Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबीमा व्यवसाय प्रवबद्र्धनको आवश्यकता र समस्या

बीमा व्यवसाय प्रवबद्र्धनको आवश्यकता र समस्या


काठमाडौं । साधारणतया व्यक्तिगत, सामाजिक तथा व्यावसायिक कारोबार भइरहँदा भूकम्प, आगलागी, बिस्फोट, सडक एवं हवाई दुर्घटना, चोरी, डकैती, मृत्यु आदि कारणले विभिन्न किसिमका क्षतिहरू हुन्छन् । जसलाई जोखिम भनिन्छ ।

वस्तुतः जोखिमलाई आफ्नै क्षमताभित्र बहन गर्न सकिन्छ । साधारणतः न्यूनतम खर्चमा बीमा शुल्क बुझाई आफ्ना सम्पत्ति, आम्दानी, दायित्व एवं कामदारहरूको अधिकतम सुरक्षाको व्यवस्था गर्नु नै वास्तविक जोखिम व्यवस्थापन हो । तर, धेरैले यसलाई राम्ररी बुझेका छैनन् । विश्वमा प्राकृतिक वा भैपरीरूपमा आउने कुनै पनि जोखिमबाट हुने क्षतिपूर्तिको लागि जीवन तथा निर्जीवन बीमा गर्ने प्रचलन छ । कुनै एक बीमा कम्पनीलाई जोखिमअनुरूप तोकिएको बीमाशुल्क भुक्तानी गरी बीमायोग्य जोखिम हस्तान्तरण गरिन्छ ।

बीमालेखमा बीमा गर्नु, प्रस्ताव गर्नेले बीमा प्रस्ताव गर्दा उल्लेख गरिएका कुरालाई आधार मानी, प्रस्तावकको नाम, ठेगाना, जोखिम विवरण, बीमा शुल्क बुझाएको रसिद, बीमा गरिएका वस्तु/व्यक्ति वा अन्य कुराहरू उल्लेख  गरिएको हुन्छ । नेपाल बैंकको स्थापनापश्चात् तत्कालीन रघुपति जुटमिल र जुद्ध म्याच फ्याक्ट्रीलाई नेपाल बैंकले कर्जा प्रवाह गर्न थालेदेखि नेपालमा बीमाको आवश्यकता महसुस गरियो । त्यतिबेला यहाँ भारतीय बीमाहरूले कर्जाको बीमा गर्ने प्रचलन थियो । त्यसैले यो जनसमक्ष धेरै प्रचलित थिएन ।

नेपाल बैंकको सक्रियतामा विसं २००४ मा स्थापित माल चलानी तथा बीमा कम्पनी विसं २०१६ मा नेपाल इन्स्योरेन्स एन्ड ट्रान्सपोर्ट कम्पनीको नाममा परिवर्तन गरियो । विसं २०४८ मा निर्जीवन बीमाको काम गर्नका लागि नेपाल इन्स्योरेन्स कम्पनी स्थापना गरियो । विसं २०२४ पुस १ गते राष्ट्रिय बीमा संस्थान स्थापना गरियो । विसं २०२९ देखि यहाँ जीवन बीमा व्यवसाय सुरु गरियो । विसं २०४० पश्चात् यहाँ निजी क्षेत्रद्वारा सञ्चालित बीमा कम्पनीहरूको विस्तार एवं विकास भइरहेको छ ।

हालसम्म यहाँ २० निर्जीवन, १८ जीवन बीमा र एक पुनर्बीमा कम्पनीको स्थापना गरिएको छ । निजी क्षेत्रबाट एक अर्को पुनर्बीमा कम्पनी पनि छिटै सञ्चालनमा आउने भएको छ । नेपालमा बीमा व्यवसायको वृद्धि, विकास, नियन्त्रण तथा अनुगमन गर्न नियमनकारी संकायको आवश्यकता महसुस गरी नेपाल सरकारबाट बीमा ऐन जारी गरियो । जसअनुसार बीमा समितिको स्थापना गरिएको छ । तर यसले आशा गरेअनुरूप काम गर्न सकेको छैन । बीमा व्यवसाय प्रवद्र्धनका लागि पुनर्बीमा कम्पनीले महत्वपूर्ण भूमिका खेल्छ । यही कुरालाई हृदयंगम गरी नेपालमा पनि पुनर्बीमा कम्पनी स्थापना गरिएको छ ।

