Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअसहमतपरिवर्तन केमा भयो खै?

परिवर्तन केमा भयो खै?


काठमाडौं,परिवर्तन हरेक व्यक्ति , वस्तु , व्यवस्था अनि वातावरणमा हुने गर्दछ।एउटा वाक्यांश मा भन्नु पर्दा परिवर्तन एउटा नियमित प्रक्रिया हो । समयको माग हो।अवस्यकताको आधार हो। बिकासको पुर्व सन्ध्या हो।व्यबस्थापनको चुनौती हो।प्रगतिको एक खुट्किला हो। तेसो त हरेक एक दशकमा पृथ्वीले पनि आफ्नो तापक्रममा परिवर्तन ल्याउने गर्दछ।यसरी परिवर्तन आउद हावापानी र घामले वातावरणमा रहेका प्रत्येक प्राणीलाई नियोजित न्यायसंगत ढङ्गले लाभान्वित भयो कि भएन भन्ने कुराले अर्थ राख्दछ।यस्तै गरि अन्य क्षेत्रमा हुने परिवर्तनको मकसज पनि तेहि हो।अर्थात परिवर्तन हुनु भनेको मौजुदामा रहेका यथार्थताले केही या धेरै कुराको तालमेल अनि ढङ्ग नमिल्दा , नमिलेको ठाउमा मिलाउन का लागि नै परिवर्तन गर्ने हो।तेसो त परिवर्तन अस्वाभाविक पनि हुने गर्दछ।बादल देखा परेपछि पानी पर्नु स्वाभाविक मानिन्छ तर नियम या नीति सङ्गत विधि परिवर्तन गर्दा कुन तत्वले स्वाभाविक रुपमा हेरि सहर्ष स्वीकार्ने अनि नस्वीकार्ने भन्ने कुरा उस्ले टेकेको धरातलले निर्भर गर्दछ । व्यबस्था परिवर्तनको लागि आमुन्ने सामुन्ने वसेकाहरुको भुमिका र चरित्रले यो कुराको सिकाइ गरेको छ।

परिवर्तित समय सङ्गै हामीले हाम्रो आबस्यकतालाई मागमा राखि भौगोलिक सम्रचना ,कानुनी व्यवस्था ,समानता मुलक ,समानुपातिक सहभागीता सहितको परिकल्पना गरि राज्यको मुल कानुन नया सम्बिधान बनाएर व्यबस्थालाई परिवर्तन गरे।जसको नाम सङ्घियता राखियो ।सङ्घियता भनेको तीन तहको सरकार अर्थान पहिला नै भएको केन्द्रीय सरकार र स्थानीय निकाय (गा.बि.स३९३४) हालको स्थानीय तह भनेर भुगोलको चिरफार अनि केही थप अधिकार सङ्गै सहभागीताको सम्रचना मा फरक ,सामान्य रुपमा हेर्दा लगभग उस्तै दुईवटा सरकार छ दै थियो।

प्रदेश सरकार सम्रचना थपेर सङ्घियता बने ।यस्को मुल मर्म भनेको केन्द्रीकृत प्रणालीलाई छोडेर राज्य सरकार र शासक जनताको नजिक रहेर नागरिकले पाउने सेवा सुविधा सहज रुपमा घरदैलोमा पाउने भन्ने हुन।यसका लागि ठुलो भुगोल र धेरै जनसंख्या भएको कारण नागरिकको पहुँचमा केन्द्रीय सरकार नपुग्दै गर्दा यस्को आबस्यकताको महसुस हुन्छ। हाम्रो देश नेपालको भुगोललाई हेर्दा जम्मा १४७१८१ वर्ग कि मि छ।जतिखेर देश पुन सम्रचनामा गयो ततिबेला जनसंख्याको तथ्यांक हेर्दा म सहित २६४९४५०४ जना थियो। जनसंख्या र भुगोललाई सुत्र बनाउने हो भने केन्द्रीकृत प्रणालीमा राज्य व्यबस्था हुदा पनि नागरिकको बस्ती सम्म जान शासकलाई तेति टाढा देखिदैन ।

