आईजीपी कुँवरको लाजको पसारो !
प्रहरी प्रभाग भैँसीपाटीमा इन्चार्जको रूपमा कार्यरत इन्सपेक्टर बिनु कुमारी शाहीमाथि कार्यालयकै एक पुरुषलाई बलात्कारको आरोपमा ‘हनी ट्र्याप’मा पारेर दुई महिलाको नाममा ३० लाख रुपैयाँ लेनदेन गरेको र त्यसबाट आफूले पनि भाग लिएको आरोप लगाएर जिम्मेवारीबाट मुक्त गरी ललितपुर जिल्ला परिसरले उनीमाथि छानबिन सुरु गरेको छ । त्यसका लागि छानबिन समिति पनि बनाइएको छ । तर, अहिलेसम्म प्रहरीले इन्सपेक्टर शाहीको गल्ती के हो भन्ने खुलाएको छैन ।
बलात्कारी भनिएका पुरुषविरुद्धको उजुरी लिनु उनको गल्ती हो ? पक्राउ परेका आरोपीले लेनदेन गरेर मिलापत्र गर्छु भनेपछि मिलापत्र गराएर पठाउनुचाहिँ गल्ती हो कि ? त्यो लेनदेन गराएपछि हिस्सा लिएर माथि नपठाएको आरोप हो ? के हो गल्ती ? के हो आरोप ? उपत्यकालगायतका मालदार ठाउँमा प्रमुख बनाएर पठाउँदा आईजीपीले नै टार्गेट दिएर पठाउँछन् । त्यो टार्गेट केको हो ? कामको कि दामको ? इन्सपेक्टर शाहीले कमिसन लिएको छानबिन गर्न लागिएको हो ? त्यसबारेमा प्रहरी प्रशासन मौन छ । त्यसको जवाफ दिनु पर्दैन ? प्रहरी छानबिन र कारबाही जोसुकैमाथि भए पनि पारदर्शी हुनुपर्दछ । यसअघि एसपी कुमुद ढुंगेलले के–के अपराध गरेको भनेर प्रहरीले नै निलम्बन गरेर मुद्दा हालेको थियो । तर, अदालतले त त्यो कुरा झुटो, कपोकल्पित, आधारहीन र प्रतिशोधपूर्ण भनेर मानेन । एआईजी श्यामलाल ज्ञवालीले समानान्तर आईजीपीको अभ्यास गरे । अहिलेको आईजीपी बसन्त कुँवर त्यतिबेला दुलोभित्र लुकेको मुसोजस्तो भएर बसेका थिए ।
नारायणकाजी श्रेष्ठ गृहबाट हटाइएपछि आएका रवि लामिछानेसँग टाँसिन पुग्दा अहिले उनीमाथि अनेक आशंका गर्ने गरिएको छ । लामिछाने राजको पतनपछि फेरि आईजीपी कुँवरको भूमिकामाथि प्रश्न उठाउन थालिएको छ । तर, उनले ज्ञवालीले अनिवार्य अवकाश पाउनलाग्दा असफल प्रहरी विद्रोहको प्रयास गरेको आरोपमा छानबिन गर्न अपारदर्शी छानबिन समिति बनाएर छानबिन नै अघि बढाएनन्, कारबाहीको कुरै रहेन । त्यस्तै अहिले रानीपोखरीको एआईजी रहेकी किरण बज्राचार्य यसअघि सीआईबी प्रमुख थिइन् । त्यहाँ हुँदा उनले गरेका अनियमितता किटेर प्रतिवेदन बनेपछि उनी त्यहाँबाट हटाइएकी थिइन् । उनलाई हटाएर त्यहाँ पठाइएका ज्ञवालीले पनि रकम मागेको अडियो सार्वजनिक भएको थियो तर ती घटनामा कुनै छानबिन भएन । अहिले कारबाही थालियो तर के कारण छानबिन थालियो प्रहरीले स्पष्ट पारेको छैन ।
प्रहरीले बर्दीको दुरुपयोग गरेर कमाउ धन्दा गरेका घटना कहाँ पाइन्छ भनेर सोधखोज गरिरहनु नपर्ला । बरु उजुरी दिएको भरमा प्रहरीले अनुसन्धान गरेर स्वच्छ र पारदर्शीरूपमा कारबाही गरेको एकाध घटना भए त्यसको जानकारी उपलब्ध गराइदिए लेख्नेहरूको लागि नयाँ विषयवस्तु हुनेथियो । मानौँै दरबारमार्ग एरियामा एउटा घटना भयो भने आईजीपी कुवँर आफैँले फोन गरेर यसो गर भनेर वित्तप्रमुखलाई निर्देशन दिन्छन् । वृत्तप्रमुखले छानबिन गर्ने स्वायत्तता पाउँदैनन् । त्यो घटनामा वृत्तप्रमुखले आईजीपी कुँवरले भनेअनुसार नै गर्छन् । त्यसको जे–जे हुनुपर्ने हो आईजीपीसँग हुनेछ । अधिकांश घटनामा चाहिँ इन्चार्जले ‘टार्गेट मिट’ गर्नुपर्ने हुन्छ ।