वस्तुतः नेपाल पुनर्बीमा कम्पनी नेपाल सरकारको अधिक सेयरमा स्थापित विश्वभर कार्यक्षेत्र भएको नेपालको पहिलो पुनर्बीमा कम्पनी हो । यो कम्पनीको मुख्य उद्देश्य यहाँको बीमा कम्पनीहरूलाई स्थानीयस्तरमा विश्वस्तरीय पुनर्बीमा सेवा प्रदान गर्नु र यहाँबाट पुनर्बीमा शुल्कबापत विदेशिएको मुद्राको हिस्सालाई कम गर्नु तथा विभिन्न मुलुकहरूबाट पुनर्बीमा व्यवसाय ग्रहण गरी विदेशी मुद्रा आर्जन गर्नु, पुनर्बीमा व्यवसाय सञ्चालनमार्फत स्रोत तथा साधनहरू संकलन र सोको सर्वांगीण देश विकासमा परिचालन गर्नु, स्वदेशमा आवश्यक रोजगारी सिर्जना गर्नु र क्षेत्रगत जनशक्तिका लागि केही योगदान दिनु रहेको छ । यति मात्र नभई यहाँको बीमा बजार र बीमा व्यवसायको विकास, विस्तार र सुदृढीकरण गर्न उक्त कम्पनीको कम महत्व छैन ।

उक्त कम्पनीको व्यावसायिक रणनीतिअनुरूप वित्तीय क्षमता वृद्धि गर्ने, गुणस्तरीय पूर्वाधार स्थापना गर्ने र संरक्षित एवं तुलनात्मकरूपमा बढी प्रतिफलदायी क्षेत्रमा लगानी वृद्धि गरी आयवृद्धि गर्ने, कम्पनीको आफ्नै भवन निर्माण गरी ग्राहकहरूलाई अधिकतम सेवा प्रदान गर्ने कार्यक्रमहरू छन् । यसबाट नेपालको बीमा व्यवसाय प्रवद्र्धनमा सघाउ पुग्नेछ । व्यक्तिगत, सामाजिक तथा व्यावसायिक कारोबार भइरहँदा भूकम्प, विस्फोट, आगलागी, चोरी, डकैती, सडक एवं हवाई दुर्घटना, मृत्युजस्ता कारणले विभिन्न किसिमका क्षतिहरू हुन्छन् । जसलाई जोखिम भनिन्छ ।  विश्वमा प्राकृतिक तथा भैपरी आउने कुनै पनि जोखिमबाट हुने क्षतिपूर्तिका लागि जीवन तथा निर्जीवन बीमा गर्ने प्रचलन छ । बीमा कम्पनीलाई जोखिमअनुरूप तोकिएको बीमा शुल्क भुक्तानी गरे बीमायोग्य जोखिम हस्तान्तरण गरिन्छ ।

बीमालेखमा बीमा गर्न प्रस्ताव गर्ने व्यक्ति वा संस्थाले बीमा प्रस्ताव गर्दा उल्लिखित कुराहरूलाई आधार मानी प्रस्तावकको नाम, ठेगाना, जोखिम विवरण, बीमा शुल्क, बुझाएको प्रमाण, बीमा, गरिएका व्यक्ति, वस्तु वा अन्य कुरा उल्लेख गरिएको हुन्छ ।  नेपालमा हालसम्म २० र्निजीवन, १८ जीवन र एक पुनर्बीमा कम्पनी बीमा बजारमा क्रियाशील छन् । निजी क्षेत्रद्वारा स्थापित एक अर्को पुनर्बीमा कम्पनी पनि छिटै सञ्चालनमा आउने भएको छ । यहाँ बीमा व्यवसायको बृद्धि, विकास, नियन्त्रण र अनुगमन गर्न तत्कालीन अवस्थामा नियन्त्रणकारी निकायको आवश्यकता महसुस जारी गरियो । जसअनुसार बीमा समितिको स्थापना गरियो । वस्तुतः बीमा भनेको बीमा कम्पनी तथा व्यक्ति/संस्थाको हितमा जारी गरिएको सम्झौता हो । तर, नेपालका धेरैजसो बीमा कम्पनीहरूले जोखिम बहन गर्ने सम्झौताको आधारमा प्रिमियम लिने तर कुनै घटना भएमा भुक्तानी दिन आनाकानी गर्छन् ।

