काठमाडौ, ललितपुरको सानेपामा इटालियन शैलीबाट प्रेरित प्रिमियम जेलाटो ब्रान्ड ‘नट्स एन्ड स्कूप’ संचालनमा ल्याइएको छ । नट्स एन्ड स्कूप’ को नेपाल–इटाली चेम्बर अफ कमर्श (एनआईसीसीआई) का अध्यक्ष सञ्जय अग्रवालले उद्घाटन गरेका हुन् । मोनिका टापरिया र विपिन अटलद्वारा स्थापित ‘नट्स एन्ड स्कूप’ ले इटालियन जेलाटो बनाउने परम्परागत सीप र शैलीबाट प्रेरित स्वादलाई नेपाली बजारमा भित्राएको छ ।
कार्यक्रममा अध्यक्ष अग्रवालले नेपाल र इटालीबीच परम्परागत व्यापारभन्दा बाहिर पनि सहकार्यका सम्भावना विस्तार हुँदै गएको बताए । अन्तर्राष्ट्रिय विशेषज्ञता, सीप र नवप्रवर्तनलाई नेपालमा भित्राउने तथा र दुई देशका नागरिकबीचको सम्बन्ध विस्तार गर्ने उद्यमहरूलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ । ‘नट्स एन्ड स्कूप’को सुरुवात इटालियन पाक परम्परा र विशेषज्ञताले नेपालमा उद्यमशीलतालाई कसरी प्रेरित गर्न सक्छ भन्ने उदाहरणका रूपमा रहेको छ । यसले दुई देशबीच सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्नुका साथै आपसी सम्बन्धलाई थप प्रगाढ बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
संस्थापकहरूले नवप्रवर्तन, ग्राहकको प्रतिक्रिया र इटालीमा थप व्यावसायिक तालिममार्फत आफ्ना उत्पादन तथा सेवालाई निरन्तर परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । उद्घाटनको दिन २०० भन्दा बढी ग्राहकले ब्रान्डको आउटलेट भ्रमण गरेका छन् । सानेपाबाट आफ्नो सेवा सुरु गरेको ‘नट्स एन्ड स्कूप’ ले नेपालमा प्रिमियम जेलाटो गन्तव्यका रूपमा स्थापित हुने लक्ष्य राखेको छ । इटालियन पाककला र शिल्पकौशलको अनुभव नेपाली उपभोक्तामाझ पु¥याउँदै उद्यमशीलता तथा अन्तर सांस्कृतिक सहकार्यलाई प्रोत्साहन गर्नु ब्रान्डको उद्देश्य रहेको छ ।