काठमाडौ, दराजको सबैभन्दा ठूलो किनमेल उत्सव ‘दराज ११.११’ जारी छ । कम्पनीले ग्राहकहरूको उत्साहजनक सहभागिता र उल्लेखनीय प्रतिक्रिया प्राप्त भएपछि अभियानको अवधि बढाएर मंसिर ३ गतेसम्म पुर्याएको छ ।
यस अभियानमा ग्राहकहरूले ८० प्रतिशतसम्मको छुट, २ करोड रुपैयाँभन्दा बढीका भौचर तथा छनोट गरिएका सामग्रीमा निःशुल्क घरदैलोमा सामान पुर्याउने सुविधासहितका आकर्षक अवसरहरूको थप लाभ लिन सक्नेछन् । मंसिर ३ गतेसम्म ग्राहकहरूले दराजको मोबाइल एप तथा वेबसाइटमार्फत विभिन्न सामग्रीमा उपलब्ध आकर्षक छुट, विशेष सुविधा तथा अन्य अफरहरूको लाभ लिन सक्ने जनाईएको छ ।
यस्तै दराजमा हुने कुल भुक्तानीमध्ये ६० प्रतिशतभन्दा बढी भुक्तानी अग्रिम भुक्तानी तथा क्यूआर भुक्तानीलगायतका विद्युतीय माध्यमबाट हुने गरेको कम्पनीले जनाएको छ । बैंक तथा विद्युतीय भुक्तानी सेवा प्रदायकहरूसँगको सहकार्यमा उपलब्ध आकर्षक छुट, नगद फिर्ता तथा विशेष सुविधाले पनि ग्राहकहरूलाई विद्युतीय भुक्तानीतर्फ प्रोत्साहित गरेको कम्पनीको भनाइ छ ।