तेसो त एउटा कुनै काल खण्डलाई परिवर्तन गरी अर्को ब्यबस्था ल्याउन तेति सजिलो छैन र हुदैन यस्का लागि राज्यले थुप्रै खाले क्षति बेहोर्नु पर्दछ यो कुरा इतिहासमा साछी छ। तेसैगरि यो ब्यवस्था ल्याउनमा पनि नेपाल आमाका हजारौं सन्तानले ज्यान गुमाए, कतिपय अझै पनि बेपत्ताको सुचीमा छन ,अपाङग र घाइतेको सङ्ख्या उतिकै छन ।धेरै जनाको अझै शरिरमै गोलिका छर्रा छन।यी र यस्ता हजारौं पात्रहरू छन जो प्रत्यक्ष अप्रत्यक्ष रुपमा प्रभावित भएका।

तेति मात्रै होइन करोडौंको भौतिक सम्पत्तिको क्षति भएको छ।तुलनात्मक रुपमा भन्नु पर्दा शहरमा भन्दा गाउँमा बसेका मान्छेले अझ बढी मानसिक डर ,त्रासको जिन्दगी भोगेको छ।शिक्षामा परेको असर अनि क्षतिका कारण शैक्षिक दक्ष जनशक्तिको उत्पादनमा ह्रास आए सङ्गै परिणाम देशले शिक्षा क्षेत्रमा ठुलै क्षति व्योहोर्नु परेको छ।कतिको जिन्दगी बर्बाद भएको छ रोजगार खोसिएको छ ।घरबार बिग्रिएको छ। पारिवारिक बिचलन बिचल्ली भएको छ । यति हुदा पनि भावि सन्ततिलाई सहज होस भनेर आवस्यकताले , करले, रहरले ,डरले, बाध्यताले सबै कुरा खेपि रहे ,भोगिरहे।तेतिबेलाको आसा भनेको हालको ब्यबस्थाको प्राप्ति पश्चचात सबै नेपालीले समानता मुलक ढङ्गले हरेक क्षेत्रमा न्याय पाउने छन। बिदेशिएका नेपाली जनशक्ति सन्ततिको स्वदेशमा परिवारसङ्ग बास हुने छ भन्ने आशा थियो।

सङ्घियता भनेको तीन तहको सरकार हो।एउटा सरकार स्थानीय सरकार जुन सरकार मा महिला, दलित, अल्पसङ्खेत , बर्ग जाति र भुगोलबाट समानता मुलक ढङ्गले समानुपातिक सहभागीताको निर्वाजित जन प्रतिनिधि जहाँ कार्य पालिका र न्याय पालिका रहेको छ ।सबै निर्वाजित जनप्रतिनिधि सरकारमा रहने छ सङ्घ र प्रदेशमा जसरी सरकार र सरकारको प्रतिपक्ष भन्ने कल्पना गरिएको छैन।प्रदेश र सङ्घमा भएको जस्तो बिषयगत समिति भने रहेको छ ।सबै निर्विजित जनप्रतिनिधिको जिम्मेवार तेहाका स्थानीय श्रोत साधन , जल ,जमिन , जङ्गल , जडिबुटी र जनशक्तिको पहिचान गरि परिचालन गर्ने गराउने हो।हरेक नागरिकको आर्थिक, शैक्षिक, शारिरिक ,अवस्थाको पहिचान गरि नागरिक मैत्री कार्यक्रम ,नीति बनाउने, आफ्नो पालिका भरिको भुगोलको माटोले मागेका खेती पाति लगाएर उत्पादनमा वृद्धि गर्ने, गराउने छ। नागरिकलाई उत्पादन सङ्ग जोडी आय आर्जन सङ्गै व्यबसायमा अनुदान दिई सीप, क्षमता बिकास गराइ आफ्नो पालिकालाई आर्थिक ,सामाजिक शैक्षिक समृद्धि,सस्कार सस्कृतीको सम्रक्षण गरि स्वास्थ स्थानीय तहा बनाउने निति कार्यक्रम र बजेट ब्यस्थापन गर्ने हो।सङ्घ प्रदेश सङ्ग मात्रै समन्वय सहकार्य नभइ फरक स्थानीय तह सङ्ग भगेनी सम्बन्ध राखि सङ्घियताको मर्मलाई मार्मिक बनाउने तिर लाग्ने हो।साना साना आयोजना आफ्नो बजेटले समेट्ने र ठुला गौरवका आयोजनालाई सङ्घ र प्रदेशसङ्ग समन्वय गरि योजनाको प्राथमिकता बनाउने जस्ले उत्पादन र रोजगारी सृजना होस।

