Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगफरक मतसहकारी ठगीमा रवि : बयानमा अस्वीकार, प्रमाणले पुष्टि

सहकारी ठगीमा रवि : बयानमा अस्वीकार, प्रमाणले पुष्टि


संसदीय छानबिन समितिमा यो बेलासम्मकै सबैभन्दा लामो बयान दिनेमा परे संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्री रवि लामिछाने । गएको शुक्रबार उनले राति एक बजेसम्म बयानका लागि बिताउनुप¥यो । उनीमाथि सहकारी ठगीको आरोप लागेको छ । त्यस्तै, ठगीमा कतिपय व्यक्ति जेलमा र कतिपय फरार छन् । फरार हुनेमध्येकी एक हुन् राप्रपाकी सांसद गीता बस्नेत । रवि गृहमन्त्री भएकै बेला उनीमाथि पाँच करोड ठगेको आरोपमा मुद्दा हालिएको थियो । यी सांसद एउटा होटेलकी सञ्चालक थिइन् । त्यसमै सहकारीबाट अपचलन भई रकम गएको आरोप लागेको थियो ।

तर यो रकम उनी आफँैले आफ्नो होटलमा लगेको भने होइन । उनका ज्वाईँ सञ्चालक रहेको सहकारीबाट ज्वाईँमार्फत नै रकम गएको थियो । तर पनि उनी पाँच करोड अपचलन गरेको अभियोगमा परिन् । अभियोग लगाउने भने रवि थिए । रविमाथि पनि उनी सेयरहोल्डर सञ्चालक र त्यसको प्रबन्ध निर्देशक रहेको बेला विभिन्न सहकारीबाट एक अर्बभन्दा बढी रकम अपचलन भएर गएको आरोप लागेको छ । संसदीय छानबिन समितिका एक सदस्यले ती सांसद र तपाईंको अपचलन प्रकृति मिल्छ भने उनी दोषी तपाईंचाहिँ कसरी निर्दोष ? भनेर प्रश्न गरेका थिए । त्यसमा रविको जवाफ थियो– ‘उनी आर्थिक कारोबार पनि गर्ने थिइनँ, म प्रशासन मात्रै चलाउँथे ।’ रविले नै अभियोग लगाएकी ती सांसद सम्बन्धित संस्थाकी अध्यक्ष थिइन् भने रवि त्यसबेला सम्बन्धित कम्पनीको प्रबन्ध निर्देशक । कुनै पनि कम्पनीको अध्यक्षभन्दा प्रबन्ध निर्देशक बढी कार्यकारी र जवाफदेही हुन्छ तर रविले भने त्यसदिन समितिमा अर्कै बयान दिए ।

रविसँग त्यसदिन ५० भन्दा बढी प्रश्न सोधिएको थियो । त्यसमा उनको सबै इन्कारी जवाफ आयो । कतिसम्म भने उनको नामको सेयरको रकम पनि कहाँबाट आयो भन्ने आफूलाई थाहा नभएको भन्ने जवाफ दिएर मुस्कुराइरहे । तर यता कागजपत्रले भने रविको यो इन्कारी जवाफलाई कतै पनि साथ दिँदैन । उनको संलग्नताकै पुष्टि गर्छ । त्यो पनि एक ठाउँ होइन, ठाउँठाउँमै ।जस्तो, सहकारीबाट बेरीतको ऋण उनकै नाममा आउँछ । त्यो ऋणको रकम उनी प्रबन्ध निर्देशक रहेको कम्पनीमा जम्मा हुन्छ । पछि त्यो उनको नामको सेयर खरिदमा परिणत हुन्छ । सेयर खरिद गर्दाको रकमबारे स्रोतमा उनी आफैँले ऋण सापटी भनेर उल्लेख गर्छन् । यो कम्पनीमा सहकारीबाट ठूलो रकम ऋण दायित्व रहेको भन्ने कुरा उनी आफैँले प्रबन्ध निर्देशकको हैसियतबाट हस्ताक्षर गरी सरकारी कार्यालयमा बुझाएको कागजबाट देखिन्छ । उनीमाथि लागेको आरोपअनुसारको त्यो रकम अपचलनमा आफ्नो संलग्नता कतै नरहेको भनेर उनले जवाफ दिँदा समितिका सभापतिले नै उनको हस्ताक्षर र तीनपुस्ते देखाएका थिए ।

