बालेनको चाल काठमाडौं महानगरका लागि शुभ सङ्केत हुन सक्दैन
इन्द्रजात्रा (यन्या पुन्ही)को अन्तिम दिन ‘ननीचा याय’, कुमारीको रथ बसन्तपुर, ढोकाटोल, नरदेवी, किलगल, इन्द्रचोक, मखन, कालभैरव हुँदै कुमारीघर तानियो र सफलताका साथ रमाइलो वातावरणमा समापन भयो । महिला दिदीबहिनीहरूले रथ तान्ने व्यवस्था गरिएको थियो । केही अप्रिय घटना भएको देख्न र सुन्न त परेन तर केही अप्रिय दृश्य भने प्रष्ट देखियो ।इन्द्रजात्राको पहिलो दिन राष्ट्र प्रमुख, सरकार प्रमुखलगायत अन्य ठूला गन्यमान्य व्यक्तिको उपस्थिति हुने र महानगर प्रमुखको नाताले अतिथिहरूको स्वागत सत्कार गर्ने आधिकारिक चलन रही आएको हो । तर, प्रमुख बालेनले जानाजानी उपस्थिति नभई, कार्यक्रम नै बहिस्कार गरेर सो प्रचलनलाई तोडेको छ । किन ? के यो राष्ट्र प्रमुखजस्तो सम्मानित र वरिष्ठ व्यक्तिलाई अपमान गरेको होइन ? हेपेको होइन ? प्रधानमन्त्रीसँग कुरा नमिल्न सक्छ तर यसरी जुँगाको लडाइँले परम्परागत कार्यक्रमलाई बिथोल्न पाइन्छ ? लोकतन्त्रमा अनुशासनको पनि ठूलो महत्व हुन्छ । आफूभन्दा माथिल्लो ओहोदाका व्यक्तिलाई पदअनुसार व्यवहार गर्नु दायित्व र जिम्मेवारी पनि हुन आउँछ । के काठमाडौंवासीले यस्ता जनप्रतिनिधि चाहेका हुन् ?
इन्द्रजात्राजस्तो महान् पर्व मनाइरहँदा जात्रालाई नै बाधा पु¥याउने मात्र नभई नेपालको राजधानी काठमाडौंको ऐतिहासिक नामलाई समेत बिथोल्ने र आफ्नै नाम प्रचार गर्ने उद्देश्यले ‘बालेन सिटी’, र भगवान्भन्दा ठूलो देखाउन बालेनको तस्बिर अंकित टिसर्ट लगाएर केही युवायुवतीहरू जात्रामाझ परिचालित देखियो । के यो नेवाः संस्कृति, धर्म, हाम्रो काठमाडौंको ऐतिहासिक नामलाई परिवर्तन गर्न चुनौती दिएको होइन ? यदि प्रहरीले समयमै हस्तक्षेप नगरेको भए त्यहाँ मुठभेडको अवस्था सृजना हुन सक्थ्यो र पूरै जात्रा रणभूमिमा परिणत हुन सक्थ्यो । बालेनले अविलम्ब यस्ता क्रियकलाप बन्द गर्नैपर्छ । साथै आफ्ना अन्धभक्तहरूलाई यस्ता नेवाः संस्कृतिविरोधी क्रियाकलापबाट पछि हट्न निर्देशन दिनुपर्छ । यो विशुद्ध सामाजिक, सांस्कृतिक पर्व हो जहाँ कुनै किसिमको राजनीतिक थलो बन्न सक्दैन ।
बालेनले इन्द्रजात्राको तेस्रो दिन बसन्तपुरमा केही वडाध्यक्षहरू उपस्थिति गराएर, आफ्नै नगर प्रहरीको घेरामा उनकै लागि मात्र अर्को इन्द्रजात्रामा नचाइने नाच समूह जम्मा गर्न लगाएर तमासा गर्न पुगेको देखियो । के यस्तो अलग्गै गर्न मिल्छ ? वडाध्यक्षहरूले किन साथ दिए ? यस्तै हो भने बालेनको अलग इन्द्रजात्रा हुनेभयो । अर्को वर्ष पनि सरकारको आधिकारिक कार्यक्रमलाई बहिष्कार गर्ने बहाना र बालेनको छुट्टै जात्रा मनाउने हुन सक्छ । गलत नजिर स्थापना भएको छ । वडाध्यक्षहरू जानेर वा नजानेर साथ दिइरहेका छन् । के यो बालेनले आफ्नो पद र शक्तिको दुरुपयोग गरेर चुनौती दिएको होइन ? साथ दिने जनप्रतिनिधि वडाध्यक्षहरूदेखि दया लागेको छ । महानगरसभाले स्पष्टीकरण माग गर्नैपर्छ । समयमै सबैको ध्यान जाओस् नभए नेवाः संस्कृति, पहिचान, गौरव, शान इतिहासमा पढ्नुपर्ने हुन सक्छ ।