यस्तै घटना गत वैशाख २० गते प्रहरी प्रभाग सोह्रखुट्टेमा पनि भएको थियो । त्यस दिन आफूमाथि अभद्र व्यवहार भएको जाहेरी दिन गएका सेवाग्राहीलाई डीएसपी सत्यनारायण थापाले उल्टै जबरजस्ती करणीमा खोरमा हालिदिने धम्की दिएका थिए । डीएसपी थापाको हातमा दिएको जाहेरी उनले अभद्र व्यवहार गर्नै विजय माली र उसका मतियारलाई बिक्री गरे । त्यो घटना लबस्तरो आईजीपी कुँवरलाई पनि थाहा छ, त्यतिबेला रानीपोखरीका आयुक्त भनिएका एनआईजी दिपक थापालाई पनि थाहा छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख भनिएका बसन्त रजौरेलाई पनि थाहा छ । नेपाल पत्रकार महासंघले कारबाहीको माग पनि गरेको छ । तर, डीएसपी थापाले एक महिना लुकाएर अभद्र व्यवहार गर्नै टोले गुण्डा विजय मालीलाई भगायो र त्यो कुकृत्य निर्लज्जरूपमा गरियो भन्ने कुरा पत्याउँदैनन् । ठमेल क्षेत्रमा त जबरजस्ती करणीमा फसाउने प्रहरीको मूल हतियार नै हो ।
एउटा प्रतिष्ठित डाक्टरलाई जबरजस्ती करणीमा थुन्ने धम्की दिने डीएसपीले रात्रिकालीन व्यवसायका सेवाग्राहीलाई के गर्लान् सहजै अनुमान लगाउन सकिन्छ । के जबरजस्ती करणीको मुद्दा प्रहरीको स्वविवेकी अधिकार हो ? प्रहरी कार्यालयमा बर्दी लगाएर यस्ता कुकृत्य गर्ने प्रहरी कुन कार्यालयमा छैनन् ? प्रहरी कार्यालयभित्र बलात्कार भएका घटना पनि नभएका होइनन् । यी सबै कुकृत्यको दोष आईजीपीको लोभलालचसँग जोडिएको छ । नीतिगतरूपमा प्रहरी संगठनको उनले नेतृत्व सम्हाल्न नसक्दा यी सबै विकृति विसङ्गति मौलाएका छन् । किन गल्ती गर्ने सबैलाई एउटै मापदण्डमा पारदर्शीरूपमा कारबाही हुंँदैन । त्यसको पछाडिको चुरो कुरो आईजीपीको दुषित मनस्थिति ! एक ठाउँमा वा एकातिर मात्र होइन, आईजीपी कुँवरको वरिपरि जताततै यस्तै घटना र विचारहरूको प्रदूषण मात्र देखिन्छन् । जता हे¥यो उतै देख्नेलाई लाज । तर उनलाई लाज न घिन ! विचरा जता पनि लाजको पसारो तर उनलाई त्यसको के परवाह ? खै इमान्दारिता ? खै व्यावसायिक मर्यादा ? खै पारदर्शिता ?
क्याटेगोरी : फरक मत, समानान्तर
ट्याग : #Page 1
ताजा अपडेट
- नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ रु एक अर्ब ६० करोड
- बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु
- रातभरका विस्फोटनले बेइरुतमा गुमेको निद्रा, लेबननमा नेपाली कति सुरक्षित ?
- वर्षाले विध्वंस गरेका ठाउँमा विभिन्न रोगको जोखिम, रोकथाम गर्न कस्तो प्रयास हुँदै छ ?
- राजमार्गमा दर्जनौँको ज्यान लिने अधुरा सडकका ‘धराप’
- स्वास्थ्य मन्त्री पौडेलद्वारा नागरिकलाई सहजरुपमा सेवा दिन आग्रह
- भ्रष्टाचार आरोपमा सिंगापुरका पूर्वमन्त्रीलाई जेल सजाय
- भुटान र भारतीय कम्पनीबीच नवीकरणीय ऊर्जा सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया