्यसरी नै विदेशतिरै कुरा गर्नुपरे पनि पैसा खर्च हुन्छ भन्ने कुराको पिरै गरिँदैन । यसमा पनि खबर आदानप्रदानको काम उतिखेरको उतिखेरै मोबाइलबाटै हुने भएपछि, महिनौँ लाग्ने चिठीको प्रयोग कसले गरिरहोस् ! त्यसैले, गोश्वारा हुलाकतिर केही काम हुँदो हो, नत्र अन्यत्र हुलाक र हुलाकका कर्मचारीहरूको खासै काम देखिएको छैन् । यसरी चिठी पठाइदिने र ल्याइदिने हुलाक कार्यालयको काम पहिलाजस्तो सक्रिय र जरुरी पनि छैन । यो अब पुरानो जमानाको प्रयोग भइसकेको छ ।

समग्रमा भन्नुपर्दा सन् १६६० मा बेलायतका तत्कालीन राजाचाल्र्स द्वितीयले जेनेरल पोस्ट अफिस स्थापना गरेको इतिहास भेटिन्छ । हाम्रो देशको कुरा गर्ने हो भने तत्कालीन राणा प्रधानमन्त्री रणोद्विप सिंहको पालामाविक्रम संवत् १९३५ नेपाल हुलाक घरबाट यसको इतिहास सुरु भयो । हालको २१ शताब्दीलाई अवलोकन गर्ने हो भने मोबाइल र इन्टरनेटको विकासले हुलाक सेवालाई पछि पारेको हो । यसर्थ नागरिकले अहिले छिनभरमा नै सूचना पठाउँछन् र लिने एकातिर छ भने यो गतिमा हुलाक सेवा पुग्न सकेको छैन । यी कारणहरूले गर्दा हुलाक सेवाले दिइने सेवामा सुधार आउन सकेको छैन । त्यसैले अहिले हुलाक सेवा कार्यालयहरू छायामा परेका उदाहरण धेरै छन्  ।

। यसमा प्रविधिमैत्री भए पनि हुलाक सेवामा सरकारको लगानी घटेको छैन । यो कार्यालयहरूमा काम नभए पनि कर्मचारी पाल्नै परेको स्थिति एकातिर छ भने अर्कोतिर भने सरकार हुलाक सुधार गर्न तत्पर पनि देखिँदैन । यसको साथसाथै मुलुकको संविधान २०७२ ले सूचनाको हक प्रत्येक नागरिकलाई दिने भन्ने उल्लेख भएको छ । यस हकभित्र नागरिकले चाँडोभन्दा चाँडो सूचना प्राप्त गर्ने अधिकार नै दिएको छ । अतः हुलाकलाई पछिल्लो समयमा आएर केही अधिकारहरू दिए पनि यो पर्याप्त छैन । जब कि सरकारले बचत बैंक र टेलिसेन्टर सञ्चालन गर्न दिएर हुलाकलाई टिकाउन खोजे पनि त्यो व्यावहारिक र प्रतिस्पर्धी बन्न सकेको छैन् ।

अहिलेको अवस्थामा कुनै पनि सामानहरू पठाउने र ल्याउने काम हुलाक सेवाले नगर्दा त्यो काम निजी क्षेत्रबाट पनि हुनेगरेको देखिन्छ । जसले गर्दा यसमा यो काम हुलाकले गरेको भए सरकारलाई पनि फाइदा र सेवाग्राहीलाई पनि राहत मिल्ने थियो । यसो हुन नसकेको कारणले गर्दा सञ्चारसँग काम गर्नसक्ने कामहरू धेरै छन् । ती कामहरू हुलाकलाई दिए सरकार र नागरिक दुवैलाई फाइदा पुग्छ । जसले गर्दा राजस्वमा पनि वृद्धि हुनेथियो ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया