काठमाडौं, इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणको बिक्री गर्दै आएको ट्रेड इन्जिनले काठमाडौंको ढल्कोमा नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले शाखा उद्घाटन गर्दै विभिन्न अफरहरू समेत सार्वजनिक गरेको छ ।
कम्पनीले ल्याएको विशेष अफरअन्तर्गत ५ हजार रुपैयाँको खरिदमा इलेक्ट्रिक केतली, २० हजारको खरिदमा इन्फ्रारेड कुकर, ५० हजारको खरिदमा चार बर्नर ग्यास स्टोभ तथा १ लाख रुपैयाँको खरिदमा चार बर्नर ग्यास हब मात्र १ रुपैयाँमा प्राप्त गर्न सकिनेछ । उक्त विशेष अफर अष्टमीसम्म मात्र लागू हुनेछ ।
साथै, ग्राहकका लागि विभिन्न अतिरिक्त अफर तथा आकर्षक योजनाहरू पनि सञ्चालनमा रहेका छन् । कम्पनीका निर्देशक सोहिल श्रेष्ठका अनुसार ट्रेड इन्जिनले ग्राहकलाई घरायसी उपकरणहरूमा बजारकै उत्कृष्ट मूल्य, गुणस्तरीय सेवा तथा आकर्षक एक्सचेन्ज अफर उपलब्ध गराउने लक्ष्य राखेको छ ।