यी कम्पनीहरूले आकर्षक योजनाहरूसहित विज्ञापन गरेर सर्वसाधारण र व्यवसायीहरूलाई आकर्षण गर्छन् । तर, कुनै अप्रिय घटना भएमा विभिन्न कागजातहरूको झन्झट देखाई बीमा गर्न व्यक्ति वा संस्थालाई दुःख दिन्छन् । यसबाट बीमा कम्पनीहरूको विश्वासमा आँच आउन सक्छ । कोरोना बीमा मापदण्ड २०७७ ले व्यवस्था गरेअनुसार आवश्यक कागजात पूरा भएको सात दिनमा कोरोना पोजिटिभ भएको व्यक्तिले बीमाको क्षतिपूर्ति पाउनुपर्ने प्रावधान छ । तर, धेरैजसो बीमा कम्पनीहरूले उक्त प्रावधानको पालना गरेका छैनन् ।

कतै त बीमा भुक्तानी दाबी गरेको तीन महिनासम्म पनि यसको भुक्तानी नपाएको गुनासो छ । बीमा समिति क्रियाशील भए पनि अर्थमन्त्रीले भुक्तानीका लागि आदेश दिनुपर्ने कम लज्जास्पद होइन । नियमअनुसारको कागजातहरू दाबी गर्ने व्यक्ति वा संस्थाले अझसम्म केही बीमा कम्पनीहरूबाट भुक्तानी नपाउनु दुःखका कुरा हो ।
बीमाको दाबी भुक्तानीका लागि कोरोना परीक्षण नै नगराई कोरोना पोजिटिभको रिपोर्ट पेस हुने जोखिम पनि बीमा कम्पनीहरूमा नभएका होइनन् । तर, यसबारे सम्बन्धित कर्मचारीहरू सतर्क हुनु जरुरी छ ।

कोरोना परीक्षण गर्ने प्रयोगशालाचाहिँ सरकारी होस् वा गैरसरकारी सबैले नतिजालाई मान्नुपर्ने सरकारी निर्देशन भए पनि सरकारी प्रयोगशालालाई मात्रै बीमा कम्पनीहरूले भुक्तानीका लागि मान्यता प्रदान गर्नु न्यायोचित देखिँदैन । विदेश जाने व्यक्तिहरूले सरकारी प्रयोगशालामा मात्र परीक्षण गराएका व्यक्तिलाई विमान सेवा प्रदान गर्ने भन्ने सरकारको पछिल्लो निर्णय पनि न्यायपूर्ण छैन । किनभने यसो गर्नाले विदेश जाने व्यक्तिहरूले धेरै समय कुर्नुपर्ने हुन्छ ।

विगतमा कोभिड–१९ को जोखिम संरक्षणका लागि धेरै बीमालेखको बिक्री सुरु गरिएको भए पनि अनुमानको भरमा भारी बीमालेख बिक्री गर्ने र मनग्य नाफा आर्जन गर्ने योजना बनाएका बीमा कम्पनीहरूलाई बढ्दो संक्रमणले चुनौती थप्यो । तर, बीमा व्यवसाय प्रवद्र्धनका लागि बीमित व्यक्ति वा संस्थाहरूलाई जसरी पनि दाबी भुक्तानी यथोचित समयमा दिनुपर्छ । सो गर्न सके मात्र उनीहरूको बीमा कम्पनीहरूप्रति आस्था बढ्छ ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया