काठमाडौ, नेपालमा जेसीबी निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एम.ए.डब्लु. अर्थमुभर्स प्रा. लि. ले नेपालगञ्जमा जेसीबी एग्रीम्याक्स सार्वजनिक गरेको छ ।
कम्पनीले पश्चिम नेपालमा आफ्नो उपस्थितिलाई बलियो बनाउन जेसीबी एग्रीम्याक्स सार्वजनिक गरेको हो । होटल सिद्धार्थ, नेपालगञ्जमा आयोजित कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय सदस्य टेकबहादुर खत्री, महासंघ बाँकेका अध्यक्ष लीलाराज उपाध्याय, महासंघ बर्दियाका वरिष्ठ उपाध्यक्ष विमल के.सी., महासंघ केन्द्रीय समितिका पूर्व वरिष्ठ उपाध्यक्ष कर्ण मल्ल तथा एम.ए.डब्लु. अर्थमुभर्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले संयुक्त रूपमा जेसीबी एग्रीम्याक्सको अनावरण गरेका थिए ।
कम्पनीका अनुसार जेसीबी एग्रीम्याक्स सामग्री ह्यान्डलिङ कार्यका लागि डिजाइन गरिएको बहुउपयोगी मेसिन हो । बेल ह्यान्डलर, उच्च क्षमताका सोभेल र क्ल्याम्प जस्ता परिवर्तनीय एट्याचमेन्टसहितको यो मेसिन कृषि, प्लाइउड उद्योग, आरएमसी तथा क्रसर प्लान्ट, ढुंगा–गिट्टी तथा बालुवा डिपो, उखु र कोइला उद्योग, साथै प्लान्ट एन्ड हायर व्यवसायलगायत विभिन्न क्षेत्रमा उपयोगी रहेको कम्पनीको भनाइ छ ।
कार्यक्रममा १० जना ग्राहकलाई जेसीबी मेसिन समेत हस्तान्तरण गरिएको थियो । एम.ए.डब्लु. अर्थमुभर्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले ग्राहकहरूलाई मेसिनको साँचो हस्तान्तरण गरेका हुन् । कार्यक्रममा २५० भन्दा बढी ग्राहक, व्यावसायिक साझेदार तथा उद्योग क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।