त्यो हस्ताक्षर आफ्नै रहेको भनेर त स्वीकारे तर त्यो सरकारी कार्यालयमा काम मिलाउने सन्दर्भमा मात्रै रहेको भनेर जवाफ दिए । सरकारी कार्यालयलाई ढाँट्न पाइन्छ भन्ने पूरक प्रश्नमा उनको जवाफ थियो– चलन नै यस्तो रहेको छ । समितिमा रविले धेरैपटक दोहो¥याएको विषय हो– गोर्खा मिडिया नेटवर्कमा रहेको आफ्नोे सेयरबापतको रकम आफूले हालेको होइन । गोर्खा मिडियाका अध्यक्ष जीबी राईले हालिदिएकोे हो । त्यो पैसा कहाँबाट आउँथ्यो भन्ने आफूले खोज्ने कुरा भएन । तर रविले सरकारी कार्यालयमा भने त्यो सेयरको रकम आफैँले हालेको भनेर लिखतमा नै बताएका छन् । जसले नौ घण्टासम्म चलेको यो बयानमा उनले भनेको आफू प्रबन्ध निर्देशक र सेयर साझेदार रहेको गोर्खा मिडिया नेटवर्कमा सहकारीको पैसा लगानी भएकोबारे आफूलाई रत्तिभर पनि थाहा थिएन भनेर बताएको कुरा आफैँ खण्डित हुन्छ ।
सेयर कायम गराउन कम्पनी रजिस्ट्रारमा उनले बुझाएका तीनवटा डकुमेन्ट पनि समितिले झिकाएको छ । त्यसमा उनको नागरिकताको प्रतिलिपि, सेयरबापतको पैसा कम्पनीलाई दिएको प्रमाण (रकम जम्मा गरेको भौचर र कम्पनीको खातामा रकम जम्मा भएको बैंक स्टेटमेन्ट) र लगानीको स्रोत खुलाइएको व्यहोरा ।

लगानीको स्रोत खुलाइएको व्यहोरामा पैतृक सम्पत्ति, अन्य व्यवसाय र ऋणसापटी भन्ने उल्लेख भएको छ । यो उनी आफैँले भरेकै विवरण हो । लगानीको स्रोतमा पैतृक सम्पत्ति र अन्य व्यवसाय देखाउने वा लेखाउने कुरा मात्र हुन् । वास्तवमा सबै रकम ऋणसापटीबाटै आएको हो भन्ने सहकारीबाट उनका नाममा निकासा भएको र यता लगानी भएको रकमको अंकले नै बताउँछ । उनी आफैँले भरेकै विवरणलाई त्यस दिन बयानमा भने झूटो सावित गर्न खोजेको देखियोे । झूटोलाई सावित गराउन उनले समितिका सदस्यलाई विश्वास दिलाउन ‘गोर्खा मिडियाका अध्यक्ष जीबी राई सहकारीहरूमा संलग्न थिए भन्ने कुरा मैले दोस्रोपटक सांसद भएपछि मात्रै थाहा पाएको हुँ,’ भनेर पटक–पटक दोहो¥याइरहे । तर सदस्यहरूले पत्याएजस्तो बुझिएन । समितिका सदस्यहरूले बताएअनुसारका जानकारी यिनै हुन् ।

हँुदैजाँदा एउटा सहकारीबाट रवि लामिछानेको नाममा पूरै एक करोड उनी प्रबन्ध निर्देशक आएको कम्पनीमा आएको विवरणका कागजपत्र देखाइँदा उनले भने–‘म त्यो रवि लामिछाने होइन ।’तर विवरणहरूले भने सहकारीबाट रकम अपचलन गरी ल्याएर गोर्खा मिडियाको सेयर गरिएको नै देखाउँछ । त्यसका तिथिमितिले पनि यो कुरा खुलाउँछन् । जस्तो, २०७७ चैत २० गते लामिछानेले सेयर सदस्य बनाइपाऊँ भनेर गोर्खा मिडियामा निवेदन पर्छ । त्यसपछि गोर्खा मिडियाको बोर्ड बैठकबाट उनलाई १५ प्रतिशतको सेयर सदस्य बनाउने निर्णय हुन्छ । २०७७ चैत २५ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा सेयर दर्ता गर्न गोर्खा मिडियाबाट सिफारिस जान्छ ।

२०७८ वैशाख ५ गते सुप्रिम सहकारीबाटै लामिछानेको नाम उल्लेख गरेर रोशनी गुरूङले एक करोड रूपैयाँ गोर्खा मिडियाको खातामा पठाइन्छ । गोर्खा मिडियाको यो बैंक स्टेटमेन्टमा लामिछाने र गुरूङ दुवैको नाममा हुन्छ । यही रकम बुझाएर उनी गोर्खा मिडियाको सेयर सदस्य बन्छन् । समितिमा रविको दाबी छ– म यो कम्पनीमा कुनै आर्थिक कारोबार गर्दिन’थेँ । तर उनी सामेल भएको आर्थिक वर्षको बासलातमा प्रबन्ध निर्देशकको हैसियतबाट हस्ताक्षर भएको छ जसमा आधा अर्ब जति ऋण दायित्व भएको बताइएको छ । ऋणको यो रकम तिनै सहकारीबाट आएको हो । पहिले रविमाथि सहकारी ठगीको आरोप मात्र थियो । अब त यो बयानपछि छानबिन समितिलाई पनि ठगेको आरोप थपिएको छ । रविले गरेको इन्कारी बयानकै आधारमा उनलाई उन्मुक्ति दिइयो भने यसले बनाउने नजीर खतरनाक हुने देखिन्छ । कुनै पनि कसुरको छानबिन क्रममा आरोपीले इन्कारी बयान दिएका आधारमा मुद्दा नचलाइने हो भने यसपछिका दिनमा त्यो कति डरलाग्दो होला भन्ने अनुमान गरौँ । रास्वपाका सभापति भएका कारण रविलाई एउटा र सामान्य नागरिकलाई अर्को कानुन लाग्ने अवस्था स्वीकार्य होला ?


क्याटेगोरी : फरक मत
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
hornbee
hornbee
2 months ago

chor le maile chorya hu kasle vanxa ?

1
0
Would love your thoughts, please comment.x
()
x