रोल्पा, त्रिवेणी गाउँपालिका–२ त्रिवेणी बस्ने ३१ वर्षीय बिर बहादुर पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा बिर बहादुरसमेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३८ हजार २ सय ५० रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।