Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअचम्मको देश र बिचरा नेपाल

अचम्मको देश र बिचरा नेपाल


काठमाण्डौं,चैत २५
यतिखेर विश्वभर ठूलो तरङ्ग र डर छाइरहेको छ । कोरोना भन्ने जैविक शक्तिले सबै देशहरूमा हमला बोलिरहेको अवस्था छ । यतिखेर यस्तो अनुभब हँुदै छ कतै पृथ्वी घुम्न त रोकिएको छैनझैँ सबैलाई लाघ्नु मनासिव नै हो, ठूला–ठूला उद्योग, कल कारखाना, बजार अनि सबै सडक रित्तै छन् । मानवीय आत्मियताको दूरी बढाउँदै छ एक–अर्कासँग भेट हुन नपरिदिए हुन्थ्यो, म यो रोगबाट बच्न पाए हुन्थ्यो भन्ने लग्नु जो–कोहीलाई स्वाभाविक पनि हो । एक किसिमले भन्नुपर्दा डरैडरले बस्नुपर्ने अवस्था सिर्जना भैसकेको छ । जुन हाम्रो दूरी र ड़र नै एक–अर्कामाथि प्रहर गर्ने हतियार भइसकेको छ ।

नेपालको प्रमुख आयस्रोत नै विदेशिएका नागरिकबाट आएको रेमिट्यान्स हो । न मुलुकले आहा भन्ने परिवर्तन नै देखाउन नै सके न त विदेशिएका नागरिकलाई सुविधा र सम्मान दिनै सके । कुनै पनि देशको नागरिक वैदेशिक रोजगारमा मुलुकको मातहतमा जान्छ भने भोलि भैपर्दा कुनै अपत आएको खण्डमा तेस नागरिकलाई मुलुक झिकाउने काम राज्यबाट नै हुनुपर्ने हो । उनीहरूको संरक्षण नेपाल सरकारले गर्नुपर्ने हो । संकटमा परेका, रोजगार गुमाएका, पीडित र समस्यामा परेर म मेरो देश नेपाल पÞmर्किन्छु भन्नेलाई नेपाल फर्किन र उसको उपचार नेपालमा गराउने काम नेपाल सरकारको हो । आपतमा आफ्नो घर आउन फर्केर नेपाल सरकारले व्यवस्था मिलाउँछ भन्ने कि होइन हामी जिम्मा लिन सक्दैनौँ जो जहाँ छ त्यहीँ उपचार गर्ने भन्ने नेपालको नागरिकलाई अरु मुलुकले किन गरिदिओस् ? जब कि उसकै देशको नागरिकलाई बचाउन ऊ सफल छैन ।

एसैको अर्थमा नेपाल बिचरा भएको छ । हुन त सरकारले गरेका काम यसबाहेक अरु सबै राम्रै गरिरहेको छ । भूकम्प आउँदाजस्तो अस्तव्यस्त छैन । किन कि यसमा योजना बनाउन र सतर्क हुन पर्याप्त समय नेपाल सरकारसँग थियो । अनि अचम्मको देश र त्यहाँको बिचरा जनता । सरकारले आफ्नै नागरिकलाई आफ्नो देशमा जानसम्म रोक लगाएको बेला जापानबाट नेपाल सरकारलाई यस रोगविरुद्ध लड्न आर्थिक सहयोग गर्दा मलाई नेपाली नागरिक हुनुमा गर्व लाग्छ । अनि के भन्ने सरकारलाई ? जसको तँ मुख हेर्न पनि चाहँदैनस, उसकै आर्थिक सहयोगले देश र जनताको सेवा गर । के विदेशिएका नेपालीचाहिँ सौतेनी आमाका छोरा हुन् र ?

—रबिन्द्र फुयाँल
क्यानडा


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया