काठमाडौं, नारायणी अस्पतालमा भएको चिकित्सक कुटपिटको घटनालाई आन्दोलनकारी नेपाल तिकित्सकसँगको टोलीसँग भएको वार्ताका क्रममा स्वास्थ्य मन्त्री निशा मेहताले प्रधानमन्त्री वालेन्द्र शाहसँग आफ्नो सोझो पहुँच नभएको लाचारी व्यक्त गरेकी छन् । बुधबार आन्दोलनरत चिकित्सक संघको टोलीसँग मन्त्रालयमा कुरा गर्ने क्रममा मन्त्री मेहताले त्यस्तो लाचारी व्यक्त गरेकी हुन् ।
साउन ९ गते नारायणी अस्पतामा चिकित्सक प्रमोद राममाथि कुटपिट भएपछि चिकित्सक संघ देशव्यापी रूपमा आन्दोलनमा उत्रिएको थियो र सो आन्दोलन रोक्न मन्त्री मेहताले स्वास्थ्य सचिव विकास देवकोटालाई साथै राखेर चिकित्सक संघका अध्यक्ष डा. बद्री रिजाललगायतको टोलीसँग वार्ता गर्ने क्रममा त्यस्तो वार्ता निष्कर्षमा नपुगेपछि चिकित्सक संघको टोलीले प्रधानमन्त्री शाहको सचिवालयसँग समेत वार्ता गरेको थियो र त्यसपछि मात्र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा ५ बुँदे सहमति भएको थियो ।