तेसैगरि प्रदेश सरकार सङ्घ र स्थानीय तहको बिचको सरकार भएको र प्रदेश सरकार हुनु सङ्घियता हो र सङ्घियता भन्नु नै प्रदेश सरकार रहेको राज्य हो तेसैले प्रदेश सरकारको औचित्यलाई पुष्टि हुने गरि काम गर्नुपर्ने सरकार प्रदेश सरकार हो। आफ्नो प्रदेश भित्रका स्थानीय तहाहरुको अवस्था र आवस्यक्तालाई ध्यानमा राखेर समानतामुलक ढङ्गले बजेट प्रवाह गर्ने , कर्मचारी पठाउने , नीति बनाउने र नागरिकलाई स्थानीय तहामा भेटिरहने सरकार सङ्गै देखिरहने सरकार छ भन्ने अनुभुति गराउने काम प्रदेश सरकारको हो।

तीन तहाको एउटा सरकार केन्द्रीय सरकार जस्ले स्थानीय तहा र प्रदेश सरकारले गर्न नसकिने कामहरू नोट छाप्ने , सेना परिचालन गर्ने, बिदेशी राष्ट्रहरु सङ्ग कुटनैतिक सम्बन्ध राख्ने देखि नीति कानुन बजेट बनाउने प्रदेश र स्थानीय तहासङ्ग समन्वय गर्ने लगाएत सम्विधानले दिएको अधिकारलाइ प्रयोग र पालना गरि नागरिकले सरकार छ भन्ने प्रत्यभुत हुने गरि राज्य सन्चालन गर्ने हो ।

त्यो भित्र ७५३ स्थानीय तहाको प्रमुख उपप्रमुख १५०६ जना यी मध्य नगर पालिकामा १३ जना र गाउँ पालिकामा १२ जना गरि २५ जना महिला प्रमुख पदमा छन। महिलाको सहभागीता भने व्यवस्था बमोजिम हुन सकेको छैन ।यसलाई महिलाको आखाले हेर्दा महिलाको नेतृत्व मा प्रभाव पार्ने तत्वलाई सुधार गर्नुपर्ने धेरै छन भन्ने कुरा स्पष्ट देखिन्छ ।जसमा ६ वटा महानगरपालिका , ११ वटा उपमहानगरपालिका , २७६ वटा नगरपालिका , ४६० वटा गाउ पालिका र ६७४३ वटा मा वडा अध्यक्ष सङ्गै हरेक वडामा ४ जना सदस्य एक महिला एक दलित महिला सहित २६९७२ जना वडा सदस्य रहेको छ।१५३ सङघिय निर्वाचन क्षेत्र सहभागी जनप्रतिनिधि ४०५ थप समानुपातिक प्रणाली गरि १६५ं११०.२७५ ती भित्रबाट बाहेक कसैलाई छुटेमा बिशिस्ट स्थान राष्ट्रपतिमा कसैलाई ल्याउन परे ल्याउन सकिने छ।अर्को सङ्घिय सरकारमा राष्ट्रिय सभा ७ वटा प्रदेशबाट ८र८ जना ५६ र राष्ट्र पतिले बिशेश व्यक्तिहरु मध्येबाट३ जना मनोनीत गरि ५९ जना २७५ ं ५९. ३३४ हरेक भुगोलको ,लिङगको,बर्गको समानुपातिक सहभागीताको सरकार।३३० प्रदेश निर्बाचन क्षेत्रको पहिलो अथवा प्रत्यक्ष निर्वाजित सङ्गै १३२ समानुपातिक प्रणालीबाट सहभागी गरि ३३०ं१३२.४६२ जना जनप्रतिनिधि।

यी सबै माथिका जनप्रतिनिधि भनेको जुन तहको भएपनि राष्ट्रिय जनगणना २०७८ को तथ्यांकलाई हेर्दा २९१६४५७८ जना माथि राज गर्ने हरु हुन। सबै हाम्रा प्रतिनिधि हामीले बिस्वास गरेर हाम्रो मत दिएर पठाएका ,देश र नागरिकको भविष्य सुम्पेका , अभिभावक, राज्यको नीति कर्ता, राज्यकोषको विनिमय कर्ता , नागरिकको सम्रक्षक हुन। जस्लाई हामी बिभिन्न तहाको सरकार भन्छौ ।सरकारलाई एकै ठाउमा राखेर सङ्ख्या मा हेर्दा यस्तो देखिन्छ ।