संविधान दिवसको उपलक्ष्यमा दरबारमार्गमा साङ्गीतिक कन्सर्टको आयोजना गरेकोमा हजारौंको सहभागिता थियो । त्यो कन्सर्ट गरेको अनि प्रयोग गरेको ठाउँ, दरबारमार्ग राम्रो हो वा होइन एउटा छलफलको विषय हुन सक्छ । तर, कन्सर्ट हँुदै गर्दा केही परिचालित युवाहरूले बालेनको समर्थनमा र सरकारको विरोध गर्दै नारा लगाए । पक्षविपक्षबीच केही समय होहल्ला, हाताहात पनि नभएको होइन । तर, तैनाथ सुरक्षाकर्मीहरूको समयमै हस्तक्षेपले गर्दा ठूलो क्षति हुन भने पाएन । हजारौँ दर्शकहरू भएको अवस्थामा यस्ता ठाडै मुठभेड हुनसक्ने गतिविधि गर्नु उपयुक्त स्थान र समय हो ? चित्त नबुझेका हुन सक्छन् तर यस्तो ठूलो जमात भएको ठाउँमा विरोध गर्नु बुद्धिमानी कदापि हुन सक्दैन ।
बालेन अब सामाजिक सञ्जालमा मात्र सीमित रहेनन् । हिजोदेखि आफ्नै अदृश्य समूह गठन गरिसकेको जस्तो देखियो, जुन यदि सत्य हो भने भयानक र डरलाग्दो हुन सक्छ । यस्तै हो भने बालेन पक्ष र विपक्षबीच कुनै पनि बेला मुठभेड हुने पक्का छ । के बालेनले चाहेको यस्तै अराजकता हो ? सेलिब्रिटीको नभएर राजनीतिक संस्कृति हुनुपर्ने होइन र ? यस्तै मनोवृत्ति हुने हो भने नगरवासीहरूको चाहना, आवश्यकताअनुसारको नगर विकास गर्ने कहिले ? यी सबै प्रायोजित खेलबाहेक अरू हुन सक्दैन । बालेनको समर्थन गर्ने, नारा लगाउने छुट त संविधानले पक्कै दिएको छ । तर, कहाँ गर्ने, कसरी गर्नेमा महत्व राख्ने गर्छ । समयमै बुद्धि पु¥याउन नसके जे पनि हुनसक्ने सम्भावना अब बढेको छ । मिडियाले जुन प्रकारले बालेनको पक्षमा अतिरञ्जित तरिकाले समाचार सम्प्रेषण गरेका छन् त्यो ‘आगोमा घ्यू थप्ने’ भएको छ । मिडियाले के चाहेको हो ?स्थानीय र संघीय सरकारबीचको द्वन्द्व इन्द्रजात्रामा र कन्सर्टमा खुलेर प्रस्तुत भएको छ । यो असमझदारी कहाँसम्म र कुन हदसम्म जाने हो महानगरवासीका लागि गम्भीर चिन्ताको विषय बनिसकेको छ ।
क्याटेगोरी : फरक मत
ट्याग : #Page 1
ताजा अपडेट
- दशैं बिदा अघिको अन्तिम दिनको शेयर बजार
- साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ६० लाख हस्तान्तरण
- बिहीबार हनुमानढोका दसैँ घरमा फूलपाती भित्र्याइँदै
- डेङ्गुबाट गण्डकीमा सातजनाको मृत्यु
- मनसुन क्रमश: कमजोर हुँदै
- नेपाली नेत्ररोग विशेषज्ञ बङ्गलादेशका घाइतेको आँखा उपचारमा तल्लीन
- जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो
- आश्विन शुक्ल षष्ठी: कात्यायनीको पूजा आराधना गरिँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया