Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकम्प्युटिङ पावरका भविष्यवेत्ता, सेमिकन्डक्टर उद्योगका प्रणेता

कम्प्युटिङ पावरका भविष्यवेत्ता, सेमिकन्डक्टर उद्योगका प्रणेता


काठमाडौं । इन्टेलका सहसंस्थापक गर्डन मूरेलाई सेमिकन्डक्टर उद्योगकै प्रणेता मानिन्छ । जसको ‘मूरेज ल’ किताबले धेरै दशकसम्म कम्प्युटिङ पावर बढ्ने भविष्यवाणी गरेको थियो ।

यही चैत १० मा उनको ९४ वर्षमा मृत्यु भयो । सन् १९६८ मा इन्टेलको सहसंस्थापना गर्दैगर्दा मूरे एक प्रविधि क्षेत्रका उत्प्रेरक इन्जिनियर थिए जसले विश्वका ८० प्रतिशत बढी व्यक्तिगत कम्प्युटरमा ‘इन्टेल इन्साइड’ प्रोसेसरहरु राखेका थिए ।

सन् १९६५ मा उनले लेखेको एउटा आलेखमा मूरेले नियालेका थिए, ‘प्रविधिको सुधारलाई साधुवाद! केही वर्षअघिमात्रै आविष्कृत एकीकृत सर्किटहरुपछि माइक्रोचिपहरुका ट्रान्जिस्टरहरुको संख्या हरेक वर्ष झण्डै दोब्बर भएको छ ।’

‘मुरेज ल’का रुपमा प्रसिद्ध त्यो ट्रेन्ड (चलन) चलिरहला भन्ने उनको भविष्यवाणीलाई पछि हरेक २ वर्षमा हुने बनाइयो । यसले इन्टेल र यसका प्रतिस्पर्धी चिपमेकरहरुलाई उनीहरुको अनुसन्धान र विकास स्रोतहरुलाई जबर्जस्त रुपमा लक्षित गर्न मद्दत गर्यो ता कि त्यो सही साबित होस् !

‘एकीकृत सर्किटहरुले घरायसी कम्प्युटरहरु, टर्मिनल जोडिएका सेन्ट्रल कम्प्युटर, अटोमोबाइल र सार्न मिल्ने व्यक्तिगत सञ्चार सामग्रीमा स्वचालित नियन्त्रणतर्फ लैजान्छन्’, मूरेले यो व्यक्तिगत कम्प्युटर (पीसी)को क्रान्ति हुनुभन्दा दुई दशकअघि र एप्पलले आईफोन ल्याउनुभन्दा ४० वर्षअघि लेखेका थिए ।

मूरेको आलेखपछि आधा शताब्दीका लागि विश्वको प्राविधिक विकासलाई हाँक्न मद्दत गर्ने गरी चिपहरु धेरै प्रभावकारी र तीव्रदरमा कम महँगा भए । यसले केवल व्यक्तिगत कम्प्युटर (पीसी)को आगमनलाई मात्रै अनुमति दिएन, इन्टरनेट र सिलिकन भ्यालीका ठूला कम्पनीहरु एप्पल, फेसबुक र गुगललाई पनि स्वागत गर्यो ।

‘यो निश्चित रुपमा सही समयमा सही ठाउँमा हुन राम्रो छ’, मूरेले सन् २००५ तिर एक अन्तर्वार्तामा भनेका थिए, ‘यसकै शैशवावस्थामा सेमिकन्डक्टर उद्योगमा हुन पाउनुमा म साँच्चै भाग्यमानी रहेँ । र त्यो समय मलाई अघि बढ्ने एउटा अवसर थियो किनकि सिंगो एउटा सिलिकन ट्रान्जिस्टर पनि बनाउन नसक्ने त्यो समयलाई हामीले एउटै चिपमा १.७ अर्ब ट्रान्जिस्टर राख्न सक्ने अवस्थामा पु-याएका छौँ ।’

पछिल्ला वर्षहरुमा इन्टेलका प्रतिस्पर्धीहरु ‘विडिया’लगायतले चिप उत्पादन नै सुस्त भएकोले मूरेको नियम लागू नहुने बताएका छन् ।

तर पछिल्ला वर्षमा उत्पादन गिरावटसँगै इन्टेलले बजार हिस्सा गुमाए पनि हालका प्रमुख कार्यकारी (सीईओ) प्याट जेलसिन्जरले कम्पनीले अर्बौँ डलर लगानी गरिरहेको भन्दै ‘मूरेज ल’ अझै सान्दर्भिक रहेको बताउँछन् ।