राष्ट्रिय सभा. ५९
प्रतिनिधिसभा. २७२
प्रदेश सदस्य . ४६३
स्थानीय तहा प्रमुख उपप्रमुख. १५०६
वडा अध्यक्ष. ७६४३
वडा सदस्य .२६९७२
जम्मा . ३६९१५ जना

तर बिडम्बना यति धेरै सरकार भएको राज्यका नागरिकको अवस्थालाई आज भोलि हेर्दा आर्थिक अभावका कारण मानसिक रोगी नभएका मान्छे कमै भेटिन्छ ।तेसो त आफनो व्यबसाय टाट पल्टिँदा देशको मुख्य राजधानीको सडकमा दिउँसै आत्म दह गरेका घटना सबैको अगाडी छ।त्यो त एउटा प्रतिनिधि पात्र मात्रै हुन। आजभोली कसैसङ्ग कुराकानी गर्ने क्रममा सन्चो बिसन्चो हालखबर सोधे भने जनप्रतिनिधि र सरकारी कर्मचारी बाहकेका अरु मान्छे सङ्गको कुराकानी को जवाफमा ,तनावमा छु।डामाडोल छ।ब्यापार व्यबसाय चलेको छैन भन्ने कुराकानी सामान्य भइसकेको छ।

गाउघरमा हेर्दा कृषि मा श्रम मिहेनत लगानी गरि किसानले उत्पादन गरेका नगदेबाली उत्पादन भएपनि बजार लाने बाटो छैन ।बल्लतल्ल बजार पुराए किसानलाई उस्ले उत्पादन गरेको वस्तुको उचित मुल्य छैन।खाध्यन्न बाली उत्पादन गर्नका लागि समयमा मल छैन। जग्गा जमिन बाझो छ ।जनशक्ति छैन।युवा लगाएत ५० वर्ष उमेर सम्मका मान्छे जम्मै बिदेशमा ।
सरकारी विद्यलायमा विद्यार्थी छैन।१२ कक्षा नसकिदै कुन देशमा जाने भन्ने योजना बनाउछन बच्चाहरु र जान्छन बा आमाको मुटुको टुक्रा सङ्गै पैसाको बिडो बोकेर बिदेश।

क्यानाडा, युके, अष्टेलिया, अमेरिका, जापान जस्ता बिकसित देश गएका छोराछोरीले नेपाल फर्किने कुरा गर्दैनन्।उनीहरू उतै माइग्रेशन र सेटलमेन हुने कुरा गर्छन ।यता बा आमालाई सुगर प्रेसरका औषधी छिमेकीले ल्याइदिनु पर्ने अवस्था आको छ।नेपालमा बा आमाको अन्तिम बोली छोराछोरीले सामाजिक सन्जाल मोबाइलको स्क्रिनबाट सुन्नुपर्ने जमाना आको छ र अन्तिममा बा आमाको मृत्यु सस्कारको लागि बिदेशमा रहेका छोराछोरीलाई बा आमाको लासले कुरिरहेको अवस्था नौलो भएन। घरका छोराछोरी बिदेश जादा त्यो घरको छोराछोरी मात्रै होइन रहेछ बिदेश गको तेहा त नेपाली नागरिक , स्कुलको विद्यार्थी, देशमै उत्पादन गर्ने जनशक्ति , स्कुलका शिक्षक , छिमेकीका साथी, नेताका कार्यकर्ता उम्मेदवार का मतदाता, व्यापारीको उपभोक्त।यसो हेर्दा एउटा नेपाली बिदेशिदा यतिका ठाउमा खाली हुदा रहेछ।
यस्तै गरि घरका छोराछोरी बिदेशिदै गए । यी हाम्रा ३६९१५ जना सरकारमा रहेका जनप्रतिनिधिले को माथि राज गर्ने होरुरु के हामीले चाहेको सङ्घियत यहि हो? हामीले खोजेको परिवर्तन यहि हो? कि हरेक ३।३ महिनामा फेरिने सरकार र सरकारका मन्त्रीको परिवर्तन हो? हामीले चाहेको र हामीले ल्याएको।परिवर्तन ।यतिहो? यस्तो हो?


क्याटेगोरी : असहमत


तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x