‘आकस्मिक उद्यमी’
‘पीसी मुभमेन्ट’को भविष्यवाणी गरे पनि फोर्ब्स म्यागेजिनलाई भने मूरेले आफूले सन् १९८० को दशकको अन्त्यसम्म घरायसी कम्प्युटर नकिनेको बताएका थिए ।

सनफ्रान्सिस्कोका मूरेले सन् १९५४ मा क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीमा केमिस्ट्री र फिजिक्स (रसायन र भौतिक विज्ञान)मा विद्यावारिधि गरेका थिए ।

पछि उनी शकले सेमिकन्डक्टर ल्याबोरेटरीमा काम गर्न गए जहाँ उनको भेट भविष्यका इन्टेल सहसंस्थापक रोबर्ट नोयससँग भयो । ‘ट्रेटरस ८’कै अंगको रुपमा उनीहरुले सन् १९५७ मा कम्पनी छाडेर फेयरचाइल्ड सेमिकन्डक्टर सुरु गरे । सन् १९६८ मा मूरे र नोयसले मेमोरी चिप कम्पनी खोल्न फेयरचाइल्ड पनि छाडे । त्यसैको नाम थियो इन्टेल अर्थात् इन्टिग्रेटेड इलेक्ट्रोनिक्स ।

मूरे र नोयसको पहिलो हायर फेयरचाइल्डकै एक सहकर्मी एन्डी ग्रोभ बने जसले सन् १९८० र ९० को दशकमा इन्टेललाई शिखरमा पु¥याउने नेतृत्व प्रदान गरे ।

मूरेले फर्च्युन म्यागेजिनलाई आफूलाई एक ‘आकस्मिक उद्यमी’को संज्ञा दिएका छन् जोसँग एउटा कम्पनी सुरु गर्ने दृढ इच्छाशक्ति थिएन । तर उनी, नोयस र ग्रोभले एउटा शक्तिशाली साझेदारी बनाए ।

नोयससँग चिप इन्जिनियरिङका समस्या समाधान गर्ने सिद्धान्त थियो भने मूरेसँग नोयसका फराकिला र कहिलेकाहीँ गलत परिभाषित विचारलाई परिष्कृत गर्ने क्षमता । जसले ट्रान्जिस्टरहरुलाई राम्रो बनाउन घण्टौँ बिताउँथे । ग्रोभले इन्टेलको सञ्चालन र व्यवस्थापन विज्ञका रुपमा तीनभाइ समूहको अभाव पूर्ति गरे ।

मूरेको उच्च प्रतिभाले पनि अन्य इन्जिनियरहरुलाई उनका लागि काम गर्न प्रेरित ग-यो । उनी र नोयसको नेतृत्वमा इन्टेलले माइक्रोप्रोसेसरको आविष्कार ग¥यो जसले व्यक्तिगत कम्प्युटर क्रान्तिको बाटो खोलिदियो ।

उनी र सीईओ नोयसले बराबरी हैसियत बताए पनि सन् १९७५ सम्म मूरे नै कार्यकारी अध्यक्ष रहेका थिए । सन् १९७९ बाट १९८७ सम्म मूरे प्रमुख र सीईओ थिए र उनी सन् १९९७ सम्म प्रमुख रहिरहे ।

सन् २०२३ मा फोर्ब्स म्यागेजिनले उनीसँग ७.२ अर्ब डलर सम्पत्ति रहेको अनुमान गरेको थियो । उनी र उनकी श्रीमती बेट्टीले सन् २००० मा पर्यावरणीय कारणहरुलाई केन्द्रित गरी फाउन्डेसन खोलेका थिए । जसले अमेरिका, क्यानडा र रुसमा वातावरणीय संरक्षणका परियोजना सञ्चालन गर्यो । फाउन्डेसन इन्टेल सेयरमार्फतका मुरेका ५ अर्ब डलरजति दानरकमले खोलिएको थियो ।

उनले क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीलाई प्रविधि र विज्ञानमा अग्रपंक्तिमा रहन सयौँ लाख डलर दिएका थिए भने सर्च फर एक्स्ट्राटेरेस्ट्रियल इन्टेलिजेन्स (सेती) परियोजनालाई पनि सघाएका थिए ।

उनलाई तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुसबाट सन् २००२ मा राष्ट्रकै उच्च नागरिक सम्मानका रुपमा चिनिने ‘मेडल अफ फ्रिडम’ पनि प्रदान गरिएको थियो । उनी र उनको श्रीमतीबाट दुई सन्तान रहेका छन् । भावानुवाद


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया